WFTW Body: 

पति-पत्नीको सम्बन्ध ख्रीष्ट र मण्डली बीचको सम्बन्धको प्रतीक हो, यो पवित्रशास्त्रको सबैभन्दा महिमित प्रकटीकरणहरु मध्येको एक हो (एफिसी५ः२२-२३) ।

यस एफिसियन खण्डमा पत्नीहरुलाई आफ्ना पतिहरुको अधीनमा बस्न भनिएको छ, किनभने पति परमेश्वरले नियुक्त गर्नुभएको पत्नीको शीर हो । पत्नीहरुलाई सबै कुरामा आफ्ना पतिहरुको अधीनमा रहन आदेश पनि दिइएको छ (जस्तै मण्डली ख्रीष्टको हुनुपर्छ), र उनीहरुलाई आदर र सम्मान गर्न पनि । हाम्रो दिनमा यस्तो आत्मसमर्पण स्वीकार्ने चलन नहुन सक्छ, तैपनि यो परमेश्वरको व्यवस्था हो । यो व्यवस्था उलङ्घन भएको घरले पक्कै पनि कुनै न कुनै रुपमा अनाज्ञाकारिताको नतिजा भोग्नेछ । विवाहित जीवनमा परमेश्वरका यी आज्ञाहरु पालन गर्ने उद्देश्य नराख्ने कुनै पनि ख्रीष्टियान केटीले कहिल्यै विवाह गर्नु हुँदैन । त्यस्ता केटीको लागि विवाहित भएर चिरस्थायी रुपमा परमेश्वरको अनाज्ञाकारितामा जीवन बिताउनुभन्दा अविवाहित रहनु निकै असल हुन्छ ।

परमेश्वरको अध्यादेशले आफ्नी पत्नीमाथि अव्यावहारिक माग गर्ने इजाजत दिन्छ भनी कुनै पतिले सोच्न नपरोस्, ख्रीष्टले मण्डलीलाई प्रेम गर्नु भएझैं पतिहरुले पनि आफ्नी पत्नीहरुलाई प्रेम गर्नुपर्छ र यसका लागि आफूलाई अर्पण गर्नुभयो भनी खण्डले भन्छ । यसले संकेत गर्छ कि पतिहरुले आफ्नी पत्नीहरुलाई आत्मत्यागी प्रेमको साथ प्रेम, केवल चिजहरु मात्र दिएर होइन, तर आफैंलाई - आफ्नो वास्तविक जीवन, आफ्नी पत्नीहरुको कल्याण र खुशीको लागि दिएर गर्नुपर्छ । जसरी ख्रीष्टले मण्डलीलाई अनन्त प्रेमले प्रेम गर्नुहुन्छ, पतिको कर्तव्य हो आफ्नी पत्नीलाई निरन्तर प्रेम गर्नु, बदलामा उसलाई प्रेम गरिएको होस् वा नहोस् । अनि याद गर्नुहोस् कि उहाँका चेलाहरु प्रतिको ख्रीष्टको प्रेमले उहाँलाई तिनीहरुका खुट्टा धुन पनि प्रेरित गर्यो (यूहन्ना१३ः१,) । पतिहरुलाई थप त्यही खण्डमा आफ्ना पत्नीहरुलाई आफ्नो शरीरलाई झैं प्रेम गर्न आदेश दिइएको छ । उनीहरुले जानाजानी आफ्नी श्रीमतीको भावनालाई चोट पुर्याउने वा हानी गर्ने होइनन् जसरी उनीहरुले आफ्नो शरीरलाई जानाजानी चोट पुर्याउँदैनन् वा हानी गर्दैनन् । उनीहरुले आफ्नी पत्नीको हेरचाह र सुरक्षा गर्नुपर्दछ जसरी उनीहरुले आफ्नै शरीरको हेरचाह गरेर हानी र खतरा देखि जोगाउँदछन् । यस्तो पवित्रशास्त्रीय शिक्षा पछ्याउने अभिप्राय नराख्ने मानिस अविवाहित रहनु नै वेश हुन्छ ।

एफिसीको यस खण्डमा प्रकट भएको परमेश्वरको अभिप्राय प्रत्येक ख्रीष्टियानपतिपत्नीलेख्रीष्टमण्डलीकोसानोचित्रण हुनुपर्छ भन्ने हो । तिनीहरुको समग्र जीवनले यस सम्बन्धको सुन्दरता प्रकट गर्नुपर्छ ।

पति पत्नीको सम्बन्धको यस खण्डको तुरुन्तै अघिको पवित्र आत्माले भरिने आज्ञा(एफिसी५ः१८) को तथ्यले आत्माको पूर्णतालाई मुख्य रुपमा ख्रीष्ट भित्र घरमा हुने व्यवहारको परिणाम हो भन्ने कुराको संकेत गर्छ जस्तो देखिन्छ । यसको विपरीत, यसको मतलब यो हुनेछ कि वैवाहिक जीवनमा परमेश्वरको महिमा गर्नको लागि हामी आत्माले भरिनु आवश्यक छ ।

जीवनसाथी खोज्नु अघि, प्रत्येक ख्रीष्टियानले आफैंलाई सोध्नु पर्छ, के माथि वर्णन गरिए जस्तै घर होस् भन्ने उसले साँच्चिकै चाहन्छ । यस्तो चाहना नभएको व्यक्तिले कसरी विवाहमा परमेश्वरको निर्देशनको आशा गर्न सक्छ । तर यदि यो साँच्चै तपाईंको महत्वाकांक्षा हो भने, तपाईं निश्चित हुन सक्नुहुन्छ कि परमेश्वरले तपाईंलाई उहाँको पूर्ण इच्छामा विवाहमा लैजानुहुनेछ, तर यो