WFTW Body: 

मानिसको डर वा परीस्थितिहरुमा रहेर येशूको चेलाले निर्णय लिनै हुँदैन । मेरो घरको अघिल्लो कोठामा एउटा ठूलो वचनखण्ड मैले झुन्ड्याएको छु त्यसले भन्छ, "यदि परमेश्वरको भय तिमीले मान्दछौ भने, तिमी अरु केही कुरा देखि डराउनु पर्दैन" । त्यो लिभिङ्ग बाइबलले यशैया ८ः१२ र १३ मा व्याख्या गर्दछ । विगत २५ वर्षसम्म त्यो पद मेरो लागि अत्यन्तै सहयोगी भएको छ ।

तपाईं सँग केही सत्यता बाँड्ने मलाई अनुमति दिनुहोस् जुन प्रभुबाट मैले डरको बारेमा सिकेको छु ।

सबै भन्दा पहिले, शैतानको शास्त्रागारमा एक प्रमुख हतियार डर हो भनेर मैले सिकेको छु ।

दोस्रो, मैले सिकेको छु कि डरको अनुभव कहिले काहिँ आयो भन्दैमा मैले आफैँलाई दोषी सम्झनुहुन्न -किन कि म अझै शरीर मै छु । यो बारेमा हामी व्यवहारिक र इमान्दार हुनुपर्छ । प्रेरित पावल एकदम इमान्दार थिए र स्वीकारे कि कुनै समयहरुमा ऊ "भित्र डर" थियो (२ कोरिन्थी ७ः५) ।

तेस्रो कुरा, मैले सिकेको छु (यो सबैभन्दा महत्वपूर्ण हो) कि म सँग डर भएको अवश्थामा पनि मैले डरको आधारमा कहिल्यै निर्णय लिनु हुन्न । मेरो निर्णय सधैं परमेश्वर माथिको विश्वासमा आधारित हुनै पर्छ - डरको ठीक उल्टो । अनि त्यसरी नै मैले अहिले धेरै वर्ष देखि जिउन खोजेको छु । अनि परमेश्वरले मलाई सहयोग गर्नु भएको छ र मलाई अत्यधिक प्रोत्साहन दिनुभएको छ ।

मैले अहिले बुझ्छु येशूले किन बारम्बार भन्नुभयोः

नडराऊ, नडराऊ, नडराऊ ।

नयाँ करारमा अर्को जोड दिएको जत्तिकै यो महत्वपूर्ण छः

पाप नगर, पाप नगर, पाप नगर ।

येशू सधैं पापको विरुद्घमा हुनुहुन्थ्यो र उहाँ सधैं डरको विरुद्घमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो "केवल परमेश्वरको मात्र डर मान्नु अरु कोहीको होइन" (मत्ती १०ः२८) । यो हामीले सिक्नु पर्ने धेरै महत्वपूर्ण शिक्षा हो, किन कि एउटा आत्मिक अगुवाले डरमा रहेर कहिल्यै पनि निर्णय लिनुहुन्न ।

अर्को वचनखण्ड मैले वैठक कोठामा धेरै वर्ष देखि झुण्ड्याइराखेको गलाती १ः१० होः

"यदि मैले मानिसलाई खुशी पार्न खोजेँ भने, म ख्रीष्टको दास हुन सक्दिन"

यदि तपाईंले मानिसलाई खुशी पार्न चाहनुहुन्छ भने तपाईं प्रभुको दास कहिल्यै हुन सक्नुहुन्न । अनि म तपाईंलाई भन्दछु मानिसलाई खुशी पार्ने प्रयासबाट मुक्त हुन सजिलो छैन ।

यदि तपाईंले आफ्नो हृदयमा डर मान्नुहुन्छ कि कसैलाई तपाईंले खुशी पार्न नसक्दा उसले तपाईंलाई चोट पुर्याउँनेछ, तपाईंले सधैं उसलाई खुशी पार्ने प्रयास गर्नुहुन्छ । त्यसपछि तपाईं कहिल्यै परमेश्वरको दास हुन सक्नुहुन्न । यदि तपाईंले कहिल्यै डरमा काम गर्नुहुन्छ, तपाईं निश्चित हुनसक्नु हुन्छ कि यो दियावलस हो जसले तपाईंलाई डोर्याउँदै छ, परमेश्वरले होइन ।

यदि हामीले फर्केर पछाडि हेर्यौं भने, हामीले पाउनेछौं कि हामीले विगतका धरै निर्णयहरु डरमा रहेर लिएका थियौं । ती सबै निर्णयहरुमा, हामी परमेश्वर द्वारा डोर्याइएका थिएनौं । ती मध्येका केही निर्णयहरुका परिणामहरु त्यति गम्भीर थिएनन् होला । तर हामीले परमेश्वरको उत्तम कुरा गुमायौं । भविष्यमा हामीले फरक तवरले कार्य गर्नुपर्छ ।

हामीले डरको अनुभव गर्नु प्राकृतिक हो किन कि हामी मानिस हौं । उदाहरणको लागि, तपाईं बसिराखेको ठाउँमा यदि तपाईंले अगाडि अचानक गोभन सर्प देख्नुभयो भने तपाईंले प्राकृतिक तवरले नै झट्का महसुस गर्नुहुन्छ र उफ्रनुहुन्छ, र एड्रिनालिन तपाईंको रक्तप्रवाहमा वग्न थाल्दछ । त्यो प्राकृतिक हो । तर तपाईं प्रत्येक कुर्सी मुनि - जहाँ तपाईं जानुहुन्छ गोमन सर्प पाइने डरमा जिउनुहुन्न !

हामी कसैको डरमा पनि बाँच्नुहुन्न ।

हामीले कहिल्यै पनि निर्णय मानिस र शैतानको डरमा लिनुहुन्न । प्रत्येक निर्णय हामीले परमेश्वर प्रतिको भयमा लिनै पर्छ र स्वर्गीय पिता माथिको पूर्ण विश्वासमा । त्यसपछि मात्र हामी पवित्र आत्मा द्वारा डोर्याइएका छौं भनेर हामी निश्चित हुनसक्छौं ।

हिब्रू १३ः६ प्रभुको सेवा गर्ने हामी सबैका लागि यो एउटा धेरै महत्वपूर्ण वचन हो । यसले भन्दछः

हामीले साहसपूर्वक भन्दछौं कि प्रभु हाम्रो सहायता हुनुहुन्छ र हामी डराउने छैनौं । कोही मानिसले हामीलाई के गर्न सक्छ र ?

यदि हामीले यो विश्वास गर्दछौं, यसले हाम्रो जीवनमा अत्याधिक अधिकार ल्याउनेछ । हाम्रा धेरै आत्मिक अधिकारहरु दियावलस द्वारा खोसिएका छन् किन कि हामी मानिस देखि डराउँदछौं, वा तिनीहरुलाई खुशी पार्ने वा प्रभाव पार्ने, वा तिनीहरुको सामु आफैंलाई उचित ठहर्याउने प्रयास गर्छौं । हामी यस्ता मनोवृत्तिबाट पूर्ण रुपमा मुक्त हुनैपर्छ ।