ख्रीष्टियान जगतको निकै दुःखद कुरा यो हो कि महान् आज्ञाको पहिलो आधा भाग पूरा गर्ने धेरै ख्रीष्टियानहरुले दोस्रो आधा भाग पूरा गर्नु कत्तिको महत्वपूर्ण छ भनेर बुझ्दैनन् । खराब कुरो, त्यहाँ धेरै कामगर्नेहरु छन् जसले पहिलो आधा पूरा गर्छन् र वास्तवमा दोस्रो आधा भाग पूरा गर्न खोजिगरिरहेकाहरुलाई घृणा गर्छन् । यदि हामी नम्र छौं भने, हामीले देख्नेछौं कि हामी ख्रीष्टको शरीरमा सहकर्मीहरु हौं, र त्यो एउटा कार्य अर्को जस्तै महत्वपूर्ण छ । तिनीहरुका पापका लागि ख्रीष्ट मर्नुभएको सुसाचार कहिल्यै नसुनेका मानिसहरु सम्म पुग्ने मानिस जत्तिकै त्यो व्यक्तिलाई चेला बनाएर येशूले सिकाउनुभएको सबै गर्न सिकाउने कुरा गरेर काम सकाउन खोज्ने व्यक्ति महत्वपूर्ण छ ।
महान आज्ञाको दोस्रो भाग पूरा गर्न धेरै रोमाञ्चक छ किनकि यसले प्रायजसो जोड्न सकिने धेरै अद्भुत कथाहरु सृजना गर्दछ । मिसनरी र सुसामाचारवादी कार्यको साँचो विवरणहरु सधैं रोमाञ्चक हुन्छन् । त्यहाँ दियावलस र मूर्तिपूजाबाट छुटकारा पाएका मानिसहरु र त्यस्ता धेरै कुराहरु, र विशेष गरी विवरण दिन धेरै तथ्याङ्कहरु हुन्छन् । प्रचारकहरुले ख्रीष्टमा ल्याएका मानिसहरुको तथ्याङ्कको बारेमा घमण्ड गर्न सक्छन् । तर अर्को ख्रीष्टियान कामदारको बारेमा के हुन्छ, जसले रुपान्तरण भएको त्यो व्यक्तिलाई समाउँछ र उसलाई येशूले सिकाउनुभएको सबै कुरा पालन गर्ने चेला बनाउँदैछ ? उहाँसँग घमण्ड गर्ने तथ्याङ्कहरु छैनन्, तर ख्रीष्ट फर्केर आउँदा हामीले पत्ता लगाउन सक्नेछौं कि त्यो व्यक्तिले चेला बनाउनको लागि पृथ्वीमा कुनै सम्मान प्राप्त नगरी बढी विश्वासयोग्य काम गरेको छ । सामान्यतया, ख्रीष्टियानहरुले आफूले विवरण दिनसक्ने सेवाहरु गर्न रुचाउँछन्, र जहाँ तिनीहरुले संख्याहरु उद्धृत गर्न सक्छन् । त्यसैकारण, मर्कुश १६ः१५ मा उल्लेखित महान आज्ञा मत्ती २८ः१९-२० मा भएको त्यसको अर्को आधा भाग भन्दा निकै लोकप्रिय छ । तर त्यसैले पनि हामी अर्को आधा भागमा केन्द्रित छौं, र मानिसहरुलाई येशूले आज्ञा गर्नुभएका सबै कुरा सिकाउँदै छौं ।
मानौं तपाईंले संसारका विभिन्न भागहरुमा पुग्न, सुसामाचार प्रचार गर्दै र प्रचारकको काम गर्दै २५ वर्ष विताउनु भएको छ । यदि तपाईं एक प्रचारक हुनुहुन्छ भने, तपाईंले ख्रीष्टमा ल्याउनुभएको सयौं वा हजारौं मानिसहरुको तथ्याङ्क विवरण दिने मौका सायद सम्भव छ । तर यदि तपाईंले अझै चेला बनिनसकेका रुपान्तरण भएकाहरुको एक समूहलाई येशूले आज्ञा गर्नु भएको सबै कुराहरु सिकाउँदै २५ वर्ष विताउनु भयो भने, तपाईंसँग विवरण पेश गर्नको लागि तथ्याङ्कको हकमा धेरै नहुनसक्छ । तथापि, तपाईंले ख्रीष्टजस्ता मानिसहरुलाई निर्माण गर्नुभएको छ जो पृथ्वीमा ख्रीष्टको लागि धेरै असल गवाही हन्, र जसलाई परमेश्वरले आदमको प्रकृतिबाट छुटकारा पाएको मानिसको नमूनाको रुपमा शैतानको अगाडि प्रस्तुत गर्न सक्नुहुन्छ, र जसले ख्रीष्टको चरित्रलाई प्रकट गर्न सक्नुहुन्छ । त्यो प्रयासले स्वर्गमा महिमा ल्याउँछ, यस पृथ्वीमा होइन ।
यदि तपाईं मानिसहरुबाट(सहकर्मी ख्रीष्टियानहरुबाट पनि) आदर खोज्ने एक ख्रीष्टियान हुनुहुन्छ भने, तपाईंले महान आज्ञाको दोस्रो भागको बारेमा धेरै वास्ता गर्नुहुने छैन, किनकि यसले तपाईंलाई विवरण दिनको लागि धेरै दिन सक्दैन । तपाईंलाई पहिलो भागमा मात्र रुचि हुनेछ, यदि तपाईंको रुचि तथ्याङ्कहरुमा र संख्याहरुमा र मानिसहरुको सम्मानमा छ भने । पुरानो नियमका अगमवक्ताहरु कहिल्यै लोकप्रिय थिएनन्; ती झुटा अगमवक्ताहरु थिए जो इस्राएलमा लोकप्रिय थिए । दुईमा के भिन्नता छ ? एउटा भिन्नता यो थियो कि झुटा अगमवक्ताहरुले मानिसहरुले के सुन्न मन पराउँथे त्यही बोल्थे, जबकि साँचो अगमवक्ताहरुले मानिसहरुलाई ती कुराहरु बोल्थे जुन तिनीहरुले परमेश्वरबाट सुन्नुपर्ने थियो । र प्रायः यो तिनीहरुको पाप, तिनीहरुको सांसारिकता, तिनीहरुको मूर्तिपूजा, व्यभिचार, र तिनीहरुको परमेश्वरबाट टाढिनु, साथै पश्चातापको लागि आह्वान (परमेश्वरमा फर्किन) को लागि एक हप्की थियो ।
अगमवक्ताकोसेवाकहिल्यैलोकप्रियभएकोछैन,नपुरानोकरारमानतनयाँकरारमा । नयाँ नियमको अगमवक्ताको सेवकाई, त्यसै गरी, परमेश्वरका जनहरुलाई उहाँमा फिर्ता बोलाउनु हो, वचनमा फर्काउनु, धर्मशास्त्रको आज्ञाकारितामा फर्काउनु, येशूले सिकाउनुभएका सबै कुराहरु पालन गर्ने कुरामा फर्काउनु हो । यो सुसामाचार प्रचारकको सेवा भन्दा धेरै फरक छ - र ख्रीष्टको शरीरमा केवल अगमवक्ताहरु वा केवल प्रचारकहरु द्वारा निर्माण गर्न सकिंदैन ।
एक दृष्टान्तको प्रयोग गर्न, सुसामाचार प्रचारको माध्यमबाट महान आज्ञा(मर्कुश १६ः१५) को पहिलो आधा पूरा गर्नलाई थालबाट खाना लिएर मुखमा हाल्नुसँग तुलना गर्न सकिन्छ । सबै सुसामाचार प्रचारको उद्देश्य के हो ? ख्रीष्टको शरीरको अंग नभएको व्यक्तिलाई ख्रीष्टको शरीरमा ल्याउनु हो । त्यो मूलतः सुसामाचार प्रचार हो । सुसामाचार प्रचार अविश्वासी, मूर्तिपूजक वा कुनै पनि ईश्वरविनाको व्यक्तिलाई ख्रीष्टको शरीरको भाग बनाउनको लागि डिजाइन गरिएको हो । मेरो हातले खाना लिन्छ, जुन मेरो शरीरको अङ्ग होइन, र प्लेटबाट उठाउँछु र मेरो शरीरमा हाल्छु । सुसामाचार प्रचारकले गैर-ख्रीष्टियानलाई ख्रीष्टको शरीरमा कसरी ल्याउँछ भन्ने कुराको त्यो चित्र हो ।
खाना कसरी पूर्णतया शरीरको एक अंग बन्छ ? सबैभन्दा पहिले, म खाना देख्छु र म यसलाई मेरो हातले लिन्छु, र मेरो हातमा हाल्छु । यो सुसामाचार प्रचार हो, अविश्वासीलाई लिनु र उसलाई ख्रीष्टमा ल्याउनु । तर यो खाना, यदि यो मेरो मुखमा रह्यो भने, जबसम्म म यसलाई मेरो मुखमा राख्छु यो मेरो शरीरको भाग बन्ने छैन । यो सड्नेछ, र मैले यसलाई थुक्नेछु । धेरै मानिसहरु त्यस्ता हुन्छन् जसले आफ्नो हात उठाउँछन् र निर्णय कार्डमा हस्ताक्षर गर्छन् र भन्छन् तिनीहरु ख्रीष्टमा आएका छन्, मुखमै राखिएको खाना जस्तै । तपाईं त्यहाँ जानुहोस् र यी पाँच सय मानिसहरुलाई भेट्नुहोस् जसले ती निर्णय कार्डहरुमा हस्ताक्षर गरेका छन्, र तपाईंले तिनीहरुमध्ये एउटा मात्र वास्तविक चेला भएको पाउनुहुनेछ । अरु ४९९ टाढिएका हुनेछन् । यो सबै समय हुन्छ । खानालाई मुखमा हालेर मात्र पुग्दैन । दाँतले खाना चपाउनु पर्छ, र त्यसपछि घाँटी र पेटमा जान्छ जहाँ यसलाई टुक्र्याउन सबै प्रकारका एसिडहरु यसमाथि ओइरिन्छन् । यस बिन्दुमा, यो अब एक आलु, वा एक रोटी, वा भात रहँदैन । यो अझै अन्य रुपहरुमा रुपान्तरण हुनेछ, र पाचन प्रक्रिया र शरीर भित्र हुने अन्य धेरै चीजहरु पछि, अन्ततः त्यो खाना पूर्णरुपमा शरीरको एक हिस्सा बन्छ । यो धेरै कोमल सेवकाई हो, सुरुमा खाना लिनु र मुखमा हाल्नु, र यो सुसामाचार प्रचार हो । तर त्यस पछि, शरीरका अन्य भागहरुले अधीन गर्छन्, र हातले कहिल्यै गर्न नसक्ने कामहरु गर्छन् । त्यसै गरी, अन्य सेवकहरुले कार्य गर्छन् जुन प्रचारकहरुले कहिल्यै गर्न सक्दैनन्, जस्तै अगमवक्ताको सेवकाई, शिक्षा दिने सेवकाई, गोठालोको सेवकाई, र प्रेरितीय सेवकाई, यी सबैले त्यस व्यक्तिलाई ख्रीष्टको शरीमा जीवित, क्रियाशील, प्रभावशाली, शक्तिशाली सदस्य बन्नको लागि निर्माण गर्दछ । त्यो खाना जस्तै, जुन केही हप्ता पछि, अब आलु वा रोटी होइन, तर मासु र रगत र हड्डी भएको छ, त्यसरी प्रचारले ख्रीष्टमा ल्याउनुभएको प्रत्येक व्यक्तिसँग हुनुपर्छ ।
त्यसो भए कुन कार्य अधिक आवश्यक छ ? प्रचारक, वा अगमवक्ता, वा गोठालो, वा शिक्षक ? त्यो "के हात बढी महत्वपूर्ण छ, कि दाँत, वा पेट?" सोध्नु जस्तै हो । शरीरका अंगहरुलाई तुलना गर्ने कुनै उपाय छैन, किनकि यदि हातले खाना लिंदैन र भित्र राख्दैन भने, दाँत र पेटको कुनै काम हुँदैन; र यदि हातले खाना मुखमा हाल्ने काम गर्छ, तर दाँत र पेटले केही गर्दैन भने त्यो पनि बर्बाद हुन्छ । त्यसैले प्रचारक अगमवक्ता भन्दा महत्वपूर्ण छ, वा प्रचारक भन्दा अगमवक्ता बढी महत्वपूर्ण हो भनी सोच्नुको कुनै फाइदा छैन । एउटाले अर्को भन्दा बढी महत्वपूर्ण कार्य पूरा गरेको देखिनसक्छ, तर दुबै शरीरमा समान रुपमा आवश्यक छन् । परमेश्वरले निश्चय गर्नु भएको छ कि शरीरको हरेक अंग आफ्नो कार्य पूरा गर्नको लागि उपयोगी हुन स्वस्थ र मांसपेशीयुक्त हुनुपर्छ ।