WFTW Body: 

मैले २ कोरिन्थी ३:१८ एउटा यस्तो पद भएको पाएँको छु जसले पवित्र आत्माको सहायताद्वारा हुने नयाँ वाचाको पूरा सेवाकाईलाई वर्णन गरेको छ। जब पवित्र आत्मा मेरो जिवनको प्रभु बन्नुहुन्छ, उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ, (२ कोरिन्थी ३:१७)। “जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता छ”। के कुराबाट स्वतन्त्रता? पापबाट स्वतन्त्र, पैसाको प्रेमबाट स्वतन्त्र, पितापूर्खाबाट चलिआएको धूर्त कुराबाट स्वतन्त्र, र मानिसले मलाई के सोच्छन् भन्ने कुराबाट स्वतन्त्र। यो एउटा ठूलो स्वतन्त्रता हो। त्यहाँ सधैँ परमेश्वरलाई सेवा गर्न र मानिसको सेवा अब उसो नगर्न स्वतन्त्रता छ। पवित्र आत्माले यो कुरा ल्याउनुहुनछ। (२ कोरिन्थी ३:१८)। पवित्र आत्माले बाइबलबाट मलाई येशू ख्रीष्टको महिमालाई देख्न मदत गर्नुहुन्छ। बाईबल ऐना हो। त त्यस महिमामा म येशूको महिमालाई देख्दछु। पवित्र आत्माले हामीलाई केवल शिक्षा र प्रचारको विषयहरु मात्र सिकाउनुहुन्न – कति मानिसहरु बाइबल शिक्षा र प्रचारको लागि मात्र पढ्दछन् – पवित्र आत्माले बाइबलमा ख्रिष्टको महिमालाई पनि देखाउनुहुन्छ। नयाँ करारको सबै कुरा बाइबलमा ख्रिष्टको महिमा देखाउनको निम्ती हो। जसो म त्यस महिमालाई देख्छु, पवित्र आत्माले मलाई उहाँको महिमामा बदलि हुने कुरामा मदत गर्नुहुन्छ। हो, पवित्र आत्माले यो गर्नुहुन्छ।

मानिसहरु भन्छन्, “अनि सेवाकाईको बारेमा खोई त?” म येशूले जसरी सेवाकाई गर्नुभएको देख्छु, त्यसरी नै म पनि सेवा गर्न सुरु गर्छु। म येशूले आफनो सेवाकाईमा बलिदान दिएर प्रचार गर्नको निम्ती विभिन्न ठाउँमा यात्रा गर्नुभएको देख्छु र म पनि त्यसरी नै सेवाकाईमा बलिदान दिएर प्रचार गर्नको निम्ति विभिन्न ठाउँमा यात्रा गर्दै सेवाकाई गर्नेछु। यो नसोच्नुहोस् कि तपाईको सेवाकाई कम मात्राको छ। जब तपाईले पवित्र आत्मालाई १ कोरिन्थी ३:१७,१८ मा बताइए अनुसार काम गर्न दिनुहुन्छ, तपाई धेरै भन्दा धेरै बलिदान दिएर सेवाकाई गर्न सुरु गर्नु हुनेछ, तपाईको जिवन र सेवाकाईको बदली हुवाई हुनेछ तपाई नयाँ वाचाको सेवक बन्नुहुनेछ, र तपाईलाई त्यो गर्न पूरा समय बिताउने कामदार हुनु जरुरी छैन। मण्डलिमा हुनुभएको हरेक भाइ वा बहिनि नयाँ वाचाको सेवक हुनुपर्छ।

“हामी यस सेवाकाईको निम्ति योग्य छैनौँ।” (२ कोरिन्थी ३:५)। हामीले यस सेवाकाईमा चाहिने सबै कुरालाई पूरा गर्न सक्दैनौँ, तर हाम्रो पूर्णता परमेश्वरबाट आउँछ। नयाँ वाचाको सेवकले कहिल्यै पनि परमेश्वरको सेवा गर्नलाई आफूमा भएको कुरामा भर पर्दैन। त्यो सबै परमेश्वरबाटको हो “परमेश्वर, मलाई त्यो कुरा दिनुहोस् र म त्यो कुरा अरुलाई दिनेछु।” यो ति दाखमध्य बाँड्ने नोकरहरु जस्तो हो। यि नोकरहरुले ख्रिष्टको सामु पानी लगेका थिए, उहाँले त्यसलाई दाखमध्य बनाउनुभयो र त्यो उनिहरुले बाँडिदिए। चेलाहरुले पनि पाँच वटा रोटी लगेका थिएँ, येशूले त्यसलाई बडाउनुभयो र उनिहरुले त्यो बाँडिदिएँ। त्यसै गरी हामीले पनि हाम्रो सिमित कुराहरुलाई परमेश्वरकहाँ लान सक्छौँ र परमेश्वरले त्यसलाई आशिष दिनुहुन्छ, अभिषेक गर्नुहुन्छ र बडाउनुहुन्छ। हामीले त्यसरी सेवाकाई गर्नुपर्छ। परमेश्वरको सेवा गरेको कति वर्षपछि, धेरै जना निराश बन्न पुग्नुहुन्छ। उहाँहरुले आफ्नो सिमित कुरालाई प्रयोग गर्नुभएको कारणले निराश बन्न पुग्नुहुन्छ। म यो विश्वास गर्छु हामीलाई परमेश्वरले उहाँको सेवा गर्न स्वस्थ्य पनि दिनुपर्छ। तपाई कुनै कठिन परिस्थितिहरु भएको ठाउँमा जानु पर्ला र तपाईलाई त्यहाँ शारिरिक स्वस्थ्यताको पनि जरुरी हुन्छ। यो प्रतिज्ञाको याद गर्नुहोस्, "तर परमप्रभुको बाटो हेर्नेहरुचाहिँ नयाँ बल पाउँदै जानेछन्, उनीहरु चीलहरुझैं पखेटाले उँभो-उँभो चढ्नेछन्; उनीहरु दगुर्नेछन्, र थकीत हुनेछैनन्; उनीहरु हिँड्नेछन्, र लल्याकलुलुक हुनेछैनन्।” हाम्रो योग्यता परमेश्वरबाटको हो। जब तपाई आर्थिक कमजोरीमा हुनुहुन्छ, तपाईसँग यो वचन छ, “हाम्रो योग्यता परमेश्वरबाटको हो।” तपाईलाई नयाँ वाचामा जे कुराको खाँचो भएतापनि, हाम्रो भरपूरी परमेश्वर हुनुहुन्छ।

उहाँले हामीलाई नयाँ वाचाको सेवक बनाउनुभएको छ। नयाँ करारमा हामी लेखको (अथवा व्यवस्थाको) सेवक होइनौ तर आत्माका सेवक हौँ (२ कोरिन्थी २:६-९)। यहाँ दुईवटा सेवाकाईको बारेमा बताइएको छ, एउटा दोषी ठहराउने सेवकाई अर्को धर्मी ठहराउने सेवाकाई। दोषी ठहराउने सेवाकाई के हो? जब मानिसहरुले तपाईले प्रचार गर्नुहुँदा दोषी महसुस गरेर जान्छन्, त्यो दोषी ठहराउने सेवाकाई हो। तपाईले गर्नुभएको प्रचारले धेरैलाई दोषी ठहरायो भनि तपाई खुसी बन्नुहुन्छ भने त्यो पुरानो वाचा हो। व्यवस्थाले यसो भन्दै दोषी ठहराउँछ – “तपाई कहिल्यै पनि असल हुनुहुन्नथ्यो र कहिल्यै बन्न सक्नुहुन्न।” आज भोली ख्रीष्टियन जगतमा आत्मीक जोशले भरिनको निम्ति विभिन्न सेवाहरुको आयोजना हुन्छ तर त्यहाँ मानिसहरुलाई केवल यो भनिन्छ, “तपाई ठिक हुनुहुन्न, र तपाईले कहिल्यै त्यो कुरालाई पुरा गर्न सक्नुहुन्न। तपाई यस्तो हुनुहुन्छ, तपाई त्यस्तो हुनुहुन्छ।” उहाँहरु त्यहाँ दोषी ठहराइएको महसुस गर्दै बस्नुहुन्छ। त्यो ख्रीष्टियन प्रचार होइन। ख्रीष्टियन प्रचारले मानिसहरुलाई धार्मीकता र महिमामा डोर्याउछ। उहाँहरुले आफूलाई दोषी पाउनुहुन्छ र त्यस्को साथै जोशले भरीनुहुन्छ, सेवाको अन्त्यमा आफू निको र खुसी भएको महसुस गर्नुहुन्छ, र उहाँहरु आशा सहित फर्कनुहुन्छ। यदि तपाईको प्रचारले बन्धनमा पार्छ भनें तपाई यो कुरामा निश्चित हुनुहोस् कि तपाई नयाँ करारको सेवक हुनुहुन्न। यदि तपाईको प्रचारको प्रतिफलमा मानिसहरु जोशले भरिएको सट्टामा दोषी महसुस गर्नुहुन्छ भनें, त्यो पुरानो नियमको प्रचार हो। नयाँ करारको प्रचारले मानिसलाई जोश र आशाले भराउँछ।

२ कोरिन्थी ४:१ मा, पावल आफ्नो सेवाकाईको बारेमा बताउँदै अघि बढ्नुहुन्छ। “यसैकारण हामीमाथि दया भएअनुसार हामीले यो सेवा पाएको हुनाले हिम्मत हार्दैनौं।” ‘हिम्मत हार्नुको’ अर्थ निराश हुनु हो। प्रेरित पावल पनि निराश बन्नको निम्ति परिक्षित हुनुभएको थियो। त्यसैले यदि तपाई पनि निराश बन्न परिक्षित हुनुहुन्छ भनें, त्यो सेवाकाईमा कुनै पनि अचम्म लाग्दो कुरा होइन। म धेरै पटक निराश हुनको निम्ति परिक्षित भएको छु। तर पावलले भन्नुहुन्छ, “हामी हिम्मत हार्दैनौँ किनकी हामी आफ्नो आँखा ख्रिष्टमा लगाउँछौँ र परमेश्वरले हामीलाई दिनुभएको ठूलो सेवाकाईको बारेमा सोच्छौँ।”