द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चेलाहरू आत्मा भरिएको जीवन
WFTW Body: 

मण्डली इतिहासबाट हामी ठूला पाठहरु सिक्न सक्छौ। जब परमेश्वर आफ्ना जनहरुको लागि केहि गर्न चाहनुहुन्छ, उहाँ सधै एक जनाबाट सुरु गर्नुहुन्छ। उहाँले इस्राएलीहरुलाई छुटकारा दिनुभन्दा अघि एउटा सुहाउदो व्यक्ति खोज्नुपर्यो। त्यस व्यक्तिको तालिमको लागि ८० वर्षको समय लाग्यो - र त्यो केवल एउटा शैक्षिक तालिम थिएन। मोशाले मिश्रको सबभन्दा असल विध्यालयमा तालिम लिएका थिए, तर त्यसले उनलाई परमेश्वरको कामको लागि तालिम दिएन। प्रेरित ७ मा, स्टिफनस बताउँदछन् कि मोशा आफ्नो वचन र काममा सामर्थी थिए। उनी ४० वर्षको उमेरमै एउटा सामर्थी व्यक्ति थिए, एउटा प्रख्यात वक्ता थिए। उनी एउटा महान सैनिक अगुवा थिए, धेरै धनी व्यक्ति थिए र उनी संसारमा भएको सबभन्दा विकसित देशले दिन सक्ने सबभन्दा असल शिक्षाले शिक्षित बनेका थिए - किनकी त्यस समयमा केवल मिश्र एउटा यस्तो देश थियो जससँग शक्ति थियो। त्यो सब भएर पनि, उनी परमेश्वरलाई सेवा गर्न अयोग्य थिए। स्टिफनसले यो बताउछन्, इस्राएलिहरुले परमेश्वरले उनलाई तिनीहरुको छुटकाराको निम्ती बढाउनु भएको हो भनी चिन्छन् होला भनी मोशा ठान्दथे। तर तिनीहरुले उनलाई तिनीहरुको अगुवाको रुपमा चिनेनन्। ती सबै सांसारिक प्रशिध्दता र क्षमताले परमेश्वरले उसको निम्ति तयार पार्नुभएको कामको लागि उनलाइ तयार बनाउदैनथ्यो।

आज धेरै ख्रिष्टियनहरु तिनीहरुसँग बाइबलको ज्ञान, संगितको क्षमता र थुप्रो पैसा भएकोले तिनीहरुले परमेश्वरको सेवा गर्न सक्छन् भनी सोच्छन्। तर तिनीहरु भुलमा परिरहेका छन्। तिनीहरुले मोशाको जीवनबाट यस संसारले दिनसक्ने ४० वर्षको असल कुराहरुले उनलाई परमेश्वरको कामको लागि तयार पार्न सकेन भन्ने कुरा सिक्नपर्छ ।

मोशालाई तयार पार्नको लागि परमेश्वरले उनलाइ अर्को ४० वर्ष महल भन्दा पुर्णतः छुट्टै किसिमको ठाऊँ, उजाडस्थानबाट भएर लैजानपर्यो। उनी आफ्नो मानविय शक्तिबाट तोडिनुपर्नेर्थ्यो। र परमेश्वरले यो उनलाई भेडाको गोठालो बनाएर र उनको ससुरासँग बस्न र उनको लागि काम गर्न दिएर पुरा गर्नुभयो - ४० वर्षको लागि। एउटा पुरुषको लागि आफ्नो ससुरासँग केवल एक वर्ष बस्न पनि अपमानजनक कुरा हुन सक्छ! म जान्दछु कि भारतमा धेरै विवाहित स्त्रीहरु आफ्नो पुरा जिवन आफ्नो ससुरासँग बस्दछन्। तर एउटा पुरुषको लागि आफ्नि पत्निको बुबासँग बसेर र साथै उनको लागि काम गरेर बस्नु एउटा भिन्न कुरा हो। एउटा पुरुषको लागि यो एउटा नम्रताको अनुभव हुन सक्दछ। तर परमेश्वरले मोशालाई यसरी नै तोड्नुभयो। परमेश्वरले याकूबलाई पनि यसरी नै तोड्नुभयो। उनी पनि आफ्नो ससुरासँग २० वर्षसम्म बस्नुपर्यो। परमेश्वरले आफ्नो छोराछोरीलाई तोड्नलाई ससुरा र सासुको प्रयोग गर्न सक्नुहुन्छ। मिश्रको विध्यालयहरुले मोशालाई सिकाउन नसकेको कुरा, उनले भेडाहरु चराउदै र आफ्नो ससुराको सेवा गर्दै उजाडस्थानमा सिके। र त्यस ४० वर्षको अन्त्यमा, मोशा यति टुटेका थिए कि जो कुनै समयमा प्रख्यात थिए र जसले इस्राएललाई छुटाउन सक्छु भनी सोच्थे, अहिले यो बताउछन् कि, "प्रभु, म योग्य छैन। म राम्ररी बोल्न जान्दिनँ। कृपया तपाईको जनहरुलाई अगुवाइ गर्न कोहि अरुलाई पठाउनुहोस्।" तब परमेश्वरले भन्नुभयो, "अन्त्यमा तिमी तयार भयौ। अब म तिमीलाई फाराओकहाँ पठाउनेछु" (प्रस्थान ४:१०-१७)।

हामीले मोशा र याकूबबाट सिक्नुपर्ने शिक्षा के हो? केवल यो हो कि जब तपाई सोच्नुहुन्छ कि तपाई तयार हुनुभएको छ, तपाई तयार हुनुहुन्न। जब तपाई सोच्नुहुन्छ कि तपाई योग्यको हुनुहुन्छ, तपाई बलियो हुनुहुन्छ, तपाईसँग ज्ञान छ, तपाई बोल्न, गाउन, र बाजाहरु बजाउन सक्नुहुन्छ, र परमेश्वरको लागि उदेकको कामहरु गर्नुहुन्छ, परमेश्वर भन्नुहुन्छ, "तिमी अयोग्य छौ। तिमी नतोडिएसम्म मैले पर्खनुपर्छ।" याकूबको लागि त्यो प्रकृया २० वर्ष लाग्यो, मोशाको लागि ४० वर्ष लाग्यो, पत्रुसको लागि ३ वर्ष लाग्यो, र पावलको लागि कम्तिमा ३ वर्ष लाग्यो। हाम्रो लागि कति समय लाग्छ? त्यो हामीले आफुलाई कति छिटो परमेश्वरको सामर्थी हातमा सुम्पिन सक्छौँ, त्यसमा भर पर्छ। यसमा हाम्रो लागि सन्देश र चेतावनी छ। तपाईको जिवनको लागि परमेश्वरको योजना हुन सक्छ। तर त्यो तपाई आफैँ नटुट्नुभएसम्म पुरा हुदैन। तपाईमा उहाँले चाहनु भएको १० वर्षको कुरालाई ४० वर्ष लाग्न सक्छ। त्यसैले, परमेश्वरको सामर्थी हातमा आफुलाई राखि छिटो नम्र बन्नु असल हो - जुन उहाँले हाम्रो मार्गमा पठाउनुहुने परिस्थितीहरुलाई जनाउँदछ।

विलाप ३:२७ बताउँछ, "आफ्नो जवानीका दिनहरुमा जुवा बोक्नु (आफैलाई नम्र बनाउनु र तोड्नु) मानिसका निम्ति असल हो।" तपाई जवान हुनुहुँदा नै परमेश्वरलाई तपाईलाई तोड्न दिनुहोस्। तपाईको जिवनमा परमेश्वरले आउन दिनुभएको परिस्थितिहरुको विरोधमा नलड्नुहोस्, किनकी त्यसले केवल परमेश्वरको योजनालाई ढिलो बनाइदिन्छ। तपाईको सबै बाइबलीय ज्ञान, सांङ्गितिक क्षमताहरु र पैसाले तपाईलाई परमेश्वरको सेवाको योग्य बनाउन सक्दैन। तोडिनु आवश्यक छ। यदि तपाई येरुशलेम, एउटा साँचो मण्डली, निर्माण गर्न चाहनुहुन्छ भने, तपाई तोडिनु पर्छ। तपाई परमेश्वरबाट उहाँले दिनुहुने परिस्थिति र मानिसहरुद्वारा नम्र बनाइनुपर्नेछ। यदि त्यस्ता परिस्थितिहरुमा तपाईले विद्रोह गर्नुहुन्न भने, परमेश्वरले तपाईमा छिटो काम गर्न सक्नुहुन्छ।

हामी प्रस्थान १७ मा पढ्छौ कि चट्टानलाई हिर्काइएपछि मात्र पानी बहन थाल्यो। यदि चट्टानलाई हिर्काइदैन भने, पानी बहदैन। जब त्यस स्त्रीले भुडुल्कोमा सुगन्धित तेल ल्याएर उहाँको पाउमा तोडिन् र येशुको पाउमा लगाइन्, तबमात्र मिठो वास्नाले घरलाई भरिदियो। त्यस भुडुल्कोलाई नतोडुन्जेलसम्म कसैले पनि त्यसको वास्ना लिन सक्दैन। जब परमेश्वरले रोटिलाई लिनुभयो र आशिष दिनुभयो, तबसम्म केहि भएन। तर जब उहाँले त्यसलाई भाँच्नुभयो, पाँच हजार खुवाइए। यी सबै उदाहरणको सन्देश के हो? टुट्नु भनेको आशिषको मार्ग हो। जब कुनै परमाणु फुट्छ कस्तो शक्ति निस्कन्छ? त्यसले पुरै शहरलाई बिजुली दिन सकछ! एउटा सानो परमाणु टुक्रिँदा कति शक्ति निस्किन्छ, कल्पना गर्नुहोस् - यति सानो कि तपाई कुनै माइक्रोस्कोपमा पनि देख्न सक्नुहुन्न। प्रकृति र साथै बाइबालको सन्देश केवल यो होः परमेश्वरको सामर्थ्य टुटेपछि प्रकट हुन्छ। यस सन्देशले तपाईको जीवनलाई पक्रन सकेको होस्।