द्वारा लिखित :   Jeremy Utley कोटिहरू :   घर भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

मानव सम्बन्धहरुमा असहमतिहरु अपरिहार्य छन्, इमानदार विश्वासीहरु बीच पनि । ख्रीष्टियानहरुको रुपमा, हामी विश्वास गर्छौं कि त्यहाँ केही चीजहरु छन् जुन हामीले कठिनाइको समयमा कहिल्यै विचार पनि गर्नु हुँदैन । उदाहरणको लागि, जब हामी दुःखी हुन्छौं, हामी हाम्रो प्रतिद्वन्दीलाई मार्ने विचार पनि गर्दैनौं । यो एक सम्भावना हो भनी सोच्दा पनि हास्यास्पद छ । त्यसैगरी, वैवाहिक जीवनमा पनि, हामी आफ्नो असहमति सुल्झाउन सम्बन्धविच्छेदलाई विकल्प मान्दैनौं । सम्बन्धविच्छेद वैवाहिक जीवनमा पति पत्नीहरु बीच अकल्पनीय विकल्प हुनुपर्छ जसरी साथीहरु बीच विवादमा हत्या अकल्पनीय छ ।

के नगर्ने जान्नुको अतिरिक्त, कठीन समयमा के गर्ने भनेर जान्नु महत्वपूर्ण छ । हामीले हाम्रो द्वन्द्वलाई स्वस्थ, रचनात्मक ढंगले समाधान गर्न उपायहरु खोज्नुपर्छ ।

मेरो आफ्नै वैवाहिक जीवनमा, निम्न दुई चीजहरु सम्झनाले ठूलो मद्दत गरेको छः

म पहिले आफैं मर्ने हुनुपर्छ

सतप्रतिशत एउटै पक्षलाई दोष लगाउने अवस्था लगभग कहिल्यै हुँदैन । दुबै पक्षहरु कुनै पनि असहमतिको लागि जिम्मेवारीको केही अंशको स्वामित्वमा छन् । "घरको प्रमुख" को रुपमा, म विश्वास गर्छु कि पुरुषले आफ्नो भागको लागि माफी मागेर नेतृत्व आफैले लिनुपर्छ, ९९.९% दोष आफ्नी श्रीमतीको हो भनेर उसलाई महसुस भएतापनि । (यो अविश्वसनीय रुपमा असम्भव छ कि यस्तो अनुभवको अनुपातले वास्तविकता प्रतिबिम्वित गर्दछ)

एउटा कुरा मैले सिकेको छु कि मैले एकअर्कालाई जगाउने आशामा माफी माग्नु हुन्न । मेरो लक्ष्य मेरी श्रीमतीलाई "फिर्ता माफी मगौने" भन्ने हुनु हुँदैन, बरु साँचो तवरले स्वीकार गर्ने र मेरो जिम्मेवारी पुरा गर्नु हो । निसन्देह, म चाहन्छु कि मेरी श्रीमतीले माफी माग्नुपर्छ, तर त्यो एक शारीरिक इच्छा हो । म मेरो इच्छा र मेरो आफ्नै आकांक्षाहरुको लागि मर्नु आवश्यक छ, र यसको सट्टा केवल प्रश्नमा मेरो आफ्नै कमजोरीहरुको लागि जिम्मेवार र चिन्तित हुनु हो ।

आज ख्रीष्टियान जगत्मा श्रीमान् "आत्मिक अगुवा" हुने बारे धेरै चर्चा छ । मैले बारम्बार नवविवाहित भाइहरुलाई भनेझैं, आत्मिकनेतृत्वमुख्यतयाआफ्नोलागिमर्नेसम्बन्धमापहिलोव्यक्तिहुनुहो पुरुष शिर हुनुको अर्थ के हो भन्ने बारे ख्रीष्टियान जगतमा व्याप्त सबै प्रकारका संसारिक विचारहरु छन्ः आदर गर्नलाई आज्ञा, आज्ञापालन, घरको शासक हुने, आदि । यी सबै गलत धारणाहरु हुन् । साँचो आत्मिकी अगुवापन भनेको के हो भनी जान्नको लागि, हामीले येशूलाई हाम्रो आत्मिकी शिरको रुपमा हेर्नुपर्छ, र यहाँको मण्डलीको दुलाहाको रुपमा । हाम्रो आफ्नै शिरमा हेर्दै र उहाँले आत्मिक रुपमा आफ्नो मण्डलीलाई कसरी अगुवाइ गर्नुभयो भनेर हेर्दा, हामी येशूको आत्मिक नेतृत्वलाई हरेक दिन उहाँको आफ्नै इच्छालाई अस्वीकार गरेर, आफैंमा मर्ने, आफ्नो पितालाई हेर्दै, पवित्रआत्मामा भर पर्दै, आफ्नो कु्रस बोकेर सेवा र प्रेममा हाम्रो मुनि उक्लँदै गरेकोमा परिभाषित भएको देख्दछौं । उहाँले कहिल्यै पनि आदर, वा जबरजस्ती आज्ञाकारिताको माग गर्नुभएन, बरु परमेश्वर पिताको इच्छा प्रति नम्रतामा समर्पण र आज्ञाकारिताको उदाहरण बन्नुभयो ।

घरमा पुरुषको हैसियतमा हामीले पनि गर्नै पर्ने कुरा यही होः नेतृत्वमा हाम्रो आत्मिक कार्यको रुपमा परमेश्वरलाई नम्रतामा समर्पणको उदाहरण बन्नुहोस् ।

पहिले परमेश्वरसँग आफ्नो सम्बन्ध स्थापित गर्न खोज्नुहोस्

एउटा तस्बिर जसले मलाई मेरो आफ्नै विवाहमा विवाद वा असहमती समाधान गर्ने बारे सोच्न मद्दत गरेको छ त्यो पियानो बजाउँदै गरेको हातको हो । यी हातहरु विवाहमा पति र पत्नीसँग तुलना गर्न सकिन्छ । बजाउनेको हातले राम्रोसँग बजाउँदै गरेको सोच्नुहोस् । तिनीहरु आफ्नै प्रयासहरु द्वारा, कङ्गारुको खल्तीमा सँगै विताएको समय, आदिको माध्यमबाट समन्वय गर्दैनन्, बरु केवल किनभने तिनीहरु दुवै बजाउनेको टाउकोमा पूर्णरुपमा जोडिएका हुन्छन् ।

विवाहमा मलाई लाग्थ्यो कि हामीले "एउटै बुझाईमा पुग्न" इत्यादिको लागि धेरै लामो वार्ताहरु गर्नु आवश्यक छ, जुन वास्तवमा हात मात्र "सँगै धेरै समय विताउने" मा थियो; यसले वास्तवमा कहिल्यै सन्तुलनमा राख्दैन । एकता भनेको समन्वय र सञ्चारको कार्य हो भनी मैले गल्तीले सोचे, तर बढी समन्वय र सञ्चारले थप एकतामा परिणत भएन । प्रायः, मेरो आफ्नै प्रयासले केवल ठूलो असहमतिको परिणाम दिन्छ ।

जब मैले देखे कि यदि हातहरुमा समन्वय भएन भने, यसको अर्थ तिनीहरु मध्ये एक बजाउनेको शिर देखि अलग्गिएको हुनुपर्छ, यी सबै अर्थपूर्ण छन् ! विच्छेद पक्षघात हो, र हामीले आशा गर्न सक्दैनौं कि एक पियानो बजाउनेले एक पक्षघाती हातले सुन्दर तवरले बजाउन सक्ला । त्यसरी नै, विवाहमा, हामीले सँगै पक्षघाती सदस्य जस्तै धेरै समय व्यतित गर्नु पर्दैन; हामीले हाम्रो शिर सँगको पूर्ण पुनस्र्थापना खोज्नु पर्दछ ।

परमेश्वरलाई प्रथमत व्यक्तिगत तवरले खोज्नु, मैले मेरो आफ्नै हृदयलाई जाच्दै(र उहाँलाई मेरो हृदयको खोजी गर्न अनुरोध गर्दै र केही रीस छ भने त्यो प्रकट गर्नलाई), उहाँले मलाई प्रकट गर्नुहुने कुनैपनि कुरालाई सच्याउन उत्सुकतापूर्वक संकल्प गर्दै, मेरो पार्थिव सम्बन्धलाई पुनस्र्थापित गर्नका लागि छलफलमा विभिन्न दृष्टिकोण र रणनीतिहरु प्रयोग गर्नु भन्दा बढी उत्पादनशील र फलदायी बाटो हो ।

जसै हामीले यो गरेका छौंं, हामीले धेरै असहमतिहरु पूर्णतया पूर्ण रुपमा हराएको पाएका छौं, थप छलफलको आवश्यकता विना । जब हामी थप कुराकानी चाहन्छौं, हामी सदस्यहरुको रुपमा फलदायी तवरले संलग्न हुनसक्छौं जुन पूर्णरुपमा काम गर्ने, स्वस्थ हातहरुको रुपमा स्वास्थ्यमा पुनस्र्थापित भएका छन् ।

भाइ जैक पूनेनले हाम्रा सबै मानिसहरु सम्बन्धहरु (तेर्सो काठ) लाई परमेश्वर सँगको हाम्रो सम्बन्धको सन्दर्भमा (लामो ठाडो काठ) वर्णन गर्न कु्रसको चित्र प्रयोग गर्नुभएको छ, र यो तस्वीर विवाहमा निश्चित रुपमा सत्य छः भत्किएको माथिको सम्बन्धले कुनै पनि तेर्सो सम्बन्धलाई फस्टाउन दिँदैन, र लगभग सबै भत्किएको संसारिक सम्बन्ध विग्रिएको माथिको सम्बन्धको कारणले हो ।

हाम्रो विवाहको लागि परमेश्वरको इच्छा यो हो कि तिनीहरुले हामीलाई उहाँसँग पूर्ण एकतामा ल्याउनका लागि उहाँको छुटकाराको प्रेमको अचम्मको प्रदर्शन गरेका होउन् (एफिसी ५ः३१-३२) । यी दुई तरीकाहरु हुन् जसमा हामी व्यक्तिगत रुपमा उहाँको प्रेमलाई हाम्रो वैवाहिक सम्बन्धलाई विभाजन गर्न खोज्ने डर बोकेका असहमतिहरुमा प्रतिबिम्बित गर्न खोज्न सक्छौं ।