WFTW Body: 

असल सामरीको दृष्टान्तमा, येशूले हामीलाई खाँचोमा परेका भाईहरुलाई मदत गर्ने महत्वको बारेमा सिकाउनुभएको छ (लूका १०:२५-३७)।

त्यहाँ हामी एक बाइबल बिद्वानले येशूलाई अनन्त जिवनलाई कसरी पाउने बारेमा प्रश्न गरिरहेको देख्न सक्छौँ। येशूले जवाफ दिनुभयो कि त्यो कुरा परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गरेर र आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गरेर हुन्छ। तर त्यस बाइबल विद्वानले (आजका कयौँ बाइबल विद्वान जसरी), " कुनै प्रकारका मानिसहरुका निम्ति मात्र आफ्नो प्रेमको कमीलाई सहि ठहराउनको लागी " (लूका १०:२९ - लिविङ्ग अनुवाद), येशूलाई सोधे कि 'छिमेकी' शब्दको सन्दर्भ कसको निम्ति हो। येशूले उसको प्रश्नको उत्तर एक दृष्टान्तबाट दिनुभयो।

येशूले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो जसलाई डाँकूहरुले घायल बनाएका थिए र ऊ सडकमा नै पस्रीरहेको थियो। एक पूजाहारी (परमेश्वरको घरको एक एल्डर)ले उसलाई देख्यो र अर्कोपट्टिबाट तर्केर गयो। ति दिनहरुमा इस्राएलमा सबै जना अब्राहाम, इसाहाक र याकूबका वंश थिए। त्यसैले उनिहरु हामी विश्वासीहरु जस्तै, सबै दाजुभाई दिदीबहिनीहरु थिए। त्यसैले त्यहाँ सडकमा पस्रिएको व्यक्ति पूजाहारीको भाई थियो। तर पूजाहारीले उनलाई देख्यो र अर्को बाटोतिर तर्केर गयो। पूजाहारीले उसलाई न्याय पनि गर्यो होला, यो भन्दै कि उनि यस्तो एकान्त सडकमा राति एक्लै हिँड्नु हुन्न थियो। हामी कति पटक धेरै छिटो न्याय गर्न पुग्दछौँ, जब हामी हाम्रो सङ्गी-विश्वासीलाई पिडामा देख्छौ, उनलाई मदत गर्ने कोसिस गर्न छोडेर उनिहरुको न्याय गर्छौ।

के प्रभुले हामीलाई एक दिन यो भन्नुपर्छ, "म भोकाएको थिए तर तिमीले मलाई केहि पनि खान दिएनौँ। म तिर्खाएको थिए र तिमीहरुले मलाई केहि पनि पिउन दिएनौँ। म नाङ्गो थिए र तिमीहरुले मलाई पहिर्याएनौँ। म बिरामी थिए तर तिमीले मलाई कहिल्यै पनि भेट्न आएनौँ। तिमीले केवल मेरो निम्ति भजन गायौँ र वचन प्रचार गर्यौ, तर कहिल्यै पनि मलाई मेरो खाँचोमा मदत गरेनौँ।" त्यो पूजाहारी आफ्नो खाँचोमा परेको भाइलाई बचाउनु भन्दा यरुशलेमको सङ्गतिमा पुग्नको निम्ति बढि उत्सुक थियो। येशूले चेतावनी दिनुभएको छ कि धेरै मानिसहरु जस्ले सङ्गतिमा नियमित प्रचार गर्छन्, उनिहरु समेत अन्तिममा नरक जान सक्दछन् (मत्ती ७:२२,२३)।

तब, एउटा लेवी (परमेश्वरको घरको एउटा भाइ) पनि त्यस ठाउँमा आइपुग्यो, र उसले पनि त्यस खाँचोमा परेको भाइलाई बेवास्ता गर्यो। ऊ पनि परिक्षामा असफल भयो। ऊ पनि सङ्गति ठिक समयमा पुग्न चाहन्थ्यो। यि दुई मानिस परमेश्वर उनिहरुसँग के बोल्न चाहनुहुन्छ भनि सुन्न जान चाहन्थे। तर उनिहरुले यो थाहा पाएनन् कि परमेश्वर उनिहरुसँग त्यस खाँचोमा परेको भाईलाई मदत गर्ने बारेमा बोलिसक्नु भएको थियो। तर उनिहरुसँग प्रभुले उनिहरुसँग बोल्न खोज्नुभएको कुरा सुन्ने कान थिएन। र त्यसैले, परमेश्वरको निम्ति उनिहरुले त्यस बिहान गाएको भजन र गरेको प्रार्थना सबै बेकारको थियो। परमेश्वरले प्रायजसो आफ्ना जनहरुको पिडा उनिहरुलाई पिडामा देख्ने मानिसहरुको हृदय जाँच्नको निम्ति प्रयोग गर्नुहुन्छ। अय्यूबको समयलाई बिचार गर्नुहोस्। परमेश्वरले उनको तिन साथीको हृदय अय्यूबको पिडाद्वारा जाँच्नुभयो। र ति तनै साथीहरु त्यस जाँचमा असफल भए।

के हामी ख्रीष्टको दृष्टान्तमा भएको पूजाहारी र लेवीमा आफैलाई देख्छौ? यदि देख्छौँ भने, हामी पश्चाताप गरौँ र आउँदो दिनमा आफू पूर्ण रुपमा भिन्न भएको देख्न पाऔँ। पूजाहारी र लेवी पूरानो करारका मानिसहरु थिए। तर हामी नयाँ करारका विश्वासीहरुको रुपमा माथिल्लो तहमा उचालिएको दाबी गर्छौँ। त्यसो हो भने, हामी येशू जस्तै प्रस्तुत हुनको निम्ति बोलाइएका छौँ। र हामीले आफैलाई सोध्नुपर्छ कि हामीले उहाँलाई ठिक तरिकाले प्रस्तुत गरेका छौँ कि छैनौँ।

अन्त्यमा, त्यो तुच्छ ठानिएको सामरी (आज, एक यस्तो भाईको प्रतिक हो जो बेबिलोनियन शिक्षाहरु सम्बन्धित छन् - धेरै गलत सिध्दान्तहरु भएको) जसले त्यस गरिब र घायल मानिसलाई मदत गरे। त्यो सामरी कुनै एल्डर वा प्रचारक थिएनन्। उनि ति शान्त मानिसहरु मध्ये एक थिए जो सधै अरु खाँचोमा परेकाहरुलाई मदत गर्न तयार थिए - जस्ले आफ्नो कार्यको बारेमा कसैलाई थाहा दिदैनन्। जब उनले त्यस घायल व्यक्तिलाई देखे, उनले यो महसुस गरे कि त्यसतो बिपत्ति उनलाई पनि हुन सक्थ्यो। त्यसैले उनले आफैलाई इन्कार गरे र आफ्नो खाँचोमा परेको भाईलाई मदत गर्न आफ्नो समय र पैसाँ खर्चिए।

त्यहाँ हामी प्रभु येशूको साँचो चेला हुनुको अर्थ देख्न सक्छौँ। हामीले ख्रिष्टको चरित्रलाई कुनै शिक्षाहरुद्वारा देखाउने नभएर हाम्रो खाँचोमा परेको भाइहरुसँगको हाम्रो व्यवहारद्वारा देखाउने हो, जसलाई हामीले हाम्रो जिवनको बाटोमा भेट्छौँ। यसको मतलव सबैसँग भलो, प्रेमिलो र दयालु हुनु हो।

परमेश्वरले हामी सबैलाई त्यस मार्गमा भएर हिँड्न मदत गर्नुभएको होस्। आमेन्!