WFTW Body: 

परमेश्वरको वचनले "मुक्तिको" विषयमा भूत (एफेसी २:८), वर्तमान (फिलिप्पी २:१२) र भविष्य (रोमी १३:११) गरी तिन कालमा बताउनुहुन्छ - अर्को शब्दमा, धर्मिकरण, पवित्रीकरण र महिमीकरण।

१.धर्मीकरण:

मुक्तिमा जग र आकार हुँदछ। पापको क्षमा र धर्मीकरण जग हो। धर्मीकरण हाम्रो पापको क्षमा भन्दा बढ्ता हुन्छ। यसको मतलव यो पनि हो कि हामी ख्रीष्टको मृत्यु, बौरिउठाइ र उहाँको स्वर्गारोहणको आधारमा परमेश्वरको आँखामा धर्मी ठहरीएका छौ। यो हाम्रो कामहरुको कारणले होइन (एफेसी २:८,९), किनकी परमेश्वरको दृष्टिमा हाम्रो धार्मिक काम पनि मैला थाङ्नाहरुसरह छन् (यशैया ६४:६)। हामीले ख्रीष्टको धार्मिकतालाई पहिरेका छौँ (गलाती ३:२७)। क्षमा पाउन र धर्मि ठहरिन पश्चाताप र विश्वास नभई नहुने कुरा हो (प्रेरित २०:२१)। साँचो पश्चातापले हामीमा पुनर्स्थापनाको फललाई फलाउदछ - हामीले ति पैसाहरु र विभिन्न कुराहरुलाई फिर्ता गर्नुपर्दछ जुन कुरा हामीसँग गलत तरिकाले छ, (जुन हाम्रो होइन), र सकेसम्म उनिहरुसँग माफि माग्नुपर्दछ जसलाई हामीले गलत गरेका छौँ (लूका १९:८,९)। जब परमेश्वरले हामीलाई क्षमा गर्नुहुन्छ, उहाँले यो चाहनुहुन्छ कि हामीले पनि त्यसरी नै अरुलाई क्षमा गरौँ। यदि हामीले त्यो गर्दैनौ भने, उहाँले पनि गर्नुहुन्न (मत्ती १८:२३-३५)। पश्चाताप र विश्वास पछि हामीले पानीको बप्तिस्मा लिनुपर्दछ, यसले परमेश्वर, मानिस र शैतानको सामुन्ने यो गवाहि दिन्छ कि हाम्रो पुरानो मानिस गाडिएको छ (रोमी ६:४,६)। पवित्र आत्माले हाम्रो जिवनमा सामर्थ्यसित काम गर्नु हुन्छ र हाम्रा जिवन र ओठले उहाँको गवाहि दिनेछ (प्रेरित १:८)। पवित्र आत्माको बप्तिस्मा विश्वासद्वारा पाइन्छ, जुन उहाँका सबै सन्तानहरुलाई प्रतिज्ञा गरिएको छ। (मत्ती ३:११; लूका ११:१३)। यो हरेक चेलाको लागि सौभाग्य हो कि उसले यो गवाहि दिने आत्मा पाएको छ कि ऊ साँच्चै परमेश्वरको सन्तान हो (रोमी८:१६) र यो कुरामा पुरा निश्चत हुनसक्छ कि उसले पवित्र आत्मा पाएको छ (प्रेरित १९:२)।

२. पवित्रीकरण

पवित्रीकरण भवनको आकार हो। पवित्रीकरण (जसको अर्थ हो, पाप र संसारबाट 'अलग पारिएको') नयाँ जन्मद्वारा शुरु हुने प्रक्रिया हो (१ कोरिन्थी १:२) र त्यो हाम्रो संसारको जिवनको अन्त्यसम्म चलिरहनुपर्छ (१ थेस्सलोनिकी ५:२३,२४)। परमेश्वरले हामीमा पवित्र आत्माद्वारा आफ्नो व्यवस्था हाम्रो हृदय र मनमा राख्ने कामको शुरुवात गर्नुहुन्छ; तर हाम्रो भाग यो हो कि हामीले, डराउँदै र काम्दै मुक्तिको काम पुरा गर्नुपर्छ (फिलिप्पी २:१२,१३)। हामीले पवित्र आत्माको सहायताद्वारा शरीरको कामलाई मार्नुपर्छ (रोमी ८:१३)। हामीले आफूबाट शरीर र आत्माका मैलाबाट शुध्द पार्नुपर्छ र परमेश्वरको डरमा पवित्रतालाई सिध्द पार्नुपर्छ (२ कोरिन्थी ७:१)। जब कुनै पनि चेलाले यो काममा पवित्र आत्मासँग पूर्ण हृदयका साथ काम गर्छ, उसको जिवनमा पवित्रीकरणको प्रक्रियामा झन् बढ्ता गरी प्रगति हुन्छ। यदि यो काममा कसैले सुस्त ढङ्गले प्रतिकृया दिन्छ भनें उसको जिवनमा यो प्रक्रियाले समय लिन्छ। हाम्रो पवित्रीकरणको चाहनाको साँचो जाँच परिक्षाको समयमा हुदँछ। पवित्र हुनुको अर्थ यो हो कि हाम्रो हृदयमा परमेश्वरको व्यवस्थाको धार्मिकता पुरा भएको छ - र यो पुरानो वाचाको जस्तो बाहिरी रुपले होइन (रोमी ८:४)। येशूले मत्ती ५:१७-४८ मा यहि कुरालाई जोड दिनुभएको छ। येशूले व्यवस्थाको सर्तलाई सङ्क्षिप्त रुपमा परमेश्वरलाई पुरा हृदयले प्रेम गर्ने र आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्ने भनि टुङ्ग्याउनुभएको छ (मत्ती २२:३६-४०)। परमेश्वरले अब हाम्रो हृदयमा प्रेमको व्यवस्था लेख्न चाहनुहुन्छ, किनकी यो उहाँको स्वभाव हो (हिब्रू ८:१०; २ पत्रूस १:४)। यसको बाहिरी जिवनमा देखिने प्रतिफल यो हुन्छ कि त्यहाँ सचेत रुपमा गरिने पापमा विजयको जिवन हुन्छ र येशूको हरेक आज्ञामा आज्ञाकारिता हुनेछ (यूहन्ना १४:१५)। पहिले येशूले राख्नुभएको चेलापनका सर्तहरुलाई पूरा नगरी यस जिवनमा पस्नु असम्भव छ (लूका १४:२६-३३)। यो खासमा केवल हाम्रो सबै नाताहरु र हाम्रो स्वयंको जिवनभन्दा प्रभुलाई पहिलो स्थान दिनु हो र आफ्नो सबै भौतिक सम्पत्ति र स्थानबाट अलग हुनु हो। यो साँघुरो ढोका हो जुन हामी पहिला पस्नुपर्छ। तब पवित्रीकरणको साँघुरो बाटो आउछ। जो पवित्रताको पछि लाग्दैन, उसले परमेश्वरलाई देख्नेछैन (हिब्रू १२:१४)।

३. महिमीकरण

हामी अहिल्यै र यहि समयमा हाम्रो विवेकमा शिध्द हुन सक्छौ (हिब्रू ८:१९,९:९,१४), तर हामी ख्रीष्टको आगमन अघि, उहाँको जस्तै महिमीत शरीरमा हुनुभन्दा अघि बिना पाप शिध्द हुन सक्दैनौ (१ यूहन्ना ३:२)। हामी केवल तब मात्र उहाँ जस्तै हुन सक्छौ, जब हामी उहाँजस्तै महिमीत शरीरमा हुनेछौँ। तर आज पनि हामीमा उहाँ जसरी हिँड्नुहुन्थ्यो त्यसरी हिँड्ने तृष्णा हुनुपर्छ (१ युहन्ना २:६)। जबसम्म हामीसँग यस भ्रष्ट शरीर छ, हामी जति नै पवित्र भएर हिँड्न खोजे तापनि, यसमा नजानिकन गरिने पापहरु प्रशस्त भेटिन्छन् (१ युहन्ना १:८)। तर हामी आफ्नो विवेकलाई निर्दोष राख्न सक्छौ (प्रेरित २४:१६) र यदि हामीले जानि जानि गर्ने पापलाई ध्यान दिन्छौ भने (१ कोरिन्थी ४:४), हामी त्यसबाट मुक्त हुन सक्छौ (१ युहन्ना २:१'क'), । त्यसैले हामी ख्रीष्टको दोस्रो आगमन र हाम्रो महिमीकरणलाई पर्खन्छौ - हाम्रो मुक्तिको अन्तिम भाग, जब हामी पापबिना शुध्द हुन्छौ (रोमी ८:२३; फिलिप्पी ३:२१)।