जब हामी धर्मशास्त्रका सुरुका पृष्ठहरुलाई अन्तिमका पृष्ठहरु सँग तुलना गर्दछौं, हामीले पत्ता लगाउँदछौं कि दुई रुखहरु (जीवनको रुख र असल र खराबको ज्ञानदिने रुख) ले समयको अन्त्यसम्ममा दुई प्रणालीहरुको सृजना गरेको छ - यरुशलेम र बेबिलोन ।
जो साँच्चिकै आत्मा द्वारा जन्मिएको हुन्छ - त्यो परमेश्वरबाट, परमेश्वर द्वारा र परमेश्वरको हो - सदैव रहिरहन्छ, जबकि शरीरबाट जन्मिने - मानिसबाट, मानिस द्वारा र मानिसको निम्ति हो - नष्ट भएर जानेछ ।
आज, हामी उत्पति र प्रकाशको पानाहरुको बीचमा जिउँदैछौं । र चाहे हामीले यो महसुस गरौं या नगरौं, हामी यी दुई मध्ये एक पद्घतिमा परेको पाइरहेका छौं - एउटा परमेश्वरलाई उचाल्न र महिमा दिन तत्पर, र अर्को मानिसलाई महिमा दिन र उचाल्न लागेकोः एउटा ख्रीष्टलाई पछ्याउँदै गरेको र अर्को आदमलाई पछ्याउँदै गरेकोः एउटा आत्मामा जिउने र अर्को शरीरमा र प्राणमा जिउने ।
येशू र आदम दुबैले परमेश्वरको आवाज सुन्नुभयो - फरक यही तथ्यमा थियो कि एउटाले आज्ञापालन गरे अर्कोले आज्ञा उलङ्घन गरे । यसरी नै, येशूले भन्नुभयो, उहाँको आवाज सुन्नेहरुको निम्ति हुनेछ - एउटाले आज्ञापालन गर्नेछ र चट्टानमा घर निर्माण गर्नेछ, अनन्तसम्मको लागि नहल्लिने, जबकि अर्कोले सुन्नेछ तर आज्ञापालन गर्नेछैन र बालुवामा घर बनाउनेछ, अन्ततः नष्ट हुनको लागि (मत्ती ७ः२४-२७) ।
येशूले भन्नुभएको यी दुई घरहरु यरुशलेम र बेबिलोन हुन् ।
आज ती ब्यक्तिहरु छन् जो विश्वासमा उद्दार पाएका छन् र नयाँ करारमा प्रवेश गर्दछन्, येशूको रगतले छाप लगाइएका छन्, र परमेश्वरको इच्छामा आज्ञाकारिताको जीवन जिउँदै ख्रीष्टलाई पछ्याउँदछन् (विशेषगरी मत्ती ५ देखि ७ सम्म ब्याख्या गरिएको छ), जसले चट्टानमा घर बनाउँदछन् र यरुशलेममा सहभागी छन् । कसैले मत्ती ५ देखि ७ सम्म पढेका छन् केवल ऊ यो जमातमा पर्छ कि पर्दैन भनेर जान्नको लागि ।
त्यस्तै नै अरुहरु छन् (र यो अत्यधिकमा छन्), जसले मत्ती ५ देखि ७ सम्म येशूको वचन सुन्दछन्, तर उद्दार, विश्वास र अनुग्रहको झुटो बुझाई बोकेका, झुटो सुरक्षामा जिउँदछन्, येशूको वचनको आज्ञापालन गर्न बेवास्ता गर्दै, र यसरी बालुवामा घर बनाउँदछन् - बेबिलोन - अन्ततः सदाको लागि नष्ट हुँदछन् ।
तिनीहरुको आफ्नै आँखामा 'ख्रीष्टियानहरु' हुन्, किनकि येशूले भन्नुभयो कि बालुवामा घर बनाउने मानिसहरु ती हुन् जसले उहाँको वचन सुन्छन्, र त्यसैले स्वतः अन्य जाति होइनन्, तर ती जो बाइबल पढ्दछन् र 'मण्डली' जान्छन् । उसको समस्या केवल यही थियो उसले आज्ञापालन गरेन र त्यसैले येशूलाई मान्ने हरु सबैको निम्ति प्रतिज्ञा गरिएको अनन्तको उद्दारमा सहभागी हुनसकेन (हिब्रू ५ः९) । उसको विश्वास साँचो थिएन, किनकि यसमा सिद्घ पार्नलाई आज्ञाकारिताको काम थिएन (याकूब २ः२२, २६) ।
आदमलाई शीर तुल्याउनेहरुले प्रकट गरिएको परमेश्वरको इच्छामा अनाज्ञाकारी हुँदै उनीहरुको मस्तिष्कलाई पछ्याउँछन्, तर शैतानद्वारा बुझाइएका छन् कि तिनीहरु "मर्नेछैनन्" (उत्पति ३ः४), किनकि तिनीहरुले 'ख्रीष्टलाई ग्रहण गरेको' दाबी गर्दछन् । यसरी तिनीहरु बेबिलोनको झुटो सुरक्षामा जिउँदछन् ।
बराबरीमा, ख्रीष्टलाई शीर तुल्याउनेहरु परमेश्वरको इच्छाको आज्ञाकारितामा तिनीहरु "येशू जसरी जिउनुभयो त्यसरी जिउनु" (१ यूहन्ना २ः६) भन्ने तथ्यमा चिनिएका हुन्छन् । तिनीहरु ख्रीष्टका दाजुभाई र दिदी बहिनीहरु हुन् (मत्ती १२ः५०), र यरुशलेमका हिस्सा हुन् ।
दृष्टान्तको बारेमा मत्ती ५ देखि ७ को अन्त्यमा येशूले बोल्नुभएको चाखलाग्दो कुरा, यो हो कि बुद्घिमान मानिसको घर र मूर्ख मानिसको घर केही समयसम्म रहिराख्यो, जसरी बेबिलोन र यरुशलेम आज खडा छ - जब सम्म पानी र बाढी आएको थिएन । जबकि मूर्ख मानिसलाई घरको बाहिरी रुपको बारेमा मात्र चासो थियो (मानिसहरुका सामु गवाही), बुद्घिमान मानिसलाई मुख्यरुपमा जगको बारेमा (हृदयमा लुकेको जीवन, परमेश्वरको मुहार अगाडि) बढी चासो थियो ।
यरुशलेमकोविशिष्टविशेषताभनेकोपवित्रताहो।यसलाई "पवित्रशहर" भनिन्छ (प्रकाश २१ः२) । तथापि, बेबिलोन आफ्नो महानताको लागि खडा छ । यसलाई "महान शहर" भनिन्छ (प्रकाश १८ः१०) । प्रकाशको पुस्तकमा यसलाई एघार पटक "महान" भनिएको छ ।
जो साँचो पवित्रतामा बाँचिरहेका छन्, परमेश्वरको आज्ञाकारितामा र विश्वासद्वारा अनुग्रहमा ख्रीष्टको प्रकृतिमा भाग लिएका छन्, यरुशलेममा सँगै निर्माण गरिएका छन्; जहाँ पृथ्वीमा महानता खोज्नेहरु (मानिसको गवाही र सम्मान) बेबिलोनमा बनाइएका छन् ।
उन्नाइस सय वर्षदेखि, परमेश्वरका मानिसहरुलाई बोलावट आउँदै गरेको छ,
तिनीबाट (बेबिलोन) बाहिर आओ मानिसहरु; तिनका पापहरुमा भाग नलेओ, नत्र तिमीलाई उनीसँग दण्ड दिइनेछ (प्रकाश १८ः४ - टीएलबी) ।
बोलावट आज झनै जरुरी छ, किनकि हामी युगको अन्त्यमा पुग्छौं । जसको सुन्ने कान छ, त्यसले सुनोस् ।