WFTW Body: 

येशूको जिवन यस संसारले देखेको सबैभन्दा बढि सुन्दर, सबभन्दा मिलेको, सबभन्दा शान्तिपूर्ण र सबभन्दा खुसी जिवन थियो। यो परमेश्वरको वचनमा उहाँको सिध्द आज्ञाकारिताको कारणले थियो। जहाँ परमेश्वरप्रतिको सिध्द आज्ञाकारिता छ, त्यहा सिध्दता र सुन्दरता छ - हामी यसको प्रमाण यस पृथ्वी र ताराहरुमा देख्न सक्छौ। "परमप्रभुको भय जिवनको मूल हो" (हितोपदेश १४:२७) - र येशूले "दिनभरि नै परमप्रभुको भयमा बस" भन्ने आज्ञाको पालन गर्नुभयो (हितोपदेश २३:१७)। जब येशू संसारमा हिँड्नुभयो, मानिसहरुले उहाँमा स्वर्गको जिवनलाई देख्थे। उहाँको दया, अरुप्रति उहाँको प्रेम, उहाँको शुध्दता, उहाँको नि:स्वार्थ प्रेम र उहाँको सबै कार्यहरुले परमेश्वरको जिवनलाई झल्काउँथ्यो। र अहिले पवित्र आत्मा हाम्रो हृदयमा परमेश्वरको यस जिवन र स्वर्गको यो वातावरणलाई ल्याउन आउनुभएको छ। परमेश्वरले हामीलाई यस संसारमा उहाँको इश्वरीय जिवनलाई प्रकट गर्न राख्नुभएको हो। परमेश्वर यस वर्ष तपाईको घर र तपाईको मण्डलीमा स्वर्गको जस्तै आनन्द, शान्ति, प्रेम, शुध्दता र भलाईको नमूना भएको चाहनुहुन्छ। येशूले यस संसारमा स्वर्गीय जिवन जिउनुभयो। यदि तपाई आफ्नो आँखा उहाँमा लगाउनुहुन्छ र उहाँलाई पच्छ्याउनुहुन्छ भने, यस वर्षको हरेक दिन तपाईको लागि संसारमा स्वर्गको दिन जस्तै भएको अनुभव हुनेछ।

पितासँगको सङ्गतिको समयलाई येशूले आफ्नो सबैभन्दा बहुमूल्य सम्पति ठान्नुहुन्थ्यो। उहाँले यसको तुलनामा यस भ्रमाण्डको कुनै पनि कुरालाई मूल्य ठान्नुहुन्न थियो। येशूलाई थाहा थियो कि कल्वरीमा जब तिन घण्टाको निम्ती उहाँले हराएको मानवताको खातिर नरकको अनन्त पीडा भोग्नुपरेको थियो, तब त्यस सङ्गतिको अन्त्य हुनेथ्यो। (मत्ति २७:४५)। तब पिताले उहाँलाई त्याग्नुपर्थ्यो, र उहाँले अनन्तसम्मदेखि पितासँग जुन सङ्गति गरिरहनुभएको थियो त्यो तिन घण्टासम्मको लागि टुट्न गइरहेको थियो। उहाँलाई त्यस सङ्गतिको टुट्ने डर यति धेरै थियो कि, उहाँले गेत्समनीमा रगतको थोपा चुहाउनुभयो। उहाँले जुन कचौरा हटाउने माग गर्नुभएको थियो त्यो: आफ्नो र पिताको सङ्गति टुटाउने कचौरा थियो। येशूलाई पच्छ्याउनुको अर्थ पितासँगको सङ्गतिलाई उत्ति नै महत्व दिनु हो जति उहाँले दिनुहुन्छ। तब कुनै पनि पाप हाम्रो लागि अत्यन्तै पापपूर्ण हुन्छ, किनकी त्यस्ले पितासँगको हाम्रो सङ्गतिलाई तोड्दछ। यदि हामीले कुनै व्यक्तिलाई घृणा गर्छौ भने त्यो भाग सहनै नसक्ने पाप बन्न पुग्दछ, किनकी त्यसले पितासँगको हाम्रो सङ्गतिलाई तोड्दछ।

बाइबललाई बुझ्न सक्नुको पछाडिको रहस्य परमेश्वरसँगको तपाईको गहिरो सम्बन्ध हो। पवित्र आत्माले परमेश्वरको वचनबाट के प्रेरणा पाउनुभयो भनि बुझाउन सक्नुहुन्छ। त्यसैले ख्रीष्ट जसरी नै हिँड्नुहोस्, जसरी पहिलेका चेलाहरु हिँडे र उहाँले तपाईसँग के कुरा गर्न चाहनुहुन्छ सो सुन्नलाई चाहा गर्नुहोस्। तब तपाईको आँखा उनिहरुको जस्तै गरी खुल्नेछ र तपाईको हृदयमा उनिहरुको जस्तै परमेश्वरको सेवा गर्ने जलन पैदा हुनेछ। यो मैले ६१ वर्ष पहिले पत्ता लगाएको कुरा हो र तबदेखि म मेरो प्रभुसँग हिँडेको छु।

परमेश्वरले हाम्रो जिवनको योजना हामी जन्मनु अघिदेखि नै गर्नुभएको थियो। दाऊदले यसरी भनेकाछन्, "मेरो तत्व बनिनसक्दै तपाईको आँखाले ती देखे। अनि मेरा जुन अङ्गप्रत्यङ्गहरु लगातार बनिँदै गइरहेथे, तीमध्ये एउटै पनि नहुँदा नै ती सब तपाईको पुस्तकमा लेखिसकिएका थिए। अनि हे परमेश्वर, तपाईका विचारहरु मेरा निम्ति कति बहुमूल्य छन्; तिनको योगफल कति धेरै छ! मैले तिनलाई गन्ती गर्नु हो भने ती बालुवाभन्दा बढी छन्। जब म बिउँझन्छु, तब म अझ तपाईसँगै हुन्छु" (भजनसंग्रह १३९:१६-१८)।

यसले यो सिकाउछ कि परमेश्वरले तपाईको जिवनको हरेक दिनको लागि आफ्नो मनमा सङ्क्षिप्त योजना बनाउनु भएको छ। तपाई जन्मनुभएको भन्दा कयौँ वर्ष अघिदेखि, उहाँले यो लेख्नुभएको थियो कि: तपाईको आमाबुवा को हुनुहुनेछ, तपाई कुन देशमा जन्मनुहुनेछ, र उहाँले तपाईलाई ख्रीष्टमा ल्याउनको निम्ति कस्ता परिस्थितिहरुबाट लानु पर्नेछ। यो पनि लेखिएको थियो कि तपाईलाई आत्मीक शिक्षा दिनको निम्ति कुन परिक्षाहरुबाट जानु पर्नेहुन्छ; र यो पनि कि तपाईको गल्तीरुलाई पनि परमेश्वरले कसरी आफ्नो महिमाको निम्ति प्रयोग गर्नुहुनेछ।

मण्डलीमा सबैभन्दा बहुमूल्य दाजुभाई/दिदीबहिनीहरु उहाँ हो जस्ले त्यस मण्डलीमा स्वर्गको माहोललाई ल्याउन सक्नुहुन्छ र जस्ले त्यहाँ सङ्गतिको निर्माण गर्न सक्नुहुन्छ। र त्यस्ता व्यक्तिहरुलाई एल्डर हुनु जरुरी छैन। हामी सबैलाई त्यस्तो बहुमूल्य दाजुभाई/दिदीबहिनी हुने मौका छ। कुनै मण्डलीमा एस्तो दाजुभाई/दिदीबहिनीको कल्पना गर्नुहोस्, जो कुनै सभा वा घरमा जानुहुँदा त्यस कोठामा स्वर्गीय शुध्द हावा आएको जस्तो महसुस हुन्छ। त्यो दाजुभाई/दिदीबहिनी कत्ति मूल्यवान हुनुहुन्छ होला! उहाँ केवल पाँच मिनेटको लागि तपाईलाई भेटेर जानुभयो भने पनि तपाईलाई कति फूर्ति प्रधान भएको जस्तो हुन्छ। तपाईलाई एस्तो लाग्छ कि पाँच मिनेटको लागि स्वर्ग तपाईको घरमा आएको थियो।

परमेश्वरले अब्राहामलाई भन्नुभयो, ".....म तिमीलाई आशिष दिनेछु... अनि तिमीमा पृथ्वीका सबै कुलहरु आशिषित हुनेछन्" (उत्पत्ति १२:२,३)। पवित्र आत्माद्वारा यो आशिष हाम्रो पैतृक-सम्पत्ति पनि हो (गलाती ३:१४ को अनुसार)। परमेश्वर यो वर्ष तपाईलाई यसरी आशिष दिन चाहनुहुन्छ कि तपाईको कचौरा भरिएर अरुको कचौरामा आशिषको रुपमा पोखिन्छ। यस वर्ष तपाईको बाटोमा आउने प्रत्येक व्यक्तिलाई आशिष दिनको लागि परमेश्वरको अभिषेक गर्न पर्याप्त शक्ति र आशिष्‌हरू छन्। त्यसैले तपाईले तपाईको जिवनमा पाउनुभएको आशिष अरुलाई पनि बाँडिरहनुहोस्। यदि तपाई स्वार्थी बनेर परमेश्वरको आशिषलाई आफूसँग मात्र राख्नुहुन्छ भनें, त्यो राति जोहो गरेर राखिएको मन्नाझै गनाउन थाल्छ। जसले अरुको बारी सिँच्छ, उसको बारीमा परमेश्वर स्वयंले सिँच्नुहुन्छ (हित्तोपदेश ११:२५)। त्यो तपाईको जिवनमा पुरा भएको होस्।

यो वर्ष तपाईको लागि आशिषपूर्ण वर्ष बनोस्।