WFTW Body: 

हामीले पवित्रता र धार्मिकताको प्रचार गरेएको कारणले नै हाम्रो मण्डलीको सेवाकाईलाई विरोध गरिएको हो। हामीले यो सत्यताहरुलाई धोषणा गरेका छौ कि: "पापले तिमीहरुमाथि राज्य गर्नेछैन" (रोमी ६:१४) " जसले पैँसालाई प्रेम गर्छ, उसले परमेश्वरलाई प्रेम गर्न सक्दैन" (लूका १६:१३), "जो कोही आफ्नो भाइसँग बिनाकारण रिसाउँछ, त्यो न्यायको योग्य हुन्छ; अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला, त्यो महासभाको योग्य हुनेछ; तर जसले 'हे मूर्ख' भन्ला, त्यो नरकको आगोको योग्य हुन्छ" (मत्ती ५:२२), "जसले आफ्नो आँखाले कुनै स्त्रीलाई खराब नजरले हेर्छ, ऊ पनि नरकको आगोको योग्य हुन्छ।" (मत्ती ५:२८,२९)। ख्रीष्टको यो शब्दहरु धेरै विश्वासीहरुलाई तितो भएको कारणले, उनिहरुले हाम्रो विरोध गर्छन्।

हामीले विश्वासी सेवकहरुलाई दिइने अबाइबलीय तलबको (जुन पहिलो शताब्दिमा सुनिदैनथ्यो) विरोध गर्छौ र ख्रिष्टियन कामको निम्ति पैँसा उठाउने अबाइबलिय रितिको विरोध गर्छौ। यसले उनिहरुको हृदयमा हाम्रो निम्ति रिस जगाउँछ जसले आफ्नो प्रचारद्वारा पैँसा कमाउँछन्, र त्यसबाट आफ्नो व्यक्तिगत घरहरु निर्माण गर्छन्। हामीले मण्डलीमा पस्टर, सम्प्रदायवाद, पश्चिमी धारणा, र पश्चिमी अगुवाईमा भरोसा जस्ता कुराहरुलाई विरोध गरेका छौ, जसले मण्डलीको विकाशलाई वाधा पुर्याउँछ। हाम्रो यस कुराले विभिन्न ख्रिष्टियन झुण्डहरुलाई हाम्रो विरोधाम उस्काउँछ।

शैतानको उदेश्य कुनै न कुनै तरिकाले परमेश्वरको भवनलाई बिगार्नु हो। परमेश्वरको कामलाई भित्रबाट नष्ट गर्नको निम्ति, उसले मण्डलीहरुमा आफ्ना 'शक्तिहरुलाई' (दानियल ११:३१) पसाउँछ। ईसाईजगतको २० वर्षको इतिहासलाई हेर्दा यि शक्तिहरुले कसरी एउटा झुण्डबाट अर्को झुण्ड, र एक शिक्षाबाट अर्को शिक्षा गर्दै मण्डलीहरुलाई भ्रष्ट पारेको छ भनि देख्न सकिन्छ।

परमेश्वरले नियुक्त गर्नुभएको पहरेदारहरु बिउँझन नसकेको कारणले मण्डलीहरु असफल भएका छन्। शेतानले कसरी यि मानिसहरुलाई सुताउन सफल भयो? कुनै सन्दर्भमा, मानिसहरुको अघि साँचो बोल्न डराएर - खासगरी धनि र प्रभावशाली व्यक्तिको सामुन्ने। कुनै अरु सन्दर्भमा, आफ्नि पत्निलाई खुसी पार्ने, पैसाँको र मिठो खानाको लोभी भएर। कुनै सन्दर्भमा, पहरेदार स्वयं आफ्नो विरोधिको कुराहरु सुन्दा सुन्दै थकित भएर, आफ्नो मण्डलीमा परमेश्वरको तहलाई बनाई रहनको निम्ति आफ्नो प्रचारहरु मानिसलाई खुसी पार्नको निम्ति गर्छन्।

हिब्रू १२:३ मा, हामीलाई येशूको बारेमा विचार गर्न बताइएको छ, " जसले आफ्नो विरुध्दमा पापीहरुको यस्तो विरोध सहनुभयो, उहाँलाई विचार गर; कि थकित नहोओ, र आफ्ना मनहरुमा हताश नहोओ।" येशूको विरोध गर्ने पापीहरु को थिए? उनिहरु इस्राएलका वेश्या वा हत्यारा वा चोरहरु थिएनन्। उनिहरु रोमी वा ग्रीकहरु पनि थिएनन्। अहँ। येशूलाई विरोध गर्ने पापीहरु बाइबलको प्रचार गर्ने र इस्राएलका धार्मिक अगुवाहरु थिए। उनिहरुले येशूलाई डाहा गरे, र अन्तमा मारिदिए।

यदि हामी येशूलाई पच्छयाउछौँ भने, हामीले आज पनि एउटै समूहको मानिसको विरोधको सामना गर्नुपर्ने हुन्छ। हाम्रो निम्ति सबभन्दा बढि विरोध ति मानिसहरुबाट आउँछ जसले परमेश्वरको स्तरलाई तल खसालेर मण्डलीलाई भ्रष्ट पारेका छन्। उनिहरु हाम्रो विरुध्द लड्ने शैतानका मूख्य अगुवाहरु हुनेछन्। यस्ता निरन्तरका विरोधहरु सहनदेखि हामी छिट्टै थकित हुन सक्छौ, र हताश पनि बन्न सक्छौ।

शैतानले "परमेश्वरको जनलाई सतावटद्वारा मेटाउने" कोसिस गर्छ। यसलाई जित्ने केवल एउटा उपाय येशूलाई हेर्नु हो, जस्ले बारम्बार उहाँको विरोधिहरुद्वारा नमारिनुभएसम्म विरोधको सामना गर्नुभयो। हामी पनि "मृत्युसम्म आज्ञाकारी" हुन तयार हुनुपर्छ। कुनै पनि प्रचारक जो मृत्युसम्म विरोधको सामना गर्न तयार हुँदैन, केवल कानलाई सन्तुष्ट पार्ने प्रचारक बन्न पुग्छन्, जसले " मानिसहरुलाई चिप्लो घसी-घसी आफ्नो पक्षमा ल्याउँछ" (दानियल ११:३२), र सम्झौता गर्ने बालाम जसरी आफ्नो दिनहरुको अन्त्य गर्नेछ।

मण्डलीको रुपमा हाम्रो बोलावट हाम्रो मध्यमा जसरी भएपनि परमेश्वरको स्तरलाई सम्हाल्नु हो। हामीले हरेक समय ख्रिष्टविरोधिको सामना गर्न पहरेदारी गर्नुपर्छ। पावलले परमेश्वरको अनुग्रहद्वारा, एफेससको मण्डलीलाई, आफू तिन वर्ष त्यहाँ हुँदा जोगाएर राखे। तर जब उनि जाँदै थिए, उनले त्यहाँका अगुवाहरुलाई उनि गएपछि भ्रष्टाचार आउँछ भन्ने उनि निश्चित छन् भनि बताए (प्रेरित २०:२९-३१)। र हामीले एफेसीको लागि दोस्रो पत्र हेर्दा (प्रकाश २:१-५), त्यो साँचो भएको देख्छौँ।

आमेन्।