द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

प्रकाश १४ः१–५ मा, हामीले आफ्नो पार्थिव जीवनमा प्रभुलाई पूर्ण हृदयले पछ्याउने चेलाहरुको सानो समूहको बारेमा पढ्छौं । तिनीहरु अन्तिम दिनमा येशूसँगै विजेताहरुको रुपमा उभिन्छन्, किनकि परमेश्वरले तिनीहरुको जीवनमा आफ्नो पूर्ण उद्देश्य पुरा गर्न सक्षम हुनुभयो ।

जसका पापहरु क्षमा गरिएका छन् तिनीहरुको ठूलो जमात छ जसलाई कसैले पनि गन्न सक्दैन, जस्तो कि हामी प्रकाश ७ः९, १० देख्छौंः

यी कुराहरु पछि मैले हेरें, र कसैले गन्न नसक्ने एउटा ठूलो भीड देखें, हरेक जाति, हरेक कुल, मानिस र भाषाका, सेता लुगा लगाएका, र हातमा खजूरका हाँगाहरु लिएर सिंहासन र थुमाको अगाडि उभिरहेका थिए; र तिनीहरुले ठूलो स्वरमा यसो भन्दै कराए, “मुक्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट आउँछ” ।

तर प्रकाश १४ मा उल्लेख गरिएको चेलाहरुको समूह धेरै सानो छ, जसलाई गन्न सकिन्छ – १,४४,००० । यो संख्या शाब्दिक होस् वा प्रतीकात्मक (प्रकाशको पुस्तकको धेरैजसो भाग जस्तै) महत्वहीन छ । कुरा के हो भने यो ठूलो भीडसँग तुलना गर्दा धेरै सानो संख्या हो ।

यी ती अवशेषहरु हुन् जो पृथ्वीमा परमेश्वरप्रति साँचो र विश्वासयोग्य थिए । तिनीहरुको परीक्षण गरियो र परमेश्वरको अनुमोदनको प्रमाणपत्र प्राप्त गरे । परमेश्वर आफैंले तिनीहरुको बारेमा प्रमाणित गर्नुहुन्छ कि

तिनीहरुले आफूलाई शुद्ध राखेका छन्....थुमा जहाँ गए पनि तिनीहरुले पछ्याउँछन्....तिनीहरुको मुखमा कुनै झुट (वा छल) पाइएन....तिनीहरु निर्दोष छन् (प्रकाश १४ः४, ५) ।

यी परमेश्वरका पहिलो फल हुन् । तिनीहरुमा ख्रीष्टकी दुलही समावेश छिन् । थुमाको विवाहको दिनमा, सबैलाई यो स्पष्ट हुनेछ कि ठूला र साना सबै कुरामा परमेश्वरप्रति पूर्ण रुपमा सत्य र विश्वासयोग्य हुनु सबै कुराको लागि लायक थियो ।

त्यो दिनमा, स्वर्गमा कराउने आवाज हुनेछ,

हामी रमाऔं र खुशी होऔं र उहाँलाई महिमा दिऔं, किनकि थुमाको विवाह आएको छ र उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन् (प्रकाश १९ः७) ।

पृथ्वीमा आफ्नो लाभ र सम्मान खोज्नेहरुले त्यस दिनमा मात्र पूर्ण रुपमा महसुस गर्नेछन् कि उनीहरुको क्षति वास्तवमा कति ठूलो छ । जसले बुबा वा आमा, श्रीमती वा छोराछोरी, दाजुभाइ वा दिदीबहिनी वा आफ्नो जीवन, वा भौतिक चीजहरुलाई प्रभुभन्दा माथि माया गरे, उनीहरुले त्यस दिन आफ्नो अनन्त क्षतिको चाल लगाउनेछन् ।

त्यसपछि यो स्पष्ट हुनेछ कि पृथ्वीमा सबैभन्दा बुद्धिमान मानिसहरु ती थिए जसले येशूका आज्ञाहरु पूर्ण रुपमा पालना गरे र उहाँ हिँड्नुभए झैं आफ्नो सम्पूर्ण हृदयले हिँड्न खोजे । त्यसपछि ख्रीष्टियान जगतको रित्तो सम्मान फोहोरको रुपमा स्पष्ट रुपमा देखिनेछ । पैसा र भौतिक चीजहरु त्यसपछि हामीले देख्नेछौं कि केवल ती माध्यमहरु थिए जसद्वारा परमेश्वरले हामीलाई ख्रीष्टको दुलही बन्न योग्य भयौं कि भएनौं भनेर हेर्नलाई जाँच्नुभयो ।

त्यो दिन हामीले स्पष्ट रुपमा देख्ने वास्तविकताहरु मध्ये केही हेर्नको लागि हाम्रा आँखा अहिले पनि खुलेको भए !

कुनै पनि मानिसले पाउन सक्ने सबैभन्दा ठूलो सम्मान भनेको त्यसदिन ख्रीष्टको दुलहीमा स्थान पाउनु हो – जसलाई परमेश्वर आफैंले जाँच गर्नुभएको र अनुमोदन गर्नुभएको छ !

जसको सुन्ने कान छ, उसले सुनोस् । आमेन ।