द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च मूल सत्य चेलाहरू
WFTW Body: 

"चेलाहरु आए र येशूलाई भनेर्, के तपाईलाई थाहा छ, फरिसीहरु तपाईका कुरा सुनेर चिढिएका छन् ?' येशूले भन्नुभयो, 'तिनीहरुलाई छोडिदेओ ।' "(मत्ती १५ः१२-१४) ।

आफ्ना बाआमालाई अपमान गर्ने शिक्षा दिएको कारणले जब येशूले फरिसीहरुलाई सच्याउनुभयो तिनीहरु चिढिए । फरिसीहरु डाँट वा सुधारको कुनै पनि वचनले सहजै चिढिन्छन् जुन प्रभुले एउटा जेठो भाइ मार्फत दिनुहुन्छ । इसाई जीवनमा वाल सदनको शिक्षाहरु मध्येमा एउटा "चिढिने" कुरामा विजय हासिल गर्नु हो । यदि तपाईले सुधार गरिदा चिढिने कुराबाट पूर्णरुपमा स्वतन्त्र हुन खोज्नुभएन भने तपाई फरिसीवाद बाट छुटकारा हुने कुनै आशा छैन ।

मलाई थाहा छ ती मानिसहरु जो एकचोटी हाम्रो मण्डलीमा आएका थिए, जो सुधारको केही कुराले धेरै चिढिए, तिनीहरुले पूर्ण रुपमा मण्डली नै छोडिदिए । तिनीहरु उजाड स्थानमा आज भौंतारिरहेका छन् र त्यसमा हरेक सम्भावना छ कि तिनीहरु अनन्तसम्मै हराउनेछन् । यदि तपाईले पाउनु भएको कुनै सुधारबाट तपाई चिढिनु भएको छ भने म तपाईलाई निश्चित गर्न सक्छु कि फरिसीहरु जस्तै, तपार्ई पनि नरक जाने बाटोमा हुनसक्नुहुन्छ ।

येशूले आफ्ना चेलाहरुलाई भन्नुभयो, "तिनीहरुलार्ई छोडिदेओ" । चिढिएका फरिसीहरुको पछि लाग्दै तिनीहरुलाई फर्काएर मण्डलीमा ल्याउन कोसिस गर्न हामी जानु छैन । हामीले प्रभुको आज्ञालाई मानेर तिनीहरुलाई छोडिदिनु पर्छ । यदि तिनीहरुले पश्चाताप गर्छन्, त्यसपछि प्रभुतिर आउन सक्छन् र मण्डलीमा । अन्यथा होइन ।

हामीले २ तिमोथी ३ः१-४ मा चार प्रकारका पे्रमीहरु उल्लेख गरिएको देख्दछौंः आफै प्रेमी, पैसा प्रेमी, सुखविलास प्रेमी, र परमेश्वर प्रेमी । यी चार प्रकारका प्रेमीहरु मध्येमा केवल एक मात्र सही हो । एउटा साँचो इसाई परमेश्वर प्रेमी हुनै पर्छ, तर यदि ऊ परमेश्वर प्रेमी होइन भने, ऊ आफै प्रेमी हुन्छ - उसका आफ्नै अधिकार, उसको प्रतिष्ठा, उसको आदर, इत्यादि ।

प्रमाणहरु मध्येमा एउटा प्रमाण यही हो कि हामी सहजै चिढिन्छौं । आफैलाई प्रेम गर्ने व्यक्ति मात्रै चिढिन्छ । जसले आफैलाई होइन तर परमेश्वरलाई प्रेम गर्दछ त्यो व्यक्ति अरु व्यक्तिले कुनै पनि कुरा भन्छ वा भन्दैन त्यसमा कहिल्यै चिढिदैन, अथवा कुनै पनि कुरासँग जुन अरु व्यक्तिले गर्छ वा गर्दैन ।

हामी चिढिन्छौं किन कि हामीलाई चोट लाग्छ । कुनै व्यक्तिले हामीलाई व्यवहार गर्ने तरिकाले हाम्रो व्यक्तिगत जीवनमा चोट पर्छ, वा कुनै व्यक्तिले हाम्रो पिठ्यूँ पछाडि हाम्रो बारेमा केही कुरा भनेको सुन्दा । हामीले आफैलाई औधी प्रेम गर्दछौं !

र हामीले यहाँ कसको बारेमा कुरा गर्दैछौं ? अविश्वासीहरु ? होइन ! हामीले "विश्वासीहरु" भनाउँदाको कुरा गर्दैछौं - जसले क्रुस बोक्ने र आफैलाई मार्ने कुरालाई कहिल्यै बुझेका छैनन् । किन कि अन्तिम दिनमा क्रुस र आफैलाई मार्ने कुराको प्रचार धेरै नै थोरै मात्रामा हुनेछ । आज प्रायः सबै मण्डलीमा यो नसुनेको जस्तै हो, र इसाई टेलिभिजनमा कहिल्यै नसुनेको । जब आफैमा मर्ने कुराको प्रचार हुँदैन, स्वार्थ धेरै इसाईहरुमा मौलाउनेछ । तिनीहरुले यो पनि जान्दैनन् कि आफैलाई प्रेम गर्नेले येशूलाई पछ्याउन सक्दैन । तिनीहरुले सोच्नेछन् आफैलाई पनि प्रेम गर्न सक्छु र येशूलाई पछ्याउन । इसाईहरुको भीडलाई हेरौ जो चिढिन्छन् र जसलाई चोट पर्छ र महसुस पनि गर्दैनन् कि त्यो भयानक पाप हो ।

तपाईले भन्नुहोला, "हो, तर त्यो भयानक कुरा कसैले म माथि गर्यो, दुःखित हुनु मेरो अधिकार हो !" ठ्याक्कै त्यस्तै ! किनकि तपाई एउटा अविश्वासी हुनुहुन्छ ! तपाई येशूको चेला हुनुहुन्न, त्यसैले तपाईलाई दुःखी हुने अधिकार छ । यदि तपाई येशूको चेला हुनुहुन्छ भने, तपाईलाई दुःखित हुने कुनै अधिकार छैन । येशू कहिल्यै दुःखित हुनु भएन - जब तिनीहरुले उहाँलाई दियावलसको राजकुमार भने, उहाँको अनुहारमा तिनीहरुले थुके, वा तिनीहरुले अरु सबै किसिमका दुष्ट कामहरु उहाँ माथि गरे ।

येशूको चेला हुनु भनेको के हो ? धेरै नै थोरै इसाईहरु छन् जो अन्तिम दिनहरुमा कु्रस बोक्नेछन् र उहाँलाई पछ्याउने छन् । त्यसैले साँचो इसाई हुनको लागि धेरै अप्ठ्यारो हुनेछ किन कि हामी त्यस्ता मान्छेहरु बाट घेरिएका छौं जो इसाई हुँ भनी दाबी गर्छन्, जो पवित्रआत्माले भरिएको दाबी गर्छन्, जो अन्यभाषामा बोलेको दाबी गर्छन्, तर तिनीहरु दुःखित हुन्छन् र चिढिन्छन् । अथवा तिनीहरु विचलित भएका छन् किन कि तिनीहरुको नाम धुलोमा मिसाइएको छ ।

येशूले हामीलाई प्रार्थना गर्न सिकाउनु भयो, "हाम्रो पिता जो स्वर्गमा हुनुहुन्छ, उहाँको नाम पवित्र गरियोस् ।" त्यसको मतलब, आफ्नो नामलाई विर्सिदेऊ ! तर अन्तिम दिनहरुमा, आफूलाई इसाई भन्नेहरुले पनि तिनीहरुको आफ्नो नामको बारेमा चिन्तित हुनेछन् । उदाहरणको लागि, के तपाईलाई थाहा छ आज दुनियाँमा येशू नामको कति अनादर भएको छ ? यद्यपि, आफूलाई इसाई भन्ने धेरै जसो मानिसहरुलाई यसले केही विचलित तुल्याउँदैन । तर, यदि तिनीहरुको नामलाई कोही द्वारा माटोमा मिलाइयो भने - एक चोटी किन नहोस् - त्यसले उनीहरुलाई साच्चिकै चिन्तित पार्दछ । अथवा तिनीहरुको सानी राम्री छोरीकी नाम धुलोमा मिलाइयो भने, त्यसले तिनीहरुलाई अत्यन्तै चिन्तित तुल्याउँदछ । तर येशूको नाम देश भरिनै वदनाम गरियोस् र यसले तिनीहरुलाई कत्ति पनि चिन्तित पार्दैन । के तपाईलाई लाग्दछ कि त्यस्ता मान्छेहरु येशूका चेलाहरु हुन् । होइन ! यसबाट धेरै टाढा ! तर तिनीहरु मण्डलीमा बस्दछन् । तिनीहरु फेरि जन्मेको दाबी गर्दछन् । तिनीहरुले प्रभुलाई प्रेम गरेको दाबी गर्दछन् ।

यो अचम्मको कुरा दियाबलसले गरेको छ - यी मानिसहरुलाई छक्याउँदै जसले आफैलाई टुप्पो देखि फेद सम्मै प्रेम गर्दछन्, शीर देखि पैताला सम्म, र अझै सोच्दछन् कि तिनीहरु येशूका चेलाहरु हुन् ।

तर, मैले केवल तपाईलाई चेतावनी दिन सक्छु । यदि तपाई आफैबाट स्वतन्त्र हुन चाहनुहुन्न भने कसैले तपाईलाई आफै प्रेमी हुन बाट परिवर्तन गर्न सक्दैन ।