द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

प्रकाश २२:२ मा हामी पढ्छौ - त्यसको सडकको बीचमा र नदीको दुवैपट्टी जिवनको रुख थियो, जसले बाह्र प्रकारका फलहरु फलाउँथ्यो, र हरेक महिना आफ्नो फल दिन्थ्यो; अनि त्यस रुखका पातहरुचाहिँ जाति-जातिलाई निको पार्नका निम्ति थिए। हामी उत्पत्ति २ र प्रकाश २२ मा धेरै कुराहरु उस्तै देख्छौँ। जिवनको रुखले परमेश्वर स्वयंको जिवनको प्रतिक गर्दथ्यो - अनन्त जिवन र ईश्वरीय स्वभाव जसमा हामी अब सहभागी हुन सक्छौ। अनन्त जिवनको अर्थ "सधै रहिरहने" होइन, किनकी जो नरकमा फालिन्छन्, उनिहरु पनि सधै रहिरहन्छन्। तर उनिहरुमा अनन्त जिवन हुँदैन। अनन्त जिवन त्यो हो जसमा न शुरुवात छ, न अन्त्य छ। यो परमेश्वर स्वयंको जिवन हो। जिवनको रुखमा यसैको चित्रण दिइएको छ। आदम मूर्खतापूर्वक जिवनको रुखतर्फ जानुको सट्टामा, ज्ञानको रुखतर्फ गए, आजका धेरै व्यक्तिहरुले जस्तै, जसले जिवनभन्दा पनि बाइबलको ज्ञानको खोज गर्दछन्। प्रकाश २२ मा असल र खराबको ज्ञान दिने रुख भेट्टाइदैन। त्यो हराएको छ। जीवनको रुखको अगाडी परमेश्वरले चारैतिर घुमिरहने तरवार राख्नुभयो (उत्पत्ति ३:२४)। यसले हामीलाई यो सिकाउछ कि, यदि हामी जिवनको रुखको भागिदार हुन चाहन्छौ भने, त्यो तरवारले हाम्रो स्वयंको जिवनमा छेडिनुपर्छ। यसै कारणले गर्दा धेरै विश्वासीहरु असल र खराबको ज्ञान दिने रुखमा जान्छन, जसको अगाडी कुनै तरवार छैन। बाइबलको ज्ञान लिनको लागि, हामी आफैँ मर्नु पर्दैन वा हामीले दिनहुँको जिवनमा क्रूस बोक्नु पर्दैन। तर परमेश्वरको स्वभावलाई लिनको निम्ति, हामीले "येशूको 'मराइ' सधैभरि शरीरमा लिएर यताउता हिँड्नुपर्छ" (२ कोरिन्थी ४:१०)। हामीले परमेश्वरको तरवारले हामीलाई छेड्न दिनुपर्छ। क्रूसको बाटो जिवनको रुखको बाटो हो। येशूलाई तरवारले छेड्यो र उहाँ क्रूसमा टाँगिनुभयो। हामीलाई पनि तरवारले छेड्नुपर्छ, किनकी हामी पनि येशूसँगै क्रूसमा टाँगिएका छौँ। तब हामी जिवनको रुखमा सहभागी हुन सक्छौ, जसले हरेक महिना नयाँ प्रकारको फल फलाउँछ, र जसको पातले निको पार्छ।

प्रकाश २२:७ मा हामी पढ्छौँ - "हेर, म चाँडै आउँछु! यस पुस्तकका भविष्यवाणीका वचनहरु जसले पालन गर्छ, ऊ धन्य हो!" प्रभुले छिट्टै - अचानक - राति चोर आएझै, कुनै चेतावनि बिना आउँछु भन्नुभएको छ।

प्रकाश २२:८,९ मा हामी पढ्छौ - अनि म युहन्नाले यी कुराहरु देखें, र सुनें। अनि मैले जब स्वर्गदूतलाई दण्डवत् गर्न म उनका पाउको अधिल्तिर घोप्टो परें। तब उनले मलाई भनें: "हेर, तिमीले यसो नगर; किनकी म ता तिम्रो सङ्गी-दास हुँ, साथै तिम्रा भाइहरुको अर्थात् भविष्यवक्ताहरुको र यस पुस्तकका वचनहरु पालन गर्नेहरुलाई नै दण्डवत् गर।" युहन्नाले परमेश्वरले उनलाई सत्यताहरु सिकाउन पठाउनुभएको व्यक्तिलाई दण्डवत् गर्ने गल्ती गरे। उनले त्यस स्वर्गदूतको पाउमा घोप्टो परेर दण्डवत् गरे जसले उनलाई यो सबै थोक देखाएका थिए। तर स्वर्गदूतले झट्टै भनिहाले, "यो नगर। म त केवल तिम्रो सङ्गी-दास हुँ। केवल परमेश्वरलाई दण्डवत् गर।" त्यो एक असल परमेश्वरको दासको चिह्न हो, कि जब उनले कसैलाई उनिप्रति नजिक भएको देख्छन्, उनले त्यस व्यक्तिलाई एकै पल्टमा छुटाउँछ, ता कि त्यो व्यक्ति परमेश्वरसँग टाँसिएको होस् र मानिससँग होइन! स्वर्गमा उनिहरुले केवल एउटा गीत गाउँछन् - नयाँ गीत - "तपाई मात्र योग्य हुनुहुन्छ"। त्यस स्वर्गदूतले यो गीत सिकेका थिए त्यसैले उनले यूहन्नालाई छिट्टै भन्न सके कि केवल परमेश्वरलाई महिमा देऊ।

प्रकाश २२:११ मा हामी पढ्छौ - जो अधर्मी छ, त्यो अधर्मी होओस्; अनि जो अशुध्द छ, त्यो अझै अशुध्द होओस्; अनि जो धर्मी छ, ऊ अझै धर्मी होओस् अनि जो पवित्र छ, ऊ अझै पवित्र होओस्।" हामीले बाइबलको अन्तिम पृष्ठमा यस अचम्मको सल्लाह पाउँछौ। यसले मानिसलाई "अशुध्द हुन" र "खराबि गरिरहन" सल्लाह दिन्छ। यसको खास अर्थ यो हो: " यदि तिमीले पुरै बाइबल पढेको छौ र अन्तिम पृष्ठमा पुगेको छौ र अझै पनि तिमी पश्चाताप गर्न चाहदैनौँ र आफ्नो पापलाई त्याग्न चाहदैनौँ भनें, अशुध्द भइराख, र खराबी गरिराख। तिम्रो लागि कुनै आशा छैन।" यदि प्रकाशको पुस्तकमा लेखिएको परमेश्वरको न्यायलाई पढिसके पनि, तपाई आफ्नो अभिलाषामा जिउन चाहनुहुन्छ र पापको सुखलाई खोज्नुहुन्छ, र खराब किताब पढ्न चाहनुहुन्छ र अश्लिल चित्रहरु हेर्न चाहनुहुन्छ, यदि तपाई अझै पनि कसैप्रति आफ्नो तितोपना राख्न चाहनुहुन्छ, र क्षमा दिन नचाहनुहुने बन्नुहुन्छ, यदि तपाई अझै पनि निन्दा गर्ने र कुराकाट्न चाहनुहुन्छ, र जलन राख्नुहुन्छ र यस गन्हाउने संसारमा आफ्नै निम्ति जिउँन चाहनुहुन्छ भनें, तपाई अघि बढ्नुहोस् र सो गर्नुहोस्। परमेश्वरले तपाईलाई रोक्नुहुनेछैन। तर यो हेर्नुहोस् कि ११ पदको पछिल्लो भागमा धर्मी व्यक्तिहरुलाई के लेखिएको छ। " अनि जो धर्मी छ, ऊ अझै धर्मी होओस् अनि जो पवित्र छ, ऊ अझै पवित्र होओस्।" पवित्रताको खोजि गर्ने काम कहिल्यै पनि सकिन्न। त्यसैले धार्मिकताको पछि लाज्नुहोस् र पवित्रताको पछि त झन् बढि। हामीले हाम्रो जिवनको अन्त्य कसरी गर्छौ, त्यसले हामीलाई हामी अनन्ततामा कसरी जिउँछौ, सो तय गर्छ। यदि हामी पाप र अशुध्दतामा जिएका छौँ भनें, हामी अनन्तको लागि नरकमा पाप र अशुध्दतामा नै जिउँनेछौ। हाम्रो अवस्था हामी मरेपछि अनन्तताको निम्ति तोकिसकेको हुन्छ। "अनि रुख चाहे दक्षिणतिर वा उत्तरतिर ढलोस्, त्यो रुख जहाँ ढलेको छ, त्यहीं रहनेछ" (उपदेशक ११:३)।

प्रकाश २२:२१ मा हामी पढ्छौ - हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरु सबैसँग रहोस्! आमेन्! परमेश्वरको वचन यो पुस्तकमा कसरी टुङ्गिएको छ, त्यो हेर्न कत्ति अद्भूत छ। परमेश्वरको अनुग्रहको कारणले मात्र हामी नयाँ यरुशलेमको भागी हुन पाएका छौँ। परमेश्वले दिनुभएको सामर्थ्यको कारणले मात्र, हामीलाई यति धेरै वर्षसम्म कैद गरेर राखिएको बन्धनहरुबाट मुक्त हुन सक्छौ। अनुग्रहले हाम्रो पापहरु क्षमा गर्छ! र अनुग्रहले हामीलाई पाप, संसार र शैतानसँग विजयी हुन सहायता गर्छ! यो शब्दलाई पुरानो नियमको अन्तिम शब्दसँग तुलना गर्नुहोस् - "सर्वनाश"। मलाकी ४:६मा, परमेश्वर भन्नुहुन्छ, नत्र ता म आएर यस पृथ्वीलाई सर्वनाशले हिर्काउनेछु।" नयाँ नियम परमेश्वरको जन्मद्वारा शुरु हुन्छ र "हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरु सबैसँग रहोस्" भन्ने आशिषमा समाप्त हुन्छ। पुरानो नियमको सर्वनाश शब्दबाट अन्त्य भएकोबाट मुक्त भएर नयाँ नियमको अनुग्रहको मुनि आउनु, हरेक पक्षमा परमेश्वरको आशिषलाई पाउन, र परमेश्वरको भवनमा सधै (अनन्तसम्म) रहनु कति उदेक कुरा छ। हल्लेलूयाह! सबै महिमा र प्रशंसा र आदर परमेश्वर र हाम्रो थुमालाई भएको होस् जो हाम्रो पापको निम्ति मारिनुभयो।

आमेन र आमेन!