द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

ख्रीष्टको शरIरलाई अस्पतालसँग तुलना गर्न मिल्छ। जब कुनै मान्छे बिरामी हुन्छ र अस्पताल जान्छ, त्यहाँ उनलाई मदत गर्नको निम्ति थुप्रै विभागहरु हुन्छन्। सायद उनलाई सुई, फिजियोथेरापी, वा शल्यक्रियाको खाँचो छ होला। उनले आँखाको वा कानको डाक्टरसँग भेट्न सक्छन्। त्यसैले अस्पतालमा धेरै विभागहरु हुन्छन्। आँखाको डाक्टरले हरेक समय मानिसहरुको आँखामा हेरेर बिताउँछन र अरु केहिँ पनि गर्दैनन्। त्यो उनले शरीरको अरु भागलाई महत्वहीन सम्झेकोले नभएर उनको विशेषता आँखा भएको कारणले हो। ख्रीष्टको शरीरमा पनि, हरेक विश्वासीलाई छुट्टै वरदान र बोलावट छ। र प्रत्येक नै आफूमा असन्तुलित छ। यस संसारमा केवल एक मानिस हुनुहुन्थ्यो जो पूर्ण रुपले सन्तुलनमा हिँड्नुभएको थियो; उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। र हामी बाँकी रहेकाहरु - हामीभित्र भएका सबैभन्दा असलहरु पनि - असन्तुलित छौँ। हामीले प्रभुको अस्पतालमा अरु भाई बहिनीहरुसँग मिलेर काम गर्यौँ भने बल्ल सन्तुलित बन्न पाउँछौ। त्यसैले, यस अस्पतालमा व्यक्तित्ववादको लागी कुनै पनि ठाउँ छैन!

एक असल अस्पतालमा मानिसको विभिन्न आवश्यकता पूरा गर्नको निम्ति विभिन्न विभागहरु हुन्छन्। त्यसै गरी, ख्रीष्टको शरीरमा पनि मानिसहरुलाई सहायता गर्नको निम्ति थुप्रै सेवाकाईहरु र आत्मिक वरदानहरु हुन्छन्। कुनै पनि मण्डली वा समुदायमा पवित्र आत्माको सम्पूर्ण वरदानहरु हुँदैनन्। तर ख्रीष्टको पूरा शरीरमा, त्यो सबै हुन्छन्। हामीलाई हाम्रो विशेष बोलावट के हो भनि जान्नु पर्छ।

संसार आत्मिक रोगले बिरामी भएका व्यक्तिहरुले भरिएको छ। र कसैको केस पनि आशारहित छैन। सबैजनालाई परमेश्वरले निको पार्न सक्नुहुन्छ। यो हामीले दाबी गर्ने सुसमाचार हो। परमेश्वरको अस्पतालमा सबैभन्दा बढि पापी र बिग्रिएको व्यक्तिले चङ्गाई पाउँछ। एक असल अस्पतालले कहिल्यै पनि सिकिस्त बिरामी भएको व्यक्तिलाई फर्काउँदैन। सानो अस्पतालले यो गर्न सक्छ किनकि उनिहरुसँग त्यस्तो गम्भिर केसहरुलाई सम्भाल्नलाई पर्याप्त सामाग्रीहरु हुँदैन। त्यसै गरी, एक असल मण्डलीले कहिल्यै पनि यस संसारको सबैभन्दा ठूलो पापीलाई उसको केस आशारहित छ भनेर फर्काउदैनँ!

एक असल मण्डलीले सबैभन्दा खराब पापीहरुलाई पनि महान् सन्तहरु बनाउँन सक्छ - यदि त्यो पापीले त्यहाँ भएको उपचारलाई लिन मान्छ भनें। हामीले मण्डलीलाई मानव शरीरसँग पनि तुलना गर्न सक्छौँ। मानव शरीरमा, हरेक भागको एउटा कार्य छ; र त्यस भागले एक्लै आफ्नो कार्य गर्ने कुरामा ध्यान दिन्छ। तर त्यसले अरु भागहरुमा भएको विभिन्न कार्यहरुलाई सरहाना गर्छ, मान्यता दिन्छ र सँगै मिलेर काम गर्छ, हामीले ख्रीष्टको शरिरमा अरु सेवकहरुसँग मिलेर काम गर्दा पनि यस्तै हुनुपर्छ। १ कोरिन्थी १२ मा, पवित्र आत्माले आँखा, कान, हात र खुट्टालाई उदाहरणको रुपमा लिएर ख्रीष्टको शरीरले कसरी काम गर्छ भनेर देखाउनुहुन्छ।

म बाइबलको केहि कुराहरुलाई बारम्बार जोड दिँदछु। किनकि परमेश्वरले मलाई त्यसको बोझ दिनुभएको छ। म परमेश्वरले मलाई बोलाउनुभएको सेवाकाईमा अडिग छु, किनकि मलाई थाहा छ कि त्यो एउटा सेवाकाईमा मात्र म प्रभुको निम्ति कामलाग्दो हुन सक्छु। मैले यदि केहि अर्कै कुरा गर्नखोजे भने मैले परमेश्वरले मेरो लागी बनाउनुभएको योजनालाई निराश पार्दछु। तर म अरु सेवाकाईको विरुध्दमा छैन। म त्यसलाई धेरै मूल्यको ठान्दछु। पेटले हातलाई धेरै महत्वको ठान्दछ, तर त्यसले कहिल्यै पनि हातले गर्ने काम गर्न चाहदैँन। उदाहरणको लागी, त्यसले कहिल्यै पनि प्लेटको खाना उठाएर खान चाहदैनँ। त्यसले हातलाई त्यो काम गर्न दिन्छ र आफ्नो काम, अथवा हातले उचालेर हालेको खाना पचाउने काम गर्छ! यो हामीले ख्रिष्टको शरीरमा एक अर्कालाई पूरा गर्ने तस्विर हो। धेरै विश्वासीले शरीरमा विभिन्न किसिमको सेवाकाईको सत्यतालाई देख्नुभएको छैन। तर यदि तपाईले यो सत्यतालाई देख्नुहुन्न भने, तपाईले परमेश्वरले के पूरा गर्न चाहनुहुन्छ सो देख्नुहुन्न। यो हामी सबैको मनमा प्रस्ट भएको राम्रो हो कि परमेश्वरले हामीलाई के गर्न बोलाउँनुभएको छ। परमेश्वरले हाम्रो हृदयमा दिनुभएको बोझ प्राय: जसो उहाँको शरीरमा परमेश्वरले हामीलाई दिन चाहनुभएको सेवाकाईको एउटा सङ्केत हो। ख्रीष्टको शरीरमा तपाईको एउटा भिन्न र अदितिय सेवाकाई छ जुन जो-कसैले पूरा गर्न सक्दैन। र त्यो सेवाकाई कहिल्यै सन्तुलित हुँदैन। त्यो अस्तुलित हुन्छ। तपाईले आफ्नो सन्तुलन शरीरमा भएको भिन्न सेवाकाई भएका व्यक्तिहरुसँग सङ्गति गरेर भेट्टाउन सक्नुहुन्छ। परमेश्वरले हामीलाई यसरी नम्र राख्नुहुन्छ - हामीलाई अरुमा निर्भर पार्नुभएर। परमेश्वरको महिमा होस्! हामी सबै हाम्रो जिवनको केहि क्षेत्रमा बलिया छौँ, र कुनै अरु क्षेत्रमा कम्जोर - कुनै विध्यार्थी अङ्ग्रेजीमा राम्रो भएर, गणितमा कम्जोर भएझैँ। तर हामीले हामी कुन क्षेत्रमा कम्जोर छौँ भनि जान्नुपर्छ र त्यसलाई बलियो पार्नुपर्छ। तपाईको मण्डली सुसमाचारमा जोड दिने काममा बलियो हुन सक्छ तर पवित्रतामा जोड दिने क्षेत्रमा कम्जोर हुन सक्छ। यदि त्यस्तो छ भने, तपाईलाई तपाईको मण्डलीले कुन सेवाकाईमा आफूलाई उजागर गर्ने आवश्यकता छ भनि थाहा हुनुपर्छ कि।

आमेन्!