WFTW Body: 

हिब्रूको पहिलो वाक्यले भन्दछ विगतको समयहरुमा परमेश्वरले अगमवक्ताहरु द्वारा बोल्नुभयो, तर अहिले आफ्नो छोरा द्वारा बोल्नुभएको छ । पुरानो करार मुख्यतया परमेश्रबाट आएको निर्देशनको सञ्चार थियो, "तिमीले नगर्नु" र "तिमीले गर्न नहुने" सहितको । तर नयाँ करार चाहिँ परमेश्वरबाटको जीवन सञ्चार उहाँको पुत्र द्वारा हो ।

कारण त्यही थियो येशूलाई एउटा बच्चाको रुपमा पिताले पथ्वीमा पठाउनु भयो । पूर्ण वयस्क मानिसको रुपमा येशूलाई पृथ्वीमा पठाउनलाई पितालाई कुनै समस्या हुँदैनथ्यो । तर उहाँ एउटा बालकको रुपमा आउनुभयो ताकि उहाँलाई नितान्त हाम्रो जस्तो अनुभव होस्, र नितान्त उही परीक्षाहरुको सामना होस् जुन हामीले सामना गर्दछौँ, वाल्यकाल देखिन् माथि ।

तर धेरै इसाईहरुले येशूलाई ३½ वर्षको सेवकाईको दृष्टिले सोच्दछन् र उहाँको कलवरीको मृत्युलाई । मेरो विचारमा यसो भन्नु जायज होला, ३० वर्षको दौरान येशू नासरतमा हुँदा कसरी जिउनु भयो भनेर ९९% विश्वासीहरुले कहिल्यै सोच्दैनन् । तिनीहरुले उहाँको जन्मबारे सोच्दछन् । त्यसको प्रत्येक वर्ष उत्वस मनाइन्छ । तिनीहरुले उहाँको मत्यु र पुनरुत्थान बारे सोच्दछन् । त्यसको पनि प्रत्येक वर्ष उत्सव मनाइन्छ । उहाँले गर्नुभएको चमत्कारको बारेमा सोच्छन् । केवल ती सबै मात्र ।

सायद कोहीले मात्र येशूको जीवनको प्रमुख भागलाई सोच्दछन् । उहाँको सेवकाई उहाँको पार्थिव जीवनको केवल १०% मात्र थियो - ३३½ वर्षहरु मध्येको ३½ वर्षहरु । अनि उहाँको जन्म र उहाँको मृत्यु केवल एक दिनको घटनाहरु थिए । उहाँले नासरतमा विताउनु भएको ३० वर्ष उहाँको जीवनको प्रमुख भाग थियो । उहाँको सम्पूर्ण सेवकाई ती ३० वर्षहरुमा आधारित थियो । उहाँलाई ३० वर्षहरु लाग्यो प्रवचनहरु तयार गर्नलाई जुन उहाँले आफ्नो सेवकाईको दौरान प्रचार गर्नुभयो । "डाँडा माथिको उपदेश" उहाँले यी दिनहरुमा प्रचारकहरुले जसरी तयार गर्छन् त्यो तरीकाले तयार गरेर प्रचार गर्नु भएन - पढ्नलाई बसेर र किताबहरुबाट परामर्श र सहमतिहरु लिँदै, र तिनीहरुका नोटहरु लेख्दै र तीन सफा साना बुँदाहरु जो वर्णमालाको एउटै अक्षरले सुरुवात हुँदछ !! होइन । त्यो उपदेश उहाँको जीवनबाट निस्क्यो । त्यो तयार गर्न उहाँले ३० वर्ष लगाउनु भयो । त्यसैले त्यो धेरै शक्तिशाली थियो र उहाँले अधिकार भएको मानिसले झैं बोलेको सुनेर भीड अचम्मित भयो (मत्ती ७ः२८, २९) ।

पुरानो करारमा, हामीले पढ्दछौँ कि परमेश्वरले यर्मिया सँग केवल निश्चित दिनहरुमा बोल्नुभयो । परमेश्वरले जे बोल्नुभयो यर्मियालाई यर्मियाले त्यही निर्देशित गर्नुभयो उहाँको लेखक बारुकलाई, बारुकले नितान्त त्यही लेख्नुभयो । ठीक त्यही तवरले, परमेश्वरले इजेकिएल सँग निश्चित समयमा मात्र बोल्नुभयो र यहूदाका मानिसहरुलाई के भन्ने त्यो उहाँसँग बोल्नुभयो । अनि इजेकिएल गए र मानिसहरुलाई त्यही भने । त्यो असल थियो । आज त्यही तवरले हामीले प्रचार गरेको भए, यो निकै असल हुनेथियो !

तर नयाँ करारको सेवकाई अझ असल छ ! परमेश्वरले येशूसँग केवल निश्चित दिनहरुमा मात्र बोल्नु भएन, जस्तो उहाँले पुरानो करारका अगमवक्ताहरु सँग गर्नु भएको थियो । परमेश्वरले येशूसँग प्रत्येक दिन बोल्नुभयो र येशूले मानिसहरु सँग उहाँको जीवनबाट प्रत्येक दिन बोल्नुभयो । उहाँको सेवकाई उहाँको जीवनबाट बग्यो । "हाम्रो अन्तस्करणबाट जिउँदो पानीका खोलाहरु वगिनिस्कनेछन्" (यूहन्ना ७ः३८) भन्नुको अर्थ त्यही हो ।

पुरानो नियमको अगमवक्ता केवल एक समाचारवाहक थियो । सन्देश पठाउन, तपाईलाई चाहिने केवल एउटा सम्झना शक्ति हो । तर नयाँ करारमा, परमेश्वरले अरुलाई हस्तान्तरण गर्नको लागि हामीलाई सन्देश दिनुहुन्न, तर उहाँको जीवन ! त्यसपछि तपाईलाई चाहिने राम्रो स्मरण शक्ति होइन, तर एउटा असल जीवन हो - दिव्य जीवन ।

मलाई फरकपना चित्रण गर्न दिनुहोस्ः यदि तपाईले केही पानी एउटा धारोबाट सङ्कलन गर्नुहुन्छ (परमेश्वरबाट सन्देश प्राप्त गर्नु) र यसलाई खन्याउनुहुन्छ - त्यो पुरानो करारको सेवकाईको चित्रण हुनेछ । त्यसपछि तपाई फेरी फर्कि जान सक्नुहुन्छ र केही अरु पानी धारोबाट सङ्कलन गर्न (परमेश्वरबाट अर्को सन्देश प्राप्त गर्नु) र त्यो पनि खन्याउन ।

तर नयाँ करारमा, हामीलाई पानीको मुहान (येशूको आफ्नै जीवन) हामी भित्रै दिइएको छ । अनि त्यो हामी भित्र बाट निरन्तर वगी निस्कँदछ । त्यसैले सन्देश प्राप्त गर्नको लागि हामी प्रत्येक चोटी परमेश्वर सँग गइराख्नु पर्दैन । उहाँले हामीलाई सन्देश तुल्याउनुहुन्छ । हाम्रो जीवन आफैंमा सन्देश हो र हामीले त्यसबाट बोल्दछौँ ।

धेरै जसो मानिसमा एउटा खन्याउने सेवकाई हुन्छ । कोही सँग खन्याउने बेलामा दिनको लागि केही हुन्न, जवकि अरु सँग दिनको लागि केही हुन्छ । तर दुबैले अझै खन्याइरहेकाछन् । अनि त्यसपछि ती दुबै सुक्खा हुन्छन् ।

तर येशूले त्यो स्त्रीलाई सामरियामा भने, मैले अनन्त जीवनको मुहान तिमी भित्र राखिदिनेछु र त्यो तिमीबाट निरन्तर बाहिर निस्कनेछ । (अनन्त जीवन भनेको परमेश्वरको आफ्नै जीवन हो)

यो जीवन त्यही हो जुन प्रभुले हामी भित्रबाट पनि बाहिर निस्केको चाहनुहुन्छ - केवल एक सन्देश मात्र होइन । यो नै नयाँ करारको सेवकाई हो ।