द्वारा लिखित :   जैक पूनेन
WFTW Body: 

पावलसँग नजिक भएर काम गर्ने व्यक्तिहरु प्राय जसो यहूदीहरु थिएनन्, जसमा तीतस पनि एक थिएँ। पावल एक कठोर यहूदी थिए, र फरिसीहहरुका पनि फरिसी थिए। तर उनिसँग यात्रा गर्ने साथी एउटा व्यक्ति ग्रीक डाक्टर थिए, जस्को नाम लूका थियो, र उनले बाइबलमा लूकाको पुस्तक र प्ररितहरुका काम लेखेका थिए। र अर्को व्यक्ति तिमोथी थिए जोसँग उनि धेरै नजिक भएर काम गर्थे। उनि आधा ग्रीक थिए (उनको बुबा ग्रीक हुनुहुन्थ्यो)। तीतस पनि ग्रीक नागरीक थिए। त्यसैले यी चार भिन्न समुदायका व्यक्तिहरु - पावल, तीतस, तिमोथी र लूका - जो सँगै मिलेर काम गरिरहेका थिए, नयाँ वाचाका जिउँदो उदाहरण थिए जहाँ भिन्न देश र समुदायका मान्छेहरु एकै ठाउमा, एकै मनको भएर काम गर्थे।

यदि तपाई केवल आफ्नो समुदाय र देशका मानिसहरुसँग मात्र मिलेर काम गर्न सक्नुहुन्छ भनें तपाईको विश्वासमा केहि गडबड छ। यदि तपाई राई हुनुहुन्छ र केवल राईहरुसँग काम गर्न सक्नुहुन्छ भनें तपाईले ठिक सुसमाचार सुन्नुभएको छैन। हामी कुनै पनि देश वा स्वभावका मानिसहरुसँग सेवा गर्न तयार हुनुपर्छ - चाहे उहाँहरु चिनियाँ, अफ्रिकन, रस्सियन, अमेरिकी नै किन नहुनुभएको होस्। यदि उहाँहरु ख्रिष्टको चेला हुनुहुन्छ भनें हामी सेवाकाईको निम्ति तयार हुनुपर्छ। स्वभाव र देश सबै छुट्टै भए तापनि उहाँहरु हाम्रो नजिकको सङ्गी-कामदारहरु हुन सक्नुहुन्छ। हामीले हाम्रो सानो सोचहरुलाई फाल्नुपर्छ जसले हामीलाई हाम्रो राष्ट्र र स्वभावको व्यक्तिसँग मात्रै नजिक हुन दिन्छ। र हामीले उहाँहरु सबैसँग सङ्गति गर्न सक्नुपर्छ जो ख्रिष्टको शरीरमा हुनुहुन्छ।

कुनै देश वा समुदायको केहि अनौठो रितिहरु हुन सक्छन्। तर जब उनिहरु ख्रिष्टमा आउँछन्, उनिहरु त्यस्ता रितिहरुबाट अलग हुन सक्छन्। तीतस क्रेटमा भएको समयमा पावलले उनलाई यसरी लेखेका थिए, "तिनीहरुमध्येका एकजनाले अर्थात् तिनीहरुका आफ्नै भविष्यवक्ताले भनेका छन्: 'क्रेटीहरु सधैं झूट बोल्ने, दुष्ट पशु, अल्छे घिचुवा हुन्छन्।' (तीतस १:१२)" त्यो साँचो पनि हुन सक्थ्यो। तर जब त्यस्ता क्रेटीहरु ख्रिष्टमा आएर पवित्र आत्माले भरिन्छन्, उनिहरु झूटा वा दुष्ट हुँदैनन्, उनुहरु दुष्ट पशुजस्ता हुँदैनन्, उनिहरु अल्छे हुँदैनन् र उनिहरु घिचुवा हुँदैनन्। त्यसैले हामीले मानिसलाई उनिहरु बस्ने देश र समुदाय अनुसार न्याय गर्नु हुँदैन। यदि हामीले कुनै पनि विश्वासीलाई उहाँ आउनुभएको समुदाय अनुसार न्याय गर्छौँ भने, हामी आत्मिक रुपमा गरिब नै रहन्छौँ।

परमेश्वरले मलाई विभिन्न देश जस्तै; चिनिया, अफ्रिकि, विभिन्न जातिका भारतियहरु, युरोपिहरु, अमेरिकिहरु, र अन्य धेरै समुदायका मानिसहरुसँग सङ्गति गर्न दिनुभएको कारणले उहाँले मलाई आत्मिक रुपमा अत्यन्तै धनि बनाउनुभएको छ । मेरो हृदय सधैँ परमेश्वरको मानिसको निम्ति, उहाँहरु जुनैसुकै देश वा समुदायको हुनुभएपनि खुल्ला छ - किनकि म जान्दछु कि परमेश्वरलाई दिने भक्ति कुनै पनि विशेष देशमा मात्र सिमित छैन। मैले यो कुरा याद गरेको छु कि धनि देशका मानिसहरु प्राय धमण्डि हुन्छन्। तर त्यस देशका साँचो विश्वासीहरु नम्र हुनुहुन्छ। त्यसैले क्रेटीहरु झूटा भएतापनि क्रेटमा हुनुभएका विश्वासीहरु झूटा हुनुहुन्न थियो। कुनै समुदायका मानिसहरु पारिवारिक मान्यतामा गरिब हुन सक्नुहुन्छ। तर त्यस समुदायका विश्वासीहरु त्यस्तो हुनुपर्छ भन्ने छैन। त्यसैले हामीले कुनै पनि विश्वासीलाई उहाँ आउने समुदायलाई लिएर न्याय गर्नु हुदैनँ। उहाँ एउटा नयाँ सृष्टि हुनुहुन्छ। त्यसैले पावललाई पनि भिन्न राष्ट्रियता भएको आफ्नो नजिकको सहकर्मीसँग कुनै पनि समस्या थिएन।

यदि तपाई ख्रिष्टको शरीरमा हुनुभएको तपाईभन्दा भिन्न व्यक्तिसँग काम गर्न इच्छुक हुनुहुन्न भनें, तपाईले परमेश्वरले तपाईको जिवनमा राख्नुभएको उदेश्यलाई पूर्ण रुपले पुरा गर्न सक्नुहुन्न। उहाँको योजनामा उहाँले तपाई अर्को राष्ट्रियता भएको वा तपाईकै देशको तर छुट्टै ठाउँको व्यक्तिसँग काम गरेको चाहनुहुन्छ, तर उहाँले यो देख्नुहुन्छ कि तपाईले उहाँको योजनालाई स्विकार्न इच्छुक हुनुहुन्न भनें परमेश्वरले तपाईको सहकर्मी को हुनुहुन्छ भनि नदेखाउन सक्नुहुन्छ।

हामीले ख्रिष्टको शरिरमा अरु व्यक्तिहरुसँग काम गर्नुअघि हामीमा भएको पक्षपात वा भिन्नता राख्ने जस्ता धेरै स्वभावहरुलाई तोड्न जरुरी छ। यदि हामी केवल हामी जस्तो छौँ त्यस्तै व्यक्तिसँग काम गर्न खोज्छौँ भनें, परमेश्वरले हामीलाई डोर्याउनुहुन्न्। हामीले हाम्रो सहकर्मी आफैँले छान्न सक्छौँ र भन्न सक्छौ कि परमेश्वरले हामीलाई उहाँकहाँ डोर्याउनुभयो - तर त्यो साँचो हुन सक्दैनँ। त्यो हाम्रो आफ्नै शारीरीक छनोटले हुन सक्छ। हामीले उहाँहरुलाई हामी जतिकै ज्ञान हुनुभएको, वा एउटै समुदायको, वा हाम्रै स्वभावका हुनुभएकोले रोज्न सक्छौँ। त्यो विवाहको निम्ति ठिकै हुनसक्छ। तर जब परमेश्वरको लागि काम गर्नुपर्ने हुन्छ, हामी उहाँहरु सबैसँग मिल्नुपर्छ जसलाई परमेश्वरले हाम्रो लागि सहकर्मीको रुपमा दिनुभएको छ।