WFTW Body: 

हिब्रू १०:५ मा हामी यो पढ्छौँ, "परमेश्वर हाम्रो बलि र भेटी चाहनुहुन्न।" म यो पदलाई प्राय: यस्तो विश्वासीलाई बताउँछु जसलाई उनिहरुको अगुवाले भेटी दिनैपर्छ भन्ने दबाब दिएका छन्। यसमा परमेश्वरले हामीबाट के चाह गर्नुहुन्छ भनिएको छ? हाम्रो शरीर। पुरानो करारमा, "लेवीहरुलाई आफ्नो दशांशबाट देओ" भन्ने कुरामा जोड दिइन्थ्यो भने, नयाँ नियममा, "आफ्नो शरीरलाई परमेश्वरलाई देओ" (रोमी १२:१) भन्ने कुरामा जोड दिइन्छ। कुनै मण्डलिले मानिसहरुलाई आफ्नो दशांशबाट दिनुहोस् भनि मागिरहन्छ भने, त्यो पुरानो नियमको मण्डलि हो। एउटा नयाँ-वाचाको मण्डलिले सधै हाम्रो शरीर - हाम्रो आँखा, हाम्रो हात, हाम्रो जिब्रोलाई परमेश्वरको महिमाको निम्ति दिने कुरामा जोड दिन्छ। परमेश्वरले आज हामीबाट कुनै पनि भौतिक कुराको माग गर्नुहुन्न, तर उहाँले हाम्रो शरीरको माग गर्नुहुन्छ। नयाँ नियमको हाम्रो शरीरलाई परमेश्वरको महिमाको लागि दिनु पुरानो नियममा दशांश दिनु जत्तिकै हुन्छ ‍- यो ख्रीष्टको बलिदान निस्तार चाडमा पाठोको बलिदान भएको जस्तै हो। के यसको मत्लव हामीले संसारमा परमेश्वरको महिमाको निम्ति कुनै पनि पैसा दिनुपर्दैन? तपाईले दिन सक्नुहुन्छ, तर परमेश्वर तपाईले हर्षसाथ दिनुभएको चाहनुहुनछ (२ कोरिन्थी ९:७)। कतिपय समय, उहाँले पहिले तपाईको शरीर चाहनुहुन्छ। जसले उहाँलाई आफ्नो शरीर दिन्छ, उसले प्रायजसो उहाँलाई आफ्नो सबैकुरा दिन्छ। तर सबैकुरा रमाउदै र हर्षसाथ दिनुपर्छ।

जब येशू संसारमा आउनुभयो, उहाँले आफ्नो पितालाई दशांश र भौतिक भेटी दिन आउनुभएन (हिब्रू १०:५)। उहाँ आफ्नो शरीरलाई एउटा बलिदानको रुपमा दिन आउनुभयो। र उहाँ नयाँ-वाचाको मध्यस्तकर्ता हुनुहुन्छ र उहाँले परमेश्वरले हाम्रो शरीरबाट सबैभन्दा पहिले के खोजि गर्नुहुन्छ सो देखाउन आउनुभयो।

येशू स्वर्गमा हुनुहुँदा उहाँसँग कुनै शरीर थिएन। जब उहाँ यस संसारमा आउनुभयो पिताले उहाँलाई शरीर दिनुभयो। उहाँले त्यस शरीरको के गर्नुपर्थ्यो? के उनले आफ्नो पिताप्रतिको प्रेम अफ्रिका जस्तो विकट ठाउँमा मिसिनेरीको रुपमा गएर देखाउनुपर्थ्यो? वा उहाँले हरेक दिन ४ घण्टा प्रार्थना गर्नुपर्थ्यो र हप्ताको दुई पटक उपवास बस्नु पर्थ्यो? यस मध्ये कुनै पनि होइन। उहाँ भन्नुहुन्छ, "हेर्नुहोस् म आएको छु - पवित्र पुस्तकमा मेरो विषयमा लेखिएको छ - तपाईको इच्छा पूरा गर्नालाई, हे परमेश्वर" (हिब्रू १०:७)। येशूले आफ्नो शरीर यसमा प्रयोग गर्नुभयो - र हामीले पनि हाम्रो शरीरलाई यहि कुराको निम्ति प्रयोगमा ल्याउनुपर्छ। जब हामी परमेश्वरलाई हाम्रो शरीर चढाउँछौ, त्यसपछि हामीले त्यसको हरेक भागबाट परमेश्वरको महिमा गर्नुपर्छ - हाम्रो आँखा, हात, जिब्रो, इच्छा, चाहना, आदि। तब हाम्रो जिवनको एउटै चाहना हरेक दिन परमेश्वरको इच्छा पुरा गर्ने हुन्छ।

प्रथम त, हाम्रो लागि परमेश्वरको इच्छा के हो? "किनकि परमेश्वरको इच्छा यही हो - तिमीहरुको पवित्रता" (१ थेस्सलोनिकी ४:३)। यो हामी सबैको निम्ति परमेश्वरको पहिलो इच्छा हो। र जब त्यो हाम्रो सेवाकाई तिर आउछ, हामी परमेश्वरको निम्ति केहि गर्नको निम्ति यता र उता कुद्नुपर्दैन। हामीले फेरी पनि हाम्रो सेवाकाईमा परमेश्वरको इच्छालाई पूरा गर्नुपर्छ। परमेश्वरले हामीलाई यसो भनेर प्रार्थना गर्न सिकाउनुभएको छ, "तपाईको इच्छा स्वर्गमाझैँ पृथ्विमा पनि पुरा होओस्।" स्वर्गमा भएका स्वर्गदूतहरु परमेश्वरको निम्ति व्यस्त हुनको निम्ति यता र उता कुद्नुपर्दैन। येशू पनि आफ्नो पिताको निम्ति केहि गर्नको निम्ति यता र उता भाग्नुभएन। उहाँले पिताको इच्छालाई खोज्नुभयो र त्यो गर्नुभयो। जब पिताले उहाँलाई १८ देखि ३० वर्षको उमेरसम्म सिकर्मीको काम गर भन्नुभयो, उहाँले त्यो गर्नुभयो। उहाँ ति वर्षहरुमा आफ्नो संसारीक काममा विश्वासयोग्य हुनुभएपछि, पिताले उहाँलाई साडे तिन वर्षसम्म बाहिर प्रचार गर्न पठाउनभयो। येशू बाह्र वर्ष सिकर्मीको काम गर्दा पनि उत्ति नै प्रिय हुनुहुन्थ्यो जति उहाँ सुसमाचार प्रचार गर्नुहुँदा र बिरामीलाई निको पार्नुहुँदा हुनुहुन्थ्यो।

येशू संसारमा मिसिनेरीको रुपमा आउनुभएन न ता पूरै समय काम गर्न आउनुभयो। उहाँ केवल आफ्नो पिताको इच्छा पुरा गर्न आउनुभयो, त्यो जे भएतापनि। जब उहाँको पिताको इच्छा उहाँले सिकर्मी काम गर्नुभएको होस् भन्ने थियो, उहाँले त्यो पुरा गर्नुभयो। जब उहाँको पिताको इच्छा उहाँले पूरा समय काम गर्नुभएको होस् भन्ने थियो, उहाँले त्यो पुरा गर्नुभयो। हामीले हाम्रो जिवनलाई पिताको हातमा सुम्पनुपर्छ, यो काम वा त्यो कामलाई मात्र होइन। परमेश्वरले तपाईलाई सिकर्मी वा मिसिनरीको रुपमा पनि बोलाउन सक्नुहुन्छ। के तपाई तयार हुनुहुन्छ?

येशूले भन्नुभयो, "हेर्नुहोस्, म तपाईको इच्छा पुरा गर्न आएको हुँ।" त्यसैले उहाँले पहिलेकोलाई हटाउनुभयो र दोस्रोलाई स्थापित गर्नुभयो। (हिब्रू १०:८,९)। पहिलो वाचामा धेरै धार्मीक कामहरु थिए - खासगरी भेटहुनेपाल र मन्दिर भित्र। तर येशूले आफ्नो संसारीक जिवनको ९०% पनि कुनै धार्मीक काम गर्नुभएन। उहाँले - तिस वर्षसम्म - आफ्नो घरमा आफ्नि आमालाई मदत गर्नुभयो र आफ्नो परिवारलाई सिकर्मीको रुपमा सहायता गर्नुभयो। तब उहाँले अर्को साढे-तिन वर्ष प्रचार गर्नुभयो। त्यसैले उहाँले पिताले दिनुभएको कामलाई पुरा गर्नुभयो र उहाँलाई महिमा दिनुभयो (हेर्नुहोस् यूहन्ना १७:४)। हामी त्यहाँ यो सिक्छौँ कि परमेश्वरको दृष्टिमा घरमा आमाको मदत गर्नु बिरामीलाई निको पार्नु जत्तिकै महत्वपूर्ण छ. नयाँ वाचामा, परमेश्वरले तपाईलाई कुनै एउटा समयमा उहाँको इच्छामा केहि गर्न चाहनुहुने जुनै कुरापनि - यदि तपाईले त्यस समयमा त्यो गर्नुहुन्छ भनें त्यो सबैभन्दा पवित्र कुरा हुन्छ।