WFTW Body: 

अनि परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा अविश्वास गरेर उनी (अथवा अब्राहाम) लडखडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी पूरा निश्चयतामा रहे। अनि यसैकारण उनका निम्ति यो कुरा धार्मिकता गनियो। (रोमी ४:२०,२१)।

यदि हामी पनि कठिन परिस्थितिहरुमा परमेश्वरलाई विश्वास गर्छौ भनें, हामीले उहाँलाई महिमा दिइरहेका हुन्छौँ। हामीलाई यो थाहा छ कि परमेश्वरले सम्हाल्न नसक्नुहुने कुनै पनि समस्या छैन। हामी कुनै पनि ठाउँमा भएता पनि उहाँले शैतानद्वारा आउँने हरेक समस्याको समाधान गर्न सक्नुहुन्छ । राजाको हृदय पनि उहाँको हातमा छ, र उहाँले इच्छा गर्नुभयो भनें राजाको हृदयलाई पनि हाम्रो पक्षमा ल्याउन सक्नुहुन्छ (हितोपदेश २१:१)।

त्यसैले हामीमा आउने हरेक परिस्थितिमा हामीले परमेश्वरमा भरोसा राख्नुपर्छ, र हामीले आफ्नो विश्वासलाई परमेश्वरको सामु राख्नुपर्छ र परमेश्वरले शैतानलाई हाम्रो पाइला मुनि कुल्चनुहुन्छ। तब हामी शैतानले जे गरेपनि हामी त्यस माथी विजय प्राप्त गर्न सक्छौँ। मैले त्यो मेरो आफ्नै जिवनमा बारम्बार भएको थाहा गरेको छु।

परमेश्वरले हामीलाई यस संसारमा आत्मिक शिक्षा दिन चाहनुभएको कारणले, हामीले यो कुरालाई आफ्नो हृदयमा राख्नुपर्छ कि आउँदो दिनहरुमा हाम्रो समस्याहरु झन् बढ्ता हुँदै जानेछन्, हाम्रो स्कुलका दिनहरुमा गणितको समस्या ठूलो कक्षाहरुमा पुग्दै जादाँ झन् - झन् गाह्रो भएझैँ। तर हामी केवल त्यस गणितको समस्याहरु गाह्रो भएको कारणले तल्लो कक्षाहरुमा पक्कै पनि जादैनौँ! त्यसैले परमेश्वरले हामीलाई कठिन परिस्थितिहरुमा लानुहुँदा हामी अचम्म मान्नु हुँदैन किनकी त्यस समस्याहरुको कारणले हामीमा परमेश्वरको अनुग्रह झन् धेरै प्रशस्त हुन्छ। त्यसैले हामी बलियो, साहसी र निर्धक्कता भएको विश्वासी बन्नु पर्छ्।

हाम्रो विवेकले हामीलाई दोषी नठहराएको होस् भन्ने कुरा हृदयमा राख्दै सधै होसियार हुनुहोस्। तब मात्र हामी परमेश्वरको सामु साहससँग आउन सक्छौँ (१ यूहन्ना ३:२१,२२) र उहाँलाई हाम्रो समस्याको समाधान गर्न माग गर्न सक्छौँ। तर परिक्षामा पर्दा परमेश्वरसँग बुध्दिको माग गर्नु उहासँग हामीले भोगिरहेको हरेक समस्याको समाधान माग्नु हो। परमेश्वरसँग हरेक समस्याको समाधान भएको कारणले याकूब बताउँछन्, "जब तिमीहरु नाना प्रकारका परीक्षाहरुमा पर्दछौ, तब यसलाई पूरा आनन्द सम्झ, यो जानेर कि तिमीहरुको विश्वासको जाँचले धीरज उत्पन्न गर्छ।" (हेर्नुहोस्, याकूब १:१-७)। र तब हामी हाम्रो जिवनमा परमेश्वरको उपस्थितिलाई झन् बढि भएको महसुस गर्छौ।

हामीले केजेभी बाइबलमा केवल दुई पटक "येशू छक्क पर्नुभयो" भन्ने वाक्य पढ्न पाउँछौ - एकपल्ट जब उहाँले मानिसको विश्वासलाई देख्नुभयो, र अर्को पल्ट जब उनिहरुको अविश्वासलाई। जब रोमी सुबेदारले येशूले एक शब्दमा नै उनको नोकरलाई निको पार्न सक्नुहुन्छ भनि बताए, तब उनको विश्वास देखेर येशू छक्क पर्नुभयो (मत्ती ८:१०)। तर जब येशू आफ्नै ठाउँमा आउनुभयो, र तिनीहरुले उहाँलाई अविश्वास गरेको देख्नुभयो, उहाँ छक्क पर्नुभयो। (मत्ती ६:६)। सुबेदार यत्ति नम्र थिए कि उनले येशूलाई भनें कि येशू उनको छानामूनी आउने योग्यको उनी (अथवा, सुबेदार) छैनन्।

अर्को व्यक्ति कनानी स्त्री थिइन, जस्ले एकपल्ट प्रभुलाई आफ्नि छोरीलाई निको पार्नको निम्ति (जो कयौँ माईल टाढा थिइन्) आग्रह गरेकी थिइन्, जसको विश्वासको निम्ति येशूले ठूलो प्रशंसा गर्नुभएको थियो (मत्ति १५:२८)। जब येशूले कुकुरलाई नानीको रोटिबाट दिने दृष्टान्त दिनुभयो, उनले तुरुन्त टेबलको खुट्टामा आफ्नो स्थान हो भनि नम्रतापूर्वक स्विकार गरिन्। उनले आफू अपमानित भएको पटक्कै महसुस गरिनन्। यि दुवै घटनाहरुमा, हामीले एउटा कुरा उस्तै भएको देख्छौ: त्यहाँ नम्रता र विश्वासको धेरै नजिकको सम्बन्ध थियो। हामी जति नम्र हुन्छौ, हामी आफैँमा उत्ति नै कम निर्भर हुन्छौँ, र हामी जत्ति नै आफ्नो उपलब्धि र प्रतिभाको बारेमा कम सोच्छौ, त्यति नै बढि हामीमा विश्वास हुन्छ। हामी जत्ति घमण्डी हुन्छौ, हामीमा उत्ति नै कम विश्वास हुन्छ। हामीले सधै यो कुरामा ध्यान दिनुपर्छ कि हामी प्रभुको सामु उभिने योग्को छैनौँ। परमेश्वरको महान् अनुग्रहको कारणले मात्र उहाँले हामीलाई त्यो गर्ने अनुमति दिनुभएको छ। हामीले त्यस कुरालाई कहिल्यै पनि हल्का रुपमा लिनुहुन्न। त्यसैले हामीले आफ्नो सम्पूर्ण हृदयले नम्रताको खोज गर्नुपर्छ।