द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च
WFTW Body: 

कोरिन्थको मण्डलीलाई पावलले लेखे, "तिमीहरु ख्रीष्टको शरीर हौ, र एक-एक गरी चाहिँ अङ्गहरु हौ" (१ कोरिन्थी १२:२७)। पावलले एफेसीका विश्वासीहरुलाई लेखेको पत्र विश्वासीहरु ख्रीष्टको शरीरमा एक हुन् भन्ने महान् सत्यतामा केन्द्रित भएको हामीले पाउँछौँ। ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, र मण्डली उहाँको शरीर हो (एफेसी १:२२,२३)। हरेक विश्वासी यस शरीरको सदस्य हो। हामी एफेसी ४:१-२ मा पढ्छौँ, "यसकारण म, प्रभुको कैदी, म तिमीहरुलाई विन्ती गर्दछु: जुन बोलावटले तिमीहरु बोलाइएका छौ, त्यसैको योग्य वालमा हिँड, सबै दीनता र नम्रतासाथ, सहनशीलतासित प्रेमले एक-अर्कालाई सह।" परमेश्वरले नम्रता, दीनता र सहनशीलताको खोज गर्नुहुन्छ। एफेसी ४:२ ले (लिभिङ्ग बाईबलको अनुवादमा) बताउँछ कि, "तपाईको प्रेमको कारणले एक-अर्काको गल्तिको क्षतिपूर्ति गर्नुहोस्।" हामीले एक-अर्को गल्तीको क्षतिपूर्ति गर्नुपर्छ किनकी हामी एक-अर्कालाई प्रेम गर्छौ। "यदि तपाईले केहि गल्ति गर्नुभयो भने म त्यसलाई ढाक्नेछु। यदि तपाईले केहि काम बाँकी छोड्नुभएको छ भने, म त्यो काम गर्नेछु।" परमेश्वरको मण्डली यसरी चलनुपर्छ। हामी एफेसी ४:३ मा पढ्छौँ, "मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर।" पावलका पत्रहरुमा एकता मुख्य विषयवस्तु हो। र प्रभुलाई पनि आफ्नो मण्डलीप्रति यहि बोझ छ। ख्रीष्टको शरीरमा, हरेक सदस्य पहिले त भित्र - भित्र नै शिरसँग जोडिएको हुनुपर्छ र त्यसपछि भित्र - भित्र नछुटिनेगरी अरु सदस्यसँग जोडिएको हुनुपर्छ। यि सदस्यहरु तबसम्म एकतामा बढ्नुपर्छ, जबसम्म त्यो एकता पिता र पुत्रको एकताजस्तो हुदैँन (यूहन्ना १७:२१-२३)।

एफेसी ४:१६ मा, पावल "सम्पूर्ण शरीर को बारेमा बताउँछन् जसले हरेक अङ्गको नापमुताबिकको प्रभावकारी कामअनुसार हरेक जोर्नीको सहायताद्वारा टम्म मिलर र एकसाथ बाँधिएर प्रेममा आफ्नै उन्नति गर्नाका निम्ति शरीरको वृध्दि गर्दछ।" यहाँ बताइएको जोर्नीले सङ्गतिको बारेमा बताउँछ। विचार गर्नुस् त, तपाईको एउटा हातमा कतिवटा जोर्नि होलान्। तपाईको काँधमा एउटा जोर्नी छ, अर्को कुइनामा छ, एउटा नाडीमा छ, र हरेक औँलामा तिन वटा छ - कमसेकम पनि १७ वटा जोर्निहरु छन्। यि जोर्नीहरुले तपाईको हातलाई राम्ररी काम गर्न सहायता गर्छ। यदि तपाईसँग बलियो काँध र नाडी छ, तर तपाईको कुइना कडा थियो भने, तपाई त्यो हातको के गर्न सक्नुहुन्थ्यो र? केहि पनि गर्न सक्नुहुने थिएन। तपाईको हातलाई केवल बलले काम लाग्ने बनाउँदैन। काम गर्ने जोर्नीको पनि त्यहाँ जिम्मेवारी छ। अब यसलाई ख्रीष्टको शरीरमा लगेर दाँज्नुहोस्। त्यहाँ एउटा असल भाई हुनुहुन्छ, उहाँलाई हामी बलियो काँधको रुपमा लिऔँ। र यहाँ एउटा अर्को भाई हुनुहुन्छ, जसलाई हामी बलियो नाडीको रुपमा लिऔँ। तर उहाँहरु एक-अर्कासँग सङ्गति गर्न सक्नुहुन्न। आजको समयमा यो ख्रीष्टको शरीरमा एकदम दु:खलाग्दो कुरा हो। मानिसको शरीरमा यस रोगलाई आर्थिटिस भनिन्छ र यो एकदम पीडादायी हुन्छ। धेरैजसो स्थानिय मण्डलीमा आर्थिटिस छ। जब हाम्रो जोर्नीहरु ठिकसँग काम गर्छ तब त्यहाँ कुनै पनि आवाज निस्कदैन। तर जब शरीरमा आर्थिटिस हुन्छ, त्यसले अस्वस्थ्य आवाजलाई पैदा गर्छ। आज धेरै विश्वासीमा यस्तै प्रकारको सेवालाई "सङ्गति" भनिन्छ। त्यो कराउछ। तर जब जोर्नीले ठीकसँग काम गर्छ, त्यहाँ कुनै आवाज पैँदा हुँदैन। हाम्रो एक-अर्कासँगको सेवाकाई यस्तै हुनुपर्छ। यदि तपाईमा त्यो छैन भने, तपाईले आर्थिटिसको ओषधी लिनुपर्छ: तपाई "स्वयंको जिवनमा" मर्नुपर्छ। तब तपाई निको पारिनुहुन्छ र तपाईको अरुसँगको संगति महिमित हुन्छ। त्यो ख्रीष्टको शरिरमा परमेश्वरको इच्छा हो।

पुरानो नियममा, परमेश्वरको जन, यहुदीहरुलाई, एक शरीर हुन असम्भव थियो। यो केवल तब सम्भव भयो जब येशू स्वर्गबाट तल आउनुभयो र यहाँका मानिसहरुमा पवित्र आत्मा खन्याउनुभयो। अब, दुई एक हुन सक्छन्। पुरानो नियममा, इस्राएल एक भेला हुने ठाउँ थियो। त्यो देश सङ्ख्यामा बढ्यो, तर केवल एक भेला हुने ठाउँको रुपमा। तर, नयाँ करारमा, मण्डली शरीर हुन बोलाइएको छ, भेला हुने ठाउँ होइन। यदि दुई एक हुदैनन् भने, तपाईसँग केवल भेला हुने ठाउँ मात्र छ। ख्रीष्टको शरीर सङ्ख्यामा ठूलो हुनु महत्वपूर्ण कुरा होइन, तर एकतामा हुनु हो। र यस मापदण्ड अनुसार 'मण्डली' पाइनु मुस्किल छ, जुन केवल भेला हुने ठाउँ होइन। हरेक ठाउँमा मनिसहरुले सदस्यहरु धेरै भएको भेला हुने ठाउँमात्र भेट्टाउछन् - तर एकतालाई भेट्टाउदैनन्। यहाँ अगुवाको पदमा भएकाहरुको बिच केवल झगडा, इर्ष्या र प्रितस्पर्दा देखिन्छ। परमेश्वर संसारको हरेक ठाउँमा ख्रीष्टको शरिरको एउटै अभिव्यक्ति भएको देख्न चाहनुहुन्छ।

ख्रीष्टको शरीरमा, कसैमा कुनै पनि दान नभए पनि, हरेक व्यक्ति मूल्यवान छन्। उनि शरीरको सदस्य भएको कारणले उनि मूल्यवान छन्। वास्तवमा बाइबलमा यो बताइएको छ कि परमेश्वरले पछि परेको अङ्गलाई झन् प्रशस्त आदर दिँदै शरीरलाई एकसाथ मिलाउनुभएको छ; यसैले कि शरीरमा कुनै फाटो नहोस्, तर अङ्गहरुले एक-अर्काका निम्ति एकै प्रकारको वास्ता राखून् (१ कोरिन्थी १२:२४,२५)। हामीले मण्डलीमा परमेश्वरको नमुनालाई पच्छ्याउनुपर्छ र उनिहरुलाई पनि आदर दिनुपर्छ जसमा कुनै वरदान वा अरु कुनै कुराहरु छैनन्, र यदि उहाँहरुले परमेश्वरको डर मान्नुहुन्छ र नम्र हुनुहुन्छ। बेबिलोनमा, दान पाएका प्रचारक, दान पाएका गायकहरु र ठूला ठूला पदहरुका मानिसहरु, जो नयाँ गरी जन्मिएका छन्, उनिहरुले आदर पाउँछन्। तर मण्डलीमा (परमेश्वरको निवासस्थानमा), हामी उनिहरुलाई आदर गर्छौ जसले प्रभुको भय मान्दछन् (हेर्नुहोस्, भजनसंग्रह १५:१-४)। यस संसारमा बेबिलोन र मण्डली बिच ठूलो भिन्नता छ। आज परमेश्वर हामीलाई बेबिलोनबाट बाहिर बोलाउनुहुन्छ र यरूशलेमको निर्माण गर्न लगाउनुहुन्छ (प्रकाश १८:४)।

यदि हामी ख्रीष्टको शरिरलाई मात्र देख्न सक्छौँ भने, त्यहाँ ईर्ष्याको निम्ति कुनै ठाउँ छैन। मानिसको शरीरमा, पाउँलाई आफू पाउँ बनेकोमा केहि समस्या छैन। त्यो कहिले पाउँ बाहेक अरु केहि बन्ने इच्छा राखदैन र कहिल्यै हात बन्ने कोसिस गर्दैन। त्यो पाउँ बनेको कुरामा नै सन्तुष्ट हुन्छ; र पाउँलाई उसले हातले पाएको चिज केहि पनि प्राप्त गर्न सक्दैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि, हातले केहि कुरा प्राप्त गर्दा ऊ उत्ति नै खुसी हुन्छ। यो ति मानिसहरुलाई पनि लागु हुन्छ जसले ख्रीष्टको शरीरलाई 'देखेको' छ। जब तपाई अरुसँग इर्ष्या राख्नुहुन्छ, जब तपाईले अरु सदस्यहरु परमेश्वरको काममा बढि कामलाग्दो भएको देख्नुहुन्छ र तपाई पुरा हृदयसाथ खुसी हुन सक्नुहुन्न, यो कुरा पक्का थाहा हुन्छ कि तपाईले ख्रीष्टको शरीरको सत्यतालाई अलिकति पनि बुझ्नुभएको छैन। कुनै पनि सदस्य शिरसँगको नजिकको सम्बन्धमा बस्छ भने शरीरको अर्को सदस्यले आदर पाउँदा उ खुसी हुन्छ र रमाउछ (१ कोरिन्थी १२:२६)।

१ शमूएल १८:१-८ मा हामी योनातान दाऊदसँग एउटा करारमा प्रवेश गरेको पढ्दछौँ। यो ख्रीष्टको शरीरमा कस्तो करारको सम्बन्ध हुनुपर्छ भनेर हामिलाई दिइएको असल उदाहरण हो। यहाँ योनातानको मन दाऊदको मनसँग गाँसियो भनि बताइएको छ। यो ख्रीष्टको शरीरमा हाम्रो बोलावट पनि हो - एउटै भएर सँगै गाँसिनु, जस्तै कि हामी बिच कुनै फाटो नहोस् (कुनै पनि गलतफेहमी, वा इर्ष्या, शङ्का, आदिको कारणले फाटो नहोस्) किनकी कोहि पनि शत्रु बनेर आएर विभाजन ल्याउन सक्छ। यो करारमा आफू स्वयं बारम्बार नमरिकन पस्न सकिदैनँ।

ख्रीष्टको शरीरमा परमेश्वरले राख्नुभएको विविधता छ। परमेश्वरले हाम्रो विभिन्न स्वभाव र दानहरुको प्रयोग गरेर संसारलाई ख्रीष्टको शरीरको सन्तुलित चित्र देखाउनको निम्ति प्रयोग गर्नुहुन्छ। ख्रीष्टको शरीरमा पूरा गर्नको निम्ति तपाईलाई भिन्न र अलग सेवाकाई दिइएको छ जुन अरु कसैले पूरा गर्न सक्दैनन्। र त्यो सेवाकाई कहिल्यै पनि सन्तुलित हुन सक्दैन। त्यो असन्तुलिन बन्दछ। तपाईले आफ्नो सन्तुलन ख्रीष्टको शरीरमा भिन्न सेवाकाई भएको व्यक्तिलाई खोजेर राख्न सक्नुहुन्छ। परमेश्वरले त्यो तरिकाबाट हामीलाई नम्र तुल्याउनुहुन्छ - हामीलाई अरुमा भर पर्न लगाएर। परमेश्वरको महिमा होस्।

ख्रीष्टले आफ्नो पितालाई केवल १० प्रतिशत दिन आउनुभएन। उहाँ नयाँ करारको स्थापना गर्न र नयाँ करारको मण्डलीको स्थापना गर्न आउनुभयो। र त्यसैले उहाँले आफ्नो पितालाई आफ्नो १०० प्रतिशत दिनुभयो। र अब उहाँले हामीलाई भन्नुहुन्छ, "मलाई पच्छयाउ..।" हामी ख्रीष्टको शरीर निर्माण गर्न तयार हुनुपर्छ, हामीले कुनै पनि मूल्य चुकाउनु परेपनि - हाम्रो पैसा खर्च हुन सक्ला, हाम्रो इज्जत, हाम्रो सुविधा, हाम्रो शारीरीक शक्ति, हाम्रो ओहोदा, हाम्रो जागिर, वा कुनै अरु कुरा। परमेश्वरको लागि बलिदान दिने कुरामा कुनै पनि सीमा हुनुहुँदैन। हामीले कुनै पनि कुरामा हाम्रो सुख वा हाम्रो सुविधा खोज्नुहुँदैन। हामीले जे गरेतापनि त्यो ख्रीष्टको शरीर निर्माण गर्ने कुरामा सम्बन्धित हुनुपर्छ। हाम्रो संसारको जागिर पनि केवल हाम्रो जिविका चलाउने साधन हुनुपर्छ ताकि हामी हाम्रो आर्थिक सहयोगको लागी कुनै बोझ नबनौँ।

आमेन!