WFTW Body: 

प्रेरित यूहन्नाले १ यूहन्ना १:३ म लेखेका छन्, "हाम्रो सङ्गति पितासँग छ"। साँचो सङ्गति दुई दिशामा हुन्छ, क्रूसमा भएको दुई हातजस्तै। क्रूसकै कारणले हामी परमेश्वरसँग र एक-अर्कासँग सङ्गतिमा आउन पायौँ। हामी र ख्रिष्टको बिचमा त्यो क्रूस छ, जसमा उहाँ मर्नुभयो। त्यसद्वारा नै आज हामी हाम्रो प्रभुसँग सङ्गति गर्न पाएका छौँ। क्रूस बिना हामीले कहिल्यै पनि परमेश्वरसँग सङ्गति गर्न सक्दैनौँ, किनकि हामी कहिल्यै त्यसको योग्यको हुन सक्दैनौँ। र हामी विश्वासीहरुको बिचमा पनि, यदि सङ्गति चाहन्छौँ भने, त्यहाँ क्रूस हुन जरुरी छ जहाँ हामी आफ्नो निम्ति मर्न सक्नुपर्छ। क्रूसको मृत्यु बिना सङ्गति असम्भव हुन्छ ‍- दुबै दिशामा। क्रूस जिवन र सङ्गतिको रहस्य हो। क्रूस बिना कुनै जिवन छैन र क्रूस बिना कुनै पनि सङ्गति सम्भव छैन। परमेश्वरको हृदयमा क्रूसको योजना अनन्तदेखि थियो। "संसारको उत्पतिदेखि मारिनुभएको थुमा" (प्रकाश १३:८)। परमेश्वर शुरुदेखि अन्तसम्म जान्नुहुन्छ र त्यसैले त्रिएक परमेश्वरलाई दोस्रो मानिस संसारमा आउनुपर्छ र मानिसको पापहरुको निम्ति क्रूसित हुनुपर्छ भन्ने कुरा अनन्तदेखि नै थाहा थियो। परमेश्वरले यो आदमले पाप गरेपछि निर्णय गर्नुभएको होइन। उहाँलाई यो अनन्तदेखि थाहा थियो। परमेश्वरले आदमले पाप गरेपछि रुखको अघि तरवार राख्नुभयो। ता कि तरवार ख्रिष्टमाथि खसोस् र उहाँ मारिनुहोस्। र त्यो तरवार हाम्रो आदमको जिवनमा पनि खस्नुपर्छ। यदि हामी जिवनको रुखमा आउन चाहन्छौँ र परमेश्वर र एक-अर्कासँग सङ्गति गर्न चाहन्छौँ भनें, हामीले हाम्रो स्थान "ख्रिष्टसँग क्रूसमा टाँगिएको छ" (गलाती २:२०), भनि स्विकार गर्नुपर्छ।

यूहन्ना बताउँछन् कि सङ्गतिले आनन्दको भरपूरी ल्याउँछ (१ यूहन्ना १:४)। आनन्द विश्वासी जिवनको मुख्य भाग हो, किनकि आनन्द स्वर्गको माहोल हो। स्वर्गमा कुनै निराशा छैन। स्वर्गदूतहरु कहिल्यै पनि निराश हुँदैनन्। उनिहरु सधै जिविन्त र आनन्दले भरपूर छन्। र हामीले पनि त्यो आनन्द पाउन सक्छौँ, किनकि हामी परमेश्वरसँग सङ्गति गर्छौ। पवित्र आत्मा हाम्रो हृदयमा स्वर्गको माहोललाई ल्याउन आउनुभएको हो - र आनन्दित हुनु त्यसको एक भाग हो। शैतानले तपाईलाई यो बताउँछ कि यदि तपाईले परमेश्वरलाई आफ्नो जिवन पूर्ण रुपले दिनुहुन्छ भनें, तपाई दयनिय, उदास र निराश बन्नुहुनेछ। र यो दुर्भाग्यवश सत्य पनि हो कि कति विश्वासीहरुले आफ्नो जिवनद्वारा यो सत्य साबित गरेका छन्। मैले एउटा कथा सुनेको छु, जसमा एक निराश विश्वासीले एकजनालाई आफ्नो गवाहि दिदैँ प्रश्न गर्छ, "के तपाई परमेश्वरलाई आफ्नो हृदयमा लिन चाहनुहुन्छ?" त्यस मानिसले त्यस विश्वासीको अनुहारमा हेर्छ र भन्छ, "होइन, धन्यवाद। मेरो जिवनमा पहिल्यै यत्ति धेरै समस्याहरु छन्!" यो हाम्रो अदभुत परमेश्वरको निम्ति एक नराम्रो गवाहि हो। यदि तपाईको जिवन र तपाईको घरले परमेश्वरको शान्तिलाई देखाउँदैन भने, तपाईको जिवनमा केहि गलत भईरहेको छ। तपाईले परमेश्वरको योजनालाई कतै छुटाउनुभएको छ।

यूहन्ना फेरि बताउँछन् कि यदि तपाईलाई यो जिवन, सङ्गति र आनन्दको जिवन चाहिन्छ भने, तपाईले सर्वप्रथम यो बुझ्नुपर्छ कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन (१ यूहन्ना १:५) - शुन्य झुट, शुन्य अशुध्दता, शुन्य घृणा, शुन्य घमण्ड, आदि। के तपाईलाई यस्तो जिवन चाहिन्छ जहाँ तपाईले कहिल्यै झुट बोल्नुहुन्न, कहिल्यै कसैलाई घृणा गर्नुहुन्न, जहाँ तपाई कोहिप्रति पनि ईर्ष्यालु हुनुहुन्न र कहिल्यै घमण्ड गर्नुहुन्न? यदि तपाईले त्यो जिवन चुन्नुभयो भने, तपाई कहिल्यै पनि निराश र हताश बन्नुहुन्न। तपाईले प्रभुमा सधै आनन्दित हुने जिवन जिउनुहुन्छ। के यो पापी र श्रापित संसारमा यस्तो जिवन जिउँन सम्भव छ? पक्कै पनि छ। फिलिप्पी ४:४ ले हामीलाई प्रभुमा सधैं आनन्द गर्ने आज्ञा दिन्छ। यो संसारमा भएको मानिसको निम्ति लेखिएको हो, स्वर्गमा बस्नेहरुको निम्ति होइन! तपाईको आनन्द यस संसारमा पुरा हुन सक्छ, चाहे तपाई पतमोसमा यूहन्नाको जस्तै सताईनु हुँदा, वा आफ्नो घरमा आनन्दले बस्नुहुँदा। यदि तपाई हरेक समय परमेश्वरको ज्योतिमा हिँड्न चाहनुहुन्छ भने तपाईको परिस्थितिमा तपाईको आनन्द निर्भर हुँदैन।

तर यदि हामी उहाँसँग हाम्रो सङ्गति छ भन्छौ र अन्धकारमा हिँड्छौँ भने, हामीले झुट बोलिरहका हुन्छौँ। यस्ता धेरै विश्वासीहरु छन् जो परमेश्वरको सङ्गतिमा छौँ भनि बताउँछन् तर पापमा हिँड्छन्। तपाईले उनिहरुको अनुहारमा परमेश्वरको आनन्द नभएको देख्न सक्नुहुन्छ। उनिहरुको हिँडाईमा कुनै खुसी छैन, ओठमा कुनै गित छैन, र आँखामा कुनै चमक छैन। उनिहरुले परमेश्वरसँगको सङ्गतिको आनन्दलाई छुटाएका छन्। हामी जति विश्वासी जिवनमा बढ्दै जान्छौँ, हाम्रो जिवनमा उत्ति नै बढि आनन्द हुन्छ, यदि हामी परमेश्वरसँग हिँडिरहेका छौँ भनें।

आमेन।