WFTW Body: 

हिब्रू ४:१२ मा हामी पढ्छौँ, "किनकि परमेश्वरको वचन जिउँदो, प्रभावशाली र कुनै दुईधारे तरवारभन्दा पनि लाग्ने हुन्छ; जसले प्राण र आत्मालाई, जोर्नी-जोर्नी र मासीलाई पनि अलग-अलग पार्ने गरी छेड्छ, र हृदयका विचार र मनसायहरु खुट्टयाउने हुन्छ।"

परमेश्वरको वचन तरवार जसरी हाम्रो हृदयमा छिर्छ र हाम्रो विचार र मनसायलाई प्रकट गर्छ। नयाँ करारमा (जसलाई हिब्रुहरुले जोड दिएका छन्), "हृदयको विचार र मनसायलाई" सबैभन्दा बढि महत्व दिइएको छ जबकि पुरानो करारको अन्तर्गत, खराब विचार र मनसायहरु त्यत्ति महत्वको ठानिदैनथिए, किनकि इस्राएलिहरुमा पवित्र आत्माले वास गर्नुहुन्न थियो। व्यवस्थाले खराब विचार भएका मानिसहरुलाई सजाय दिन सक्दैनथ्यो। कुनै मानिसले बाहिर देखिनेगरी पाप गर्यो भने मात्र व्यवस्थाले उसलाई सजाय दिन्थ्यो। तर नयाँ करारमा यस्तो हुदैनँ। जब मानिस व्यवस्था मुनि थियो, परमेश्वरको वचनले उसलाई केवल बाहिरबाट जाँच्नुहुन्थ्यो, डाक्टरले बिरामीलाई बाहिर मात्र हेरेर जाँच गरेझैँ। तर नयाँ करारमा परमेश्वरको वचनले भित्री हृदयलाई प्रकट गर्नुहुन्छ, एक्स-रे वा कुनै स्कायनले गरेझैँ।

परमेश्वर अहिले हाम्रो विचार, मनोभाव र मनसायमा झन बढि इच्छुक हुनुहुन्छ। कहिलेकाहिँ जब हामी बाहिरी रुपमा सबै कुरा राम्रो देख्छौँ, त्यहाँ हामीभित्र कुनै ठुलो खराबि भएको हुन सक्छ। यो कुरा बाहिरबाट हेर्दा स्वस्थ्य तर भित्र क्यान्सरजस्तो गम्भीर रोग लागेको व्यक्ति जस्तै हुनसक्छ। त्यसैले यदि तपाई आज परमेश्वरको कुनै वचन पढ्नुहुन्छ र तपाईले आफ्नो जिवनमा भएको केवल बाहिरी पापलाई देखेर आफूलाई दोषी ठहराउनुहुन्छ भने, परमेश्वरले तपाईलाई के भन्न खोजिरहनुभएको छ भन्ने कुरालाई तपाईले थाहा नपाउनुभएको रहेछ भनि जनाउँछ। त्यसैले सधै आफूलाई यो प्रश्न गर्नुहोस्: "के परमेश्वरको वचनले मेरो हृदयको सोच र मनसायलाई प्रकट गर्यो?" यो कुरालाई ध्यान दिनुहोस् कि यहाँ हृदयलाई जोड दिइएको छ र दिमागलाई होइन। परमेश्वरको हरेक अभिषिक्त वचन तपाईको मनबाट हुदैँ तपाईको हृदयसम्म पुग्छ र तपाईको भित्री सोच र मनसायलाई प्रकट गर्छ।

१ कोरिन्थी १४:२५ मा हामी अभिषिक्त प्रचारको प्रतिफललाई पढ्छौँ। मानिसको मनको विचार प्रकट भएको हुन्छ र उनिहरु झुक्छन् र यो कुरा जान्छन् कि परमेश्वर त्यस सभामा उपस्थित हुनुहुन्छ। यदि तपाई कुनै ईश्वरीय व्यक्तिसँग बोलिरहनुभएको छ र उहाँ तपाईलाई कुनै उत्साहका वचनहरु भन्नुहुन्छ भने पनि तपाईलाई त्यस्तो अनुभव हुन सक्छ। अभिषिक्त वचनले सधै हृदयको विचार र मनसायलाई प्रकट गर्छ किनकि परमेश्वरको वचन दुई-धारे तरवार जस्तै हो। यदि तपाई परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने, तपाईको हृदय र मुखको धार तेजिलो हुनुपर्छ। तरवारको धारलाई कहिल्यै पनि बोधो हुन नदिनुहोस् र परमेश्वरको वचनको सन्दर्भमा आफ्नो जिब्रोलाई केहि सरल कुराले, मानिसलाई सुहाउँदो हुनको निम्ति नरम नबनाउनुहोस्। त्यस्ले मानिसलाई केहि असल गर्दैन, किनकि यसले केहि पनि प्रकट गर्दैन र जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्दैनँ। के तपाईले कहिल्यै धार नभएको चक्कुले मासु काँट्ने प्रयास गर्नुभएको छ? तपाईले धेरै कोसिस गर्नुहोला तर पनि मासु काँटिनेछैन। कुनै पनि प्रचारकले परमेश्वरको वचनको धारलाई सम्झौता गर्छ भने उहाँले सन्देशको अन्तमा कसैले पनि परमेश्वरलाई नसुन्नुभएको कुरालाई थाहा गर्नुहुन्छ।

परमेश्वरको वचन दुईधारे तरवार हो। प्रचारकले पहिले त्यसलाई आफ्नो हृदयलाई काँट्न दिनुपर्छ र आफ्नो विचार र मनसायलाई देख्नुपर्छ! तब मात्र उनले त्यसलाई अरुको हृदयलाई खोलेर हेर्न सक्नुहुन्छ। यदि परमेश्वरको वचन पहिला तपाईको हृदमा छिर्नुभएको छैन भने, त्यो कुरा प्रचार नगर्नुहोस्। प्राय प्रचारकले कहिल्यै पनि परमेश्वरको वचनले आफ्नो न्याय गर्नुहुन्न। उहाँहरुले केवल अरुको न्याय गर्नुहुन्छ। परमेश्वरको वचनले हाम्रो मनसायलाई पनि छेड्नुहुन्छ र त्यसको न्याय गर्नुहुन्छ। यदि हामी परमेश्वरको वचनमा हुनुभएको आत्माको आवाजलाई सुनेर आफुलाई निरन्तर खुलाउछौँ भने, हामीले तुरुन्तै पुरा सफा हृदय पाउँछौ, किनकि हामीले हाम्रो हृदयको विचार र मनसाय निरन्तर देख्नेछौँ र हामीलाई सफा पार्न सक्छौ। सबै विश्वासीहरु हरेक दिन यसरी जिउनुपर्छ। उजाडस्थानमा भएका इस्राएलिहरुले जसरी दिनहुँ मन्ना पाउँथे, हामीले पनि परमेश्वरद्वारा दिनहुँ उहाँको अभिषिक्त वचन पाउनुपर्छ।