द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च भगवानलाई चिन्ने
WFTW Body: 

"एकजनाभन्दा दुईजना असल हुन्; किनभने तिनीहरुले आफ्नो परिश्रमको असल प्रतिफल पाउँछन्। किनकि तिनीहरु लोटे भने एउटाले आफ्नो साथीलाई उठाउनेछ; तर हाय त्यसलाई, जो लोट्दाहुँदि एकलै हुन्छ; किनभने त्यसलाई उठाउने अर्को कोही हुँदैन। अनि कसैले एकजनालाई जित्यो भने दुईजनाले त्यसको सामना गर्नेछन्; अनि तीन पोयाले बाटेको डोरी चाँडै चुडिँदैन।" (उपदेशक ४:९-१०,१२)। तपाईले एईसोपको कथाहरु सुन्नभएको होला, जहाँ एउटा बूढा किसानले आफ्नो तिन छोराहरुलाई एकताको विषयमा व्यवहारिक पाठ सिकाउँछन्। उनले आफ्नो छोराहरुको अघि शुरुमा केहि कमजोर लठ्ठीहरु लिन्छन् र तिनीहरुलाई एक-एक गरि भाँच्छन्, उनले उनिहरुलाई देखाउँछन् कि एउटा एउटा गर्दा ति लठ्ठिहरु कति आरामले भाँचिन्छन्, तर जब ति लठ्ठीहरुलाई एकसाथ राखिन्छ तब ति लठ्ठीहरु भाँच्न लगभग असम्भव हुन्छ। यस संसारका बच्चाहरुलाई पनि यो थाहा छ कि एकता र सङ्गतीमा सामर्थ्य छ। बाइबलले बताउँछ कि "सलहहरु, जसका राजा हुँदैनन्, तर पनि ती सब दल-दल बाँधेर अघि बढ्छन्" (हितोपदेश ३०:२७)। त्यहाँ तिनीहरुको सुरक्षा र शक्ति हुन्छ। येशू ख्रिष्टको मण्डलीमा पनि हामीलाई यो पाठ सिक्न जरुरी छ।

नयाँ नियमको एकताले ख्रिष्टको शिरत्व अन्तर्गत उहाँको शरिरको एक-अर्कासँगको एकतालाई जनाउँछ - यो एउटा साँचो एकता हो र कुनै सङ्गठित एकता होइन। यस भित्र कुनै ख्रिष्टको शरिर बाहिरको मानिस पस्न सक्दैनन् - उनिहरुलाई 'ख्रिष्टियन'को नाम दिएपनि। मरेका र जिवितबिच कुनै सम्बन्ध हुन सक्दैन। केवल ख्रिष्टमा नयाँ जिवन पाएकाले उनिहरुमा एकताको सान्त्वना पाउँन सक्छन् जसले उनिहरुले जस्तै नयाँ जिवन पाएका हुन्छन्। ख्रिष्टिय एकता केवल पवित्र आत्माले बनाउनुहुन्छ जसले हामीलाई ख्रिष्टको शरिरको सदस्य बनाउनुभएको छ। बाइबलले हामीलाई एफेसी ४:३ मा "मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्न" प्रोत्साहन दिनुहुन्छ। मानिसद्वारा बनाइएको कुनै पनि एकता मूल्यहिन हुन्छ।

शेतान धूर्त दुश्मन हो र उसलाई यो थाहा छ कि उसले ख्रिष्ट र उहाँको वचनको अधिकारमुनि रहेर एकतामा बाँधिएको विश्वासी सङ्गतिलाई तोड्न सक्दैन। र त्यसैले, उसको युध्द गराउने योजना, मण्डलीको सदस्यबिच कलह, सन्देह र गलतफेहमीको बिउँ छर्नु हो, ताकि उसले उनिहरुलाई व्यक्तिगन रुपमा पक्षघात पार्न सकोस्। येशूले भन्नभयो कि उहाँको मण्डलीमा नरकका ढोकाहरु विजयी हुनेछैनन्। (मत्ती १६:१८)। मण्डलीमा, ख्रिष्टको शरिरमा, शैतानको विरुध्दको लडाईमा विजयको प्रतिज्ञा गरिएको छ। कुनै विश्वासी अरु विश्वासीहरुभन्दा छुट्टै, अथवा, एक्लै बस्नुभएको छ भने, उहाँले आफू हारेको भेट्टाउन सक्नुहुन्छ। संसारमा ख्रिष्टको जिवनकालमा शैतानले बारम्बार ख्रिष्टलाई आक्रमण गरेको थियो, तर जित्न सकेको थिएन। र अन्त्यमा क्रूसमा, ख्रिष्टले शैतानबाट मानिसमाथिको शक्तिलाई हटाउनुभयो (हिब्रू २:१४; कलस्सी २:१५)। आज, शैतानले, बौरिउठ्नुभएको ख्रिष्टलाई आक्रमण गर्न सक्दैन। त्यसैले उसको आक्रमण ख्रिष्टको शरिरतिर, मण्डलीतिर, निर्देशित हुन्छ। शैतानमाथिको विजय तबमात्र सम्भव हुन्छ, जब हामी त्यसको विरुध्द; प्रभुको नेतृत्वमा एक शरिरको रुपमा खडा हुन्छौ। विश्वासीहरुको सङ्गतिमा, कुनै एउटा सदस्यले पनि आफ्नो काम पुरा गर्न सक्दैन भने, ख्रिष्टको शरिर त्यस हदसम्म कमजोर हुन्छ। शैतानले यो थाहा पाएर, त्यस समूहको सदस्यलाई एक्लो पार्ने कोसिस गर्छ, वा त्यस समूहलाई (अथवा, मण्डलीलाई) विभाजित गर्ने कोसिस गर्छ। कुनै पनि तरिकाबाट, उसले आफ्नो उदेश्यलाई पुरा गर्छ। त्यसैले, हामी सधैँ शैतानको षड्यन्त्र विरुध्द खडा रहनुपर्छ, नत्र उसले हामी र ख्रिष्टको शरिरको अरु सदस्यहरुबिचको सम्बन्धलाई कमजोर बनाउँछ। येशूले एक्लो विश्वासीले परमेश्वरलाई प्रार्थना गर्ने विषयमा धेरै प्रतिज्ञाहरु गर्नुभएको छ। तर मत्ती १८:१८,१९ मा, हामी ख्रिष्टको शरिरले सँगै मिलेर प्रार्थना गर्ने बारेमा येशूले हामीलाई केहि प्रतिज्ञा गर्नुभएको छ: येशूले भन्नुभयो, "म तिमीहरुलाई साँचो भन्दछु, पृथ्वीमा तिमीहरुले जे बाँधौला, सो स्वर्गमा बाँधिनेछ; र पृथ्वामा तिमीहरुले जे फुकाऔला, सो स्वर्गमा फुकाइनेछ। फेरि म तिमीहरुलाई भन्दछु, तिमीहरुमध्ये दुईजना, आफूले माग्न लागेको कुनै कुराको विषयमा पृथ्वीमा एक मनका भए भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा त्यो तिनीहरुका निम्ति गरिनेछ।" १९ पदमा अनुवाद गरिएको "एक मनको" भनिने शब्द ग्रिक शब्द "सुम्फोनियो" बाट अङ्ग्रेजी शब्द "सिम्फोनि" आएको हो। येशूले यि पदहरुमा यो उल्लेख गर्दै हुनुहुन्छ कि उहाँका दुई सन्तान बिचको एकतापनि एक साङ्गितिक सिम्फोनि जस्तै हुन्छ। यसको अर्थ अरुको प्रार्थनाको अन्त्यमा आमेन भन्नुभन्दा धेरै बढि छ। सिम्फोनिले दुई प्रार्थना गरिरहेका आत्माको बिचको एक गहिरो सद्भावलाई जनाउँछ। जब केहि सानो विश्वासीको झुण्ड एक अद्भूत प्रस्तुति दिने साङ्गितिक झुण्डको रुपमा बन्न पुग्छ, तब (येशूले भन्नुभएको छ) उनिहरुको प्रार्थनामा त्यो सामर्थ्य हुन्छ कि उनिहरुले मागेको कुरा पुरा हुन्छ। विश्वासीको त्यस्तो समूहले शैतानको शक्तिलाई बाँध्ने, र उसले कैद गरेकाहरुलाई छुटाउने अधिकार पाउँछ। येशू ख्रिष्टले यस्तो अधिकार किन पाउँछ भनि स्पष्ट रुपमा बताउनुभएको छ "तिमीहरुमध्ये दुईजना, आफूले माग्न लागेको कुनै कुराको विषयमा पृथ्वीमा एक मनका भए भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा त्यो तिमीहरुका निम्ति गरिनेछ।" (२० पद)। येशू, जो शिर हुनुहुन्छ आफ्नो पूरै अधिकार लिएर, यस्तो सङ्गतिको बिचमा उपस्थित हुनुहुन्छ, र तब नरकका अधिकारहरु त्यसको विरोधमा खडा हुन सक्दैनन्। प्रेरितको पुस्तकमा वर्णन गरिएको मण्डलीलाई यस अधिकारको बारेमा केवल एउटा कारणले थाहा थियो, उनिहरुको सङ्गतिमा एकता थियो। "यी सबै एकै मनका भएर.... प्रार्थना र विन्ती चढाउनमा निरन्तर लागिरहे।"; "अनि विश्वास गर्नेहरु सबै एकसाथ थिए....., अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहन्थे....." ; "तिनीहरुले एकै मनको भएर परमेश्वरकोतर्फ आफ्नो सोर उचाले...." (प्रेरित १:१४, २:४४,४६; ४:२४)। उनिहरु ख्रिष्टको अधिकारमा एक शरिर भएको कारणले, प्रार्थनामा परमेश्वरको अधिकारलाई अभ्यास गर्न सके। उनिहरुले धेरै शिक्षा हासिल गरेका थिएनन्, उनिहरुमा कुनै सामाजिक प्रभाव थिएन न त कुनै आर्थिक सहयोग थियो। तर पनि ख्रिष्टको निम्ति उनिहरुले संसार नै उलटपुलट पारिदिए। जब पत्रुस कैदमा थिए, हेरोदको कुनै पनि शक्तिले परमेश्वरको सामु घुँडा टेकेको त्यस पहिलेको मण्डलीको प्रार्थनाको शक्तिलाई सामना गर्न सकेन (प्ररित १२:५-११)। त्यस मण्डलीले शैतानको राज्यलाई जग देखि नै हल्लाएको थियो किनकि रोम साम्राज्यमा भएको मानव जिवनमा ख्रिष्टको विजय र शक्तिलाई देखाउँदै (जसको उदाहरणको हामी प्ररित १९:११-२० मा पाउँछौ) त्यो एक शरिरको रुपमा अघि बढेको थियो।

आज शैतानले एकता नभएको मण्डलीले उसको गणलाई निकाल्नलाई गरेको चालहरु, माध्यमहरु, सम्मेलनहरु, बाइबलिय ज्ञानहरु, प्रचारकहरु र राम्रो गायनहरु देखेर हाँस्छ। शैतानको विरुध्दमा यो कुनै पनि लाभको छैन। मण्डलीलाई ख्रिष्टको शिरत्वमा एक शरिर हुने वास्तविकतालाई फेरि जान्न र बुझ्न आवश्यक छ। एक-अर्कासँगको राम्रो सम्बन्ध, एक-अर्काको निम्ति बढिरहेको प्रेम र ख्रिष्टमा र उहाँको वचनको आज्ञाकारितामा जिउँने हृदय भएको विश्वासीहरुको सङ्गति शैतानको लागि संसारमा सबभन्दा ठूलो खतरा हो। शैतान यो भन्दा बढि अरु केहिसँग डराउँदैन। हामीले यो हाम्रो प्रार्थना बनाऔँ कि प्रभुले हामीलाई प्रत्येक दिन हामी ख्रिष्टको शरिर हौँ भन्ने महिमित सत्यतामा हामीलाई जिउँन सिकाउनुभएको होओस्। जति जति यस संसारको विश्वासीले यो बुझ्न र यस सत्यताअनुसार जिउँन सुरु गर्नुहुन्छ, त्यो मण्डली गन्तिमा सानो भएपनि एउटा ठिक मण्डलीको रुपमा पुनर्स्थापित भएको, परमेश्वरको हातले अन्धकारको शक्तिलाई हटाउनुभएको र खाँचोमा परेको संसारमा आशिषको भागलाई हामीले देख्नेछौँ।