WFTW Body: 

मैले हालसालै एक मिशिनरीको जीवनी पढ्दै थिएँ जसले दक्षिण प्रशान्तका धेरै टापुहरुमा येशू ख्रीष्टको सुसामाचार फैलाउन आफ्नो जीवन दिनुभयो, त्यो धेरै नरभक्षी जनजातिहरुको घर थियो । प्रभुले उसलाई कसरी छुटकारा दिनुभयो, बलियो बनाउनुभयो र हौसला दिनुभयो, र धेरै कठिन परीक्षाहरुमा उहाँलाई सान्त्वना दिनुभयो भनेर हेर्न म उत्साहित थिएँ । अनि मैले मेरो हृदयमा चाहनाहरु उठिरहेको पाएँ, र यस्तो गवाही मैले मेरो जीवनमा आज दिन सक्ने भन्दा बढी विशेष थियो भनेर सोच्ने प्रलोभन ।

तर प्रभुले त्यो अनुभव मलाई एउटा महत्वपूर्ण सत्य सम्झाउन प्रयोग गर्नुभयोः मैले दिन सक्ने सबैभन्दा महत्वपूर्ण गवाही त्यो होइन जुन मैले अरु मानिसहरुलाई मेरो ओठले दिन्छु, बरु, जसलाई म मेरो जीवनद्वारा स्वर्गीय स्थानहरुका शासकहरु र अधिकारीहरुलाई दिन्छु ।

"...परमेश्वरको विविध ज्ञान अब मण्डलीद्वारा स्वर्गीय स्थानहरुमा भएका शासकहरु र अधिकारीहरुलाई बताउन सकिन्छ ।" (एफिसी ३ः१०)

हामी बाइबलको प्रारम्भिक रेकर्डहरुमा देख्छौं कि शैतान पृथ्वीभरि घुम्छ, कसलाई दोष्याउन सकिन्छ भनी खोज्दै (अय्यूव १ः६), र हामी यो पनि देख्छौं कि परमेश्वरले उहाँको अघिल्तिर जीउने पुरुष र महिला खोज्नुहुन्छ, जसलाई उहाँले शैतानलाई खण्डन गर्नलाई औंल्याउन (अय्यूव १ः७), र परमेश्वरको महान योजनाको बुद्घि मानिस सृष्टिमा प्रदर्शन गर्न सक्नुभएको होस् ।

तर यो थाहा पाउँदा पनि, मैले मेरो जीवनले प्रभुको महिमा गर्नु भन्दा पनि बोलेको गवाहीको कदर गर्न अझै धेरै सजिलो भएको पाएँ !

गवाही दिने जीवनको चिन्ह

जब म मेरो जीवन मार्फत परमेश्वरको महिमा गर्ने बारे सोच्दछु, मलाई येशू ख्रीष्टको सम्झना आउँछ, जसको जीवनले "पिताको व्याख्या गर्यो" (यूहन्ना १ः१८) । जसरी हामी ख्रीष्टमा बढ्दै जान्छौं, हामीले त्यो व्याख्याको लागि उहाँका बोलेका शब्दहरु मात्र होइन तर येशूको जीवनलाई बढ्दो रुपमा हेर्नुपर्छ । मेरो लागि, एउटै चमकका सबै फरक कोणहरु, बहुमुखी हीरा जस्तै, उहाँको जीवनका तीन पलहरुले पिताको एउटै गहिरो व्याख्या प्रदान गर्दछ ।

"र हेर, समुद्रमा ठुलो आँधी आयो, डुँगा छालले ढाकिन लाग्यो, तर येशू आफैं निदाइरहनु भएको थियो ।" (मत्ती ८ः२४)

"तुरुन्तै यहूदा येशूकहाँ गयो र भन्यो, 'हे, गुरु !'" र उहाँलाई म्वाइ खायो । र येशूले त्यसलाई भन्नुभयो, 'मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल' । तब तिनीहरुले अघि आएर येशूलाई समाती गिरफ्तार गरे ।" (मत्ती २६ः४९-५०)

"पिलातसले येशूलाई सोधे, 'तिमी कहाँका हौ?' तर येशूले उनलाई केही जवाफ दिनुभएन । त्यसैले पिलातसले उहाँलाई भने, 'के तिमी म सँग बोल्दैनौं ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रुसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन ?' येशूले जवाफ दिनुभयो, 'तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन...'" (यूहन्ना १९ः९-११)

यी तीनवटा उदाहरणहरुमा मैले यो देख्दछु कि येशू विश्राममा हुनुहुन्थ्यो ! उहाँ आँधीबेहरीमा सुत्नसक्नुहुन्थ्यो, किनकि उहाँले आफ्नो पितामा भरोसा गर्नुभयो । उहाँले यहूदालाई आफ्नो 'मित्र' भन्नसक्नुभयो, किनभने उहाँले कचौरा पिताबाट आएको देख्नुभयो । उहाँ पार्थिव शासकहरुको लागि खडा हुनसक्नुहुन्थ्यो, किनभने उहाँले आफ्नो पिताको सर्वोच्च अख्तियारमा भरोसा गर्नुभयो । उहाँको जीवनको गवाही प्रेमिलो, शक्तिशाली स्वर्गीय पितामा पूर्ण "विश्राम" को गवाही थियो !

र परमेश्वरलाई प्रशंसा दिनुहोस्, हामी आज पनि त्यही गवाही पाउन सक्छौं । पृथ्वीमा कसैले नदेखे तापनि, र हामीले एक शब्द पनि उच्चारण नगरे तापनि (जसरी येशू डुँगामा सुतिरहेको बेला बोल्नुभएन), तैपनि हाम्रो जीवन स्वर्गमा हुनहुने हाम्रा पिताको सर्वोच्च विश्वासयोग्यताको स्वर्गीय स्थानहरुमा शासकहरु र अधिकारीहरुलाई दिइएको गवाही हुनसक्छ ।

हामीले त्यो गवाही कसरी दिने ? हामीले सामना गर्ने आँधीहरुको बिचमा, हामी येशूको छेउमा डुँगामा पल्टिन्छौं । चेलाहरु, जसमा पवित्रआत्मा थिएन, आँधी नरोकिए सम्म विश्राम गर्न सकेनन् । तर हामी आँधी अघि र आँधीमा पनि येशूसँग आराम गर्न सक्छौं । विश्वासघातीहरुको आक्रमणको बिचमा, येशू जस्तै, हामी आफ्नो रक्षा गर्न इन्कार गर्छौं । चेलाहरु, जसमा पवित्रआत्मा थिएन, लड्ने प्रलोभनको प्रतिरोध गर्न सकेनन्, तर अन्यायमा परेको बेला हामी आफूलाई येशूसँग परमेश्वरमा सुम्पन सक्छौं । उच्च अधिकारीहरुले हाम्रो विरुद्घमा ल्याएका चुनौतीहरुको बिचमा, हामी येशूले जस्तै परमेश्वरलाई अन्तिम अख्तियार भएकोमा सान्त्वना पाउँदछौं ।

धेरै चोटि भैसक्यो, प्रभुले मलाई "डुँगामा येशूसँग सुत्न" निमन्त्रणा दिनुभएको छ जब आँधी मेरो सानो डुँगामा बज्रन्छ । विशेष गरी दुईवटा कुराले मलाई चुनौती दिएको छः

विश्राम ऐच्छिक होइन

"यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरु मध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस् ।" (हिब्रू ४ः१)

मैले सबै अशान्तिलाई गम्भीरता पूर्वक लिनुपर्छ । हामीले भर्खरै हाम्रो मण्डलीको बैठकमा सुन्यौं कि सबै अशान्ति घमण्डको कारणले हुन्छ । त्यसोभए यदि हामीले आफूलाई परमेश्वरको विश्राम बिना पाउछौं भने, हामीले यसलाई गम्भीरताका साथ लिनुपर्दछ, र उहाँको विश्रामबाट वन्चित गराउने घमण्डमा प्रकाशको लागि प्रभुसँग माग्नुपर्छ । बाइबलले भन्छ, "यदि हामीमा त्यसको कमी आएको छ भने हामी होशियार हुनुपर्छ ।" यसकारण हामीले विश्रामको सानो कमीलाई गम्भीर रुपमा लिनुपर्छ !

विश्रामको अर्थ आलस्य होइन

मैले देखेको छु कि मेरो शरीरले मैले केही गर्दिन भन्दै प्रतिज्ञा गरिएको विश्रामलाई सूक्ष्म रुपमा मोड्ने प्रयास गर्नेछ । त्यो झुटो हो । ख्रीष्टमा विश्राम गर्नुको अर्थ हामी केही नगरी बस्नु भनेको होइन । बरु यसको मतलब यो हो कि हाम्रा सबै कामहरु (जस्तै येशू आफैंको मामिलामा), हाम्रा पिताको अनन्त प्रेम र हेरचाहद्वारा समर्थित छन् ।

र यस समयमा जब परमेश्वरले मलाई उहाँको विश्राममा आमन्त्रित गरिरहनुभएको छ, उहाँले मलाई मेरो धर्मनिरपेक्ष काम जस्ता "सामान्य" मामिलाहरुमा पनि थप लगनशील हुन र थप ध्यान दिने आज्ञा दिनुभएको छ ।

"तिमी जे गर्छौ, आफ्नो काम हृदयदेखि गर, मानिसका लागि भन्दा प्रभुको लागि हो ।" (कलस्सी ३ः२३) ।

त्यसैले म विश्रामका सारा झुटा परिभाषाहरुलाई अस्वीकार गर्न चाहन्छु, र उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको साँचो विश्रामको चाहना गर्दै येशूकहाँ आउन चाहन्छु । म अशान्तिमा हुन अस्वीकार गर्न चाहन्छु, र शत्रुले मलाई प्रस्ताव गर्न सक्ने कुनै पनि नक्कली "विश्राम" लाई अस्वीकार गर्न चाहन्छु ।

"हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरुलाई विश्राम दिनेछु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरुले आफ्ना आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ ।" (मत्ती ११ः२८-३०)