WFTW Body: 

परमेश्वर ज्योति र प्रेम हुनुहुन्छ (१ यूहन्ना १ः५, ४ः६) । उहाँ "अगम्य प्रकाशमा बास गर्नुहुन्छ" (१ तिमोथी ६ः१६) । किनकि उहाँ पवित्र हुनुहुन्छ । उहाँले हामीलाई पवित्र हुन बोलाउनुहुन्छ ।

तर पवित्रता मानिसको लागि परीक्षा मार्फत मात्र आउन सक्छ । आदम असल र खराबको ज्ञान नभएको निर्दोष सृष्टि गरिएको थियो । परमेश्वर उहाँ पवित्र भएको चाहनुहुन्थ्यो, र यसका लागि परमेश्वरले उहाँलाई परीक्षित हुन अनुमति दिनुभयो ।

असल र खराबको ज्ञान दिने रुख परमेश्वर आफैंले सृष्टि गर्नुभएको थियो र आफैंमा खराब थिएन । यो संसारमा अवस्थित थियो जसमाथि परमेश्वरले बोल्नुभयो "धेरै असल छ" (उत्पत्ति १ः३१) । यो धेरै राम्रो थियो, किनकि यसले आदमलाई परीक्षाको प्रतिरोध गरेर पवित्र हुने अवसर प्रदान गर्यो ।

बाइबलले भन्दछ "विभिन्न परीक्षाहरु सामना गर्दा तिनलाई सबै आनन्दको रुपमा लेऊ" (याकूब १ः२), किनकि परीक्षाले हामीलाई परमेश्वरको पवित्रतामा भागलिने अवसर दिन्छ (हिब्रू १२ः१०) र "सिद्घ र पूर्ण" बनाउँदछ (याकूब १ः४) ।

जसरी हामीले येशूको पवित्रतालाई हेर्छौं, उहाँमा परमेश्वरको रुपमा रहेको अन्तर्निहित पवित्रतालाई हामीले हेर्दैनौं, किनकि त्यो हाम्रो लागि कुनै उदाहरण हुनसक्दैन । हामीले उहाँलाई "सबै कुरामा उहाँका भाइहरु जस्तै बनाइनुभएको" र "हरेक कुरामा हामी जस्तै परीक्षित भएर पाप रहित रहनुभएको" (हिब्रू २ः१७, ४ः१५) भनी हेर्दछौं ।

येशू हाम्रो अग्रदूत हुनुहुन्छ (हिब्रू ६ः२०), जसले हामीेले दोडिन पर्ने दौड दौडनुभयो, हामीले पछ्याउनुपर्ने फुटपाथ बनाउनु भयो । र त्यसैले उहाँले हामीलाई भन्नुहुन्छ, "मलाई पछ्याउनुहोस्" (यूहन्ना १२ः२६) । अनि हामी भन्दा अगाडि दौड दौडनुहुने उहाँलाई हेरेर, हामी पनि हरेस नखाइकन वा हृदयलाई नगुमाइकन धैर्यसाथ दौडन सक्छौं (हिब्रू १२ः१-४) ।

येशूले कुनै पनि मानिसमा आउनसक्ने हरेक परीक्षालाई सहनुभयो । उहाँ "हरेक कुरामा, हामी जस्तै" परीक्षित हुनुभयो । यो हिब्रू ४ः१५ मा स्पष्ट रुपमा सिकाइएको छ । र यो हाम्रो प्रोत्साहन हो । आज परमेश्वरले हामीलाई नसुम्पनु भएको कुनै पनि शक्ति येशूले प्रयोग गर्नुभएन । उहाँले झेल्नुभयो र परीक्षालाई जित्नुभयो, एक मानिसको रुपमा, उहाँको पिताले उहाँलाई पवित्र आत्माद्वारा दिनुभएको शक्तिमा ।

शैतानलेसधैंमानिसलाईभनेकोकिपरमेश्वरकानियमहरुबोझिलोपालनगर्नअसम्भवछन्येशूमानिसकोरुपमाआउनुभयोशैतानकोत्योझूटलाईउहाँकोपूर्णआज्ञाकारिताकोजीवनद्वाराउदाङ्गोपारिदिनुभयो यदि हामीसँग येशूले सामना नगर्नु भएको कुनै परीक्षा भएको भए वा पालन गर्न पर्ने परमेश्वरको कुनै आज्ञा भएको भए, त्यस बिन्दुमा हामीसँग पापको लागि कुनै बहाना हुनसक्थ्यो । र यदि येशूले त्यो सिद्घ जीवन हाम्रो शरीरको कमजोरी बिना वा हामीलाई उपलब्ध नभएको शक्तिद्वारा बिताउनु भएको हो भने, उहाँको जीवन हामीले पछ्याउन सक्ने एक उदाहरण हुन सक्दैन, न त हाम्रा परीक्षाका क्षणहरुमा एक प्रोत्साहन हुनसक्छ । तर येशूले पृथ्वीमा मानिसको रुपमा आफ्नो जीवन मार्फत देखाउनुभयो, कि परमेश्वरले हामीलाई उपलब्ध गराउनु भएको शक्ति उहाँको वचनमा देखिने उहाँको व्यवस्थाको मागहरु पूरा गर्न पर्याप्त छन् ।

हाम्राप्रधानपूजाहारीहाम्रोदुर्बलतामाहामीसँगसहानुभतिदेखाउननसक्नेहुनुहुन्न,तरहामीजस्तैउहाँसबैकुरामापरीक्षितहुनुभयो(हिब्रू४ः१५)

येशूको पाप रहित जीवन मानिसले पवित्र आत्माको शक्तिद्वारा पापमाथि पूर्ण विजय प्राप्त गर्न र आनन्दसाथ परमेश्वरको आज्ञा पालन गर्न सम्भव छ भनी परमेश्वरद्वारा संसारको निम्ति प्रदर्शन हो । यदि हामी उहाँमा रह्यौं भने, हामी "उहाँले जस्तै हिँड्न सक्छौं" (१ यूहन्ना २ः६) ।