द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च
WFTW Body: 

दानियल यस्तो व्यक्ति थिए जसलाई परमेश्वरले चलाउन सक्नुहुनथ्यो। जब उनि १७ वर्षको जवान थिए, "उनले आफूलाई अशुध्द नपार्ने अठोट गरेका थिए" (दानियल १:८)। र जब हनन्याह, मिशाएल र अजर्याहले यस जवान दानियललाई परमेश्वरको लागि खडा भएको देखे, उनिहरुमा पनि आफू स्वयं परमेश्वरको लागि खडा हुने साहस आयो (दानियल १:११)। उनिहरुमा आफै खडा हुने साहस थिएन। तर उनिहरु तब साहसी बने जब दानियल खडा भए। आज त्यस्ता धेरै मानिसहरु छन्, जसमा परमेश्वरको लागि एक्लै खडा हुने साहस छैन, तर उनिहरु खडा हुनको निम्ति दानियलको प्रतिक्षा गर्दै छन्। उनिहरु उसँग सामेल हुनेछन्। के तपाई त्यस्तो दानियल बन्नुहुन्छ? के तपाईले "म आफूलाई अशुध्द पार्नेछैन, म राजालाई, वा अफिसरलाई, वा कुनै पछि हट्नुभएको एल्डरलाई वा कसैलाई पनि खुसी पार्न खोज्दिन म शत प्रतिशत परमेश्वरले भन्नुभएको वचनमा खडा हुनेछु" भनि बताउन सक्नुहुन्छ? हाम्रो देशमा आज दानियलको खाँचो छ - हाम्रो देशमा सेवाकाईको खाँचो छ - मानिसहरु जसले "धेरैलाई धार्मिकतातिर फर्काउँछन्" (दानियल १२:४)। यो पदले धार्मिकताको प्रचार गर्ने प्रचारकको बारेमा बताएको छैन, तर ति प्रचारकहरुको बारेमा बताउँछ जसले अरुलाई वचन र उदाहरणहरुद्वारा - धार्मिकतातिर डोर्याउनुहुन्छ।

हामी बाइबलमा अर्को सेवाकाईको बारेमा पढ्छौँ - र यो "दानियलको सेवाकाई" भन्दा बिल्कुलै अलग छ - त्यो सेवाकाई "लुसिफरको सेवाकाई" हो। प्रकाश १२:४ मा हामी पढ्छौँ कि लुसिफरले कैयौँ स्वर्गदूतहरुलाई आफ्नो पछि परमेश्वरको विरोधमा ल्याउन सफल भयो। परमेश्वरले किन लुसिफरलाई त्यति धेरै स्वर्गदूतलाई बहकाउने अनुमति दिनुभयो? ताकि स्वर्ग यस्ता असन्तुष्ट र विद्रोहि स्वर्गदूतहरु बाट शुध्द भएको होस्। यदि शैतान उनिहरुको बिचबाट नउठेर परमेश्वरको बिरोधमा उनिहरुलाई नबहकाएको भए, उनिहरुको दुष्ट हृदय कहिल्यै पनि उजागर हुनेथिएन।

र त्यसैले, आज पनि, परमेश्वरले दाजुभाई र दिदिबहिनिहरुलाई मण्डलीमा लुसिफरको सेवाकाई गर्ने अनुमति दिनुहुन्छ। उनिहरुलाई घर-घर गएर अरुको कुरा काँट्न, दोष लगाउन, झुट बोल्न र खराबी बोल्ने अनुमति दिइन्छ, ताकि मण्डलीमा भएका सबै असन्तुष्ट, बिद्रोहि र सांसारीक विश्वासीहरु चिनिउन्, उजागर होउन् र एक साथ भेला भएर मण्डलीबाट निकालिउन् - ताकि ख्रिष्टको शरिर शुध्द भएको होओस्। परमेश्वरले स्वर्गमा लुसिफरलाई रोक्नुभएको भन्दा बढ्ता गरेर मण्डलीको वरीपरि घुम्दै यस्तो लुसिफ-सेवाकाईमा संलग्न भएकाहरुलाई उहाँले रोक्नुहुन्न। ईश्वरीय बुध्दि यहि हो।

हामीले पनि यस्ता दाजुभाई दिदिबहिनिहरुसँग कहिल्यै पनि लडाई गर्नुहुन्न। परमेश्वर स्वयंले मण्डलीलाई जोगाउनुहुन्छ, र सहि समयमा, उहाँले तिनिहरुलाई नष्ट पार्नुहुन्छ जसले मण्डलीलाई अशुध्द पार्दछन् (१ कोरिन्थी ३:१७)। तर परमेश्वर संयमी परमेश्वर हुनुहुन्छ र न्याय गर्नुअघि धेरै वर्ष प्रतिक्षा गर्नुहुन्छ - किनकि उहाँले कोहि पनि नष्ट भएको चाहनुहुन्न, तर सबैले पश्चाताप गरेको चाहनुहुन्छ। नूहको समयमा, उहाँले १२० वर्ष प्रतिक्षा गर्नुभयो। तर जब परमेश्वरले न्यायगर्नुहुन्छ, उहाँको न्याय कडा हुन्छ। त्यसैले मण्डली कहिल्यै पनि टुक्रिएको छैन भनि घमण्ड गर्नु मूर्खता हो। स्वर्गमा पनि दुई मत थियो, स्वर्गदूतहरुको बिचमा, शुरुमा नै। यस्तो विभाजनहरु आवश्यक छन्, "किनकि योग्य ठहरिएकाहरु तिमीहरुका बीचमा प्रकट होऊन् भनेर तिमीहरुका बीचमा दलहरु पनि भएकै हुनुपर्दछ।" (१ कोरिन्थी ११:१९)। ज्योति अन्धकारबाट अलग हुनैपर्छ। त्यो बिभाजन होइन। त्यो बिना, संसारमा परमेश्वरको गवाहि खराब हुनेछ।

हामी सबैले कि त दानियलको सेवाकाई - मण्डलीमा एकता र सङ्गति निर्माण गर्ने सेवाकाई - पाउँन सक्छौँ वा लुसिफरको सेवाकाई - बेमेलको बिउछ छर्ने सेवाकाई पाउँन सक्छौँ। हामी दुई तिर नै ठिक्क हुन सक्दैनौँ। येशूले भन्नुभयो कि जसले उहाँसँग बटुल्दैन, त्यसले उहाँका मानिसहरुलाई छरपुस्ट पार्दछ। मण्डलीमा केवल दुई सेवाकाईहरु छन् - बटुल्ने र छरपुस्ट पार्ने। (मत्ती १२:३०)।

यि अन्तिम दिनमा जिउँनको लागि हामीले अनुग्रह र बुध्दि पाएका होऔँ, ताकि मण्डली हरेक ठाउँमा परमेश्वरको नामको महिमाको निम्ति एक शुध्द गवाहिको रुपमा खडा हुन सकेको होस्।

आमेन्!