WFTW Body: 

‌एकपटक येशुले पाँच वटा रोटिहरु प्रयोग गरेर भीडहरुलाई खुवाउनुभयो । पहिले उहाँले ती रोटिहरुलाई आशिष दिनुभयो । तर ती पाँच रोटिहरु अझै पाँच रोटिहरु नै रहिरहे - र ती भिडहरु अझै खुवाईएका थिएनन् । ती रोटिहरु तोडिएपछि मात्र भीडहरुलाई खुवाईयो । त्यसैले, केवल आत्माद्वारा आशिषित(अभिषेक) हुनु मात्र पर्याप्त हुँदैन । हामी परमेश्वरद्वारा तोडिनु पनि पर्छ। तब हामीले आफ्नो चेहेरा धुलोमा राख्नेछौँ र परमेश्वरको शक्ति हामी भित्र बहनेछ, कुनै बाधा बिना।

प्रस्थान ४ मा मोशा र हारुन दुबै जनालाई एकै पल्ट परमेश्वरका जनहरुको अगुवाको रुपमा नियुक्त गरियो । हारुन एक असल प्रवक्ता थिए, तर मोशा थिएनन् (प्रस्थान ४:१०,१४)। तैपनि परमेश्वरले मोशालाई प्रयोग गर्नुभयो हारुनलाई होईन - किनकी मोशा टुटेका व्यक्ति थिए, तर हारुन टुटेका थिएनन् । परमेश्वरले मोशालाई उजाडस्थानमा चालीस वर्षसम्म तोड्दै लिएर आउनुभयो।दरबारको शासक हुनदेखि एउटा गोठालाको स्थानमा झारेर, उहाँले उसलाई नम्र तुल्याउनुभयो। र उहाँले उसलाई चालीस वर्षसम्म उसको ससुराको घरमा राख्नुभयो - र साथै उनको लागि काम पनि गर्न। यो उनलाई पूर्णरुपले तोड्न पर्याप्त थियो । हारुन कहिल्यै पनि त्यसरी तोडिएका थिएननन् । यहि कुरा हो जसले उनीहरु बिच भिन्नता ल्यायो ।

प्रस्थान ३२ मा हामी यी दुई जनाको प्रभावकारिताको भिन्नता देख्न सक्छौ । इस्राएलका मानिसहरुले तबसम्म परमेश्वरलाई पछ्याए जबसम्म एउटा ' टुटेको व्यक्ति' मोशा तिनीहरुको माझमा थिए। तर जब मोशा तिनीहरुको बिचबाट जम्मा चालीस दिनको लागि टाढा गएका थिए, र हारुन तिनीहरुको अस्थायी अगुवा बने, तिनीहरु मुर्तिपुजातिर लागे र तुरुन्तै सुनको बाछालाई पुज्न थाले। हारुन एक स्पष्ट बोल्ने प्रबक्ता थिए । तर उनले परमेश्वरका जनहरुलाई पवित्रतामा जोगाइ राख्न सकेनन्, किनकी उनले मानिसहरुलाई खुसी पार्न खोजे। नटुटेका अगुवाहरुले सधै आत्म-सम्मान खोज्छन र आफ्नो मण्डलीका मानिसहरुलाई प्रसन्न तुल्याउन खोज्छन् । त्यसैले हो मानिसहरु प्रभुबाट भड्किन्छन् ।

त्यो टुटेका व्यक्ति मोशा थिए जसले उजाडस्थानमा चालीस वर्षसम्म बीस लाख मानिसहरुलाई परमेश्वरको मार्गमा जोगाइराखे । यहि कुरा मण्डलीको इतिहासमा पनि धेरै शताब्दिऔँ देखि भइरहेको छ। परमेश्वरले आफ्नो मण्डलीलाई आफ्नो मार्गमा जोगाउनको निम्ति टुटेका व्यक्तिहरुलाई प्रयोग गर्नुभएको छ।

परमेश्वरले हामीलाई हाम्रा एल्डरहरुको अधीनतामा सुम्पिन लगाएर तोड्नुहुन्छ । "ईश्वरिय मानिसप्रतिको समर्पणताले हामीलाई केवल मूर्ख काम गर्नदेखि मात्र जोगाउँदैन, तर हामीलाई उहाँबाटको ठूलो बुद्धिको कुरा सिक्न पनि सहायता गर्छ । उहाँहरुले हामीलाई त्यस्ता खतराको विषयमा चेतावनि दिन सक्नुहुन्छ जसको बारेमा हामी अनजान हुन्छौँ, जुन उहाँ आफैले पनि भोग्नुभएको थियो।" १ पत्रुस ५:५ मा हामी यो पढ्छौँ 'यहि प्रकारले हे जवानहरुहो, आफू-आफूलाई प्राचीनहरुको अधीनतामा सुम्प । अँ, तिमीहरु सबै एक-अर्काको अधीनमा बस, र नम्रतालाई पहिर; किनभने परमेश्वरले घमण्डीहरुलाई विरोध गर्नुहुन्छ, तर नम्रहरुलाई अनुग्रह दिनुहुन्छ।' यहाँ हामी परमेश्वरद्वारा आत्मिक अधिकार प्राप्त गर्ने महान रहस्य देख्छौँ । म धेरै असल भाइहरुलाई चिन्छु जसलाई केवल एउटा कारणले गर्दा परमेश्वरद्वारा आत्मिक अधिकार दिईएको थिएन: उनीहरुले कहिल्यै पनि आफूलाई अरुको अधीनतामा सुम्पिन सिकेनन् । र त्यसैले उनीहरुको यो इच्छा कहिल्यै टुटेन । एउटा नटुटेको व्यक्तिको हातमा अधिकार हुनु एकदम खतरनाक कुरा हो। यदि तपाई आफैँ पहिले टुट्नु भएको छैन र अरुहरुमा अधिकार जमाउन खोज्नुहुन्छ भने, तपाईले तिनीहरुलाइ बर्बाद पार्नुहुन्छ र यस प्रक्रियामा तपाईले आफैलाई नष्ट पार्नुहुनेछ । हामी मध्ये कसैलाई पनि आत्मिक अधिकार दिनु अघि परमेश्वरले हामी भित्र भएको हाम्रो घमण्डलाई तोड्नुपर्छ।

म तपाईहरुलाई मेरो आफ्नै अनुभव बताउन चाहन्छु । दश वर्षसम्म, मेरो जीवनको बीस देखि तिस वर्षको उमेरको बिचमा, परमेश्वरले मलाई एउटा भन्दा बढि मण्डलीमा, प्राचिनहरुद्वारा जो मेरो सेवाकाई देखेर जल्थे, उनीहरुद्वारा तल पारिन र सामाजिक रुपमा अपमानित हुन दिनुभयो । यी सबै समयहरुमा, परमेश्वरले मलाई चुप रहन र ती प्राचिनहरुको अधिनतामा उहाँहरुलाई कुनै प्रश्न नगरी आफूलाई सुम्पन भन्नुभयो । र मैले त्यसै गरेँ । म उहाँहरुको मण्डलीमा रहँदा पनि मैले उहाँहरुसङ्ग राम्रो सम्बन्ध राखेँ र उहाँहरुको मण्डली छोडिसकेपछि पनि रहेँ । ती वर्षहरुमा, मलाई कहिल्यै पनि थाहा थिएन कि परमेश्वरले मेरो लागि भविष्यमा के सेवाकाई साँचेर राख्नुभएको थियो । तर परमेश्वरले मलाई धेरै वर्षको अवधिमा तोड्दै आत्मिक अधिकारको अभ्यास गर्न तयार पार्दै हुनुहुन्थ्यो । उहाँले अझै मलाई तोडेर सकिसक्नु भएको छैन ।विगत केहि वर्षहरुदेखि, परमेश्वरले मलाई नयाँ परीक्षाहरु भएर लानुभएको छ जुन मैले पहिले भोगेको थिइनँ - जस्तै धार्मिक मानिसहरुद्वारा अदालतमा लगिएर झुटो दोष लगाइनु - दश वर्ष सम्म । तर मेरो जीवनमा उहाँको उद्देश्य उहि छ - मलाई अझै धेरै तोड्नु, ताकि उहाँले ममा उहाँको जीवन र उहाँको उधिकार अझै धेरै सुम्पिन सक्नुभएको होस् ।

परमेश्वरले हामीलाई हाम्रा अगुवाहरुद्वारा सुधार्दै हाम्रो सामर्थ्य र घमण्ड तोड्नुहुन्छ । प्रायजसो सबै विश्वासीहरु सुधार गरिन गाह्रो मान्छन् । एउटा दुई वर्षीय बच्चालाई पनि सुधार लिन गाह्रो हुन्छ - खासगरी यदि त्यो सार्वजनिक रुपमा दिईन्छ भने । तपाईले अन्तिम पटक कहिले सार्वजनिक सुधार आनन्दसाथ स्वीकार गर्नुभयो? के तपाईले आफ्नो जीवनमा एकपटक भएपनि त्यस्तो सुधदार स्वीकार गर्नुभएको छ? यदि छैन भने, तपाईमा आत्मिक अधिकारको कमी हुनु कुनै आश्चर्यजनक कुरा होइन। "नटुटेको मानिसहरु एक्लो मानिस हुन पुग्छन् । तिनीहरुले आफूलाई कसैको पनि अधिनतामा सुम्पिँदैनन् । तिनीहरु आफुलाई जहाँ जान मन हुन्छ त्यहि जान्छन र जे गर्न मन हुन्छ त्यहि गर्छन् । त्यस्ता नटुटेका विश्वासीहरु केवल उनीहरुसँग काम गर्न सक्छन जो उनीहरुको आज्ञा मान्छन् र उनीहरुले भनेका सबै कुराहरु स्वीकार गर्छन् । परमेश्वरले कहिल्यै पनि "एक्लो" मानिसलाई आत्मिक अधिकार दिन सक्नुहुन्न, किनकी उहाँ एउटा शरीर बनाउन चाहनुहुन्छ, एउटा एकलकाटे विश्वसीहरुको झुण्ड होइन !"