WFTW Body: 

हबक्कूकको पुस्तक एउटा यस्तो मानिसको घटना हो जससँग प्रश्नहरु थिए तरैपनि जसले शङ्कादेखि निश्चियतासम्म यात्रा गरे। उनी शङ्कबाट शरु गर्छन्, "हे परमप्रभु, कहिलेसम्म म पुकारुँ, र तपाईँ सुन्नुहुन्न? 'अत्याचार!' भन्दै म तपाईकहाँ चिच्याउँछु, र तपाई बचाउनुहुन्न!"(हबक्कुक १:२) तर उनी निश्चयतासाथ अन्त गर्छन्: " परम प्रभुमा रमाउनेछु।प्रभु यहोवा मेरो बल हुनुहुन्छ। उहाँले मलाई अग्ला ठाउँहरुमाथि हिँडाउनुहुन्छ ।"(हबक्कुक ३:१९)


जब हबकूकले प्रभुलाई देखे, उनको हृदय प्रशंसाले भरिएको थियो:"तर परमप्रभुचाँहि आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; सम्पूर्ण पृथ्वी उहाँको सामु चुपचाप रहोस्!" (हबक्कक २:२०)। उनको विश्वासको समस्या अन्तमा विजयमा परिणत भयो। उनले भने, "हे प्रभु, म तपाईंको महिमाको सामु मौन छु। मसँग अरू प्रश्नहरू छैनन्। " जब अय्यूबले परमेश्वरको महिमा देखे उनले पनि भने, "अहिले मेरो आँखाले तपाईलाई देख्दैछ। म मेरो हात आफ्नो मुखमाथि राख्नेछु "(अय्यूब ४२:५, ४०:४,५)। अय्यूबले प्रभुलाई एकपटक देखेपछि उनीसँग अरु कुनै प्रश्न थिएन।परमेश्वरले तपाईको सबै १०,००० प्रश्नहरूको उत्तर दिनुहुनेछैन किनकि यदि त्यसो गर्नुभयो भने तपाईसँग अरु थप १०,००० प्रश्नहरू हुनेछन्! जवाफ भनेको (अय्यूबको र हबकूकको ममिलामा) प्रभुलाई नै देख्नु हो। परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ। के तपाईंले उहाँलाई देख्नुभएको छ? तब तपाईंको शरीर उहाँसामु चुप हुनेछ र तपाईंसँग कुनै प्रश्नहरू हुनेछैन!

जब हबक्कूकले परमेश्वरलाई देखे, उनले विश्वासको जीवन बिताउदा पाउने इनाम देखे। परमेश्वर-केन्द्रित जीवन एउटा विजयी जीवन हो। हबक्कूक जसले परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिन केही गर्नुभएन भनेर सोचेका थिए, उनी अब परमेश्वर आफ्नो क्रोधमा कृपालाई सम्झना गर्नुहोस् भनेर प्रार्थना गर्दैछन् (हबक्कूक ३:२)। उनी जसले परमेश्वरले आफ्ना मानिसहरूलाई त्याग्नुभयो भनी कल्पना गरेका थिए, अहिले उनले प्रशंसाको गीत गाँउछन्। उनी भन्छन्, "तपाईले गर्नुभएको कुराहरु देखेर म अचम्मित परेँ। जब म परमपवित्रलाई हेर्छु, उहाँको अद्भुत महिमाले आकाश भरिन्छ। पृथ्वी उहाँको प्रशंसाले भरिएको छ। उहाँ कति अद्भुत परमेश्वर हुनुहुन्छ। उहाँ आफ्नो उत्तम सामर्थ्यमा आनन्दित हुनुहुन्छ। जब उहाँले हेर्नुहुन्छ, जातिहरू काँप्छन्। तपाईं आफ्ना अभिषिक्त जनहरूलाई, चुनिएकाहरुलाई बचाउन निस्कनुभयो। तपाईंले दुष्टको घरको शिर कुच्च्याउनुभयो।" (हबक्कुक ३:२-१४)

हबक्कूकले पहिले परमेश्वरलाई देखे, बेबिलोनीहरूलाई होइन। शुद्ध हृदयले जताततै र सधै परमेश्वरलाई देख्नेछ, (मत्ती ५:८)।अहिलेसम्मको समस्या यो थियो कि हबक्कूकले केवल दुष्ट बेबिलोनीहरूको फलिफाप भएको देखिरहेका थिए। तर अब उनीले सबै कुरा परमेश्वरकै नियन्त्रणमा रहेको देखे। "दुष्टको घरको शिर" शैतानलाई जनाउन प्रयोग गर्न सकिन्छ, जसलाई येशूले क्रूसमा कुच्च्याउनुभयो। हबक्कूकले सबै प्रश्नहरुको जवाफ पाए जब उनले परमेश्वरको महिमा र उहाँको महानता परमेश्वरको देखे। जब उनले परमेश्वरलाई देखे उनी भित्रभित्रै भयभीत भए र भने, "म सङ्कष्टको दिनमा विश्राम पाउनेछु, जब यस जातिको बिरोधमा चढाई गर्छ" (हबक्कूक ३:१६)। जब तपाईलाई शङ्का लाग्छ, यसबारे परमेश्वरसँग कुरा गर्नुहोस् मानिससँग होइन।परमेश्वरको हबकूक र हाम्रो लागि अन्तिम शब्द हो "पर्ख"। जब हबकूकले परमेश्वरलाई पर्खे र उहाँलाई सुने, उनको गुनासो भजनमा परिणत भयो। हाम्रो लागि पनि यहि सत्य हुनेछ। सबै भन्दा गाह्रो काम पर्खनु हो।

हबकूकको प्रशंसाको अद्भुत भजन सम्पूर्ण पुरानो नियममा विश्वासको सबैभन्दा सुन्दर भजनहरु मध्ये एक हो। उनी यहाँ नयाँ करारका सन्तहरूले जसरी गाउँछन्: " चाहे नेभाराको रुख नफूलोस्, र दाखका बोटहरुमा फल नलागोस्, चाहे जैतुनको रुखको मेहेनत खेर जाओस् , र खेतबारीहरूले खानेकुरा नउब्जाउन्; चाहे खोरबाट भेडाबाख्राहरु नष्ट होउन्, र गोठहरुमा केहि गाईवस्तु नरहुन्, तापनि मचाँहि परमप्रभुमा रमाउनेछु; मेरो उद्धारका परमेश्वरमा म हर्षित हुनेछु ।"(हबकूक ३:१७,१८) अय्यूबले जस्तै, उसको कामधन्दा बरबाद भएको हुन सक्छ र उसले सबै चीज गुमाएको हुन सक्छ। तर ऊ अझै आनन्दित हुनेछ किनकि उसको आनन्द प्रभुमा छ, पृथ्वीमा भएको अरु कुनै कुरामा होइन। हाम्रो वरिपरिका सबै कुराहरु असफल भए तापनि, हामी अझै पनि हाम्रो मुक्तिदाता परमेश्वरमा आनन्दित हुनेछौँ। प्रशंसाको भजन भनेको विश्वासको भित्री विजयको बाहिरी प्रदर्शन हो। " तब उनीहरूले उहाँका वचनहरूमा विश्वास गरे; र उनीहरुले उहाँको स्तुति गाए। " (भजनसंग्रह १०६:१२)। हबक्कूक भन्छन, " प्रभु यहोवा मेरो बल हुनुहुन्छ, अनि उहाँले मेरा पाउहरु हरिणहरुका जस्ता तुल्याउनुहुनेछ; अनि उहाँले मलाई मेरा अग्ला ठाउँहरुमाथि हिँडाउनुहुनेछ ।"(हबक्कूक ३:१९) शुरुमा धेरै शङ्का र डर भएका यो भविष्यवक्ता अब भन्छन् कि प्रभुले उनलाई शङ्काको हरेक पहाडहरुबाट माथि सुरक्षित तबरमा लैजानुहुन्छ र उनलाई त्यो पहाडमा हरिणका जस्ता अड्डिने पाउहरु भएको बनाउनुहुनेछ जस्तो चट्टानहरूमा हरिणले आफ्नो खुट्टा चिप्लाउँदैन। हबक्कूकले अन्तमा एउटा चाखलाग्दो सानो नोट थप्छन् : "( प्रधान वादकको निम्ति: मेरो तारवाला बाजाहरुमा)" (हबक्कुक ३:१९)। उनले के भनिरहेका छन् भने चाहे सबै कुराहरु हराएको किन नहोस्, यसलाई एउटा शोकको भजन जसरी नगाऔँ! यो आनन्दमय संगीत हुनपर्छ - र निश्चित गर्नुहोस् कि सांगीतिक बाजाहरु ठिकसँग प्रयोग गरिएको होस्! हामीले आफ्नो सारा हृदयले परमप्रभुको प्रशंसा गर्न सिक्नुपर्छ। कहिल्यै पनि एक्लोपना, नीरस तालमा भजनहरू गाउनु हुँदैन।यस ब्रह्माण्डमा चाहे जेसुकै होस्, प्रभु सिंहासनमा हुनुहुन्छ र येशू विजेता हुनुहुन्छ ।त्यसैले आउनुहोस्,, हाम्रो सोर र परमेश्वरले हामीलाई दिनुभएका सबै बाजाहरु उहाँको प्रशंसा गर्न र उहाँको नाम उच्च पारौँ। आमेन