WFTW Body: 

परमेश्वरले अहङ्कारीहरुको विरोध गर्नुहुन्छ, तर नम्रहरुलाई अनुग्रह गर्नुहुन्छ । यदि परमेश्वरको शक्तिशाली बाहुलीमुनि हामीले आफैंलाई नम्र तुल्यायौं भने उहाँले उचित समयमा हामीलाई उच्च पार्नुहुनेछ (१ पत्रुस ५ः५,६) ।

उच्च पारिनु भनेको यो संसारमा वा ख्रीष्टियान जगतमा हामी महान मान्छे बनाइनु र मानिसहरुको आदर पाउनु होइन । यसले आत्मिकी उत्थानलाई जनाउँदछ, जहाँ हामीलाई आत्मिकी अधिकार परमेश्वरको सबै इच्छा हाम्रो जीवन र सेवकाईमा पूरा गर्नलाई दिइएकोछ । तर यस्तो उत्थान हामीले आफैंलाई नम्र तुल्याउने कुरामा भर पर्दछ ।

हामी सबैलाई थाहा छ कि अरुहरुको नजरमा ठूलो ठूलो हुन चाहने मानिसहरुले यो संसार भरिएकोछ । प्रत्येक राजनीतिज्ञ र प्रत्येक व्यवसायी ठूलो बन्न चाहन्छ । दुर्भाग्यवश, आफैंलाई ख्रीष्टको दास भन्नेहरु पनि ठूला ठूला बन्न चाहन्छन् । तिनीहरु "रेभरेण्ड डाक्टर" जस्ता ठूला शीर्षकहरु र आफ्ना संस्थाहरुमा "अध्यक्ष" जस्ता ठूला पदवीहरुको आकांक्षा गर्दछन् । दुःखको कुरा, आजको ख्रीष्टियानजगत संसारको कुनैपनि निगमहरु भन्दा केही फरक छैन !

आजका जवान विश्वासीहरु तिनीहरुका अगुवाहरुलाई फिल्मस्टारहरु स्पटलाइलमा उभिएका जस्तै गरी देख्दछन्, सार्वजनिक वैठकहरु भित्रका ठूला मन्चहरुमा, महँगा होटेल र घरहरुमा बसेका, र महँगा गाडीहरु चढ्दै गरेका । परमेश्वरको बाटोहरुको बारेमा त्यति राम्रोसँग नजानिकन तिनीहरुले त्यस्ता अगुवाहरुलाई प्रशंसा गर्दछन् र तिनीहरु पनि ती उचाइहरुमा पुग्ने दिनको प्रतिक्षा गर्दछन् ! परमेश्वरले तिनीहरुलाई यसरी इनाम दिनुभएको कारणले त्यस्ता प्रचारकहरु पक्कै पनि धेरै वर्षदेखि बफादार रहेछन् भनी तिनीहरु महसुस गर्दछन् । अनि बफादार भएर तिनीहरु पनि एकदिन त्यस्ता मन्चहरुमा स्पटलाईट सँग खडा हुनेछन् भनी कल्पना गर्दछन् !

जब आफूले प्राप्त गरेका उपहारहरुबाट प्रचारकहरुले प्रसस्त पैसा कमाएको जवान मानिसहरुले देख्दछन्, तिनीहरु पनि एक दिन उनीहरु जस्तै धनी हुने दिनको प्रतिक्षा गर्दछन् । ती जवान मानिसहरुको लागि प्रेरणाको स्रोत येशू ख्रीष्ट होइन तर ती धनी, फिल्मस्टार सरहका प्रचारकहरु हुँदछन् । यो आजको ख्रीष्टियानजगत भित्रको त्रासदी हो ।

हामीले हाम्रा युवाहरुलाई हाम्रो जीवनद्वारा देखाउनु आवश्यक छ र तिनीहरुलाई हाम्रा शब्दहरुद्वारा सिकाउनु आवश्यक छ कि यदि हामीले प्रभुलाई पछ्यायौं भने हामी धनी वा प्रसिद्घ होइनौं तर ईश्वरीय हुनेछौं ।

एकै समयमा हामी गतल बुझिइनेछौं, अस्वीकृत र सताइनेछौं ! तर हामीहरुलाई घृणा गर्नेहरुलाई प्रेम गर्न हामी सक्षम हुनेछौंं, र सराप्नेहरुलाई हामीले आशीर्वाद दिन सक्नेछौं । यो हामीले अर्को पुस्तालाई देखाउनु आवश्यक छ । यदि हामीले त्यसो गरेनौं भने तिनीहरुले "अर्को येशूलाई" पक्ष्याउनेछन्, जसलाई तिनीहरुले आजका शारिरीक प्रचारकहरुमा देख्दछन् ।

परमेश्वरको शक्तिशाली बाहुली मुनि हामीले आफैंलाई नम्र तुल्याउनु भनेको परमेश्वरले हाम्रा जीवनहरुमा पठाउनु भएको हरेक परीस्थितिमा आनन्दित रहनु हो । हामी ती परीस्थितिहरुलाई हामीलाई नम्र तुल्याउन अनुमति दिन्छौं, ताकि हामी सानो र परमेश्वर ठूलो बन्नुहुनेछ । मानिसहरुका नजरहरुमा जब हामी सानो बन्दछौं, तिनीहरु हामीमा होइन तर प्रभुमा निर्भर रहनेछन् ।

ख्रीष्ट हामीमा बढ्ने र हामी घट्ने कुराको हामीले उत्कट इच्छा राख्नु पर्छ । परमेश्वरले हामीलाई हाम्रा जीवनका धेरै परीस्थितिहरु द्वारा हामीलाई घटाउनको लागि डोर्याउनुहुन्छ ताकि ख्रीष्ट हामीमा बढ्न सक्नुभएकोहोस् । त्यस्ता परीस्थितिहरुमा यदि हामीले आफैंलाई नम्र तुल्यायौं भने, त्यसपछि परमेश्वरको उदेश्य हाम्रो जीवनमा पुरा हुँदछ ।

आफैंलाई नम्र बनाउनु भनेको हामीले गल्ती गरेका सबैसँग माफी माग्नु समावेश छ । प्रभुका सेवकहरुको रुपमा हामी सबै मानिसहरुको सेवक हुनुपर्दछ र तिनीहरुलाई आशिष् दिन तिनीहरु सबैको अधिनमा जान इच्छुक हुनैपर्दछ । जब हामीले गल्तीहरु गर्दछौं, हामी तिनीहरुलाई स्वीकार गर्न र आवश्यक भएमा माफी माग्न छिटो हुनैपर्छ । कहिल्यै गल्ती नगर्ने एक मात्र परमेश्वर हुनुहुन्छ ।

मैले प्रभुलाई भनेको छु कि सूर्य मुनि वच्चाहरु, सेवकहरु, माग्नेहरु वा जोकोही सँग म माफी माग्न तयार छु, र म यस मामिलामा मेरो गरिमा वा प्रतिष्ठामा कहिल्यै खडा हुनेछैन । अनि मैले त्यो गरेकोछु, र परमेश्वरले मलाई आशिष् दिनुभएकोछ ।

तपाईं जो विवाहित हुनुहुन्छ, तपाईंलाई थाहा छ कि तपाईंका लागि आफ्नी श्रीमतीलाई आकस्मिक चोट पुर्याउनु कत्ति सजिलो छ, तपाईंले नचाहेको अवस्थामा पनि । तपाईंले राम्रो नियतले केही भन्न सक्नुहुन्छ । तर तपाईंको श्रीमतीले तपाईंले भन्न खोज्नुभएको कुरा गलत बझ्न सक्नुहुन्छ । तर यो अर्को तवरले पनि हुनसक्छ, तपाईंको श्रीमतीले भनेको कुरा तपाईंले गतल बुझ्नुहुन्छ । यस्तो अवश्थामा तपाईंले के गर्नुपर्छ ? मलाई यो कुरा भन्न दिनुहोस्ः तपाईंको परीश्रमपूर्ण व्याख्या, वा कसको गल्ती थियो भनेर विश्लेषण मार्फत भन्दा माफी मार्फत तपाईंको घरको शान्ति धेरै छिटो पुनर्स्थापित गर्न सकिन्छ ।

मानौं तपाईंका सहकर्मीहरुले तपाईंलाई गलत बुझेको अवश्थामा तपाईं हुनुहुन्छ । तिनीहरुलाई मामिलाहरु बुझाएर कुनै फाइदा नहुन सक्छ, किनभने तिनीहरु सुन्न इच्छुक नहुन सक्छन् । यस्तो अवश्थामा तपाईंले के गर्नुपर्छ, विशेष गरी तपाईं पूर्ण रुपमा निर्दोष हुनुहुन्छ ? के तपाईं आफ्नै लागि दुःखी हुनुपर्छ ? हुँदै होइन । परमेश्वर र मानिसहरुको अगाडि तपाईंको विवेक शुद्घ रहेको कुरामा निश्चित हुनुहोस् र त्यो कुरा उहाँमा छोडिदिनुहोस् । केवल त्यतिमात्र तपाईंले गर्नुपर्छ । त्यही नीति नै हो जुन मैले धेरै वर्षदेखि अपनाएको छु र म साँच्चै आशिषित भएको छु । म तपाईंलाई पनि यो सिफारिस गर्दछु ।