WFTW Body: 

एफेसी १:३ मा यसरी लेखिएको छ, " हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरुमा सबै आत्मिक आशिषहरुले ख्रीष्टमा आशिषित पार्नुभएको छ। " यो कुरा विचार गर्नुहोस् कि यो सबै आशिषहरु आत्मिक आशिषहरु हुन्, शारिरिक होइन। सांसारिक आशिषहरु ति हुन् जुन इस्राएलीहरुलाई पुरानो नियममा प्रतिज्ञा गरिएको थियो। हामीले यो कुरा व्यवस्था २८ मा पढ्न सक्छौँ। यो मोशाले व्यवस्था र ख्रिष्टको अनुग्रहको भिन्नता हो। यदि पुरानो नियममा यस्तो कुनै पद भएको भए, यसरी लेखिन्थ्यो होला: "सर्वशक्तिमान परमेश्वर (हाम्रो पिता होइन) धन्यको हुनुहुन्छ जसले हामीलाई यस संसारमा मोशाद्वारा सबै भौतिक आशिषले आशिषित पार्नुभएको छ।" त्यसैले ति विश्वासीहरु जसले प्रथम रुपमा चङ्गाई र सांसारिक आशिषको खोज गर्छन्, पुरानो करारमा नै गइरहेका हुन्छन्। यस्ता "विश्वासीहरु" वास्तवमा ख्रिष्टियन होइन, तर इस्राएलीहरु हुन्। उनिहरु मोशाका चेलाहरु हुन्, ख्रिष्टका होइनन्।

के यसको मत्लव परमेश्वरले आज विश्वासीहरुलाई भौतिक आशिष दिनुहुन्न? दिनुहुन्छ - तर भिन्न तरिकाबाट। उनिहरुले जब पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजि गर्छन्, उनिहरुको भौतिक खाँचोहरु उनिहरुलाई दिइनेछ। पुरानो नियममा, मानिसहरुले केवल सांसारिक कुराको खोज गर्थे र उनिहरुले प्रशस्त मात्रामा पाउँथे - धेरै बालबच्चा, धेरै सम्पत्ति, धेरै पैसा, शत्रुसँग जय, संसारमा इज्जत र ओहोदा, आदि। तर नयाँ करारमुनि, हामी आत्मिक आशिषको खोज गर्दछौँ - आत्मिक सन्तान, आत्मिक धन, आत्मिक इज्जत, आत्मिक जय (शैतान र शरिर विरुध्द, पलिस्ति र मानिसहरु बिचको होइन)। हाम्रो शारिरिक खाँचोहरु, पैसाँ र स्वस्थ्यजस्ता कुराहरु परमेश्वरको इच्छाअनुसार हाम्रा निम्ति गरिनेछन्। परमेश्वरले हामीलाई ति कुराहरु त्यति मात्रामा मात्र दिनुहुन्छ, जति उहाँलाई निश्चयता छ कि त्यसले हामी भ्रष्ट पार्दैन।

एफेसी १:३ मा लेखिएका "आत्मिक आशिषहरु" "पवित्र आत्माका आशिषहरु" भनेर अनुवाद गर्न सकिन्छ। परमेश्वरले ख्रिष्टमा हामीलाई पवित्र आत्माको सबै वरदानहरु दिइसक्नुभएको छ। हामीले त्यसलाई केवल परमेश्वरको नाममा लिनुपर्छ। एक मागन्ते केटिको बारेमा सोच्नुहोस् जो सडक छेऊमा बसेकि छे। एउटा राजकुमार त्यहाँबाट आउँछ र त्यस केटिलाई विवाह गर्ने बारेमा सोच्छ र एउटा बैंकको खातामा लाखौँ रुपैयाँ हाल्छ - जुन खाताबाट उनले जहिले पैँसा चाहेपनि निकाल्न सक्छिन्। कति भाग्यमानि केटि! कुनै समयमा उनि सँग माग्ने भाँडा र केहि सिक्का बाहेक केहि पनि थिएन। तर अब उनि भव्य तवरले राम्रा राम्रा लुगा लगाएर बस्छिन्। उनले बैंकबाट चाहिएको पैँसा जति मज्जाले निकाल्न सक्छिन्, किनकि उनिसँग राजकुमारले सहि गरेका धेरै खाली चेकहरु छन्। म यो आत्मिक तवरले बताउँदैछु, यो हाम्रो चित्रण हो।

हामी अब स्वर्गको बैंकमा जान सक्छौँ र पवित्र आत्माको हरेक आशिषलाई लिन सक्छौँ किनकि ख्रिष्टको नाममा त्यो सबै हाम्रो हो। यदि हामी उहाँसँग एउटा दुलहिको नाताले बस्छौँ भने स्वर्गको हरेक कुरा ख्रिष्टमा हाम्रो हो, यदि हामी यो भन्न सक्छौँ कि, "प्रभु, म मेरो संसारमा भएका दिनहरु तपाईप्रति सत्य भएर जिउँन चाहन्छु।" तब पवित्र आत्माको हरेक आशिष हाम्रो हुन्छ। हामी त्यो मध्ये केहि कुराहरु पाउने योग्यका छौँ भनि परमेश्वरलाई मनाउने कोसिस गर्नुपर्दैन - किनकि वास्तवमा हामी ति मध्ये कुनै पनि पाउँने योग्यको छैनौँ। के तपाईले त्यो मगन्ते केटिले सित्तैमा पाएको ति सम्पत्ति उनले पाउने योग्यकि थिइन भन्ने सोच्थिन् भनेर कल्पना गर्न सक्नुहुन्छ? कदापि सक्नुहुन्न। हामीले पाएको सबै आशिष परमेश्वरको कृपा र अनुग्रहद्वारा हो। हामीले स्वर्गको सबै कुरा लिन सक्छौँ किनकि हामीलाई त्यो सबै ख्रिष्टमा सित्तैमा दिइएको हो। हामीले त्यसलाई हाम्रो उपवास वा प्रार्थनाद्वारा प्राप्त गर्न सक्दैनौँ। धेरैले पवित्र आत्माको आशिष पाउँदैनन् किनकि उनिहरुले त्यो सबै आफ्नो तरिकाले कमाउन खोज्छन्! हामीले त्यसलाई त्यसरी प्राप्त गर्न सक्दैनौँ। हामीले त्यो सबै ख्रिष्टको योग्यताद्वारा मात्र स्विकार गर्नुपर्छ।

प्रभुले यो कुरा मैले कुनै सांसारीक कुराको निम्ति प्रार्थना गरिरहेको बेला सिकाउनुभएको मलाई याद छ। मैले भने, "प्रभु, मैले तपाईको निम्ति यति धेरै वर्षसम्म सेवाकाई गरेको छु। त्यसैले मलाई यो गरिदिनुहोस्।" प्रभुले भन्नुभयो, "होइन। यदि तिमी आफ्नै नामद्वारा मकहाँ आउँछौँ भने म यो गर्दिन।" त्यो दिन मैले येशूको नाममा प्रार्थना गर्ने कुरालाई बुझेँ। त्यस दिन मैले बुझे कि आज भर्खर नयाँ जिवन पाएको विश्वासी र म १९५९ मा नयाँ गरी जन्मेको व्यक्ति परमेश्वरकहाँ एउटै तरिकाले आउनुपर्छ - केवल येशू ख्रिष्टको नाममा! त्यो व्यक्ति येशू ख्रिष्टले सहि गर्नुभएको चेक लिएर स्वर्गिय बैंकमा आउनुपर्छ। र म पनि येशू ख्रिष्टले सहि गर्नुभएको चेक लिएर स्वर्गिय बैंकमा जान सक्छु। यदि म परमेश्वरकहाँ मैले यतिको वर्ष तपाईको निम्ति विश्वासयोग्य भई सेवा गरेको छु भन्दै जान्छु भने, म आफैँले सहि गरेको चेक लिएर स्वर्गिय बैंकमा गइरहेको हुन्छु। र स्वर्गीय बैंकले त्यसलाई अस्विकार गर्छ। हाम्रो धेरै प्रार्थनाहरुको जवाफ नपाएको यहि कारणले पनि हो। हामी येशूको नाममा गइरहेका छैनौँ। हामी हाम्रो आफ्नै नाममा जाँदै छौँ। हामी यो सोच्छौँ कि हामीले परमेश्वरको निम्ति कति धेरै बलिदान गरेका छौँ, उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुपर्छ। हामी ७० वर्षसम्म विश्वासयोग्य रहेपनि, जब हामी प्रभुको सामुन्ने जान्छौ, हामी केवल नयाँ विश्वासी जसरी - येशूको नाममा - जान सक्छौँ। म परमेश्वरलाई यस कुराको प्रकाशको निम्ति धन्यवाद दिन चाहन्छु, किनकि त्यसपछि मैले कहिले पनि परमेश्वरको सामु मेरो नामले सहि गरिएको चेक लिएर गइन!! जब म त्यो गर्न परिक्षामा पर्छु मैले भन्छु, "त्यो चेक कहिले पनि साटिनेछैन। मलाई येशूको नाममा र केवल उहाँको योग्यताद्वारा भित्र जान देउ।" त्यसैले पवित्र आत्माको हरेक आशिष स्वर्गीय स्थानहरुमा ख्रिष्टद्वारा हाम्रो हो।