WFTW Body: 

१.सङ्गति : श्रेष्ठगीत २:४ मा दुलही भन्छिन्, "उहाँले मलाई भोजको घरमा ल्याउनुभयो; अनि ममाथि उहाँको झण्डाचाहिँ प्रेम थियो।" उडाउ पुत्रका बाबुले छोरालाई आफ्नो टेबलमा ल्याए। येशू आफ्ना चेलाहरूसँग टेबुलको वरिपरि बस्नुभयो। टेबलले सङ्गतिको कुरा गर्छ। टेबलमा हामी हाम्रो प्रभुको सेवाकार्यमा संलग्न हुँदैनौं, बरु हाम्रा प्रभुसँगको सङ्गतिमा सहभागी हुन्छौं। हामी उहाँसँगै खाना खान्छौं (प्रकाश ३:२०)। हाम्रो जीवनमा कहिल्यै पनि सेवाकाई मात्र प्राथमिक केन्द्रबिन्दु हुनुहुँदैन। प्रभुप्रतिको प्रेम सधैं प्राथमिक हुनुपर्छ। ५० वर्ष भन्दा बढी समयसम्म पूर्ण रूपमा प्रभुको सेवा गरिसकेपछि, म यो भन्न चाहान्छु कि मेरो प्रभुप्रति मेरो भक्ति मेरो सेवाकाईको आधार हो। यदि हामी ख्रीष्टप्रतिको हाम्रो भक्ति कम हुँदै जाने हो भने, हाम्रो सेवाकाईको कुनै महत्त्व हुँदैन - ख्रीष्टसँगको व्यक्तिगत, प्रेमिलो र भक्तिपूर्ण(समर्पित) सम्बन्ध वसन्त ऋतु हो जहाँ प्रभुको लागि सम्पूर्ण साँचो सेवा बहन्छ।

२.कृतज्ञता / प्रशंसा : "तिमी सुन्दरी छ्यौ" भनेर दुलहा दुलहीको प्रशंसा गर्दछ। (श्रेष्ठगीत४:१) हामीले प्रभुबाट यस्ता शब्दहरु सुन्नुपर्छ - जसले प्रभु हामीप्रति साँच्चै प्रसन्न हुनुहुन्छ भनेर हामीलाई विश्वस्त तुल्याउँछ । श्रीमान्‌ / श्रीमतीले पनि एक अर्काबाट यस्तो प्रशंसा सुन्नु पर्छ। श्रेष्ठगीत ४ अध्याय मा, हामी दुलहाले दुलहीको लामो प्रशंसा गरिरेहेको पाउँछौं। आत्मिक उन्नतिको एउटा चिन्ह यो हो कि हामी आफैँ बोलीरहनुभन्दा प्रभुको कुरा सुन्न सिक्छौं। जब दुलहीले सुन्छिन्, उनी आफ्नो दुलहाले उनको प्रशंसा व्यक्त गरिरहेको पाउँछिन्। दुलहाले उनको प्रत्येक अंशको प्रशंसा गर्छन् र "हे मेरी प्रिया, तिमी बिलकुलै सुन्दरी छ्यौ; तिमीमा कुनै कलङ्क छैन" भन्दै निष्कर्षमा पुगेका छन्(श्रेष्ठगीत ४ः७)। दुलहाले दुलहीको लागि अझै बढि प्रशंसा व्यक्त गर्छन् (श्रेष्ठगीत ६:४-१०)। उनी भन्छन् कि सबै स्त्रीहरुमा, कोहि पनि उनको दुलही जस्तो छैन, उनको निष्कलङ्क दुलही। म उनलाई अरू सबै स्त्रीहरु माथि चुन्छु।" हरेक श्रीमानले आफ्नी श्रीमतीलाई यस्तै दृष्टिकोणले हेर्नुपर्छ: संसारमा धेरै आकर्षक स्त्रीहरू छन्, तर मेरी श्रीमती जस्तो कोही पनि छैन। उनी मेरो नजरमा सर्वश्रेष्ठ छिन्। प्रभुले हाम्रो बारेमा यस्तै भन्नुहुनुहुन्छ। उहाँले सबै चलाख मानिसहरू, धनी मानिस र संसारका ठुला मानिसहरुको भन्दा हाम्रो धेरै प्रशंसा गर्नुहुन्छ। श्रेष्ठगीत ७:१-९ मा, दुलहाले कसरी आफ्नो दुलहीको प्रशंसा गर्छन् भनेर हामी पढ्छौँ। । हामीले यो स्पष्ट देख्नुपर्छ कि हाम्रा सबै कमजोरीहरुको बाबाजुद पनि हाम्रा प्रभु वास्तवमै हाम्रो प्रशंसा गर्नुहुन्छ। धेरै विश्वासीहरू आत्म-आलोचनाको साथमा जिउँछन्, किनकि तिनीहरु प्रभुले उनीहरुको प्रशंसा गर्नुहुन्छ भनेर विश्वास गर्न सक्दैनन्।

. मित्रता : श्रेष्ठगीत ५:१६ मा दुलही दुलहाको प्रशंसा गर्छिन्, "उहाँ बिलकुलै मनोहर हुनुहुन्छ। यहाँ नै मेरा प्रिय, यहाँ नै मेरा साथी हुनुहुन्छ।" के तपाईं येशू केवल तपाईंको मुक्तिदाता मात्र होइ, तर तपाईंको साथी पनि हुनुहुन्छ भन्न सक्नुहुन्छ? तपाईंको यस पृथ्वीको पति / पत्नीको बारेमा चाहिँ नि? के उहाँ / उनी पृथ्वीमा तपाईंको सबैभन्दा मिल्ने साथी हुन्? यस्तै चाहिँ हुनुपर्छ। धेरै पति र पत्नीहरू भन्छन् कि उनीहरू एक अर्कालाई प्रेम गर्छन्, तर उनीहरू एकअर्काका सबैभन्दा मिल्ने साथीहरू हुँदैनन्। उनीहरूका सबभन्दा मिल्नै साथीहरू अरु नै भएको भेटिन्छ। येशू मेरो नजिकको, सबैभन्दा मिल्ने साथी हुनुहुन्छ - मेरी श्रीमतीभन्दा पनि नजिक। पृथ्वीमा भएकाहरु मध्ये चाहिँ , मेरी श्रीमती मेरो नजिकको र सबैभन्दा मिल्ने साथी हुन - र जीवन भर उनी नै हुनेछिन्। यसले मेरो ख्रीष्टियन जीवन र मेरो वैवाहिक जीवन दुबैलाई अत्यन्तै आनन्दित बनाएको छ।