WFTW Body: 

पुरानो करारमा, भविष्यवक्ताहरुले परमेश्वरका जनहरुको बिच त्यागिएकाहरु वा अलग पारिएकाहरुको बारेमा बोले। उनिहरुले परमेश्वरका जनहरुको बिचमा आत्मिक गिरावटको समयमा, कसरी त्यहाँ परमेश्वरप्रति विश्वासयोग्य हुनेहरु थोरै हुन्छन् भनि बताए। भविष्यवक्ताहरुको उदेश्य पुन:स्थापना वा निर्माण गर्नु थियो।

उदाहरणको लागी, होशेले आत्मिक व्यभिचार र परमेश्वरको अपरिवर्तनिय प्रेमको बारेमा बताए। हबक्कूकले विश्वासको द्वन्द र विश्वासको विजयको बारेमा बताए। जकरियाको बोझ परमेश्वरको जनहरुलाई बेबिलोनबाट निकालेर यरुशलेममा प्रवेश गराउनु थियो। हाग्गैको बोझ मन्दिर निर्माण गर्नु थियो। हरेक भविष्यवक्तासँग परमेश्वरले दिनुभएको एक अदितिय बोझ थियो - तर ती सबैजना नै परमेश्वरको जनहरुको बिचमा पवित्रताको कमी भएको बारेमा चिन्तित थिए।

पवित्रता र परमेश्वरको अपरिवर्तनिय प्रेम नै ति सबै भविष्यवक्ताहरुको बोझ थियो: परमेश्वरको जनहरुको बिचमा पवित्रता र परमेश्वरको जनहरु आत्मिक व्यभिचारमा भएको बेला वा बाटोबाट भड्किएको बेला पनि परमेश्वरको अपरिवर्तनिय प्रेम देखिन्थ्यो। परमेश्वरको चाहना सधै उहाँका जनहरुलाई फिर्ता ल्याउनु थियो। उहाँले उनिहरुलाई अनुशासान गर्नुहुन्छ; तर अनुशासनको समय सकिएपछि उहाँले तिनीहरुलाई उहाँकहाँ फिर्ता बोलाउन चाहनुहुन्छ।

मण्डलीमा पनि यहि भविष्यसूचक सेवाकाईले काम गर्न सक्नुपर्छ। मण्डलीमा आज प्रचारकहरुको त्यहि बोझ हुनुपर्दछ जुन पुरानो नियमको भविष्यवक्ताहरुसँग थियो, परमेश्वरको जनहरुको माझ पवित्रता। र उनिहरु परमेश्वरको अपरिवर्तनिय, सहनशील र करुणामय प्रेमद्वारा प्रेरित भएर परमेश्वरबाट पछि हटेका व्यक्तिहरुलाई उहाँसँग फेरी मिलाप गराउछन् र परमेश्वरको वास्तविक पवित्रताको सधै लालसा राख्दछन्। यदि मण्डलीलाई जिवित राख्ने हो भने र परमेश्वरको लागी जसरी काम गर्नुपर्ने हो त्यसरी गर्ने हो भने हरेक मण्डलीमा भविष्यवक्ताहरुको जस्तै सेवाकाई हुन जरुरी छ।

परमेश्वरले तपाईको हृदयमा जुन बोझ हाल्नुहुन्छ त्यसले लगभग सधै त्यस सेवाकाईको संकेत गर्छ जुन उहाँले तपाईको लागी योजना बनाउनुभएको छ। त्यसैले परमेश्वरले तपाईको हृदयमा के बोझ हाल्नुहुन्छ त्यसको प्रतिक्षा गर्नुहोस्। यदि तपाई बोझ बिना नै परमेश्वरको सेवाकाई गर्नुहुन्छ भने, केहि समय पछि तपाई परमेश्वरको कामबाट थाक्नुहुन्छ, र केहि समय पछि सम्भवत: तपाईले आफूलाई धन, मानिसको सम्मान वा सांसारिक आरामको खोजीमा आफूलाई पाउनुहुनेछ। यो एउटा दु:खलाग्दो कुरा हो कि आज जसले परमेश्वरको सेवा गर्ने बारेमा दाबि गर्दछन्, उनिहरुसँग परमेश्वरले दिनुभएको बोझ छैन।

परमेश्वरले एउटा व्यक्तिलाई बालकहरुको बीचमा र अर्को व्यक्तिलाई सुसमाचार प्रचार गर्ने बोझ दिन सक्नुहुन्छ। तर फेरी अर्को व्यक्तिलाई परमेश्वरको जनहरुको बीचमा सिकाउने बोझ दिन सक्नुहुन्छ। परमेश्वरले ख्रीष्टको शरीरको विभिन्न सदस्यहरुलाई छुट्टा छुट्टै बोझ दिनुहुन्छ। हामीले अरुको सेवाकाईको नकल गर्नुहुदैन, न ता उनिहरुको जस्तै बोझ राख्ने कोशिश गर्नुहुन्छ। अरुमाथी आफ्नो बोझ राख्नलाई दबाव नदिनुहोस्; र कसैलाई पनि आफ्नो बोझ तपाईलाई दिने नै अनुमति दिनुहोस्। परमेश्वर स्वयंलाई तपाईले आफ्नो बोझ दिन दिनुहोस् - जुन तपाईको लागी योजना गरीएको छ।

जति बढि हामी परमेश्वरको हृदयसँग सहभागितामा आउछौँ, उत्ति नै बढी हामी उहाँको बोझलाई साझा गर्छौँ। यदि परमेश्वरले तपाईलाई एउटा सुसमाचार प्रचारक बन्न बोलाउनुभएको छ भने, उहाँले तपाईलाई हराएको आत्माहरुको निम्ति बोझ दिनुहुन्छ। यदि परमेश्वरले तपाईलाई एक शिक्षक बन्नको लागी बोलाउनुभएको छ भने, उहाँले तपाईलाई ति विश्वासीहरुको निम्ति बोझ दिनुहुन्छ जो अन्धकारमा र धोकामा हुनुहुन्छ र विजयी जिवनमा प्रवेश गर्नुभएको छैन। यदि हामी आफ्नो सेवाकाईलाई प्रभावकारी ढङ्गले पुरा गर्न चाहन्छौ भने उहाँको करुणालाई साझा गर्नको निम्ति परमेश्वरको हृदयको साथमा सहभागिता जरुरी हुन्छ।

धेरै व्यक्तिले मलाई उहाँहरुको विशेष (उहाँहरुलाई प्राप्त भएको) सेवाकाईको लागी, एउटा बोझ राख्न आग्रह गर्नुभयो - प्रायजसो: सुसमाचार प्रचार गर्नु। तर मैले सधै यसतो दबावहरुको विरोध गरेको छु। अरु व्यक्तिलाई परमेश्वरद्वारा दिएको बोझ राख्नलाई मलाई कुनै रुचि छैन। परमेश्वरले मलाई एउटा विशेष बोझ दिनुभएको छ र मलाई यो कुरामा निश्चयता छ कि म त्यहि एकमात्र सेवाकाईलाई पुरा गर्नेछु। भविष्यवकताहरुले कसैलाई पनि उहाँहरुलाई दिइएको बोझ र सेवाकाईलाई अलग गर्ने अनुमति दिएनन्, जुन परमेश्वरले उनिहरुलाई दिनुभएको थियो।

यदि तपाईसँग कुनै बोझ छैन भने, तपाई परमेश्वरको नजिक जानुपर्छ र तपाईलाई उहाँले एउटा बोझ दिनुभएको होस् भनि माग्नुपर्छ। ख्रीष्टको शरीरमा परमेश्वरसँग तपाईको निम्ति एउटा निश्चित काम छ, र तपाईलाई त्यो काम के हो भनि जान्न जरुरी छ।

धेरै प्रचारकहरु एउटा सेवकाईबाट अर्को सेवाकाईमा भड्किदै हिँड्दछन् - यस्तो ख्रिष्टियान संस्थामा शामेल हुनको लागि, जसले उनिहरुलाई बढि तलब दिन्ढ। उदाहरणको लागी, उनिहरु एउटा रेडियो सेवाकाईको लागी एउटा स्पष्ट "बोझ" लिएर सेवाकाईको शुरुवात गर्छन्। तर यदि कुनै बच्चाहरुको लागी एउटा सुसमाचारीय संस्थाले उनिहरुलाई बढि तलब दिन्छ भने, उनिहरुलाई अचानक बच्चाहरुको लागी सुसमाचारको "बोझ" आउँछ। केहि समयपछि, यदि कुनै ख्रिष्टियान साहित्यिक संस्थाले उनिहरुलाई त्यो भन्दा पनि बढि तलब दिन्छ भने उनिहरुको "बोझ" अचानक साहित्यिक सेवाकाईमा हुन्छ!! यस्तो प्रचारकले परमेश्वरको सेवा गरिरहेको हुँदैन। उनिहरु यस्तो धार्मिक मानिसहरु हुन जो बेबीलोनको "व्यवसायहरुमा" संलग्न भएका हुन्छन्।

जब परमेश्वरले तपाईलाई कुनै बोझ दिनुहुन्छ, तब तपाईले कुनै संस्थाले तपाईलाई असल सांसारिक सुख सुविधा प्रदान गर्छ भन्दैमा छोड्न सक्नुहुन्न।

आमेन्!