द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने
WFTW Body: 

"जुन कुरा पवित्र छ त्यो कुकुरहरुलाई नदेऊ, र तिमीहरुका मोतीहरु सुँगुरको अगाडि नफाल, अन्यथा तिनीहरुले तिनीहरुका पैताला मुनि कुल्चेलान् र फर्केलान् र तिमीहरुलाई हमला गरी टुक्र्याउलान्" (मत्ती ७ः६) । यसको अर्थ के हो ? येशू सिरिया-फोनिके देखि टुरोसको भूमिमा जानुहुँदा पनि यस्तै भनाइको अर्को उदाहरण थियो (मत्ती १५ः२१-२८) । जब येशू टुरोस पुग्नुभयो, एक जना महिला भूत लागेको आफ्नी छोरीको लागि मद्दत माग्दै आइन् । येशूले फर्केर भन्नुभयो, "बालकहरुको रोटी लिएर कुकुरहरुलाई फ्याँक्नु असल होइन" (मत्ती १५ः२६) । केही मानिसहरुले त्यो भनाइमाथि प्रश्न उठाएका छन् ।

के येशूले तिनीलाई कुकुर भन्नुहुँदै थियो ? के तपाईं कुनै एक जनालाई मद्दत गर्नलाई १५० किलोमिटर हिँड्नुहुन्छ, अनि तपाईंले तिरस्कार गर्ने व्यक्तिलाई एक्लिन दिनुहुन्छ ? १५० किलोमिटर हिँड्नलाई कति समय लाग्ला ? कम्तीमा पनि २ दिन लाग्ला । ती स्त्री प्रतिको ख्रीष्टको प्रगाढ प्रेम हामीले त्यही देख्छौं । उहाँले ती स्त्रीलाई कति गहिरो प्रेम गर्नुभयो भन्ने कुरा जानेर नै, हामीले देख्छौं कि तिनी कति निम्न स्थानमा जान सक्लिन्, यो जानेर कि तिनी परमेश्वरबाट केही प्राप्त गर्न लायककी छैनन्, त्यो जान्नलाई प्रभुले तिनीलाई जाँच्दै हुनुहुन्थ्यो । जब उनले भनिन्, "ठीक छ । म कुकुर हुँ, तर के म टेबलबाट खसेका टुक्राहरु लिन सक्छु ?" येशूले भन्नुभयो, "हे नारी, तिम्रो विश्वास महान छ !" येशूले यो कुरा कसैलाई दुई पटक मात्र भन्नुभएको हो, दुवै गैर-यहूदी मानिसहरुलाई भन्नुभएको थियो । एउटा रोमी कप्तानलाई थियो, र अर्को कनानी स्त्रीलाई । हेर्नुहोस्, उहाँले उनको कदर कसरी गर्नुभयो !

हामीले बुझ्नु आवश्यक छ कि जब येशूले धर्मशास्त्रमा कुकुर र सुँगुरको बारेमा कुरा गर्नुहुन्छ, उहाँले मानिसहरुलाई तुच्छ ठान्नुभएको होइन । उहाँले यो स्वीकार गर्दै हुनुहुन्छ कि हामी परमेश्वरबाट केही पनि प्राप्त गर्नलाई योग्यको छैनौं । जसले सोच्दछ, "परमेश्वरले मेरो लागि केही गरिदिनु पर्ने गरी म योग्यको छु" उसले परमेश्वरको सामु मानिसको स्थान बुझेको छैन । तपार्ईं र म केवल एक कुराको लागि योग्यको छौं, त्यो नरक हो । यदि हामी परमेश्वरकहाँ गएर भन्छौं, "प्रभु, हामी जुन कुराको लागि योग्यको छौं त्यही दिनुहोस्," उहाँले हामीलाई नरक दिनुपर्ने हुन्छ । यदि केही कुरा त्यो भन्दा असल छ भने त्यो परमेश्वरको अनुग्रह हो । जब हामीले त्यो कुरा बुझ्छौं, तब हामीले देख्नेछौं कि हामीले परमेश्वरबाट धेरै कुरा पाउँछौं जसको लागि हामी योग्यको छैनौं । तर धेरैजसो मानिसहरुले त्यो स्थानलाई चिन्दैनन् ।

त्यसैले, जब हामीले यस्तो कथन देख्छौं, यसको अर्थ हामीले कसैलाई कुकुर जस्तै व्यवहार गर्नुपर्छ, वा कसैलाई सुँगुर जस्तै व्यवहार गर्नुपर्छ भन्ने होइन । हामी सबै पापी छौं । प्रत्येक व्यक्ति पापी हो । हामी सबै पापी हौं । हामीमध्ये केहीलाई परमेश्वरको अनुग्रहले हाम्रा पापहरु क्षमा गरेर बचाइएका छन्, र केही अझै पनि आफ्ना पापहरुमा छन्, तर हामी मूल रुपमा सबै पापी हौं किनभने हामीले त्यो आदमबाट वंशानुगत रुपमा पाएका छौं । त्यसैले एक व्यक्तिले अर्को भन्दा राम्रो छ भनेर सोच्ने वा अर्कोलाई कुकुर वा सुँगुर जस्तै तुच्छ ठानी हेर्ने कुनै कारण छैन ।

जब येशूले भन्नुभयो, "कुकुरहरुलाई पवित्र कुरा नदेऊ," उहाँको अर्थ थियो, "मानिसहरुले कदर नगर्ने कुरा नदेऊ ।" कुकुरलाई चाहिने भनेको हड्डी मात्र हो । उसलाई पवित्र कुरा चाहिँदैन । जब मानिसलाई परमेश्वरभन्दा पृथ्वीमा भएका भौतिक कुराहरुमा बढी चासो हुन्छ, तब त्यहाँ ऊ जनावरभन्दा राम्रो छैन भन्ने कुराको संकेत हुन्छ । तपाईं केको लागि बाँच्नुहुन्छ ? के तपाईं केवल बच्चाहरु हुर्काउन, यौन सम्पर्क गर्न, सुत्न र राम्रो खाना खानको लागि बाँच्नुहुन्छ ? खैर, सबै जनावरहरुलाई पनि त्यस्तै चासो हुन्छ ! जनावरहरुलाई सधैं पार्थिव कुराहरुमा रुचि हुन्छ । कुकुरहरुले सधैं पृथ्वीलाई तल हेरिरहेका हुन्छन् । सुँगुरहरु पनि त्यस्तै छन् । तपाईंले कुकुर वा सुँगुरलाई स्वर्गतिर हेरिरहेको कहिल्यै देख्नुहुन्न । जनावरहरुले सधैं पृथ्वीका चीजहरुलाई तल हेरिरहेका हुन्छन्, र यहाँ 'कुकुरहरु' शब्दको अर्थ "मानिसहरु जसको दिमाग पार्थिव कुराहरुमा केन्द्रित छ" भन्ने हो ।

एक साँचो ख्रीष्टियानले आफ्नो शिर माथि उठाएको हुन्छ । उसले माथिका कुराहरु हेरिरहेको हुन्छ । माथिका कुराहरुमा रुचि नभएका मानिसहरुका लागि, पवित्र कुराहरु दिनु व्यर्थ हो । यो सँुगुरको अगाडि मोतीहरु फ्याँक्नु जस्तै हो । सुँगुरहरुलाई चाहिने कुरा भनेको धेरै फोहोर (ढल) हो । त्यो उनीहरुलाई खान मन पर्ने कुरा हो, त्यसैले तिनीहरुलाई पवित्र कुरा दिनु व्यर्थ हो । यो डाँडाको उपदेशको बारेमा कुरा गर्दै हुनुहुन्छ, डाँडाको उपदेशको शिक्षा अविश्वासीहरुको लागि होइन । त्यो मत्ती ७ः६ को बुँदा होः नयाँगरी नजन्मेकाहरुलाई यो सन्देश नदिनुहोस्, किनकि तिनीहरुले यसको कदर गर्न सक्दैनन् । हामीले प्रत्येक व्यक्तिलाई के सत्य दिन सक्छौं भनेर चिन्नु आवश्यक छ । यस पदमा ख्रीष्टले यही भन्दैहुनुहुन्छ ।

नयाँ गरी जन्मेका मानिसहरुले पश्चातापको सन्देश सुन्नु आवश्यक छ । उनीहरुलाई थाहा हुनुपर्छ कि उनीहरु पापी हुन् । उनीहरुलाई थाहा हुनुपर्छ कि उनीहरु नरकको योग्य छन् । उनीहरुलाई थाहा हुनुपर्छ कि उनीहरु हराएका छन्, परमेश्वरबाट अलग्गिएका छन्, र नरकको अनन्त गन्तव्यमा जाँदैछन् । यही सन्देश गैर-ख्रीष्टियानहरुले र ख्रीष्टियान घरहरुमा जन्मेका मानिसहरुले पनि (जो नयाँ गरी जन्मेका छैनन्, जो ख्रीष्टसँग जीवित सम्बन्धमा आएका छैनन्) सुन्नु आवश्यक छ ।

प्रत्येक मानिस, यदि उसले आफ्नो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिँदैन भने, वास्तवमा

जनावर जस्तै हुन्छ । जनावरलाई परमेश्वरमा कुनै चासो हुँदैन, प्रार्थनामा कुनै चासो हुँदैन, परमेश्वरले के भन्नु हुन्छ त्यो सुन्नमा कुनै चासो हुँदैन । जब तपाईं पृथ्वीमा बसोबास गर्ने एक मानिसलाई प्रार्थनामा कुनै चासो नभएको, परमेश्वरमा कुनै चासो नभएको, र परमेश्वरले उसलाई के भन्नुहुन्छ त्यो सुन्नमा कुनै चासो नभएको पाउनुहुन्छ, ऊ जनावर भन्दा राम्रो हुँदैन । जनावरलाई यौनमा रुचि हुन्छ । जब मानिस मुख्यतया यौनमा रुचि राख्छ, ऊ जनावर जस्तै हुन्छ । हरेक जनावरलाई यौन र खानामा रुचि हुन्छ, र जब मानिसहरुलाई खाना, यौन, निद्रा र बच्चा जन्माउनमा मात्र रुचि हुन्छ, तिनीहरु जनावरहरु जस्तै हुन्छन् । तर जब परमेश्वरले आदमलाई बनाउनुभयो त्यो बेला फरक थियो । उहाँले आदमलाई त्यही माटोबाट बनाउनुभयो जुन माटोले उहाँले सुँगुर, कुकुर र सबै जनावरहरु बनाउन प्रयोग गर्नुभयो । त्यो ठ्याक्कै उही माटो हो ।

यदि तपाईंले कुकुर र सुँगुरको आन्तरिक अंगहरु हेर्नुभयो भने, मानिसको आन्तरिक अंगहरु र यी जनावरहरुको आन्तरिक अंगहरु बीच धेरै समानताहरु छन् । त्यसैले परमप्रभुले भन्नुहुँदै थियो कि, शारीरिक रुपमा, तिमीहरु दुबै एउटै पदार्थबाट हौ । अनि त्यसैले परमेश्वरले जनावर र मानिस दुवैलाई छैठौं दिनमा बनाउनुभयो । छैठौं दिनको पहिलो भागमा उहाँले जनावरहरु बनाउनुभयो, र छैठौं दिनको दोस्रो भागमा उहाँले मानिस बनाउनुभयो । तर जनावरहरुमा एउटा ठूलो भिन्नता थियोः परमेश्वरले तिनीहरुमा सास फुक्नुभएन । जब तिनीहरु माटोबाट सृष्टि गरिएका थिए, तिनीहरुमा स्वतः सास थियो, तर मानिस बनाइने बित्तिकै, परमेश्वरले उसमा सास फुक्नुभयो, र ऊ जीवित प्राणी बन्यो (उत्पत्ति २ः७), र त्यो कुराले उसलाई तुरुन्तै जनावरहरुबाट अगल गर्‍यो - परमेश्वरको सासले ।

यदि परमेश्वरले आदममा सास नफुक्नु भएको भए, उनी मानिस जस्तै देखिन्थे होलान्, तर उनी जनावर जस्तै हुने थिए । तर परमेश्वरले उसमा सास फुकिदिनुभएको क्षण, उनी जीवित प्राणी बने । उनी अनन्त प्राणी बने, अनन्त नहुने जनावर जस्तो होइन । जब कुनै जनावर मर्छ, तिनीहरु केवल माटो बन्छन् । तर जब परमेश्वरले मानिसमा सास फुकिदिनुभयो र मानिस जीवित प्राणी बन्यो, उनी त्यस क्षणमा अनन्त प्राणी बने । उनी परमेश्वरप्रति उत्तरदायी अनन्त प्राणी बने । ऊ सँग अनन्त जीवन थिएन, किनभने अनन्त जीवनले त्यस्तो जीवनलाई जनाउँछ जसको कुनै सुरुवात थिएन, र त्यो केवल परमेश्वरसँग छ । तर हामीले त्यो अनन्त जीवन प्राप्त गर्न सक्छौं जब हामी हाम्रा पापहरुको पश्चाताप गर्छौं र ख्रीष्टकहाँ आउँछौं र उहाँलाई हाम्रो प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्छौं । त्यसपछि हामीसँग अनन्त जीवन हुनेछ । अन्यथा, हामी केवल अनन्त प्राणी हौं जो नरकमा जान्छौं र त्यहाँ अनन्तकालको लागि बस्छौं, परमेश्वरबाट अलग ।

प्रभुले भन्नुभएको कुरा के हो भने यस पृथ्वीमा दुई फरक वर्गका मानिसहरु छन् । केही मानिसहरु छन् जो जनावरहरु जस्तै बाँच्छन् (जस्तै कुकुर र सुँगुर), र अरुहरु छन् जसले आफूलाई परमेश्वरका सन्तान हौं भनी स्वीकार गर्छन्, र जसले स्वीकार गर्छन् कि परमेश्वरले तिनीहरुलाई उहाँप्रति उत्तरदायी बनाउनुभएको छ । जब परमेश्वरले मानिसमा सास फुक्नुभयो, ऊ माटोबाट बनेको थियो, तर उसको विवेक पनि थियो जसले उसलाई सचेत गरायो कि ऊ आफ्नो कार्य र शब्दहरुको लागि परमेश्वरप्रति उत्तरदायी छ । जनावरहरुको विवेक हुँदैन । जब तिनीहरुले केही गलत गर्छन् तब तिनीहरुलाई दोषी महसुस हुँदैन, जबकि मानिस (यदि ऊ जङ्गलमा पूर्ण रुपमा अशिक्षित सँकृतिविहिन हो भने पनि) मा दोषी महसुस हुन्छ किनभने उससँग विवेक छ ।

जङ्गलका सँस्कृतिविहीनहरुले पनि ढोग्छन् र पूजा गर्छन् - उदाहरणका लागि, सायद चट्टान, ढुङ्गा वा सूर्य । त्यहाँ केही चेतना छ कि एक सृष्टिकर्ता हुनुहुन्छ, एक अनन्त अस्तित्व छ जसको लागि तिनीहरु जवाफदेही छन् । तपाईंले कतै पनि धार्मिक कुकुर, वा धार्मिक बाँदर वा सुँगुर भेट्टाउनुहुन्न । किन सँस्कृतिविहीनहरुलाई पनि एक अनन्त अस्तित्वको बारेमा जागरुकताको भावना हुन्छ जसको लागि तिनीहरु जवाफदेही छन् ? किनभने तिनीहरुको विवेक हुन्छ । प्रत्येक मानिसको विवेक हुन्छ, र त्यही कुराले मानिसलाई सुँगुर, कुकुर र अन्य जनावरहरुबाट अलग गर्छ ।