WFTW Body: 

जब गिदोनले इस्राएलका शत्रुहरुसँग लड्नलाई सेनाहरु तयार पारे, उनिसँग ३२,००० मानिसहरु थिए। तर परमेश्वर यो जान्नुहुन्थ्यो कि तिनीहरु सबै आफ्नो सारा हृदयले साथ दिइरहेका छैनन्। र त्यसैले परमश्वरले तिनीहरुको सङ्ख्यालाई घटाउनुभयो। शुरुमा डराउनेहरु आफ्नो घर फर्के। तर त्यहाँ अझै पनि १०,००० व्यक्तिहरु थिए। र उनिहरुलाई तल पानीमा लगिएर जाँचियो। ति मध्ये केवल ३०० ले त्यस जाँचलाई उतिर्ण गरे, र परमेश्वरद्वारा स्विकार गरिए (न्यायकर्ताहरु ७:१-८)।

परमेश्वरले उनिहरुलाई आफ्नो प्यास कम गर्न नदीबाट पानी पिएको तरिकाद्वारा गिदोनको सेनामा को चुनिने योग्यका छन् भनि जाँच्नुभएको एउटा उपाय थियो। परमेश्वरले उनिहरुलाई जाँचिरहनुभएको छ भन्ने कुरा उनिहरुलाई अलिकति महसुस नै भएको थिएन। ९७०० जनाले शत्रुहरुको बारेमा पूरै बिर्सिएर आफ्नो प्यास मेट्नको निम्ति घुँडा टेकाई घोप्टिए। तिनीहरुमध्ये केवल ३०० जना आफ्नो पाउँमा खडा भई होसियारी साथ, आफ्नो हात मुखमा राखेर पानि पिएँ।

परमेश्वरले हामीलाई हाम्रो जिवनको साधारण कुराहरुमा जाँच्नुहुन्छ - पैसाप्रति, सुख विलासप्रति, सांसारिक इज्जत र सुविधाप्रति हाम्रो मनोभाव अनुसार। गिदोनका सेनाहरुले जस्तै हामी पनि जान्दैनौ कि परमेश्वरले हामीलाई कहिले जाँचिरहनुभएको हुन्छ।

येशूले हामीलाई यस संसारको फिक्रीमा नडुब्न चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, "अनि आफ्नै विषयमा होसियार बस, कहीँ वाक्क-व्याक्क पार्ने अचाक्लीपन, मतवालापन र यस जीवनका फिक्रीहरुले तिमीहरुका हृदयलाई दबाउलान्, र त्यो दिन तिमीहरुमाथि एक्कासी आइपर्ला।" (लूका २१:३४)। पावलले कोरिन्थका विश्वासीहरुलाई यो भन्दै उत्साह दिए, "तर भाइहरुहो, म यो भन्दछु - समय छोटो छ; अबदेखि पत्नी हुनेहरु पनि नहुनेहरुझै होऊन्; अनि रुनेहरु पनि नरुनेहरुझै, अनि आनन्द मनाउनेहरु पनि आनन्द नमाउनेहरुझै; र किन्नेहरु पनि केहि थोक नभएकाहरुझै होऊन; अनि यस संसारसँग व्यवहार राख्नेहरु पनि व्यवहार नराख्नेहरुझै होऊन, किनकि यस संसारको रीति बितेर जान्छ। तर तिमीहरुलाई फिक्री नहोस् भन्ने म चाहन्छु। जसले विवाह गरेको छैन, उसले, म प्रभुलाई कसरी खुशी पारुँ भन्दै संसारका कुराहरुको विषयमा फिक्री गर्दछ। एउटी पत्नी र एउटी कन्यामा पनि भिन्नता पाइन्छ। विवाह नगरेकी स्त्रीले दुवै शरीर र आत्मामा पवित्र हुनाका निम्ति प्रभुकै कुराहरुको विषयमा फिक्री गर्छे। तर विवाह गरेकी स्त्रीले चाहिँ, म मेरा पतिलाई कसरी खुशी पारुँ भन्दै संसारका कुराहरुको विषयमा फिक्री गर्छे। अनि तिमीहरुकै फाइदाका निम्ति म यो भन्दछु - तिमीहरुलाई फन्दामा पार्नाका निम्ति होइन, तर जुन कुरा ठीक छ, त्यसका लागि, र तिमीहरुले एक चित्त भएर प्रभुको सेवा गर्न सक भनेर (१ कोरिन्थी ७:२९-३५)।

हामीले यस संसारको कुनै पनि कुराले प्रभुप्रतिको हाम्रो समर्पणलाई भङ्ग गर्न दिनुहुदैन। संसारमा असल देखिने वस्तुहरु पापपूर्ण वस्तुहरुभन्दा ठूलो पासो हुन् - किनकि असल वस्तुहरु धेरै नै निर्दोष र हानिरहित जस्तो देखिन्छन्!!

हामीले हाम्रो पाप मेटाउन सक्छौँ - तर हामीले आफ्नो हात मुखमा राखेर कम से कम जति आवश्यक छ त्यति मात्र पिउनुपर्छ। हाम्रो मन माथीको कुराहरुमा लगाउनुपर्छ, र पृथ्वीमा भएका कुराहरुमा होइन। हामी यदि येशूको चेला बन्न चाहन्छौ भने हामीले सबै कुरा त्याग्न तयार हुनुपर्छ। जसरी कुनै रबरब्यान्डलाई तन्काइन्छ, हाम्रो मन पनि संसारमा खाँचो पर्ने वस्तुहरुमा तन्काउन सकिन्छ। तर जब त्यो काम सकिन्छ, जसरी तन्काईएको रवरब्यान्डलाई छोड्दा आफ्नो सामान्य स्थितिमा आउछ, हाम्रो मन पनि परमेश्वर र अनन्तताको कुरामा फिर्ता आउनुपर्छ। यो नै "माथिका कुराहरुमा मन लगाउनु, पृथ्वीमा भएका कुराहरुमा होइन" (कलस्सी ३:२) भन्ने वचनको अर्थ हो। धेरै विश्वासीहरुमा रबरब्यन्डको स्थिति उल्टो तवरले काम गर्छ। उहाँहरुको मन कहिले काहिँ तन्किएर अनन्तको कुराहरुमा लाग्छ र जब त्यसलाई छोडिन्छ, त्यो यस संसारको कुराहरुमा अल्झिने कुरामा फिर्ता आउँछ!