द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च भगवानलाई चिन्ने
WFTW Body: 

परमेश्वरले तपाईको लागि गर्नुभएको सबै कुरालाई ध्यानमा राख्दै, ति सबैको निम्ती उहाँलाई दिने सहि तरिकाको प्रतिक्रिया कस्तो हुन्छ? तपाईले उहाँलाई केवल केहि धन्यवादका शब्दहरुद्वारा आफ्नो कृतज्ञता दिनुभयो भने त्यो पर्याप्त हुदैन। यस प्रश्नको जवाफ रोमी १२ को पुरै अध्याय हो। "परमेश्वरको कृपाको" दृष्टिकोण अनुसार, तपाईले गर्नुपर्ने कुराहरु यि हुन्:

१. सर्वप्रथम, तपाईको शरीरलाई परमेश्वरकहाँ जिउँदो बलिदानको रुपमा चढाउनुहोस् (रोमी १२:१)। 'बलिदान' शब्दले यो जनाउदछ कि तपाईले आफ्नो शरीरलाई परमेश्वरलाई चढाउनुहुदाँ तपाईले त्यहाँ केहि मूल्य चुकाउनुपर्दछ। केहि कुरालाई बलिदान गर्नुपर्छ - त्यो तपाईको स्व-इच्छा हो जसले तपाईको शरीरलाई प्रयोग गर्न चहान्छ - तपाईको आँखा, हात, जिब्रो र तपाईको इन्द्रिय र इच्छाहरु, आदि - जसले तपाईलाई खुसी पार्न खोज्दछ।

२. तपाईको मनलाई नविकरण गर्नको लागि चढाउनुहोस् (रोमी १२:२) - यसको मतलव, तपाईले मानिसलाई र परिस्थितीहरुलाई परमेश्वरले जसरी हेर्नुहुन्छ, त्यसरी हेर्नुहोस्। यस कुरामा तपाईले आफूलाई शुद्ध तुल्याउनुपर्छ, तपाईले स्त्रीहरुलाई हेर्ने खराब तरिकाबाट, आफूलाई हानि गर्ने मानिसहरुलाई तपाईले तितो तरिकाले हेर्नुभएको तरिकाबाट, तपाईलाई मनपर्ने व्यक्ति र मन नपर्ने व्यक्तिलाई पक्षपात गरेर हेर्ने तरिकाबाट, तपाईले परिस्थितिहरु र भविष्यमा हेर्ने अविश्वास, चिन्ता र डरको तरिकाबाट। तपाईले सधै आफैँलाई सोध्नुहोस्, "परमेश्वरले यो व्यक्ति र परिस्थितिलाई कसरी हेर्नुहुन्छ?" र तपाईले तिनीहरुलाई हेर्ने हरेक तरिकाबाट आफैँलाई शुद्ध पार्नुहोस्।

३. आफ्नो बारेमा बढी नसोच्नुहोस् (रोमी १२:३)। यो तपाईको विश्वासको नाप हो - र यो तपाईको ज्ञान वा तपाईको बलको नाप होइन - यो तपाईको आत्मिक जिवनको वास्तविक नाप हो।

४. आफूमा ख्रीष्टको शरीरलाई निर्माण गर्नको लागि, परमेश्वरले तपाईलाई कुनै प्रकारको वरदान वा प्रतिभा दिनुभएको छ भने, त्यसैअनुसार तपाईको सेवाकाई पुरा गर्नुहोस् (रोमी १२:४-८)। त्यसलाई जमिनमा (अथवा, संसारमा) नदफ्नाउनुहोस्, जसरी एक असर्फी पाएको दासले गर्यो। परमेश्वरको सेवा गर्ने कुरामा जोशिलो हुनुहोस् (रोमी १२:११), र दृढतापूर्वक प्रार्थना गर्नुहोस् (परमेश्वरको कुरा सुन्नुहोस् र उहाँसँग बोल्नुहोस्) (रोमी १२:१२)

५. जे कुरा खराब छ, त्यसलाई घृणा गर्नुहोस्, र जे सहि छ, त्यसमा टाँसिबस्नुहोस् (रोमी १२:९)। यसको पछिल्लो कुरा गर्नाले पहिलेको बुदाँहरुमा भएका कुराहरु गर्न सजिलो हुन्छ।

६. सबै जनहरुलाई प्रेम र आदर गर्नुहोस् - किनकी उहाँहरु येशूका साना भाईहरु हुन् (रोमी १२:९,१०)। उनिहरुप्रति असल व्यवहार गर्नुहोस् (रोमी १२:१३)। आनन्द मनाउनेहरुसँग आनन्द मनाउनुहोस् र रुनेहरुसँग रुनुहोस् (रोमी १२:१५)। सबै तर्फ नम्र मनोभाव राख्नुहोस् - खासगरी गरिब र परमेश्वरको शरीरमा कम बरदानहरु भएकाहरुसँग (रोमी १२:१६)।

७. सबै मानिसलाई प्रेम र आशिष दिनुहोस्, खास गरि उनिहरुसँग जसले तपाईहरुलाई खराबी गर्छन् (रोमी १२:१४,१७-२१)। सकेसम्म सबैसँग शान्तिसँग बस्नुहोस्। जसले तपाईलाई खराबी गरेका छन्, उनिहरुप्रति बदला वा खराबीको चाहना गर्ने भाव नराख्नुहोस्। तिनीहरुसँग राम्रो व्यवहार गर्नुहोस् र खराबीलाई भलाईले जित्नुहोस्। यस पृथ्वीमा धेरै जसोले खराबीलाई झन् बढी खराबीले जित्ने कोसिस गर्छन्। तर खराबीले कहिल्यै पनि खराबीलाई जित्न सक्दैन। केवल भलाईले खराबीलाई जित्न सक्दछ, किनकी भलाई खराबीभन्दा बढि शक्तिशाली हुन्छ। येशू स्वयमले यो उदाहरण कलवरीमा दिनुभएको थियो। परमेश्वरले जब तपाईलाई सङ्कष्टबाट भएर लानुहुन्छ, तब तपाई आफू स्थिर हुनुहोस् र यो आशामा आनन्दित हुनुहोस् कि ति सबै कुरा तपाईलाई झन् बढ्ता गरी येशू जस्तै बनाउनको निम्ती रचिएका हुन् (रोमी १२:१२)।

यी परिस्थितिहरुद्वारा हामीले परमेश्वरलाई यो कुरा साबित गर्छौ कि उहाँले हाम्रो निम्ती जे गर्नुभएको छ, र हामीलाई बारम्बार क्षमा गर्ने उहाँको अमूल्य कृपाको लागि हामी साँच्चै नै उहाँप्रति कृतज्ञ छौँ।