द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

मेरो हृदयमा बोझ भनेको महान आज्ञा पूरा गर्ने सन्दर्भमा सन्तुलन ल्याउनु हो । सबै ख्रीष्टियानहरुलाई थाहा छ कि यो पृथ्वी छोड्नु अघि येशूले आफ्ना चेलाहरुलाई दिनुभएको "महान आज्ञा" भनेर चिनिने कुरा पूरा गर्नु कत्तिको महत्वपूर्ण छ ।

त्यो महान आज्ञाको पहिलो भाग मर्कूश १६ः१५ मा पाइन्छ, "सारा संसारमा गएर सबै प्राणीहरुलाई सुसामाचार प्रचार गर । जसले विश्वास गर्छ र बप्तिष्मा लिन्छ उसले उद्घार पाउनेछ । तर विश्वास नगर्नेलाई दोषी ठहराइनेछ ।" तर यस महान आज्ञाको अर्को भाग छ - अर्को आधा, त्यसैले बोल्नको लागि - जुन मत्ती २८ः१८-२० मा वर्णन गरिएको छ । त्यहाँ येशूले भन्नुहुन्छ, "स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ । यसकारण जानुहोस् र सबै राष्ट्रहरुमा चेला बनाउनुहोस्, तिनीहरुलाई पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिष्मा दिनुहोस्, मैले तिमीहरुलाई दिएका सबै आज्ञा पालन गर्न सिकाउँदै । र हेर, म सधैं तिमीहरुको साथमा छु, युगको अन्त्यसम्म पनि ।"

म नयाँ गरी जन्मेको पछिल्ला ५२ वर्षहरुमा, मैले ख्रीष्टियान जगत्मा नयाँ गरी जन्मेका ख्रीष्टियानहरु, ख्रीष्टियान मिशनहरु, र ख्रीष्टियान मण्डलीहरुलाई अवलोकन गरेको छु, र मैले धेरै जसो ख्रीष्टियानहरुले ठूलो आज्ञामा मर्कूश १६ः१५ को पक्षलाई जोड दिएको पाएँ । धेरै थोरैले अर्को पक्षलाई जोड दिन्छन्, मत्ती २८ः१९ । मेरो अनुमान यो हुनेछ कि ९९% ले मर्कूश १६ः१५ लाई आफ्नो प्राथमिक जोड बनाउँदछ, जबकि केवल १% ले मत्ती २८ः१८-१९ लाई प्राथमिकता दिन्छ । एक दृष्टान्त प्रयोग गर्नको लागि, एक सय जना मानिसले एउटा मुडा बोक्न खोजेको जस्तै हो, मुडाको एक छेउमा ९९ जना र अर्को छेउमा एक जना मात्र, समाउनको लागि संघर्षरत । मैले देख्ने तरीका यही हो ।

त्यसैले उहाँको वरदानमा जब मैले वचन सिकाउन थालें, मैले पाएँ कि प्रभुले मलाई दिनुभएको आज्ञा महान आज्ञाको दोस्रो पक्षलाई जोड दिनु थियो, त्यो जुन केवल १% द्वारा पूरा हुँदैछ, किनकि साँचो सन्तुलन ५०-५० को हुनुपर्दछ । महान आज्ञाको पहिलो भाग भनेको जुन हामीले सुसामाचारको प्रचारको रुपमा जान्दछौं । यसलाई सामान्यतया मिसिनरी कार्य भनिन्छ, र प्रायः अपरिचित क्षेत्रहरुमा जान आवश्यक हुन्छ । यो सुसामाचारको सन्देश (त्यो मानिस पापमा छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्, कि ख्रीष्ट संसारका पापहरुका लागि मर्नुभयो, कि उहाँ पिताको लागि एकमात्र बाटो हुनुहुन्छ, कि ख्रीष्ट मरेकाहरुबाट बौरी उठ्नुभयो, कि जसले उहाँमा विश्वास गर्छ र वप्तिष्मा लिन्छ उसले मुक्ति पाउनेछ, र विश्वास नगर्ने दोषी ठहरिनेछ) यी अपरिचित क्षेत्रहरुमा पुर्याउन अति आवश्यक छ ।

तर के प्रभुले यो त्यहीँ रोकियोस् भनी चाहनुहुन्थ्यो ? एक पटक एक व्यक्तिले विश्वास गरेपछि, उसले पापी हो भन्ने तथ्यलाई स्वीकार गरे र ख्रीष्टलाई मुक्तिदाताको रुपमा ग्रहण गरे, के यति मात्र हो ? पटक्कै होइन । मत्ती २८ः१९ मा, उहाँले हामीलाई सबै राष्ट्रहरुमा गएर चेला बनाउन आग्रह गर्नुहुन्छ ।

प्रारम्भिकप्रेरितहरुजसलेपहिलोपटकयोआज्ञासुनेकाथिएतिनीहरुकोदिमागमा "चेलाहरु"कोअर्थकेहोभन्नेकुरामाकुनैशंका थिएन, किनभने येशूले तिनीहरुलाई लूका १४ मा स्पष्ट रुपमा व्याख्या गर्नुभएको थियो । जब येशूले ठूलो भीडलाई उहाँसँगै आउँदै गरेको देख्नुभयो, जसरी हामीले लूका १४ः२५ मा पढ्छौं, उहाँ फर्कनुभयो र कसैलाई कहिल्यै भन्नु भएको कठीन शब्दहरु उहाँले बोल्नुभयो ।

आउँदा केही हप्ताहरुमा, हामी यी प्रत्येक "चेलापनका सर्तहरु" लाई गहिरिएर हेर्नेछौं । आफैंलाई जाँच्न असल छः के हामी येशूले परिभाषित गरे अनुसार चेला बन्यौं ? र के महान आज्ञाको हाम्रो बुझाइमा, र येशूले चेलापनमा दिनु भएको जोडको हामीसँग उचित सन्तुलन छ ?