WFTW Body: 

हामी कोरिन्थी १२;२७,२८ मा पढ्छौँ, "अब तिमीहरु ख्रीष्टको शरीर हौ, र एक-एक गरी चाहिँ अङ्गहरु हौ। अनि परमेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरु, दोस्रो भविष्यवक्ताहरु, तेस्रो शिक्षकहरु; त्यसपछि सामर्थ्यका कामहरु, तब निको पार्ने वरदानहरु, सहायताहरु, अगुवाइ गर्ने कामहरु र किसिम-किसिमका भाषाहरु।"

माथी दिइएको पदमा ति सबै व्यक्तिहरुको बारेमा बताइएको छ जसलाई परमेश्वरले आफ्नो मण्डली बनाउनको निम्ति विशेष किसिमको दानले सुसज्जित पार्नुभएको छ। कोहि प्रेरित छन् त कोहि भविष्यवक्ता र कोहिसँग सामर्थ्यका कामहरुको दान र कोहि सँग निको पार्ने दान छ - र परमेश्वर स्वयंले उनिहरुलाई त्यो दान दिनुभएको हो। त्यसैले, यो पदमा उल्लेखित दान पाएका मानिसहरुलाई मात्र नभएर यहाँ अरु दान - जस्तै शिक्षकहरु, सहायता र अगुवाइ गर्नेहरुलाई पनि परमेश्वरले नै विशेष किसिमको दानले सुसज्जित पार्नुभएको हुनुपर्छ ताकि उहाँहरुले पनि ख्रीष्टको शरीरमा आफ्नो काम गर्न सक्नुभएको होस्।

उदाहरणको लागी विचार गर्नुहोस, जसलाई परमेश्वरले मण्डलीमा "सहायता" बन्न नियुक्त गर्नुभएको छ। उहाँहरु कुचो लगाउन वा शौचालय सफा गर्न, आदिको निम्ति बोलाइनुभएको स्वयंसेवक हुनुहुन्न। हामीलाई प्रत्येक मण्डलीमा यस्तो स्वयंसेवक चाहिन्छ जो यस्तो निच काम गर्नको निम्ति पनि तयार हुनुहुन्छ। तर यि कामहरु सबैले गर्न सकिन्छ र कुनै विशेष दानको आवश्यक्ता छैन्। तर माथीको पदमा उल्लेखित सहायताहरु ति विश्वासीहरु हुन् जसलाई परमेश्वरले अरुलाई मदत गर्नको निम्ति विशेष किसिमले दिनुहुन्छ। यस्ता व्यक्तिहरु हरेक मण्डलीमा चाहिएको छ - र हामी मध्ये हरेक नै यस्तो प्रकारको सेवाकाईको लागि परमेश्वरद्वारा सुसज्जित बन्नको निम्ति तयार हुनुपर्छ। यस्ता "सहायताहरु" ति व्यक्तिहरु हुनुहुन्छ "जस्ले मण्डलीमा कमजोर र खाँचोमा परेकाहरुलाई आत्मिक रुपमा सहायता प्रदान गर्नुहुन्छ"।

पवित्र आत्मालाई "यूहन्ना १४:१६" मा सहायक भनेर नाम दिइएको छ - र उहाँले आफ्नो काम अदृश्य रुपमा गर्नुहुन्छ। ख्रिष्टको शरिरको "सहायताहरु" पनि महान सहायकहरु (अथवा पवित्र आत्माले) जसरी काम गर्नुहुन्छ - चुपचाप र अदृश्य रुपमा, कुनै शोर बिना, र कुनै देखावटीपन वा मान बिना। उहाँहरु दाजुभाइ वा दिदी बहिनीहरु हुन सक्नुहुन्छ। यस्ता विश्वासीहरुलाई परमेश्वरले अनौठो प्रकारको दान दिनुभएको छ (निको पार्ने दान जत्तिकै विशेष) जस्ले मण्डलीमा हुनुभएको सन्देह र डरहरुको माझमा थकित व्यक्तिहरुले नबोल्नुभएको कुरालाई पनि देखेर उहाँहरुको निम्ति सम्बेदनशील भएर सहायता गर्नको निम्ति तयार हुनुहुन्छ। उहाँहरु मदतको निम्ति नबोलाएसम्म पर्खनुहुन्न। तर पवित्र आत्माले उहाँहरुसँग बोल्नुभएपछि उहाँहरु चुपचाप ति व्यक्तिहरुकहाँ गएर विश्वासको वचन र उत्साहहरुद्वारा मदत गर्नुहुन्छ। उहाँहरुले आफूलाई कसैको पक्षमा राख्नुहुन्न। तर उहाँहरुले सधैँ परमेश्वरलाई सुन्नुहुन्छ जसले उहाँहरुलाई "थकितलाई कसरी ठीक समयमा वचन बोलेर सहायता दिने हो" (यशैया ५०:४) भनि बताउनुहुन्छ।

हाम्रो समयमा यस्तो दान पाउँनुभएको व्यक्तिहरुको धेरै खाँचो छ, किनकि हरेक मण्डलीमा त्यहाँ धेरै यस्ता व्यक्तिहरु हुनुहुन्छ जो निराश, हताश, चिन्तित र जिवनको लडाईहरुमा थकित हुनुभएको छ। उहाँहरु कोहि विश्वासी आएर उत्साहको वचन बोलेको चाहनुहुन्छ। त्यसैले, धेरै भाईबहिनीहरुले परमेश्वरमा यस वरदानको खोजी गर्नुपर्छ ताकि उहाँहरुले ख्रीष्टको शरिरलाई, चुपचाप अदृश्य रुपमा आशिषित तुल्याउन सक्नुभएको होस्।