WFTW Body: 

यूसुफः

मत्ती १:१९ मा हामी यो पढ्छौ कि जब यूसुफले मरियम गर्भवती भएकी छिन् भन्ने बारेमा सुने, र उनको गर्भ परमेश्वरको अलौकिक काम हो भन्ने कुरा नजानिकनै, यहाँ यसरी भनिएको छ उनी एक धर्मी व्यक्ति भएका हुनाले, उनले तिनलाई अपमान गर्न चाहेनन् तर उनले जे पाप थियो भनी सोचेका थिए त्यसलाई ढाक्ने कोसिस गरे।

यहाँ हामीले धार्मिकताको विषयमा सिक्न सक्ने केहि कुरा छ। सुसमाचारमा अनिवार्य रुपमा हुनुपर्ने सन्देश कसरी एक अधर्मी व्यक्ति धर्मी बन्न सक्छ भन्ने कुरा हो। यूसुफ नयाँ नियममा भएको पहिलो व्यक्ति हुन् जसलाई एक धर्मी व्यक्ति भनियो। र उनको धार्मीकता अर्को व्यक्तिको पाप ढाक्ने विषयमा सम्बन्धित छ, त्यस व्यक्तिलाई लज्जित तुल्याउन खोज्नुसँग होइन। यो एउटा साँचो धर्मी व्यक्तिको मनोभाव हो।

जब तपाईले कसैले पाप गरेको छ भनि सुन्नुहुन्छ, तपाईको तुरुन्तैको प्रतिक्रिया कस्तो हुन्छ? यदि तपाई एउटा धर्मी व्यक्ति हुनुहुन्छ भने, तपाईले त्यसलाई ढाक्न खोज्नुहुन्छ। यदि तपाई एक अधर्मी हुनुहुन्छ भने, तपाईले त्यसको बारेमा अरुसँग कुरा गर्न थाल्नुहुन्छ। त्यहाँ हामी त्यस यूसुफलाई देख्छौ, जससँग पवित्र आत्मा हुनुहुन्नथियो र उनी नयाँ नियमको अधिनतामा थिएनन्, उनी ती हजारौँ विश्वासीहरु भन्दा असल थिए जो नयाँ गरी जन्मिएको दाबी गर्छन्। पुरानो नियमको मापदण्ड अनुसार, यूसुफले त्यो कुरा ढाक्ने कोसिस गरे जुन कुरा उनले पाप हो भनि सोचेका थिए। परमेश्वरलाई धन्यवादहोस् कि उनले कहिल्यै पनि मरियमको बदनाम गरेनन्। किनकि यदि उनले त्यसो गरेको भए, उनले उनी शतप्रतिशत शुद्ध र निर्दोष छिन् भन्ने सत्यता जानेपछि उनमा हुने पछुतो र पश्चातापको बारेमा तपाइ कल्पना गर्न सक्नुहुन्छ ?!

यी कुराहरु हाम्रो निर्देशनको लागि लेखिएको हो। तपाईले कुनै व्यक्तिको कुरा चारैतिर अरुहरुलाई बताउदै हिँड्नुभएको कुरालाई यदि पछि तपाईले ती सबै झुटा रहेछन भनी थाहा पाउनुभयो भने पछि गएर कसरी त्यो कुरा फिर्ता लिन सक्नुहुन्छ? तपाईले जसलाई बताउनुभएको थियो, उनीहरुले पनि त्यो कुरा अरुलाइ बताएको हुन सक्छ सायद अरु दश जनालाई र जसले साटोमा अरुमाझ फैलाएको हुन सक्छ। त्यसैले हाम्रो लागि नयाँ नियमको पहिलो अध्यायमै एउटा चेतावनि र उदारण दिइएको छ। अरुको पापहरु ढाक्नुहोस्। यूसुफको उदारणबाट सिक्नुहोस्।

शेम र येपेतः

उत्पत्ति ९:२०-२७ मा हामी यो पढ्छौ कि एकदिन नूह दाखमध्यले मत्त भए र आफ्नो पालमा आफूलाई नाङ्गो तुल्याए। उनको छोरा हामले त्यो देख्यो र आफ्नो दाजुभाइलाई बतायो। किनकी हामले उनका बाबुलाई अनादर गर्दथे त्यसैले उनमाथी एउटा श्राप आइपर्यो। तर शेम र येपेत आफ्नो पछिल्तिर फर्केर गए र उनीहरुका बाबुको नङ्गनतालाई ढाकिदिए। त्यसैले, तिनीहरु आशिषित भए। यहाँ हाम्रो लागि एउटा महत्वपूर्ण सन्देश छ। यो पवित्र शास्त्रमा पहिलो ठाउँ हो जहाँ हामी परमेश्वरले आफ्नो पितालाई अनादर गरेको कारणले गर्दा एउटा पूत्रलाई र उसको सन्तानलाई श्राप दिनुभएको बारेमा पढ्छौँ।

अधिकारलाई अनादर गर्नु परमेश्वरको सामु एउटा गम्भीर विषय हो। जब तपाईले आफ्नो बुबामा वा कुनै परमेश्वरको जनमा कमजोरी देख्नुहुन्छ, उहाँको नङ्गनतालाई अरुको सामु नल्याउनुहोस्, जस्तो हामले गरे, जबसम्म तपाईले आफैमाथि श्राप ल्याउन चाहनुहुन्न। शेम र येपेत जस्तो हुनुहोस् र त्यसलाई ढाक्नुहोस्। " प्रेमले अनेकौ पापहरु ढाक्दछ" (१ पत्रुस ४:८; हितोपदेश १०:१२)।

नूहले यसो भन्दै शेप र येपेतलाई सङ्गतिको आशिषले आशिष दिए, "परमेश्चरले येपतलाई बढाऊन्! अनि उसले शेमका पालहरुमा वास गरोस् " (उत्पत्ति ९:२७)। हामीले पनि तिनीहरुसँग सङ्गति बढाउनुपर्छ जो सँगै बस्छन् र जसले एक अर्काको पापहरु ढाक्छन्। केवल यस्ता विश्वासीहरुले येशू ख्रीष्टको मण्डली निर्माण गर्न सक्छन्।