WFTW Body: 

प्रभुले मलाई कसरी डोेर्याउनु भयो भनेर मेरो जीवनमा मैले धेरै चोटी फर्केर हेरेको छु र यसले मरो विश्वासलाई नवीकरण गरेको छ । जब मैले अप्ठ्यारा परिश्थितिहरु भोग्दछु र त्यहाँ बाटो नै छैन जस्तो लाग्छ, मैले आफैंलाई बाइबलमा लेखिएका प्रतिज्ञाहरुको सम्झना दिलाउँदछु र अरु विश्वासीहरुले मलाई दिने उत्साहका कुराहरु सुन्दछु । तर यी सबैभन्दा बढी मैले पछाडि फर्केर हेर्दा मेरो विश्वास बढ्दछ । प्रभुले मलाई सोध्नुहुन्छ, "के मैले कहिल्यै तिमीलाई निराश पारेको छु ?", मैले जवाफ दिनु पर्छ, "होइन, प्रभु । एक चोटी पनि छ्रैन ।" त्यसपछि उहाँले भन्नुहुन्छ, "म तिमीलाई अहिले पनि निराश हुन दिन्न । " यसले अरु कुनै पनि थोक भन्दा धेरै मलाई उत्साह दिँदछ ।

के तपाईं फेरी चुक्नु भएको छ ? फर्केर हेर्नुहोस् र देख्नुहोस् कसरी प्रभुले विगतमा तपाईंलाई क्षमा दिनुभयो । जब उहाँले तपाईंलाई क्षमा दिनुभयो, के उहाँलाई थाहा थिएन र कि तपाईं फेरी चुक्नुहुन्छ ? के तपाई फेरी चुक्नुभएको उहाँको निम्ति आश्चर्य थियो र ? होइन । त्यसैले उहाँले तपाईंलाई फेरी क्षमा दिनुहुन्छ । कृतज्ञतामा उहाँलाई फर्केर हेर्नुहोस् । त्यसले तपाईंको विश्वासलाई बढाउनेछ । प्रभुको कृपाको लागि धन्यावादी रहनुहोस् । जब तपाईंले विगतका गल्तीहरुलाई हेर्नुहुन्छ, तपाईंको वरिपरीका गल्ती गर्ने अरु विश्वासीहरु प्रति कृपालु बन्न तपाईंले सिक्नुहुन्छ ।

हामी अगाडि हेर्नलाई कहिल्यै रोकिनुहुन्न र प्रभुको महिमालाई अझै देख्न । येशूको धेरै महिमा हामीले अझै देख्न बाँकी नै छ । हामी यसको निम्ति भोकाउनै पर्छ, किनकि त्यही स्वरुपमा पवित्रआत्माले हामीलाई बदल्न चाहनुहुन्छ । जसै हामी प्रभुको महिमा खोज्दछौं, यसले हामीलाई नम्र तुल्याउँदछ किनकि हामीले हाम्रो आवश्कतालाई जान्दछौं । हाम्रो जीवनको अन्त्यसम्म नै नम्र रहनुको रहस्य यही नै हो ।

परमेश्वरले अभिषेक गर्नुभएको र अद्भुत तवरले चलाउनु भएको जनहरुलाई घमण्डी हुन धेरै सजिलो छ । मैले धेरै त्यस्ता प्रचारकहरुलाई देखेको छु । परेश्वरले चलाउनु भएको कारणले तिनीहरु धेरै घमण्डी छन् र तिनीहरु मानिसहरु देखि धेरै टाढा छन् । त्यो के हो जसले हाम्रो जीवनको अन्त्यसम्म हामीलाई तोडिएको अवश्थामा र नम्रतामा राख्नसक्छ ? केवल एउटा कुराः येशूलाई हेरेर, हाम्रो विश्वास सुरु गर्नुहुने र त्यसलाई पूरा गर्नुहुनेलाई । जब हामीले येशूलाई नियाल्दछौं हामी घमण्डी भइरहन असम्भव हुन्छ । मानिस घमण्डी हुन पुग्दछ जब उसले अरु मानिसलाई हेर्न थाल्दछ, र आफैंलाई तिनीहरु भन्दा राम्रो सोच्न थाल्दछ, अवथा तिनीहरु भन्दा अझै अभिषिक्त, वा अरु भन्दा धेरै चलाइएको, आदि ।

तर, यद्यपि उसले माथि येशूलाई हेरेको भए, ऊ पश्चतापले धुलोमा आफ्नो अनुहार राख्ने थियो जसरी प्रेरित यूहन्नाले पटमोसको टापुमा गर्नुभयो । त्यसपछि यदि उसले येशूलाई हेरी राख्यो भने, उसले आफ्नो अनुहारलाई सधैंको लागि धुलोमा राखिराख्नेछ । सबै समयमा आफ्नो अनुहारलाई धुलोमा राख्नको लागि हामी सबैजनाले सिक्नुपर्छ । त्यो नै सुरक्षित ठाउँ हो । त्यसैले यदि तपाईंले तपाईंको जीवनको अन्तिम दिनहरु सम्म परमेश्वरलाई खुशी राख्न चाहनुहुन्छ भने माथिका कुराहरु हेर्नुहोस्

परमेश्वरले अद्भुत कुराहरु भण्डारमा राख्नुभएको छ । हामीले गर्नुपर्ने राम्रा कामहरु उहाँसँग छन् । हामीले जान्दैनौं कहिले हामीले यो संसारलाई छाडिजानु पर्नेछ । तर प्रभु आउनु अगावै, हामीले उहाँको निम्ति केही उपयोगी काम गर्नलाई अगाडि हेरीराख्नेछौं । प्रायः मानिसहरुले यो संसारमा डर र चिन्ताले भविष्यलाई हेर्दछन् । तर हामीले विश्वासमा अगाडि हेर्दछौं ।

व्यवस्था ११ः२१(केजेभी), मोशाले तिनीहरुलाई भन्नुभयो कि परमेश्वरको चाहना तिनीहरुको निम्ति थियो, "स्वर्गका दिनहरु जस्तै यस पृथ्वीका दिनहरु यस भूमिमा तिमीहरु र तिमीहरुका सन्तानहरुको निम्ति होउन्" । यो हामी सबैका निम्ति परमेश्वरको चाहना हो - कि यस पृथ्वीमा हाम्रा दिनहरु स्वर्गका दिनहरु जस्तै होउन् । परमेश्वरले अहिले पनि इच्छा गर्नुहुन्छ कि हामीले स्वर्गको आनन्द, शान्ति, प्रेम, पवित्रता र भलोपनको स्वाद हाम्रा घरहरु र हाम्रो मण्डलीमा लिनसकौं । मैले केही मात्रामा त्यसको अनुभव गरेको छु । त्यसैले मेरो जीवन र मेरो सेवकाई मेरो निम्ति भारपूर्ण छैनन् । कत्ति पनि छैन । यो आनन्दमय भएको छ र प्रत्येक दिन उत्साहजनक भएको छ किन कि मैले पृथ्वीको होइन तर स्वर्गका सिद्धान्तहरु द्वारा जिउन सिकेको छु । यो गर्ने निर्णय लिन तपाईंलाई सहज हुन्छ जब तपाईंले आफ्नो ख्रीष्टियान जीवन सुरु गर्नुहुन्छ । तर म आशा गर्दछु कि तपाईंले पृथ्वीको होइन तर स्वर्गका सिद्धान्तहरु द्वारा योे वर्ष जिउनलाई निर्णय लिनुहुन्छ । तपाईंको नजर येशूमा निश्चित गर्नुहोस् जसले अन्तसम्मै पक्रिनु भयो - ताकि तपाईंका दिनहरु स्वर्गका दिनहरु जस्तै पृथ्वीमा होस् । त्यो हाम्रो लागि परमेश्वरको इच्छा हो ।

तपाईंहरु सबैको अत्यन्तै आशिषित नयाँ वर्ष होस्, प्रत्येक दिन परमेश्वरको महान् आशिषले भरिएको ।