द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   आत्मा भरिएको जीवन
WFTW Body: 

लूकाले आफूले लेखेका दुई पुस्तकमा पवित्र आत्माको सेवकाईको बारेमा धेरै कुराहरु बताएका छन्। वास्तवमा यो उनले बढि जोड दिएका कुराहरु मध्ये एक हो । यस सुसमाचारको पुस्तकमा भएका यी उदाहरणहरुलाई हेर्नुहोस्ः

बप्तिस्मा दिने यूहन्ना आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिएका हुनेछन् (लूका १:१५मा यसरी लेखिएको छ, किनभने उनी प्रभुको दृष्टिमा महान् हुनेछन्, उनी न ता दाखमद्य, न मदिरा पिउनेछन्। र उनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिएका हुनेछन्।)

पवित्र आत्मा मरियममाथि आउनुहुनेछ (लूका १:३५मा यसरी लेखिएको छ, अनि स्वर्गदूतले जवाफ दिएर उनलाई भने; "पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ,र परमप्रधानको सामर्थ्यले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मिनुहुने पवित्र जनचाहिँ 'परमेश्वरका पुत्र' कहलाइनुहुनेछ ।)

इलीशिवा र जकरिया पवित्र आत्माले भरिए (लूका १ः४१,६७ (४१ मा यसरी लेखिएको छ, अनि यस्तो भयो, जब इलीशिवाले मरियमको सलाम सुनिन्, तब तिनको गर्भमा भएको बालक उफ्रियो; र इलीशिबा पवित्र आत्माले भरिइन्। ६७ मा यसरी लेखिएको छ, अनि उनका बाबु जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै भविष्यवाणी गरे;)

शिमियोनमाथि पवित्र आत्मा हुनुहुन्थ्यो, उनले पवित्र आत्माद्वारा प्रकाश पाएका थिए र आत्माद्वारा मन्दिरतिर डोर्याइएका थिए (लूका २ः२५-२७; २५मा यसरी लेखिएको छ, अनि हेर, यरुशलेममा एकजना मानिस थिए, जसको नाम शिमियोन थियो; अनि ती मानिस धर्मी र भक्त थिए, र इस्राएलको सान्त्वनाको बाटो हेरिरहन्थे; अनि पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो । २६ मा यसरी लेखिएको छ, अनि प्रभुको 'ख्रीष्ट'लाई देख्नुभन्दा अघि तिनले मृत्यु देख्नुपर्नेछैन भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट भएको थियो । २७ पदमा यसरी लेखिएको छ, अनि तिनी आत्माद्वारा मन्दिरभित्र आए; अनि जब बाबुआमाले बालक येशूका निम्ति व्यवस्थाको रीतिअनुसार गर्नालाई उहाँलाई भित्र ल्याए,)

येशूले पवित्र आत्माको बप्तिस्मा दिनुहुन्छ (लूका ३ः१६ मा यसरी लेखिएको छ, तब यूहन्नाले यसो भन्दै ति सबैलाई जवाफ दिएः "म साँच्चै तिमीहरुलाई पानीमा बप्तिस्मा दिन्छु, तर मभन्दा शक्तिशाली एकजना आउनुहुन्छ, जसको जुत्ताको फिता खोल्न लायकको म छैनँ; उहाँले तिमीहरुलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।)

येशूले (पक्कै पनि पवित्र आत्माको अभिषेकको लागी) बप्तिस्मा लिदैँ गर्नुहुदाँ प्रार्थना गर्नुभयो र तुरुन्तै पवित्र आत्मा उहाँमाथि आउनुभयो (लूका ३ः२१,२२; २१ मा यसरी लेखिएको छ, अब, जब सबै मानिसहरुले बप्तिस्मा लिएर प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग खोलियो, २२मा यसरी लेखिएको छ, र पवित्र आत्मा, शारीरीक रुपमा ढुकुरजस्तै उहाँमाथि उत्रनुभयो, स्वर्गबाट एउटा आवाज आयो, जसले भन्योः "तिमी मेरा प्रिय पुत्र हौ; तिमीसँग म अत्यन्तै प्रसन्न छु।" )। येशू पवित्र आत्मालेभरपूर भएर उजाडस्थानमा डोर्याइनुभयो र आत्माको सामर्थ्यमा फर्कनुभयो (लूका ४ः१,१४; १ पदमा यसरी लेखिएको छ, अनि येशूपवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्किनुभयो, र आत्माद्वारा उजाडस्थानमा डोर्याइनुभयो । १४ पदमा यसरी लेखिएको छ, अनि येशूआत्माको सामर्थमा गालील फर्किनुभयो, र उहाँको कीर्ति वरिपरिका सारा इलाकाभरि फैलियो ।)

येशूले घोषणा गर्नुहुन्छ कि पवित्र आत्मा उहाँमाथी हुनुहुन्थ्यो (लूका ४ः१८ मा यसरी लेखिएको छ, "प्रभुको आत्मा ममाथि हुनुहुन्छ किनकि गरिबहरुलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ; मन भाँचिएकाहरुलाई निको पार्न, कैदिहरुलाई छुटकाराको र अन्धाहरुलाई दृष्टि-प्राप्तिको प्रचार गर्न, पेलिएकाहरुलाई छुटकारा दिन,)।

पवित्र आत्मा तिनीहरुलाई दिइन्छ जसले उहाँसँग माग्दछ (लूका ११ः१३ मा यसरी लेखिएको छ, यसकारण तिमीहरु, दुष्ट भएर पनि आफ्ना छोराछोरीहरुलाई असल उपहारहरु दिन जान्दछौ भने तिमीहरुका स्वर्गीय पिताले आफुसित माग्नेहरुलाई झन् कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ।")

येशूले आफ्ना चेलाहरुलाई पवित्र आत्माको सामर्थ्यलाई पर्खन आज्ञा दिनुहुन्छ (लूका २४ः४९ मा यसरी लेखिएको छ, अनि हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरुमाथि पठाउँछु; तर माथिबाटको सामर्थ्य नपाउन्जेल तिमीहरु यरुशलेम शहरमा पर्खिरहो)।

प्ररितको पुस्तकमा, लूकाले पवित्र आत्मा भनेर ५० पटक भन्दा बढि उल्लेख गरेको हामी पाउछौँ । लूका कुनै शंकाबिना एउटा पवित्र आत्माले भरिएको व्यक्ति थिए । उनी पवित्र आत्माको उपहारद्वारा सम्भव पारिएको नयाँ वाचाको जिवनकोलागि उत्साहित थिए । उनी भएजत्तिको उत्साहित अरु कति विश्वासीहरु थिए होलान् भन्ने बारेमा म सोच्दछु । पवित्र आत्माको बप्तिस्मा नयाँ करारको सबै पहिलो पुस्तकहरुको शुरुवातमा लेखिएको हामी पाउँछौ। यसले हामीलाई यस नयाँ करारको समयमा पवित्र आत्माको सेवाकाईको ठूलो महत्वको बारेमा बताउँदछ । त्यसैले, त्यहाँ यदि कुनै त्यस्तो कुरा छ जुन शैतानले नक्कली अनुभव दिन चाहन्छ भने त्यो पवित्र आत्माको बप्तिस्माको हो; र यस्तो नक्कली अनुभव हामी धेरै देख्दछौँ। विश्वासीहरुले कहिल्यै पनि पवित्र आत्माको बप्तिस्मा नपाउन् भन्नेकुरामा शैतान कसरी विश्वस्त हुन्छ ?

सर्वप्रथम उनिहरुलाई कुनै शारीरीक वा भावनात्मक अनुभव दिएर । तिनीहरुमा पापमाथि विजय प्राप्त गर्ने र प्रभुको सेवा गर्ने सामर्थ्यको कमी छ । तर शैतानले तिनीहरुलाई यो कुरामा विश्वस्त पार्छ कि तिनीहरुले पवित्र आत्माको बप्तिस्मा पाएका छन्। त्यस्ता विश्वासीहरुले फेरी पवित्र आत्माको बप्तिस्मा खोज्दैनन्,किनकी उनिहरुले त्यो पाइसकेको भन्ने कुरारामा उनीहरु निश्चित हुन्छन्। यस्ता कयौँ विश्वासीहरु जहाँतहि छन्।तिनीहरु पापदेखी हारेका छन्, तिनीहरु पैसालाई प्रेम गर्छन्र संसारको लागि जिउँछन्। तर तिनीहरुले त्यसलाई "अन्यभाषा" भनि बडबडाउछन् असामान्य शारीरीक र दार्शनिक अनुभव गरेको दाबी गर्दछन्।

दोस्रो कुरा, शैतानले कुनै अरु विश्वासीहरु ल्याउछ (जो पवित्र आत्माको बप्तिस्माको शिक्षाको सन्दर्भमा हामीभन्दा अर्को दिशामा छन्) यस्ता स्पष्ट नक्कली दर्शनको बिरुद्धमा छन्र पूर्णरुपमा पवित्र आत्माको बप्तिस्माबाट टाढा रहन्छन्। त्यसैले ऊ यो कुरामा निश्चित हुन्छ कि दुबै विश्वासीहरुको समूहले ( र यसमा विश्वासीहरुको ठूलो जमात समावेश गरिएको हुन्छ) कहिल्यै पनि परमेश्वरको साँचो शक्ति र पवित्र आत्माको बप्तिस्मा नपाउन्। होसियार हुनुहोस् यस्ता दुबै समूहबाट टाढा बस्नुहोस्।

यूहन्ना कसरी आफ्नी आमाको गर्भमैपवित्र आत्माले भरिए? के उनले भ्रूणको रुपमा नै आफ्नी आमाको गर्भमा आत्मालाई पर्खिरहेका थिए? के कसैले उनलाई गर्भमा हुँदा प्रार्थना गर्न सल्लाह दिए? होइन ।परमेश्वरले नै उसलाई भर्नुभयो । तपाईलाई पवित्र आत्माले भर्ने काम परमेश्वको हो । यदि हामीले उहाँलाई सुम्पिन्छौँ भने, उहाँले हामीलाई भर्नुहुन्छ। तपाईको विश्वासलाई बढाउने यहाँ केहि कुराहरु छन्, ः

यदि परमेश्वरले आमाको गर्भमा भएको त्यस्तो असहाय भ्रूणलाई पवित्र आत्माले भर्न सक्नुहुन्छ भने, उहाँले तपाईलाई किन भर्न सक्नुहुन्न र? कुनै नक्कली अनुभवहरुबाट सन्तुष्ट नहुनुहोस्। म जवान हुदाँ मैले प्रभुलाई भनेको थिए कि म कहिल्यै यस्तो नक्कली अनुभवबाट सन्तुष्ट हुनेछैन र साँचो अनुभव पाउनलाई मैले दश वर्षसम्म पर्खनुपरे पनि म पर्खनेछु। र यसरी पर्खनु उचित थियो । जब तपाई साँच्चै आत्मामा बप्तिस्मा लिनुहुन्छ, त्यसले तपाईको जिवनको पुरै बाटो नै बदली गर्दछ । जब यूहन्ना पवित्र आत्माले भरिए, तब उनी प्रभुको दृष्टिमा महान् बने (लूका १ः१५ मा यसरी लेखिएको छ, किनभने उनी प्रभुको दृष्टिमा महान् हुनेछन्, अनि न ता दाखमद्य, न मदिरा पिउनेछन्। र उनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिएको हुनेछन्)। आत्माले हामीलाई बनाउन खोजेको पनि यस्तै नै हो - परमेश्वरको दृष्टिमा महान्, मानिसको होइन।