WFTW Body: 

"किनभने म आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ" (यूहन्ना ६:३८)। येशू सवयंले उहाँ संसारमा के गर्न आउनुभएको हो भनि बताउनुभएको छ। र हामीले केवल यस एक वाक्यद्वारा ख्रीष्ट संसारमा हुनुहुँदा हरेक दिन कसरी जिउनुभयो भन्ने कुरा वृस्तित रुपमा देख्न सक्छौ। ख्रीष्ट नासरतमा हुनुहुँदाको तिस वर्षको जिवनकाल गुप्त वर्ष हो भनि बताइएको छ। तर यहाँ उहाँले त्यस तिस वर्ष कसरी बिताउनुभएको थियो भन्ने कुरा प्रकट गर्नुहुन्छ। उहाँले आफ्नो पिताको इच्छाको लागि आफ्नो इच्छालाई मार्नुभयो।

जब येशू अनन्तदेखि स्वर्गमा आफ्नो पितासँग हुनुहुन्थ्यो, उहाँले कहिल्यै पनि आफ्नो इच्छालाई मार्नुपर्दैनथ्यो, किनकी उहाँले गर्नुभएको हरेक इच्छा पिताको इच्छा थियो। तर जब उहाँ संसारमा हाम्रो शरीर लिएर आउनुभयो, त्यो शरीरमा स्व-इच्छा थियो जसले हरेक प्रकारले परमेश्वरको इच्छालाई विरोध गर्न खोज्थ्यो। र तब उहाँले पिताको इच्छालाई पालन गर्नको लागि आफ्नो हरेक स्व-इच्छालाई मार्नुपर्थ्यो। येशूले आफ्नो पुरै जिवनभर यस क्रुसलाई बोक्नुभयो - त्यो उहाँको स्व-इच्छाको क्रुस थियो - र यदि हामी उहाँलाई पच्छ्याउन चाहन्छौ भने, यो क्रूस उहाँले हामीलाई हाम्रो दैनिक जिवनमा बोक्न लगाउनुहुन्छ। येशूले आफूलाई निरन्तर रुपमा इन्कार गर्नुभएर नै आफूलाई एउटा आत्मिक व्यक्ति बनाउनुभयो। हामीले पनि आफूलाई इन्कार गर्न सक्यौ भने आत्मिक बन्न सक्छौ।

आत्मिकपना परमेश्वरलाई भेटेपछि आउने कुरा होइन। यो आफूलाई निरन्तर, दिन व दिन, एउटा पछि अर्को हप्ता, र एक पछि अर्को वर्ष इन्कार गरेपछि हुने कुरा हो। दुई विश्वासी भाईहरुको बारेमा सोच्नुहोस्, (जसले एकैदिनमा मुक्ति पाउनुभएको थियो), तपाईले उहाँहरुलाई दश वर्ष पछि हेर्नुहुन्छ भने तपाइले उहाँहरुलाई यस प्रकारको अवस्थामा देख्नुहुन्छ। एउटा भाइ एक बढेको विश्वासी हुनुभएको छ, र उहाँमा आत्मिक समझहरु छन् र परमेश्वरले उहाँलाई मण्डलीमा धेरै जिम्मेवारीहरु दिएर भर पर्न सक्नुहुन्छ। अर्को भाइ अझै पनि सानो बालक हुनुहुन्छ, र उहाँमा आत्मिक समझहरु छैन, उहाँलाई अरुद्वारा बारम्बार खुवाइनुपर्छ र उत्साह दिइरहनुपर्छ। यि दुई भाइ बिच यस्तो भिन्नता के कारणले हुन गयो त? यसको जवाफ हो: यो आफ्नो दश वर्षको विश्वासी जिवनमा उहाँले दैनिक रुपमा लिनुभएको सानो निर्णयहरुको कारणले गर्दा हो। यदि उहाँहरु त्यहि गतिमा पछिको दश वर्ष हिँड्नुहुन्छ भने, उहाँहरु बिचको भिन्नता झन् बढ्ता गरि देखिन सकिन्छ। र अनन्तकालमा उहाँहरु बिचको भिन्नता उत्ति नै हुन्छ जति २००० वाटको चिम र ५ वाटको चिममा हुन्छ!! "तेजमा एउटा तारा अर्को ताराभन्दा भिन्दै हुन्छ" (१ कोरिन्थी १५:४१)।

यस्तो परिस्थितीलाई विचार गर्नुहोस्, कि तपाई कुनै व्यक्तिको घर जानुभएको छ र तपाईलाई त्यहाँ उपस्थित नहुनुभएको अर्को व्यक्तिको बारेमा (जो तपाईलाई मन पर्दैन), कुरा काँट्न मन लाग्छ। तपाई के गर्नुहुन्छ? तपाई त्यसलाई स्विकारेर कुरा काँट्नुहुन्छ, या तपाईले आफूलाई इन्कार गर्नुहुन्छ र चुप लाग्नुहुन्छ? कोहि पनि व्यक्तिलाई परमेश्वरले अरुको कुरा काँटेको कारणले पक्षघात वा क्यान्सर जस्तो रोग दिनुहुन्न। अहँ! र त्यसैले धेरैले सोच्छन् कि यस्ता पापले तिनीहरुको जिवनलाई बिगार्न सक्दैन। तर ओहो, ति धेरै भाइबहिनीहरुले अनन्ततामा यो थाहा पाउनुहुन्छ कि त्यस्ता साना कुरामा आफूलाई खुसी तुल्याउनुभएको कारणले, उहाँहरुले आफैलाई बिस्तारै बिगार्दै हुनुहुन्छ। तब उहाँहरुले संसारमा हुनुहुदाँ आफ्नो जिवनलाई खेर फाल्नुभएको कुरामा पछुतो मान्नुहुन्छ।

येशू पनि नासरतमा हुनुहुँदा त्यस्तै प्रकारका परिस्थितिहरुद्वारा ३० वर्षसम्म परिक्षामा पर्नुभयो। यसरी लेखिएको छ कि ति गुप्त वर्षहरुमा " उहाँले कहिल्यै पनि आफैलाई खुशी पार्नुभएन" (रोमी १५:३)। उहाँले सधै आफैलाई इन्कार गर्नुभयो। त्यसैले उहाँले सधै पितालाई खुसी तुल्याउनुभयो। एउटा व्यक्तिले आफ्नो जिवनमा आफैलाई धेरै पटक खुसी पार्न सक्छ - उदाहरणको लागि, खाने कुराको विषयमा। यस परिस्थितिको बारेमा सोच्नुहोस जहाँ, तपाईलाई भोक नलागे तापनि, तपाई खानको निम्ति केहि मिठो खानेकुरा किन्न खोज्नुहुन्छ। त्यहाँ पक्कै पनि केहि नराम्रो वा पापपूर्ण कुरा छैन। तर यसले जिवनका केहि कुराहरुलाई जनाउछ। किनकी तपाईसँग पैसा छ भने, तपाई जे चाहनुहुन्छ, त्यो आवश्यक नभएतापनि किन्नुहुन्छ। तपाईलाई जे गर्दा खुशी लाग्छ सो गर्नुहुन्छ। यदि तपाईलाई केहि किन्न मन लाग्छ भने किन्नुहुन्छ। यदि तपाईलाई कहि जान मन लाग्छ भने जानुहुन्छ। यदि तपाईलाई राति ढिला सुत्न मन लाग्छ भने पनि, तपाई ढिला सुत्नुहुन्छ। तपाई सधै सवाहरुमा जानुहुन्छ, बाइबल पढ्नुहुन्छ भने पनि, यदि तपाई त्यसरी जिउनुभएपछि त्यसको अन्त्य कस्तो हुन्छ? तपाईले आफ्नो मुक्ति त गुमाउनुहुन्न तर तपाईले पक्कै पनि परमेश्वरले तपाईलाई जिउनको निम्ति दिनुभएको जिवनलाई खेर फाल्नुहुन्छ।

तर अर्को भाइ भिन्न तरिकाले जिउनुहुन्छ। उहाँले आफ्नो शरिरलाई अनुशासित तुल्याउने निर्णय गर्नुहुन्छ। उहाँ भोको हुनुहुन्न भने, उहाँ नचाहिँदो तरिकाले खाने निर्णय गर्नुहुन्न। उहाँले यो निर्णय गर्नुहुन्छ कि उहाँले आफूलाई नचाहिने कुरा कहिल्यै किन्नुहुन्न। उहाँ प्रत्येक दिन परमेश्वरसँग समय बिताउनको निम्ति पन्ध्र मिनेट पहिले उठ्ने निर्णय गर्नुहुन्छ। यदि कोहि उहाँसँग रिसाएर बोल्छ भने, उहाँले नम्र तरिकाले जवाफ दिने निर्णय गर्नुहुन्छ। उहाँ सधै प्रेम र भलाईमा जिउने निर्णय गर्नुहुन्छ। उहाँ पत्रिकामा यस्ता समाचारहरु नपढ्ने निर्णय गर्नुहुन्छ जस्ले उहाँको अभिलाषालाई जगाउछ। हरेक परिस्थितिमा, उहाँले आफैलाई नम्र तुल्याउने कोसिस गर्नुहुन्छ र आफैलाई धर्मी नठहराउने कोसिस गर्नुहुन्छ। उहाँले त्यस्ता साथिहरुलाई छोड्ने निर्णय गर्नुहुन्छ जसले उहाँलाई संसारतर्फ लाने कोसिस गर्छ। आफूलाई इन्कार गर्ने निरन्तरको कोसिसमा (ति कुराहरुलाई इन्कार गर्दै जसले आफैलाई खुसी तुल्याउँथ्यो), उहाँ अब केवल परमेश्वरलाई खुसी तुल्याउने कुरामा बलियो बन्दै जानुहुन्छ। उहाँले नचाहिने कुरामा पैसा खर्च नगरेको कारणले, वा खाटबाट पन्ध्र मिनेट चाडो उठेकोले, वा आफ्नो मानविय मर्यादा (वा स्थान) लाई त्यागी माफी मागेर के गुमाउनुभयो त? केहि पनि गुमाउनुभएन। तर यो सोच्नुहोस् कि उहाँले के प्राप्त गर्नुभयो! यस्तो व्यक्ति, जो सानो कुरामा निरन्तर परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्छ, परमेश्वरको विश्वासयोग्य व्यक्ति बन्नुहुन्छ - उहाँले पाएको बाइबलीय ज्ञानको कारणले होइन, तर आफ्नो जिवनमा उहाँले लिनुभएको सानो निर्णयको कारणले कि उहाँले आफूलाई होइन तर परमेश्वरलाई खुसी तुल्याउने निर्णय गर्नुभयो। त्यसैले कमजोर इच्छा भएको व्यक्ति नबन्नुहोस्। आफ्नो इच्छालाई परमेश्वरको इच्छा पालन गर्न अभ्यस्त तुल्याउनुहोस्।

बढेको विश्वासीहरु उहाँ हो जसले, "आफ्नो ज्ञानेन्द्रियहरुलाई काममा परी-परीकन दुबै असल र खराब खुट्टयाउनका निम्ति अभ्यस्त पार्नुभएको छ" (हिब्रू ५:१४)। परमेश्वरको निम्ति तपाई एक असल पुरुष वा महिला बन्नुहुन्छ भन्ने कुरालाई निर्धारण गर्नुहोस्।