WFTW Body: 

रोमी ७:१४-२५ ति व्यक्तिहरुको लागि महत्वपूर्ण खण्ड हो जो सिध्दता तर्फ बढ्न चाहनुहुन्छ। पावल त्यहाँ आफ्नो नयाँ-जिवन पाएको विश्वासीको रुपमा आफ्नो अनुभवलाई देखाउछन, किनकी अविश्वासी मानिसले, "मभित्रको मानिसअनुसार परमेश्वरको व्यवस्थामा आनन्दित हुनेछु" (रोमी ७:२२) भन्दैन।

पावलको यस पत्र रोमीहरुलाई १ अध्यायमा शुरु भएको "मुक्तिको निम्ति परमेश्वरको सामर्थ्य" (रोमी १:१६) को सन्दर्भ अनुसार वर्णन गरिएको छ। अध्याय ३, ४ र ५ मा विश्वासद्वारा धर्मी ठहराइएपछि, रोमी ६ मा पावल पाप माथी विजय पाउने बारेमा बताउँछन्। फेरी अध्याय ७ मा पावल अर्को चरणमा जान्छन्। उनि यस पत्रमा नयाँ जिवन नपाएको अवस्थामा फर्केर गएका छैनन्। होइन। उनि सुसमाचारको आफ्नो वयानलाई क्रमश लादैँ छन्। अब उनि यस्तो व्यक्तिको बारेमा बताउँछन् जसलाई आफ्नो भित्री जिवनमा सिध्दता तर्फ बढ्दै जादाँ सङ्घर्षहरु आइरहेका हुन्छन्। त्यसपछि उसले समझसहित विचार गरेर केवल परमेश्वरको इच्छा पूरा गर्ने चुनाव गर्छ। उसले विजयको चाहना गर्छ र खाँचोको समयमा उसलाई मदत गर्ने अनुग्रह प्राप्त गर्छ। तरै पनि उसले दुई वटा कुरा प्राप्त गर्छः (क) कि त जब उसले लापरवाही गरिरहेको हुन्छ, ऊ फेरी त्यहि ठाउँमा लड्छ जहाँ उसले पहिल्यै प्रकाश पाईसकेको हुन्ढ - (सचेत पाप); र (ख) कहिले काहिँ ऊ आत्मिक स्तरबाट खस्किन्छ तर उसलाई त्यस कुराको त्यस पछि महसुस हुन्छ (एउटा नयाँ क्षेत्र जहाँबाट खस्नुभन्दा अघि उसमा त्यसबारे प्रकाश थिएन- अचेत पाप)।

जसलाई पूर्ण सिध्दतामा इच्छा छैन, उसलाई यस कुरामा सङ्घर्ष हुँदैन, किनकी ऊ रोमी ५ मा नै रोकिएको छ। त्यो मानिस जसले पापबाट पूरा विजय पाउने कोसिस गरिरहेको हुन्छ, (रोमी ६:१४), उसले आफू भित्र सङ्घर्ष गरिरहेको हुन्छ र आफैलाई भन्छ, "हाय! म कति अभागी मानिस! कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला?" (रोमी ७:२४)।

जसले यस्तो सङ्घर्षहरुको अनुभव गरेका हुँदैनन्, उनिहरु आफ्नो भित्री जिवनमा इमान्दार हुँदैनन्। र यहि कुराले हामीलाई ठूलो आशा दिन्छ कि जब हामी आफ्नो कमजोरीमा कुनै क्षण लड्दछौँ भने, त्यो हामीले पश्चाताप गर्नुपर्ने, त्याग्नुपर्ने, र ख्रीष्टलाई उहाँको रगतले त्यसलाई शुध्द गर्न माग गर्नुपर्ने भएपनि, त्यो हामीले जानिएर गरेको पाप होइन। त्यस कुरालाई लिएर हामीले पछि गरेको पछुतोले त्यसलाई प्रकट गर्दछ। किनकी हामीले त्यसता पापपूर्ण कार्यहरुलाई निरन्तर घृणा गरिरहन्छौँ र ति कुराहरुको बारेमा दुःखीत हुन्छौँ, र एक दिन हामी त्यस कुराहरुबाट विजय पनि पाउछौँ।

रोमी ७ अध्याय ध्यान दिएर पढ्नुहोस् र परमेश्वरलाई त्यस खण्डबाट तपाईलाई प्रकाश दिन माग्नुहोस्। रोमी ११-१३ ले बताउँछ कि अब हामी व्यवस्थाले हामीलाई दिने मार्गदर्शनबाट मुक्त भएका छौँ। अब हामीले ख्रिष्टसँग विवाह गरेका छौँ, ता की हामी व्यवस्थाभन्दा पनि उच्च स्तरको जिवन जिउँन सक्छौँ तर परमेश्वरको आज्ञाहरुप्रति कानुनी मनोवृत्तिको साथ होइन। हामी "लेखिएको व्यवस्थाको पुरानोरुपमा होइन, तर आत्माको नयाँपनमा सेवा" गर्छौँ (रोमी ७:६)।

जो आफ्नो सङ्घर्षहरुको बारेमा इमान्दार छैनन्, उनिहरुलाई विजय छैन। प्राथमिक प्रश्न रोमी ७ लाई सहि तरिकाले बुझेको छ कि छैन भन्ने होइन, तर एउटा मानिसको सङ्घर्षको बारेमा पूर्ण रुपले इमान्दार हुनु हो। म तपाईहरुलाई आग्रह गर्न चाहन्छु कि तपाई यस्ता मानिसहरु देखि टाढा रहनुहोस् जो आफ्नो भित्री सङ्घर्षहरुको बारेमा इमान्दार छैनन्, किनकी उनिहरु कपटी हुन्। तपाई जाँच्ने किसिमको हुन जरुरी छ। साँपहरुजस्तै चतुर र ढुकुरहरुजस्तै झैँ सोझो हुनुहोस्। यो याद राख्नुहोस् कि तपाईबाट परमेश्वरले सबभन्दा बढि इमान्दारीता चाहनुहुन्छ। यो शुध्दता तर्फको चालिने पहिलो कदम हो।