WFTW Body: 

जब येशूले आफ्नो चेलाहरुलाई मत्ती २४ मा आफ्नो आगमनको बारेमा बताउनुभयो, उहाँले उनिहरु होसियार हुने कुरामा सबैभन्दा बढि बारम्बार जोड दिनुभएको छ (मत्ती २४:४२,४४; २५:१३)। आत्मिक रुपमा सतर्क हुनु बाइबलीय तथ्यहरुभन्दा महत्वपूर्ण हो। मत्ती २५ मा (जुन मत्ती २४ को भविष्यवाणीहरुबाट बग्दै आएको छ), येशूले तिन क्षेत्रको बारेमा बताउनुहुन्छ जहाँ हामीलाई उहाँको आगमनको निम्ति सचेत हुन बोलाउनुभएको छ।

१. गुप्त जिवनमा विश्वासयोग्यता

(मत्ती २५:१-१३)। यस दृष्टान्तमा, येशू दश कन्याहरुको बारेमा बताउनुहुन्छ। यो कुरा याद गर्नुहोस् कि उनिहरु मध्ये कोहि पनि वेश्याहरु थिएनन् (व्यभिचारको आत्मिक अर्थको निम्ति याकूब ४:४ हेर्नुहोस्)। उनिहरु सबै कन्याहरु थिए। अर्को शब्दमा, उनिहरुको गवाहि मानिसहरुको सामुन्ने असल थियो। उनिहरु सबैको बत्ति बलेको थियो (मत्ती ५:१६)। उनिहरुको असल काम अरुले देख्थे। तर ति सबै कन्याहरुमा केवल पाँच बुध्दिमति थिए। तर शुरुमा यो सबैको निम्ति स्पष्ट थिएन। केवल पाँच जनाले आफूसँग भाडामा तेल लगेका थिए (मत्ती २५:५)।

भाडामा भएको तेल, बत्ती देखिए जसरी राती देखिदैनथ्यो, र यसले परमेश्वरको अघि हाम्रो गुप्त जिवनको चित्रण गर्छ जसलाई मानिसले यस संसारको अन्धकारमा देख्न सकदैनन्। हामी सबैसँग भाँडा छ। प्रश्न यो छ कि हामीसँग त्यो भाँडा छ कि छैन। पवित्रशास्त्र भरि नै तेल पवित्र आत्माको रुपमा देखाइएको छ र यहाँ परमेश्वरको जिवनलाई देखाउछ कि पवित्र आत्मा हाम्रो आत्मासँग कुरा गर्नुहुन्छ। त्यो जिवनको बाहिरी प्रकट हुवाई ज्योति हो (युहन्ना १:४)। भित्री कुराचाहि तेल हो। धेरै जनाले केवल बाहिरी गवाहि लिएर आएका हुन्छन्। यो उनिहरुको मूर्खता हो। परिक्षा र जाँचमा हामीलाई थाहा हुन्छ कि बाहिरी प्रकाशमात्र पर्याप्त हुँदैन। मानिसलाई विजयी जिवन जिउनको निम्ति भित्रि तेल हुनु आवश्यक छ।

" विपत्तिको दिनमा मूर्च्छित भयौ भने तिम्रो बल कम्ती छ" (हितोपदेश २४:१०)। जिवनका समस्याहरुले हामी कति बलियो वा कम्जोर छौँ भनि देखाउँछ। यस दृष्टान्तमा, दुलाहाको ढिला आउनु सङ्कष्टको चित्रण थियो। त्यस समयले हाम्रो आत्मिक सत्यतालाई प्रमाणित गर्छ। जोसँग विश्वास छ ऊ अन्तिमसम्म स्थिर रहन्छ र उसले मुक्ति पाउँछ। यो यस्तो समय पनि हो जसले यो प्रमाणित गर्छ कि कोसँग भित्रि तेल छ र कोसँग छैन। धेरै मानिसहरु तुरुन्तै उबजिएको बिउँजस्तै हुन्छ, तर कुनै भित्री जिवन नभएको। उनिहरुको हृदयमा माटोको गहिराई छैन (मत्ती ४:५)। त्यसैले नयाँ विश्वासीहरुलाई उहाँहरुको आत्मिकताको, वा पूरा हृदयसाथ परमेश्वरलाई स्विकार्नुभएको बारेमा मुल्यान्कन गर्न कठिन हुन्छ। यदि हामी पर्खन सक्छौँ भने, समयले सबै प्रकट गर्नेछ। ख्रिष्टको आगमनको लागि तयार हुने एउटा मार्ग, आफ्नो गुप्त जिवनमा परमेश्वरको सामु पवित्रता र विश्वासयोग्यता हुनुपर्छ - हाम्रो विचारमा, आचरणमा र मनसायमा, जुन हाम्रो वरिपरिका व्यक्तिले देख्न सक्दैनन्। यदि हामीसँग त्यो छैन भने, हामी आफूले ख्रिष्टको आगमनको विषयमा तयार छौ भन्ने कुरामा आफैलाई धोका दिइरहेका हुन्छौ।

२. हाम्रो सेवाकाईमा विश्वासयोग्यता

(मत्ती २५:१४-३०)। दोस्रो दृष्टान्तमा, परमेश्वरले हामीलाई दिनुभएको दानहरुमा विश्वासयोग्य हुने कुरालाई जोड दिइएको छ। यी दानहरुले भौतिक स्थान, पैसा, क्षमताहरु, जिवनका अवसरहरु, आत्मिक दानहरु, आदिको प्रतिनिधित्व गर्छ। सबै यस क्षेत्रमा बराबर हुँदैनन् - किनकि हामी दृष्टान्तमा देख्छौ कि एक जनाले पाँच, अर्कोले दुई र अर्कोलाई केवल एक तोडा दिइएको थियो। तर सबैलाई उनिहरुले पाएका कुरामा विश्वासयोग्य हुन बराबर समय दिइएको थियो। जसलाई धेरै दिइएको छ, ऊसँग धेरै माग राखिन्छ। त्यसैले जसले आफ्नो दुईटालाई चारमा बदलेको थियो, उत्ति नै इनानम दिइयो जति पाँच वटालाई दश वटा बनाउनेलाई दिइयो। न्याय खासगरी उसलाई गरीयो जसले आफ्नो तोडालाई 'जमिनमा' लुकायो (मत्ती २५:१८) - त्यो मानिसले परमेश्वरले उसलाई दिनुभएको दानलाई लगेर संसारमा दियो र परमेश्वरलाई होइन। कसैले यो भन्न सक्दैन कि उसलाई केहि दिइएको थिएन - किनकि परमेश्वरले सबैलाई एउटा नभए पनि अर्को दान दिनुहुन्छ। प्रश्न यो छ कि हामीले यि दानहरुलाई के कुरामा प्रयोग गर्छौ। हामीले यसलाई आफ्नै लागि प्रयोग गर्नु जमिनमा लुकाउनु जस्तै हो। जुन हामीले परमेश्वरको लागि प्रयोग गर्छौ त्यो अनन्त सम्पतिको रुपमा गनिन्छ। यस स्तरको अनुसार हामी धेरै विश्वासीहरुको गरीबीलाई देख्न सक्छौ। हाम्रो उदेश्य "सबै परमेश्वरको लागि र आफ्नो लागि केहि होइन" भन्ने हुनुपर्छ। तब हामी ख्रिष्टको आगमनको निम्ति तयार हुनेछौ। हामीले हामीसँग भएको सबैकुरा त्यागेनौ भने हामी येशूको चेला हुन सक्दैनौ। जसले परमेश्वरले दिनुभएको स्थान र दानहरुलाई प्रभुको निम्ति प्रयोग गर्दैन ऊ ख्रिष्टको आगमनको विषयमा तयार छु भन्ने कुरामा आफैलाई धोका दिइरहेका हुन्छ।

३. हाम्रो सङ्गी विश्वासीहरुको सेवा गर्ने कुरामा विश्वासयोग्यता

(मत्ती २५:३१-४६)। अन्तिम सूचिमा, हाम्रो सङ्गी विश्वासीलाई चाहिएको बेला हामीले गर्ने हाम्रो व्यवहार पर्दछ। त्यो माग आत्मिक वा शारिरिक हुन सक्दछ। हामी यहाँ देख्छौ कि कति विश्वासीले आफ्नो सङ्गी विश्वासीलाई मदत गर्नुभएको कारणले स्वर्गको राज्यको भागिदार हुन पाउनुभएको छ। उहाँहरुको सेवाकाई यति गुप्तमा थियो कि उनको दाहिने हातले के गर्दै छ सो बाँया हातलाई थाहा हुँदैनथ्यो (मत्ती ६:३)। यति सम्म कि जब प्रभुले उहाँहरुले गर्नुभएको असल कामको बारेमा बताउनुहुन्छ, उनिहरुलाई त्यो याद पनि हुँदैन! (मत्ती २५:३८)। येशूले यहाँ हामीलाई यो पनि बताउनुहुन्छ कि उहाँका भाइहरुमध्ये कसैलाई हामीले गर्ने सबैभन्दा सानो सेवाकाई उहाँको निम्ति गरिएको सेवाकाई ठहरिन्छ (मत्ती २५:४०)। यो महत्वपूर्ण छ कि परमेश्वरले यहाँ सानो भन्नुभएको छ, किनकि हाम्रो प्रवृत्ति महत्वपूर्ण विश्वासीको सेवा गर्ने र गरिबको बेवास्ता गर्ने र तुच्छ ठान्ने हुन्छ! जसले आफ्नै निम्ति खाने र पिउँने, किन्ने र बेच्ने, र बनाउने र रोप्ने गर्छन्, ख्रिष्टको आगमनको समयमा पछि छोडिन्छन् (लूका १७:२८,३४)। केवल उनिहरु जो प्रभुको सेवामा लाग्छन् र आफ्नो सङ्गी विश्वासीको निम्ति प्रेमिलो चासो राख्दछन्, उठाईन्छन्। अर्को अनुच्छेदमा, येशू अर्को समूहको मानिससँग कुरा गर्नुहुन्छ - जो यस समुहभन्दा बेग्लै छन्। यि व्यक्तिहरुलाई आफूले प्रभुको नाममा गरेको सबै असल कुराहरु याद छ। उनिहरु पनि न्याय आसनको सामुन्ने छन्, र उनिहरुले परमेश्वरलाई सम्झना गराउछन् कि उनिहरुले दुष्ट आत्माहरु निकाले, प्रचार गरे, येशूको नाममा बिरामीहरुलाई निको पारे, आदि। तर उनिहरुले यि सब काम गरे तापनि परमेश्वरद्वारा अस्विकार गरिए, किनकि उनिहरुमा पहिलो आवश्यकताको अभाव थियो, परमेश्वरको सामु गुप्त जिवनमा पवित्रता। उनिहरु आफ्नो दानले गर्दा उचालिएका थिए।