WFTW Body: 

एक पटक, जब म एक निश्चित देशमा जाने योजना बनाउँदै थिएँ (जहाँ सुसमाचार प्रचार गर्न निषेधित गरिएको छ), प्रभुले मलाई मत्ती २८ः१८-१९ को सम्झना दिलाउनुभयो । तब मैले देखें, कि यो यसैले थियो किनकि स्वर्ग र पृथ्वीमा सबै अधिकार प्रभुसँग छ, उहाँले हामीलाई हरेक राष्ट्रमा जाने र चेला बनाउने आज्ञा दिनुभएको छ । यदि हामी त्यस आधारमा अगाडि बढेनौं भने, हामी जहाँ गएपनि समस्याहरुको सामना गर्नेछौं ।

"त्यसैले" शब्द मत्ती २८ मा भएको महान् आज्ञामा सबैभन्दा महत्वपूर्ण शब्द हो । धेरैजसो प्रचारकहरुले "जाओ" भन्ने शब्दलाई जोड दिन्छन् । त्यो असल हो । तर हामी केको आधारमा जानुपर्ने हो ? यस पृथ्वीका सबै मानिसहरु र सबै दुष्टआत्मा माथि हाम्रो प्रभुको अधिकार छ भन्ने कुराको आधारमा हो । यदि तपाईंले साँच्चिकै विश्वास गर्नुहुन्न भने तपाईं कतै पनि नजानु नै असल हो !

मत्ती २८ को यो पद मलाई त्यस समयमा नयाँ प्रकाशको रुपमा आयो । त्यसपछि मलाई महसुस भयो कि म त्यो देशमा विना कुनै हिचकिचाहट जान सक्छु । स्वभाविक रुपमा म भित्र डर थियो जब म त्यो देशमा प्रवेश गरें । तर मैले ती डरका आधारमा मेरो निर्णय लिइनँ ।

यदि तपाईं सोच्नुहुन्छ कि यस संसारमा कुनै राष्ट्र छ जहाँ प्रभु येशूको पूर्ण अधिकार छैन, म तपाईंलाई त्यहाँ नजान सल्लाह दिन्छु ! म आफैं त्यहाँ जादिनँ । म डराउने थिएँ । तर परमेश्वरलाई धन्यवाद यो पृथ्वीमा त्यस्तो ठाउँ कतै छैन ! यस पृथ्वीको हरेक कुना हाम्रो प्रभुको अधिकार मुनि छ ।

त्यसैगरी, यदि तपाईंलाई लाग्छ कि कतै कोही मानिस छ (उनी जतिसुकै शक्तिशाली भए पनि), जसमाथि हाम्रो प्रभुको अधिकार छैन, त्यसपछि तपाईंले सधैं उहाँको डरमा बाँच्नु पर्नेछ । तर परमेश्वरलाई धन्यबाद त्यस्तो व्यक्ति कतै छैन । हाम्रा प्रभुको हरेक मानिसमाथि अधिकार छ । राजा नबूकदनेसरले पनि त्यो बुझेका थिए, जसरी हामीले दानिएल ४ः३५ मा पढ्छौं ।

यदि कुनै दुष्टआत्मा कतै छ जो कलवरीमा प्रभुद्वारा पराजित भएको थिएन, तर जो केहीगरी पराजयबाट उम्केको थियो, त्यसोभए हामी सधैं त्यो दुष्टआत्माको डरमा जिउनुपर्छ । तर त्यस्तो कुनै दुष्टआत्मा छैन जो क्रुसमा पराजित भएको थिएन । शैतान आफैं त्यहाँ हारेको थियो - सधैंको लागि । त्यसले नै हामीलाई शैतानको सबै डरबाट मुक्त गर्दछ र उसको दुष्टआत्माबाट, र हामीलाई हाम्रो सेवकाईमा ठूलो साहस दिँदछ ।

त्यसैले परमेश्वरले हामीलाई जहाँजान भन्नुहुन्छ हामी जान्छौं । त्यहाँ कुनै ठाउँमा खतरा हुनसक्छ । तर हाम्रो ज्ञानले भ्याएसम्म, यदि हामीले महसुस गर्छौं कि प्रभुले हामीलाई त्यहाँ डोर्याउँदै हुनुहुन्छ, त्यसपछि हामी जानको लागि डराउनु हुँदैन । प्रश्न यो होइन कि त्यहाँ कुनै निश्चित ठाउँमा ख्रीष्टियानहरुलाई सतावट छ कि छैन । प्रश्न एउटामात्र छ, प्रभुले हामीलाई त्यो ठाउँमा जानको लागि भन्नुभएको छ कि छैन । यदि उहाँले भन्नुभएको हो भने उहाँको अख्तियारले हामीलाई पूर्णरुपमा समर्थन गर्नेछ । जेसुकै भए पनि हामीले डर मान्नु हुँदैन । तर यदि परमेश्वरले हामीलाई कुनै ठाउँमा जानको लागि भन्नुभएको छैन, हामी जानुहुन्न, मानिसहरुले कति कोशिस गर्नेछन् र हामीलाई जानको लागि आग्रह गर्नेछन्, अथवा हामी भित्रको साहसिक आत्माले हामीलाई जानको लागि कति उत्प्रेरित गर्नेछ त्यसले फरक पार्दैन !

हामीले आफैंलाई सोध्नुपर्छ कि हामी त्यो निश्चित ठाउँमा किन जाँदैछौं । यदि हामी जाँदैछौं किनभने हामीले चेला बनाउन चाहन्छौं, र कुनै अरु महत्वाकांक्षा छैन, तब हामी निश्चित हुनसक्छौं कि प्रभु सधैं हाम्रो साथमा हुनुहुनेछ - "युगको अन्त्यसम्म पनि", जसरी उहाँले प्रतिज्ञा गर्नुभएको छ । तर हाम्रो अन्य उद्देश्य हुनसक्छ । प्रभुले "हाम्रो हृदयको मनोवृत्ति जाँच्नुहुन्छ" (यर्मिया १२ः३) र हाम्रो मनसाय जाँच्नुहुन्छ ।

आफैंलाई विश्वासी भन्ने सबैमा प्रभुले आफैंलाई प्रतिबद्घ राख्नुहुन्न । हामीले त्यो यूहन्ना २ः२४ मा पढ्छौं । तर यदि तपाईं इमानदारीपूर्वक प्रभुलाई भन्न सक्नुहुन्छः

प्रभु, म यो ठाउँमा जाँदैछु किनभने मलाई लाग्छ कि तपाईंले मलाई त्यहाँ जान बोलाउनुभएको छ । र म त्यहाँ केवल चेलाहरु बनाउन, पिता, पुत्र र पवित्रआत्माको नाममा बप्तिष्मा गर्न र तिनीहरुलाई तपाईंले आज्ञा गर्नुभएका सबै कुरा गर्न सिकाउन जाँदैछु । म त्यहाँ पैसा कमाउन वा नाम कमाउन वा अन्य कुनै व्यक्तिगत कारणले गइरहेको छैन ।

यदि तपाईंले इमानदारीपूर्वक त्यो भन्न सक्नुहुन्छ भने, तपाईंसँग पक्कै पनि प्रभुको अख्तियार रहनेछ तपाईंलाई सधैं समर्थन गर्दै ।

र त्यसपछि तपाईं डरमा जिउनु पर्दैन, तपाईंको श्रीमती र बच्चाहरुको के हुनेछ वा तपाईंका आवश्यकताहरु कसरी पुरा हुनेछ भनेर सोच्दै । एउटा मात्र प्रश्न महत्वपूर्ण छ "के परमेश्वरले तपाईंलाई बोलाउनुभएको छ वा छैन ?" के परमेश्वरले तपाईंलाई त्यहाँ पठाउँदै हुनुहुन्छ वा कोही मानिसले त्यहाँ तपाईंलाई पठाउँदै हुनुहुन्छ ? वा के यो साहसिक कार्यको भावना हो जसले तपाईंलाई डोर्याइरहेको छ ?

यदि तपाईंसँग परमेश्वरको कार्यक्रम बाहेक अरु कुनै कार्यक्रम छ भने, म तपाईंलाई सान्त्वना दिन धर्मशास्त्रबाट एउटा प्रतिज्ञा दिन सक्दिन । तर यदि तपाईंको कार्यक्रम परमेश्वरको कार्यक्रम जस्तै छ - चेला बनाउन, तिनीहरुलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिष्मा दिनुहोस् र तिनीहरुलाई येशूले आज्ञा गर्नुभएको सबै कुरा गर्न सिकाउनुहोस् -