WFTW Body: 

हिब्रू ४:१३ मा यसरी लेखिएको छ, - "अनि सृष्टिको कुनै वस्तु उहाँका नजरबाट छिपेको छैन; तर जसलाई हामीले हिसाब बुझाउनु छ, उहाँका आँखाको सामु सबै थोक नाङ्गा र खुला हुन्छन्।"

"उहाँको सामु हामीले सबै हिसाब बुझाउनु पर्छ" - यो हरफ धेरै सुन्दर छ। यसको मतलव यो हो कि एउटा मानिस जातिको रुपमा, यस पूरा ब्ह्माण्डमा केवल एकजनालाई हामीले हिसाब बुझाउनु पर्छ, केवल एक जना जसलाई हामीले उत्तर दिनुपर्छ - स्वयं परमेश्वर। यदि तपाई आफ्नो जिवनलाई झन् इश्वरीय बनाउदै जिउन चाहनुहुन्छ, तर आफ्नो जिवनमा केवल अरुको विचारले जिउनुहुन्छ भनें, तपाई उहाँहरुको गुलाम बन्नुहुन्छ।

यदि तपाई परमेश्वरको सेवक बन्न चाहनुहुन्छ भनें, सधै यो कुरालाई याद राख्नुहोस् कि, "तपाईले केवल परमेश्वरलाई हिसाब बुझाउनुपर्छ"। दश हजार मानिसले तपाईलाई ईश्वरीय व्यक्ति भनि बोलाउनुहुन्छ भनें त्यसले तपाईलाई ईश्वरीय बनाउदैनँ। त्यसैगरी, दश हजार व्यक्तिले तपाईलाई सांसारीक भनि बोलाउनुहुन्छ भनें पनि त्यसले तपाईलाई सांसारीक बनाउँदैन।

मानिसहरुबाटको सर्टिफिकेट केहि मुल्यको हुदैनँ। त्यसैले त्यसलाई फोहोर फाल्ने भाडामा फालिदिनुहोस्। अरु मानिसले तपाईको निजी जिवनको बारेमा धेरै थोरै जान्नुहुन्छ, तपाईको विचार, र तपाईको पैँसाको कारोबार, आदि। उहाँहरुले तपाईको केवल एक प्रतिशत जिवनलाई जान्नुहुन्छ - र उहाँहरुको विचारधारा केवल त्यस एक प्रतिशतमा आधारीत हुन्छ। त्यसैले उहाँहरुको विचारधारा व्यर्थको हुन्छ - चाहे त्यो असल होस् या खराब। दुबै असल र खराब फोहोरको भाडामा फालिनको लागि उत्ति नै लायकको छ। त्यसलाई त्यहाँ फालिदिनुहोस्। मैले पनि त्यो धेरै वर्षसम्म गरेको छु। तब मात्र म परमेश्वरको सेवा गर्न स्वतन्त्र भएँ।

यदि तपाई परमेश्वरको सेवा गर्न स्वतन्त्र हुन चाहनुहुन्छ भनें यो भन्नुहोस्, "प्रभु, मैले केवल तपाईलाई हिसाब बुझाउनुपर्छ। म हरेक दिन तपाईको सामु उभिन चाहन्छु। तपाईको आँखाबाट केहि कुरा पनि लुकेको छैन। मेरो जिवनको हरेक कुरा तपाईको सामु खुल्ला र नाङ्गो छ। म मानिसहरुलाई झुक्याउन सक्छु, तर म तपाईलाई झुक्याउन सक्दिनँ।" यदि तपाई त्यसरी जिउनुहुन्छ भनें तपाईले तपाईको जिवनमा केहि असल कुरा भई परिवर्तन भएको देख्नुहुन्छ। तब तपाई नयाँ-करारको जिवन जिउन सुरु गर्नुहुन्छ।