WFTW Body: 

हामी कुनैबेला यस्तो परीस्थितिमा गुज्रन्छौं मानिसहरु हामीसँग धेरै रिसाउँछन् । हामी युवा अवस्थामा पनि त्यो अनुभव गर्छौं । उदाहरणको लागि घरमा हुने दाजुभाइहरु बिचको झैझगडा, विद्यालयमा हुने हेपाईहरु, वा निर्दयी साथीहरु । जब हामी उमेरमा बढ्दछौं हुनसक्छ सहकर्मीहरु वा परिवार हामी देखि रिसाउलान् र हामी सँग महिनौं वा वर्षौं नबोल्लान् । हुनसक्छ हामीले केही गल्ती गरी पठाएकाछौं जुन हाम्रो गल्ती हो, हुनसक्छ हामी तिनीहरुको विरुद्घमा पाप गरेकाछौं । वा हुनसक्छ त्यो हाम्रो गल्ती होइन, तर केही कुरा घट्यो र तिनीहरु हामी देखि त्यो कुरामा क्रोधित छन् ।

यसले हामीलाई बदलामा क्रोधित तुल्याउन सक्छ, वा दुखित वा चिन्तित यदि तिनीहरुले हामीलाई क्षमा दिइरहेका छैनन्, वा तिनीहरुलाई निच देख्न थाल्दछौं किनकि हामी सोच्दछौं हामी देखि क्रोधित भएर तिनीहरु धेरै ईश्वरहिन भैरहेका छन् । ती कुनै पनि परमेश्वरका इच्छा होइनन् ।

हामी देखि कोही क्रोधित छ भने हामी के गर्दछौं ?

म विश्वास गर्दछु पहिलो कुरा हामीले आफैंलाई नम्र तुल्याउनु पर्दछ । अनि हामीले आफैंलाई नम्र तुल्याउने अंश होः हामी पुनर्स्थापना खोज्ने पहिलो बन्नु पर्दछ ।

वादविवादमा क्षमा माग्ने र पुनस्र्थापना खोज्ने सबैभन्दा आत्मिक हुँदछ । यदि म येशूलाई पछ्याउँदछु भने, म सर्वप्रथम पुनर्स्थापना खोज्ने हुनै पर्दछ ।

मत्ती ५ः२३-२४ मा येशूले भन्नुभयो, यदि हाम्रो भाइ हामीसँग रिसाएको छ भने हामीले उसकहाँ गएर उसँग मिलाप गर्ने प्रयास गर्नुपर्दछ र परमेश्वरको अगाडि आउन अघि शान्ति कायम गर्नुपर्दछ । क्षमा मागौं, सच्याऔं, मिलाप गर्ने कोसिस गरौं - हुनसक्छ हामी दोषी थियौं । यदि हामी दोषी छैनौं भने पनि हामीले पुनर्स्थापनाको कोसिस गर्नसक्दछौं...हुनसक्छ हामीले कुनै कुरामा क्षमा माग्नुपर्ने हुन्छ जुन कुरामा हाम्रो कुनै गल्ती नै थिएन ! म विश्वास गर्दछु त्यो नै येशूको हृदय थियो, उहाँ धेरैको पापको निम्ति मर्नुभयो जुन पाप उहाँको थिएन - हामी आफैंमा मर्नै पर्छ भने पनि मिलापको खोजी गरौं । यसले प्रत्याभुति दिदैँन कि अर्को व्यक्तिले हाम्रो क्षमा ग्रहण गर्नेछ, तर प्रश्न यो हो, के सबै हामीले शान्ति पुनस्र्थापन गर्न हाम्रो शक्तिले गरेका छौंः

रोमी १२ः१८ - "सक्छौ भने सबैसँग शान्तिमा जिउने गर ।"

अर्को कुरा मैले देखेको छु, परमेश्वरबाट मैले कति क्षमा पाएकोछु, अनि कति धेरै कृपा उहाँले मलाई हरेक क्षणमा खन्याइरहनु भएको छ भनेर आफैंलाई नम्र तुल्याउन मैले सम्झनु पर्दछ ।

उदाहरणको लागि, मेरो सन्तानले मलाई नटेरेर कुनै कुरा गर्दा जब मलाई रीस उठ्छ मलाई सहयोग गर्ने मध्येमा एउटा कुरा हो, मेरो रीस मेरो सन्तानको अनाज्ञाकारिता भन्दा भयानक छ भनेर सम्झने, किनकि म उमेरमा बढी छु र मैले अझै राम्रो सँग जान्दछु ! परमेश्वरले मलाई उहाँको प्रेम, करुणा र क्षमादान भन्नुभएको छ, अनि म राम्ररी जान्दछु कि म उहाँ प्रति कति अनाज्ञाकारी भएको छु..... त्यसैले जब उनीहरुको म प्रतिको अनाज्ञाकारिताबाट म मेरो सन्तान देखि धेरै क्रोधित हुँदछु, यसले सम्झना गराउन मलाई सहयोग गर्दछ - पहिलो र सबैभन्दा अगाडि म छुँ जसलाई परमेश्वरको अनुग्रह र कृपाको खाँचो तिनीहरुलाई भन्दा बढ्ता छ ।

यदि हामीले अरु व्यक्ति सँग मिलापको लागि सबै कुरा गरेका छौं र तिनीहरु अझै हामी देखि रिसाएका छन् भने, सम्भावना छ कि यसले हामीलाई चिन्तित बनाउन सक्दछ, उदास, वा हामीलाई उल्टो तिनीहरु प्रति क्रोधित हुने तुल्याउन सक्छ । म कुनै बेला अरु देखि धेरै निराश भएको अनुभव गरेको छु यस्तो अवस्थामा जब तिनीहरु मलाई क्षमा दिनमा छरितो हुँदैनन् । केवल परमेश्वरमा मात्रै मैले विश्राम र सामथ्र्य खोज्नु पर्दछ भनेर मैले सिकेको छु । उहाँको प्रेम र स्वीकृति मात्रै यस्तो कुरा हो जुन महत्वपूर्ण छ ।

यसको एउटा महान उदाहरण हुन् दाऊदः

१ शमूएल ३०ः६ आ-आफ्ना छोराछोरीहरु लगिएका हुनाले मानिसहरुले दुःख मानेर दाऊदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे । दाऊद अन्योलमा परे । तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए ।

हम्रा पिताको प्रेममा नै हामी उभिदँछौ, अरु कसैको प्रेम र स्वीकृतिमा होइन । हामीले बल पाउनको लागि उहाँको स्वीकृति र प्रेम नै सबैथोक हो ।

यदि कसैले मसँग बोलिरहेको छैन, परमेश्वर अझै हुनुहुन्छ भन्ने तथ्यबाट म उत्साहित हुनसक्छु ! मैले पश्चाताप गरे पश्चात पनि यदि मेरो पाप मेरै विरुद्घमा कसैले बोकिरहेको छ भने, मैले चिन्ता लिनु पर्दैन, किनकि परमेश्वर यस्तो हुनुहुन्न ! परमेश्वरले मेरो पापलाई मेरो विरुद्घमा अझै राख्नुभएको छैन, कसैले मेरो पापलाई मेरो विरुद्घमा राखेको भन्दा त्यो अझै असीम रुपमा महत्वपूर्ण छ ।

यद्यपि मैले याद गरेको छु कि यदि अरु रिसाएका छन् र हामीलाई तुरुन्तै क्षमा दिँदैनन् वा हामीसँग पुनर्स्थापना खोज्ने प्रतिकृया दिँदैनन्, हामीले तिनीहरुलाई तुरुन्तै छोड्दैनौं । हामी तिनीहरु प्रति धैर्यवान रहनुपर्छ जसरी परमेश्वर हामी सँग हुनुहुन्छ । हामीले क्षमा मागेका छौं र तिनीहरुले अझै क्षमा दिएका छैनन् भने हामीले तिनीहरुलाई शान्त हुन दिनुपर्दछ । यो बार्बेक्यूमा पकाएको जस्तै हो - तपाईंले त्यसमा कोइला हाल्नुहुन्छ र त्यसलाई सल्काउनु हुन्छ, अनि ठूला ज्वाला केही क्षणको लागि त्यहाँ बल्दछन् । तपाईंले त्यसमा अझै पकाउन सक्नुहुन्न, तपाईंले त्यो ज्वाला निभेर पकाउन र उत्पादनशील हुन सक्षम हुनको लागि पर्खनुपर्ने हुन्छ । ठीक त्यसरी नै कुराकानी उपयोगी हुनदिन कहिलेकाहीँ तपाईंले रीसको आगोलाई अरु व्यक्तिमा निभ्न दिनुपर्छ । हुनसक्छ परमेश्वरले मलाई अरुसँग धैर्य रहन सिकाउन खोज्दै हुनुहुन्छ जसरी उहाँ मसँग धैर्यवान हुनुहुन्छ ।

बाइबलले भन्दछ "खराबीको बदला खराबी होइन, तर खराबीको बदलामा आशिष देओ" (१ पत्रुस ३ः९) । यदि हामी येशूजस्तै हुन चाहन्छौं, खराबीको बदलामा आशिष दिने जस्तो असल बाटो अरु केही छैन, बदलामा खराबी भन्दा । नम्र जवाफले क्रोधलाई शान्त पार (हितोपदेश १५ः१) । अरुको रीसको बदलामा धैर्यता र दया देओ । यो येशूको जीवनको कथा थियो - उहाँलाई अपमान गर्ने संसारको लागि आफ्नो प्राण दिन उहाँ आउनुभयो । उहाँ नै हुनुहुन्छ जसलाई हामी हेर्दछौं ।

"पापीहरुबाट उहाँको विरुद्घमा भएका यतिका विवादहरु सहनुहुनेलाई विचार गर, अनि तिमीहरु शिथिल नहोओ र हरेश नखाओ ।" (हिब्रू १३ः३ एनएएसबि)

येशूलाई हेरेर र उहाँ कति कोमल हुनुहुन्छ, धैर्यता र करुणामा उहाँले कति धेरै शत्रुता सहनुहुन्छ भनी देख्दै हामी उत्साहित हुनसक्छौं ।

परमेश्वरले हामीमा भएको क्रोधको प्रत्येक औंसलाई अधिन गर्न उहाँको आत्माको सामथ्र्यले हामीलाई सिकाउनु भएको होस्, अनि अरु प्रति प्रेमले भरिपूर्ण हुन (हाम्रा शत्रुहरु सहित), अरुहरु हामीदेखि क्रोधित भएको बेलामा हाम्रा प्रतिकृयाहरुमा बुद्घिमान, धैर्यवान र दयालु हुन ।