WFTW Body: 

नहेम्याहको पुस्तकले हामीलाई दुई धर्मी व्यक्तिहरु - एज्रा र नहेम्याहको प्रभावले यहूदीहरुमा आएको ठूलो जागरणलाई देखाउछ।

नहेम्याह ८ अध्यायमा हामी परमेश्वरले एज्राद्वारा कस्तो काम गर्नुभयो भनि पढ्छौँ। एज्राले परमेश्वरको वचनलाई लिएर इस्राएलको सबै पुरुषहरु, स्त्रीहरु र सुनेको कुरा बुज्ने समुदायहरुलाई भेला गराए। र उनिहरुलाई ६ घन्टासम्म बाइबल अध्ययन गराए। र यसरी लेखिएको छ, "सबै मानिसहरुका कानहरुले व्यवस्थाको पुस्तकमा ध्यान दिए" (नहेम्याह ८:३)। उनिहरुले आफ्नो सवा परमेश्वरको स्तुति गरेर सुरु गरे (नहेम्याह ८:४)। र तब एज्राले मानिसहरुलाई वचनबाट पढेको सबै कुराहरुको अर्थ सम्झाउने कष्ट पनि सहे (नहेम्याह ८:८)। यो स्पष्ट छ कि एज्राले पवित्र शास्त्रको अध्ययन गर्नमा धेरै सालहरु बिताएका थिए, किनकि त्यसैद्वारा नै उनले मानिसहरुलाई ति वचनहरु स्पष्ट रुपमा सम्झाउन सक्षम बन्न सके। परमेश्वरले उनलाई गुप्तमा यसको लागी तयार पार्नुभएको थियो।

तब उनिहरुको बिचमा नव-जागृति आयो र मानिसहरु आफ्नो पापको कारणले रोइरहेका थिए (नहेम्याह ८:९)। तब उनिहरुलाई यो कुराको निम्ति प्रोत्साहित गरियो कि जुन असल चिज परमेश्वरले उनिहरुलाई दिनुभएको थियो, उनिहरुले ति कुराहरु अरुसँग बाँडुन्। यसो गर्नाले, "परमेश्वरको आनन्द उनिहरुको बल बन्नेछ" (नहेम्याह ८:१०)। मानिसहरु गएर त्यस उपदेशको पालन गरे। दोस्रो दिन एज्राले अगुवाहरुलाई पवित्र शास्त्रको अध्ययन गर्न भेला गरे (नहेम्याह ८:१३)। जब उनिहरुले इस्राएलीहरुलाई प्रत्येक वर्षको सातौं महिनामा "झुपडीको चाड" मनाउनुपर्छ भनी आज्ञा दिइएको पाए, तब उनिहरुले तुरुन्त त्यस आज्ञाको पालन गरे। यो पर्व ९०० वर्ष पछि मनाइदै थियो किनकि यो आज्ञा यहोशूको समयदेखि पालन गरिएको थिएन (नहेम्याह ८:१४-१७)। दाऊदले पनि, जो परमेश्वरको मन भएको व्यक्ति थिए, इस्राएलीहरुलाई यस आज्ञाको पालन गराएका थिएनन्। एज्राले अरु सात दिनसम्म मानिहरुको लागी पवित्र शास्त्र अध्ययन सेवा राखे (नहेम्याह ८:१८)।

नहेम्याह ९ अध्यायमा, हामी परमेश्वरले नहेम्याहद्वारा के गर्नुभएको थियो भनि पढ्छौँ। यस अध्यायको शुरुमा इस्राएलीहरुको उपवास, आफ्नो पापहरुको अङ्गीकार, र मूर्तिपूजालाई आफूबाट अलग पारेदेखि हुन्छ (नहेम्याह ९:१,२)। त्यसपछि उनिहरुले तीन घण्टाको समय परमेश्वरको वचन अध्ययनमा लगाए, र अरु तीन घण्टाको समय आफ्नो पापको अङ्गीकार गर्नमा लगाए। त्यहाँ फेरी एउटा नव-जागृति आएको थियो (नहेम्याह ९:३)। त्यसपछि लेवीहरु उठेर ठूलो आवाजले परमेश्वरलाई पुकारे (नहेम्याह ९:४)। नहेम्याह ९:६-३१ मा हामी बाइबलमा भएको सबैभन्दा लामो प्रार्थना पाउछौँ। त्यसपछि लेवीहरुले अब्राहमको समयदेखी इस्राएलीहरुको इतिहासको अवलोकन गरे, र ४० वर्षसम्म उजाडस्थानमा भड्किहिँडेको समय, र न्यायकर्ताहरु र राजाहरुको समयमा भएको आफ्नो असफलताहरुलाई याद गरे। उनिहरुले यो अङ्गीकार गरे कि परमेश्वरले गर्नुभएको सबै न्याय सही र साँचो थियो। तब उनिहरुले पश्चाताप गरे र परमेश्वरको साम्मुन्ने एउटा सही-छाप लगाएँ, जसमा सबैभन्दा पहिलो सही-छाप नहेम्याहले लगाए (नहेम्याह १०:१)।

यो सबै परमेश्वरको भय मान्ने यि दुई व्यक्तिहरु, एज्रा र नहेम्याहको प्रभावद्वारा भयो। उनीहरु मिलेर गरेको सेवकाई बिल्कुलै यस्तो थियो मानौं नयाँ वाचाको मण्डलीको दुई प्राचिनहरुले मिलेर गरेको सेवाकाई थियो। यो हामीले पच्छ्याउन सक्ने एक उत्तम उदाहरण हो।

आमेन्!