द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

"मैले तिमीहरुलाई आज्ञा दिएका सबै गर्न तिनीहरुलाई सिकाउँदै...." (मत्ती २८ः२०)

यो महान् आज्ञाको अर्को भाग हो । प्रथमतः हामी सारा संसारमा जान्छौं र मानिसहरुलाई भन्छौं कि तिनीहरु पापी छन्, कि ख्रीष्ट तिनीहरुका पापहरुका निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो, कि उहाँ स्वर्गमा उक्लनुभयो र फर्किनुहुन्छ, र उहाँ पितासम्म पुर्याउने एक मात्र बाटो हुनुहुन्छ । हामीले जहाँ-जहाँ मानिसहरुले प्रतिकृया दिएको भेट्टाउँछौं, तब हामीले तिनीहरुलाई येशूलाई आफ्नो जीवनको प्रभु बनाउन, ख्रीष्टलाई आफ्नो जीवनभर पछ्याउने चेलाहरु बन्न, पिता, पुत्र र पवित्रआत्माको नाउँमा बप्तिस्मा दिन र तिनीहरुलाई परिचय गराउन आमन्त्रित गर्छौं, तिनीहरुलाई परमेश्वरको रहस्यको बारेमा बताउँछौं । तर त्यहाँ समाप्त हुँदैन; ती सबै ओलम्पिक म्याराथन दौडको सुरुवाती रेखामा आउनु जस्तै हो ।

यदि तपाईं आफ्नो देशको प्रतिनिधित्व गर्न र ओलम्पिक म्याराथन दौडको सुरुवाती रेखामा आउनको लागि छनोट हुनुभयो भने ठूलो उपलब्धि हुनेछ । त्यो आफैंमा एउटा उपलब्धि हो, तर यसको आफ्नै अर्थ छैन, किनकि सुरुवाती रेखामा आउनु भनेको दौडको सुरुवात मात्र हो । तिमीले पिता, पुत्र र पवित्रआत्माको नाउँमा चेला बनेर बप्तिस्मा लिएको तथ्य पनि उत्तिकै महान छ, तर ओलम्पिकको चित्रण जस्तै दौड दौडन थाल्नुपर्छ । र त्यो दौड दौडनु भनेको येशूले हामीलाई आज्ञा गर्नुभएका प्रत्येक कुरा गर्नु हो ।

यो हरेक ख्रीष्टियानको लागि जीवनभर लाग्नेछ, र यही नै हरेक मण्डलीले मानिसहरुलाई सिकाउनु पर्छ ।

यदि मण्डलीले चेला बनाउने र बप्तिस्मालाई प्राथमिकता दिइरहेको छ भने, यो त्यहाँ रोकिनु हुँदैन । तिनीहरुले प्रत्येक आइतवार आफ्नो मण्डली सेवाहरुमा के सिकाउनु पर्छ ? येशूले सिकाउनु भएको हरेक कुरा । येशूले सिकाउन भएको सबै कुरा, केही छानिएका कुराहरु मात्र होइन, र निश्चित रुपमा मनोविज्ञान वा मनोरञ्जन मात्र होइन । यो दुःखको कुरा हो जब एक मण्डलीले आफ्ना सदस्यहरुको गुणस्तर सुधार गर्नुभन्दा आफ्नो संगीत सुधार गर्न बढी चासो राख्छ । त्यो अत्यन्तै दुखद कुरा हो । स्वर्गमा बस्नुहुने परमेश्वरलाई केमा बढी चासो छ जस्तो लाग्छ ?

मानौं एउटा नयाँ मण्डली सँगै जम्मा भएको छ । मान्नुहोस् कि तिनीहरु मानिसहरुले भरिएका छन् जो वास्तव मै नयाँ गरी जन्मेका छन्, र तिनीहरु साँच्चै येशूलाई आफ्नो जीवनको प्रभु बनाउन चाहन्छन् । यदि तपाईंले यस्तो मण्डली संगीतमा ध्यान केन्द्रित गरेका फेला पार्नुभयो भने, के तपाईंलाई लाग्छ कि परमेश्वर प्रसन्न हुनुहुन्छ ? राम्रो संगीत हुनु असल हो । म त्यसको विरोधमा छैन । तर यो प्राथमिकताको प्रश्न हो । त्यो मण्डलीका मानिसहरुको गुणस्तर ख्रीष्ट जस्तै हुने, वा संगीत अझ मनोरञ्जनात्मक हुने कुरामा परमेश्वरलाई के बढी चासो छ ? त्यहाँ हामी देख्न सक्छौं कि कसरी ख्रीष्टियानहरु टाढिएका छन्, किनभने ख्रीष्टियान अगुवाहरुले परमेश्वरलाई खुशी पार्ने कुरा बुझेका छैनन् ।

हामीले हाम्रा मण्डलीहरुमा के गर्नुपर्छ ? हामीले मानिसहरुलाई येशूले आज्ञा गर्नुभएका हरेक कुराहरु पालन गर्न सिकाउनु पर्छ । हामीले अरुलाई परमेश्वरका आज्ञाहरु पालन गर्ने तरिका सिकाउन सक्दैनौं यदि हामीले तिनीहरुलाई आफैंले पालन गरेका छैनौं भने । यी दुई कथनहरु बीचको भिन्नतालाई ध्यान दिनुहोस्ः "मैले तिमीहरुलाई आज्ञा गरेको सबै तिनीहरुलाई सिकाउनुहोस्;" र "मैले तिमीहरुलाई आज्ञा गरेको सबै गर्न तिनीहरुलाई सिकाउनुहोस् ।"

यदि मैले अरुलाई येशूले आज्ञा गर्नुभएका सबै कुरा सिकाउन पर्यो भने, म येशूका सबै शिक्षाहरु लिन सक्छु र तिनीहरुलाई सिकाउन सक्छु जसरी मानिसले रसायनशास्त्र वा भौतिकशास्त्र वा इतिहास सिकाउँछ । म अवधारणाहरु अध्ययन गर्छु र म तिनीहरुलाई सिकाउँछु । तर "तिनीहरुलाई गर्न सिकाउनुहोस्..." का लागि आवश्यक छ कि मैले यो पहिले आफैंले गरेको छु, ताकि मैले तिनीहरुलाई तिनीहरुले पनि कसरी गर्न सक्छन् भनेर सिकाउन सकूँ । यदि मैले आफैंले गरेको छैन भने, म पौडी कसरी खेल्ने भनेर नजानेको मान्छेले पौडी खेल्न सिकाउने मान्छे जस्तो हुनेछु । यदि तपाईंले पौडी खेल्ने सिद्घान्तहरु र प्रविधिहरु बुझ्नुभयो भने, तपाईंले यसलाई ब्ल्याकबोर्डमा धेरै मानिसहरुलाई स्पष्ट रुपमा ब्याख्या गर्नसक्नुहुन्छ, तर आफैं पौडी खेल्ने व्यक्ति बन्नुहुन्न । त्यो केवल "उनीहरुलाई सिकाउने" हो । तर "तिनीहरुलाई पौडी खेल्न सिकाउँदै..." भनेको उनीहरुलाई पौडी खेल्ने पोखरी वा नदीमा देखाउनु हो कि तपाई कसरी पानीको सतहमा साँच्चै पौडी खेल्न सक्नुहुन्छ, र कसरी एक ठाउँबाट अर्को ठाउँमा जान सक्नुहुन्छ ।

एक बाइबलीय ख्रीष्टियान अगुवाको जिम्मेवारी हुँदछ कि मानिसहरुलाई वास्तवमा येशूले आज्ञा गर्नुभएका प्रत्येक कुरा गर्न सिकाउने, र त्यो शिक्षाको ठूलो मात्रा हो । त्यसैकारण मैले त्यो आज्ञा पूरा गर्नको लागि "येशूले सिकाउनुभएका सबै कुराहरु" नामक पुस्तक लेखें । म जे गर्न खोज्दैछु त्यो भनेको येशूको आज्ञा पूरा गर्नु हो, येशूले सिकाउनु भएका सबै कुरा सिकाउनु हो, र मैले मेरो जीवनको अन्तिम ५२ वर्षमा आफैंले गर्न खोजेको जस्तो गर्न तपाईंलाई सिकाउनु हो । मेरा मनपर्ने आदेशहरु, वा सजिलो भएका कुराहरुलाई मात्र जोड दिएर, र अरुलाई बेवास्ता गर्दै मात्र होइन ।

योहरेकचेलाकोजोशबन्नैपर्छःयेशूलेआज्ञागर्नुभएकासबैकुरागर्न