WFTW Body: 

यस संसारमा घटेको सबैभन्दा ठूलो युध्द यस संसारको कुनै पनि ऐतिहासिक किताबमा वर्णन गरिएको छैन। त्यो घटना कल्वरीमा घटेको थियो, जब येशूले यस संसारको राजा शैतानलाई आफ्नो मृत्युद्वारा पराजय गर्नुभएको थियो।

हिब्रू २:१४-१५ यस्तो पदहरु हुन् जुन तपाईले आफ्नो जिवनमा कहिल्यै पनि भुल्नुहुदैन। म यो कुरामा विश्वस्त छु कि शैतानले कहिल्यै पनि तपाईले यो पद थाहा पाउनुभएको चाहदैँन। कसैलाई पनि आफ्नो हार या असफलताको बारेमा सुन्न मन लाग्दैन, र शैतानलाई पनि यो सुन्न मन लाग्दैन। त्यहाँ यसरी लेखिएको छ: "यसकारण छोराछोरीहरु मासु र रगतका भागीदार भएका हुनाले उहाँ आफै पनि उसरी नै ती कुराकै भागी हुनुभयो, मृत्युद्वारा मृत्युको सामर्थ्य भएकोलाई अर्थात् शैतानलाई नष्ट गर्नालाई; साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका सबैलाई छुटाउनालाई।" जब येशू मर्नुभयो, उहाँले शैतानलाई शक्तिहिन बनाउनुभयो। किन? ताकि शैतानले हाम्रो जिवनभरिको लागि त्यसले हामीमा राखीदिएको डरको बन्धनबाट हामीले सधैभरिको लागि छुटकारा पाऔँ भनेर। मानिसमा धेरै किसिमको डर हुन्छन् - रोगको डर, गरीबीको डर, मानिसको डर, भविष्यको डर, आदि। यि सबै डरभन्दा ठूलो डर मृत्युको डर हो। अरु सबै डरहरु मृत्युको डरभन्दा सानो हुन्छन्। मृत्युको डरले मृत्यु पछि के हुन्छ होला भन्ने डरलाई उत्पन्न गराउँछ। बाईबलले बताउँछ कि जसले पाप गर्छ ऊ अन्त्यमा नरक जान्छ। शैतान पनि, ति सबैसँग जसलाई उसले छल गरेर यस संसारमा पापको बाटो लगेको थियो, अनन्तसम्म आगोको झिलमा फालिन्छ। येशू यस संसारमा, हाम्रो पापको दण्ड आफूले लिएर हामीलाई त्यस अनन्त नरकबाट बचाउन आउनुभयो। उहाँले हामीमा शैतानको शक्तिलाई पनि नष्ट गर्नुभयो ताकि त्यसले हामीलाई फेरी कहिल्यै हानि गर्न नसकोस्।

म तपाईहरु सबैले यो कुरा तपाईको जिवनभर जानेको चाहन्छु कि : परमेश्वर सधै शेतानसँग लड्न तपाईको पक्षमा हुनुहुन्छ। यो एउटा महिमित सत्यता हो जसले ममा अत्यन्त धेरै उत्साह, सान्तवना र विजय ल्याएको छ, र म यो सत्यता संसारको सबै विश्ववासीलाई बताउन पाउँ भन्ने चाह गर्छु। बाइबलमा यसरी लेखिएको छ, "यसकारण आफूलाई परमेश्वरको अधीनतामा सुम्प। शैतानको सामना गर, र त्यो तिमीहरुबाट भाग्नेछ" (याकूब ४:७)। येशूको नाम यस्तो नाम हो जसले गर्दा शैतान सधैँ भाग्छ। प्राय विश्वासीहरुको मनमा शैतानको बारेमा यो चित्रण हुन्छ कि शैतानले उनिहरुलाई लखेट्छ र उनिहरु उसबाट आफ्नो जिवन बचाउन भाग्नुपर्छ। तर त्यो कुरा बाइबलमा हामीलाई सिकाएको भन्दा उल्टो कुरा हो। तपाईलाई के लाग्छ? शैतान येशूसँग डराउँथ्यो कि नाई? हामी सबैलाई थाहा छ कि शैतान हाम्रो मुक्तिदाताको सामु उभिन पनि सक्दैनथ्यो। येशू संसारको ज्योति हुनुहुन्छ, र अन्धकारको शासकलाई उहाँको सामुबाट भाग्नैपर्थ्यो।

म तपाई जवान भाईबहिनिहरुलाई यो भन्न चाहन्छु, यदि तपाई कुनै कठिन परिस्थितीमा हुनुहुन्छ, या कुनै सहन नसक्ने समस्याहरुको सामना गर्दै हुनुहुन्छ, जब तपाईले केहि कुराको सामना गरिरहनु भएको छ र त्यहाँ कुनै मानविय उत्तर नभएको देख्नुहुन्छ, येशूको नामलाई सम्झनुहोस्। उहाँलाई भन्नुहोस्, "प्रभु येशू, तपाई शैतानसँगको हरेक युध्दमा मेरो साथमा हुनुहुन्छ। मलाई सहायता गर्नुहोस्।" र शैतानलाई भन्नुहोस्, "ह शैतान, येशूको नाममा म तेरो सामना गर्छु।" म तपाईलाई बताउन चाहन्छु, शैतान त्यहाँबाट तुरुन्तै भाग्नेछ, किनभने येशूले उसलाई क्रूसमा हराउनुभएको छ। यदि तपाई परमेश्वरको ज्योतिमा हिँड्नुहुन्छ र येशूको नाममा त्यसको सामना गर्नुहुन्छ भनें, तपाईको सामु शैतान शक्तिहिन बन्छ।

शैतानले पक्कै पनि तपाईले उसको हारको बारेमा थाहा पाउनुभएको चाहदैँन र त्यसैले त्यसले तपाईबाट यो कुरा धेरै अघिदेखि लुकाएर राखेको छ। त्यसैले उसले धेरै प्रचारकलाई पनि उसको हारको बारेमा प्रचार गर्न रोकेको छ।

म तपाईहरुले यो स्पष्ट रुपमा जान्नु भएको चाहन्छु कि प्रभु येशूले शैतानलाई क्रूसमा एकपटक र सधैभरीको लागि हराइसक्नुभएको छ। तपाई अबदेखि उसो कहिल्यै पनि शैतानसँग डराउनुपर्दैन। त्यसले तपाईलाई दु:ख दिन सक्दैँन। त्यसले तपाईलाई हानि गर्न सक्दैन। त्यसले तपाईलाई परिक्षामा पार्न सक्छ, र तपाईलाई आक्रमण पनि गर्न सकछ। तर यदि तपाईले आफूलाई नम्र तुल्याउनुहुन्छ, परमेश्वरको अधीनतामा सुम्पनुहुन्छ र हर समय उहाँको ज्योतिमा हिँड्नुहुन्छ भनें, ख्रिष्टमा परमेश्वरको अनुग्रहले तपाईलाई उहाँमा सधै विजयी बनाउनुहुन्छ। परमेश्वरको ज्योतिमा अथाह शक्ति छ। अन्धकारको शासक शैतान त्यस ज्योतिको राज्यमा कहिल्यै प्रवेश गर्न सक्दैन। यदि शैतानले धेरै विश्वासीमा शासन गरेको छ भनें, त्यो उहाँहरु अन्धकारमा हिँड्नुभएको कारणले हो, गुप्त पापमा जिवन जिएकोले, अरुलाई क्षमा नगरेकोले, या कसैसँग ईर्ष्यालु भएको कारणले, वा आफ्नो जिवनमा केहि स्वार्थपूर्ण लक्ष्य राखेको कारणले आदि। तब शैतानले उनिहरुमाथि नियन्त्रण पाउँछन्। यदि त्यस्तो हुँदैनथ्यो भनें, त्यसले उनिहरुलाई छुन पनि सक्दैनथ्यो।

हामीलाई प्रकाशको पुस्तकमा बताइएको छ कि एक दिन येशू फेरी आउनुहुनेछ र शैतानलाई अथाह कुण्डमा फ्याँकिदिनुहुनेछ, र तब येशूले यस संसारमा हजार वर्षको लागि राज्य गर्नुहुनेछ। त्यस समय पछि, शैतान फेरी छोटो समयको लागि छोडिनेछ, यो देखाउनको लागि कि उसको लामो कैदमा पनि ऊँ बदलिएको छैन। तब ऊ जानेछ र संसारमा भएको मानिसलाई अन्तिम पल्ट छल गर्नेछ। र तब यो देखिने छ कि येशूको हजार वर्षिय शान्तिको राज्य देख्दा देख्दै पनि, आदमको स्वभाव अझै पनि परिवर्तन भएको छैन। तब परमेश्वर शैतानलाई न्याय गर्न आउनुहुनेछ र त्यस्लाई सदाको निम्ति आगोको झिलमा फालिदिनुहुनेछ। र ति सबै जो पापमा जिए, जसले शैतानको सामुन्ने दण्डवत् गरे, र परमेश्वरको आज्ञालाई पालन गर्नुको सट्टा शैतानको आज्ञालाई पालन गर्नेहरु पनि शैतानसँग त्यस आगोको झिलमा फ्याकिनेछन्।

त्यसैले हामी शैतानको हारको सुसमाचार सुनाउछौ। यो सायद विश्वासीले यो समयमा सुन्नुपर्ने सबैभन्दा महत्वपूर्ण सत्यता हो। तर यो याद राख्नुहोस् कि, यदि तपाई पवित्रतामा हिँड्नुभएन भनें तपाईमा शैतानमाथि विजय प्राप्त गर्ने कुनै शक्ति छैन।