द्वारा लिखित :   Jeremy Utley कोटिहरू :   घर चर्च भगवानलाई चिन्ने
WFTW Body: 

"जहाँसम्म पृथ्वीमा रहेका सन्तहरु छन्, तिनीहरु नै महान् व्यक्तिहरु हुन् जसमा मेरो सम्पूर्ण आनन्द छ ।" (भ.सं. १६ः३)

सन्तहरुमा "खुशी" हुनुको व्यावहारिक अर्थ के हो ? हाम्रो परिवारमा भर्खरैको अनुभवले मलाई यो पदलाई नयाँ प्रकाशमा हेर्न मद्दत गर्यो, र मलाई यो मनोवृत्ति प्रभुको लागि कत्ति बहुमूल्य छ भनेर बुझ्न मद्दत गर्यो ।

सत्य कथाः हाम्रो १ वर्षको बच्चा हिड्न सिक्ने क्रममा थियो । आफूलाई स्थिर बनाउन उनी प्रायः फर्निचरमा समाउँदथिन्, तर उनीले सहाराविना कोठाको बाटोको लागि कहिल्यै साहस गरिनन् ।

त्यसपछि एक विशेष दिन, तिनले समाउन छोडिन्, र बैठक कोठामा म उभिएको ठाउँतिर, एक हँसिलो तर अस्थिर यात्रा सुरु गरिन् । म रोमान्चित भएँ ! कोठा पार गर्ने पहिलो प्रयासमा उसले यो गर्न सक्छ कि भनेर हेर्न उत्सुक हुँदै मैले उसलाई हौसला दिन थालें ।

तर त्यसपछि पूर्णतया अप्रत्यासित कुरा भयो, जसले मेरो आनन्दलाई पूरै अर्को स्तरमा बढाइदियो । होइन, बच्चा दौड्न थालेको थिएन, तर उनकी जेठी बहिनी मेरो छेउमा आइन्, र मसँग उनीलाई हौसला दिन सुरु गरिन् । बच्चा प्रतिको मेरो खुशीमा मेरी ठूली छोरीहरु मध्ये एक छोरी सामेल हुँदा मेरो खुशी कत्ति मात्रामा बढेको देखेर म अचम्मित भएँ ।

साँच्चै भन्ने हो भने, म सानी केटीको हिँड्ने प्रयासमा भन्दा जेठी केटीको खुशीमा बढी हर्षित भएको हुनसक्छु !

यस कथाले धेरै वर्षसम्म विभिन्न रुपहरुमा आफैंलाई दोहोर्याएको छ, र म सँधै पाठबाट प्रभावित भएको छुः जब मेरा छोराछोरीहरु एकअर्कामा रमाउँछन् - एकअर्काको बृद्घिमा, तिनीहरुको अद्वितीय वरदानहरुमा, आदिमा - यसले एक बुबाको रुपमा मेरो हृदयमा विशेष आनन्द ल्याउँछ । र यसले मलाई ख्रीष्टमा मेरा दाजुभाइ र दिदीबहिनीहरु प्रति साँचो प्रेममा हर्षित हुँदा स्वर्गमा मेरो बुबाको हृदयमा कसरी विशेष आनन्द ल्याउन सक्छु भन्ने कुरा सिकाएको छ ।

यो सोच्न सजिलो छ, हाम्रो "ठीक रुपमा" शिक्षित र परिस्कृत दिमागमा, परमेश्वरका अन्य सदस्यहरुमा आनन्दित हुने जस्तो कुरा ख्रीष्टको लागि प्रेमको दायरा मुनि छ । र अझै हामी देख्दछौं कि सबैभन्दा परिपक्व ख्रीष्टियन बाट परमेश्वरको परिवारका अन्य व्यक्तिहरुका लागि लज्जास्पद अभिव्यक्तिहरु आएकोः

"यसैले स्नेहपूर्वक तिमीहरुको चाहना गरेर हामीहरु परमेश्वरको सुसमाचार मात्र होइन, तर हाम्रो जीवनसमेत तिमीहरुलाई दिन तत्पर थियौं, किनकि तिमीहरु हाम्रा निम्ति अति प्रिय भएका थियौ ।" (१ थेसलोनिकी २ः८)

"मेरो छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा..... । म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइ पठाउँदैछ ।" (फिलेमोन १ः१०, १२)

"तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो । तिनीमाथि मात्र होइन, तर मलाई शोक माथि शोक नथपियोस् भनेर ममाथि पनि दया गर्नुभयो ।" (फिलिप्पी २ः२७)

"र आँखाले हातलाई 'मलाई तेरो दरकार छैन' भन्न सक्दैन, वा फेरि शिरले पनि खुट्टालाई 'मलाई तिमीहरुको दरकार छैन......' तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनु भएको छ कि हीन अङ्गहरुलाई बढी आदर प्रदान गर्नुभएको छ, ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरु एउटाले अर्काको निम्ति समान वास्ता राखुन् ।" (१ कोरिन्थी १२ः२१, २४-२५)

"किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरु सबैका निम्ति तृष्णा गर्दछु ।" (फिलिप्पी १ः८)

"यदि तिमीहरु प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्छौं ।" (१ थेसलोनिकी ३ः८)

मण्डली प्रतिको पावलको प्रेमको उदाहरणलाई विचार गर्नु मेरो लागि ठूलो चुनौती हो । "म मण्डलीलाई माया गर्छु" भन्न सजिलो छ, शरीरका अन्य विशिष्ट अंगहरुप्रतिको मेरो स्नेहलाई यहाँ दिइएको उदाहरणसँग इमानदारीपूर्वक तुलना गर्नु अर्को कुरा हो । के म अरुको बृद्घिमा, र अरुको वरदानमा रमाउँछु ? के म प्रभुको साथमा आउँदैछु (जो सधैं तिनीहरुको लागि मध्यस्थता गर्न बाँच्छन्, हिब्रू ७ः२५), र मेरी जेठी छोरीले बच्चाको लागि गरे जस्तै ख्रीष्टमा मेरा दाजुभाई र दिदीबहिनीहरुको लागि जरा गाडिदैछुँ ?

आनन्दको विपरीत

सबै प्रकारका घृणाबाट आफूलाई सफा गर्नु निकै महत्वपूर्ण छ । तर हामी मुर्खतापूर्वक आफैलाई बधाई दिन सक्छौं र यस तथ्यमा गर्व गर्न सक्छौं कि हामीसँग अरुप्रति कुनै द्वेष छैन, वा हामी कुरा काट्ने गर्दैनौं, वा हामी आरोप लगाउँदैनौं, आदि, र कल्पना गर्नुहोस् कि यी आनन्दका विपरीतहरु हुन् । तर मैले याद गरेको छु कि आनन्दको विपरीत कुरा जोगाउनको लागि धेरै नै खतरनाक छ, र त्यो उदासीनता हो ।

"'हामीहरु उपवास बस्यौं, र किन तपाईं देख्नुहुन्न ? हामीहरु विनम्र भयौं, र किन तपाईं ध्यान दिनुहुन्न ?' (प्रभुले जवाफ दिनुहुन्छ) हेर, तिमीहरुका उपवासको दिनमा तिमीहरु आफ्नै इच्छा पूरा गर्दछौ र तिमीहरुका कामदारहरु सबैलाई तिमीहरु शोषण गर्दछौ... । अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरुलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास, यही होइन र ? आफ्नो भोजन भोकासित बाँडचुँड गर्नु, र घर नभएका गरीबहरुलाई शरण दिनु, नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जातभाइहरुबाट नलुक्नु, होइन र ? तब तिमीहरुको ज्योति बिहानझैं फुटेर निस्कनेछ, र तिमीहरु चाँडै निको हुनेछौ । तब तिमीहरुको धार्मिकता तिमीहरुका अगिअगि जानेछ, र परमप्रभुको महिमा चाहिँ पछिल्तिरको रक्षक हुनेछ ।" (यशैया ५८ः३, ६-८)

दिनदिनै उहाँलाई चिन्न खोज्ने मानिसहरुलाई परमेश्वरले घोषणा गर्नुभएको पाप (यशैया ५८ः१-२) लापरवाही, उदासीनता, वेवास्ताको पाप थियो । तिनीहरु परमेश्वरलाई चिन्न चाहन्थे, उहाँका मार्गहरु जान्न पाउँदा हर्षित थिए, र तैपनि तिनीहरु दोषी ठहरिए किनभने तिनीहरुले त्यो खोजको तिनीहरुका भाइबहिनीहरुसँग कुनै सरोकार छैन भनी ठानेका थिए ! तिनीहरुले सोचे कि तिनीहरुले परमेश्वरलाई खोज्न सक्छन् र उहाँको परिवार प्रति उदासीन हुनसक्छन् ।

जब हामी प्रभुसँग हिँड्छौं, पक्कै पनि उहाँले गर्ननहुने पापहरु (जस्तै घृणा, कुराकाट्ने, आरोप, आदी) को सामना गर्न चाहनुहुन्छ, तर त्यो भन्दा पनि, उहाँले हाम्रो हृदयमा प्रेमको कमीलाई छुटाउने हरेक पापलाई सम्बोधन गर्न चाहनुहुन्छ । उहाँले भूलको हरेक पापलाई सम्बोधन गर्न चाहनुहुन्छ, विशेष गरी हाम्रो हृदयमा हुने प्रेमको कमीलाई । उहाँको चाहना हाम्रो आफ्नै आवश्यकताको लागि मात्र उहाँको प्रेमले हामीलाई भर्ने होइन, तर अरुको लागि हामीलाई भरिपूर्ण बनाउनु हो (यूहन्ना ७ः३८) । यो विश्वास गर्न गाह्रो छ, तर परमेश्वरको वचनले भन्छ कि उदासीनता वास्तवमा पूर्ण घृणा भन्दा खराब छ - "मलाई तिम्रा कामहरु थाहा छ । तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो । किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरुलाई मेरो मुखबाट उकेलिदिनेछु ।" (प्रकाश ३ः१५-१६) - परमेश्वरले वास्तवमा मनतातो भन्दा बढी चिसोपनलाई मन पराउनुहुन्छ !!

मैले देखेको छु कि "गर्ननहुनेहरु" (मैले गरेका गल्तीहरु) मा ध्यान केन्द्रित गर्न मैले पूर्णरुपमा के वेवास्ता (मैले गरेका भूलहरु) गरिरहेको छु त्यो कुरा भन्दा सजिलो छ । तर परमेश्वर नराम्रो ("चिसोपना") बाट छुटकारा दिएर मात्र सन्तुष्ट हुनुहुन्न, हामीलाई केवल उदासीन ("मनतातो") छोडेर, उहाँ हामीलाई असल कुरा (उहाँको ज्वलन्त न्यानो प्रेम) ले प्रसस्त प्रवाह गर्न चाहनुहुन्छ । हामीले उहाँको अनुग्रहबाट पार गर्न खोज्नुपर्ने महत्वपूर्ण चरण भनेको शून्यता, मनतातोपन, लापरवाही र उदासीनताको मरुभूमि हो ।

"जब अशुद्घ आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो ओबानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ, र कतै कुनै स्थान नपाउँदा, त्यसले भन्छ, 'म निस्केर आएको मेरै घरमा फर्केर जान्छु ।' तब त्यो फर्केर आउँछ, त्यसले त्यो घर बढारेर सजाइराखेको भेट्टाउँछ । तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरु सात वटा आत्माहरुलाई साथमा ल्याउँछ, र तिनीहरु भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ ।" (लुका ११ः२४-२६)

हामीले ख्रीष्टको शरीरमा हुने लापरवाहीलाई हाम्रो प्राणमा हुने घृणालाई जत्तिकै खतरनाक छ भनी हेर्नुपर्छ । यदी हामीले गर्छौं भने, हामी अरु दाजभाइ र दिदीबहिनीहरु प्रति हाम्रो उदासीनताको बारेमा हामीलाई प्रकाश दिनको लागि प्रभुलाई आग्रह गर्नेछौं । उहाँको कृपाले हामीलाई सबै प्रेमको कमीबाट पश्चाताप गर्न डोर्याओस्, र उहाँले हाम्रो हृदयलाई उहाँको परिवारमा उहाँको आनन्दको पूर्णताले भरिदिऊन् । एक बुबाको रुपमा विस्तारित आनन्दको मेरो आफ्नै अनुभवलाई प्रतिबिम्बित गर्न पाउँदा मलाई ठूलो आशिष मिलेको छ, र त्यो सम्झँदा, र जसै हामीले उहाँको परिवारका अन्य सदस्यहरुका लागि परमेश्वरको हृदय बाँडचुँड गर्दा, हामीले उहाँको आनन्द बढाउने अवसर पाएका छौं ।

"मेरो आज्ञा यही हो, कि मैले तिमीहरुलाई जसरी प्रेम गरें, तिमीहरुले एकअर्कालाई त्यसरी नै प्रेम गर ।" (यूहन्ना १५ः१२)

"सबै कुराको अन्त्य नजिकै आएको छ..... सबैभन्दा बढी एक-अर्काप्रति तिमीहरुको प्रेम अटुट रहोस्, किनकि प्रेमले नै असंख्य पापहरुलाई ढाक्तछ ।" (१ पत्रुस ४ः७-८)

"दुष्टता बढेको कारणले धेरैको प्रेम सेलाएर जानेछ । तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ ।" (मत्ती २४ः१२-१३)